म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा तेस्रो म्याग्दी कप महिला÷पुरुष तथा शिक्षक भलिबल प्रतियोगिता सम्पन्न भएको छ। म्याग्दी जिल्ला भलिबल संघ म्याग्दीले आयोजनामा सम्पन्न भएको प्रतियोगिताको यु–२० तर्फ छात्रा÷ महिला तर्फ प्रथम प्रकाश मावि, द्धितिय मंगला मा.बि.बाबियाचौर भएको छ ।

उक्त प्रतियोगितामा प्रकाश माविकी प्रीया बिक उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर रिक्जना बोटे मंगला मावि,उत्कृष्ट डिफेन्डर धमिस्था शेरपुन्जा (प्रकाश मावि, उत्कृष्ट सेटर सुजना रोका प्रकाश मावि घोषित भएका छन् । त्यसैगरी .यु–२० छात्र पुरुष तर्फको उपाधि मुक्तिमार्ग मावि धारले जितेको छ । प्रतियोगितामा धनजनता मावि मुना फलियागाउँ उपविजेता भएको थियो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी रोहित बरुवाल (मुक्तीमार्ग माबि.घार, उत्कृष्ट स्पाईकर मन्दिप परियार (मुक्तिमार्ग मावि.घार),उत्कृष्ट सेटर केशब बिक (धनजनता माबि.) र उत्कृष्ट डिफेन्डर प्रकाश बरूवाल मुक्तिमार्ग माबि.) भएको संघका महासचिव कुमार किसानले बताउनुभयो ।

त्यसैगरी पुरुष शिक्षक तर्फ प्रथम डनिङ आबसिय मावि बाबियाचौर भएको छ भने उपविजेता हेम माबि.सिबाङ भएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी अनित बुढाथोकी (डनिङ आमाबि.) हुनुभएको छ । त्यसैगरी.महिला शिक्षक तर्फ प्रथम पाउद्वार माबि.पाउद्वारले हात पारेको छ । प्रतियोगितामा माउन्ट एभरेष्ट आामवि बेनी उपविजेता भएको छ । प्रतियोगितामा सिर्जना पाईजा पाउद्वार मावि उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ।

प्रतियोगिताका विजेतालाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ, गौमती खत्री विकास कोषका अध्यक्ष सन्दिप खत्री, म्याग्दी उद्योग वाणिज्य संघ मालिका बजार इकाईका सभापति लेकबहादुर पुन, म्याग्दी भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँ लगायतले वितरण गर्नुभएको थियो । १४ टिमले सहभागिता जनाएका थिए । बिजेतालाई २५ हजार र उपबिजेतालाई १३ हजार रुपियाँ नगद पुरस्कार रहेको शिक्षकहरुको भलिबलमा महिला र पुरुषतर्फ सात÷सात टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिता सञ्चालनका लागि गौमती खत्री विकास कोषका संस्थापक लालबहादुर केसीले दुई लाख सहयोग गर्नुभएको छ ।प्रत्येक वर्ष फरक÷फरक स्थानीय तहमा प्रतियोगिता सञ्चालन गर्ने योजना अनुसार यस वर्ष दरवाङमा सञ्चालन भएको थियो । म्याग्दी जिल्ला भलिबल संघले जग्गाको ब्यवस्थापनका लागि सञ्चालन गरेको अभियानमा साथ दिन जिल्ला भलिबल सघले अनुरोध गरेको छ।









