---Advertisement---

मैजु खल म्याग्दीको अध्यक्षमा : रजनी कर्माचार्य श्रेष्ठ

On: January 25, 2026 11:09 AM
Follow Us:

नेपाल भाषा मंका खल म्याग्दी अन्तरगत महिलाहरूको समुह मैजु खलको चौथो अधिवेशनबाट रजनी कर्माचार्य श्रेष्ठ अध्यक्षमा निर्विरोध चयन हुनुभएको छ । शनिबार सदरमुकाम बेनीमा सम्पन्न भएको अधिवेशनबाट प्रथम उपाध्यक्ष सुगम श्रेष्ठ,द्धितिय उपाध्यक्ष संगीता श्रेष्ठ, सचिव जुनु श्रेष्ठ, कोषाध्यक्ष कमला कुमारी श्रेष्ठ, सह–सचिव प्रतिक्षा श्रेष्ठ, सह–कोषाध्क्ष प्रमिला श्रेष्ठ रहनुभएको छ ।


समितिको सदस्यहरूमा बसुधा श्रेष्ठ,शर्मिला श्रेष्ठ, अम्बिका श्रेष्ठ, चमन श्रेष्ठ, शान्ति श्रेष्ठ, सर्मिला जोशी श्रेष्ठ, प्रमिला श्रेष्ठ, बिमला श्रेष्ठ, बिजया श्रेष्ठ, सुशिला श्रेष्ठ, विन्दु श्रेष्ठ, सुजिन श्रेष्ठ, सञ्जु श्रेष्ठ, रेशम श्रेष्ठ र प्रतिक्षा श्रेष्ठ रहनुभएको छ । अधिवेशनको नेपाल भाषा मंका खल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले उद्घाटन गदैं मैजु खलमार्फत सामाजिक एवम् संस्थागत गतिविधिमा उल्लेखनीय योगदान भएको बताउनुभएको थियो ।


सोही अवसरमा बेनपा–८ उत्तमकुमार कर्माचार्य, मैजु खलकी सल्लाकार लक्ष्मीकुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघ महिला उद्यम विकास समितिकी अध्यक्ष अम्बिका श्रेष्ठ, जिल्ला मालपोत कार्यालयकी प्रमुख साधानकुमारी श्रेष्ठ, नेपाल भाषा मंका खल म्याग्दीका संस्थापक अध्यक्ष पूर्व अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, सुर्दशन श्रेष्ठ, उपाध्यक्ष कुविरकुमार श्रेष्ठले शुभकामना मन्तब्य राख्नुभएको थियो ।


अधिवेशनमा बेनी नगर कार्यपालिका सदस्य र्सिजना श्रेष्ठ, मालपोत अधिकृत साधनाकुमारी श्रेष्ठ,नेपाल महिला संघकी अध्यक्ष निर्मला श्रेष्ठ, दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सुगम श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघ महिला उद्यम विकास समितिकी अध्यक्ष अम्बिका श्रेष्ठ लोकदिप बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष प्रमिला जोशी श्रेष्ठ, संगीनी बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष साधना श्रेष्ठ, बिरेन्द्रचोक आमा समुहकी अध्यक्ष संगिता श्रेष्ठ र लायन्स क्लव अफ महारानीकी अध्यक्ष सरिता श्रेष्ठलाई सम्मान गरिएको थियो ।

कार्यक्रम मैजु खलका निवर्तमान अध्यक्ष तुलसी लता श्रेष्ठको अध्यक्षता, रजनी कर्माचार्य श्रेष्ठको स्वागत र सुगम श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Comment