---Advertisement---

गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल

On: March 31, 2026 3:14 PM
Follow Us:

गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालसहितको टिमसँग छलफल गरेका छन् ।

विशेषगरी विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारीसम्बन्धी विषयमा छलफल गरिएको थियो ।

सम्भावित विपद् जोखिमलाई न्यूनीकरण गर्न आवश्यक रणनीति, स्रोत व्यवस्थापन तथा समन्वयका विषयमा जोड दिइएको बताइएको छ ।

साथै, सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सीमा गस्ती कडा बनाउने निर्णय गरिएको छ । 

तस्करी नियन्त्रणका लागि पनि सम्बन्धित निकायलाई कडा निर्देशन दिइएको बताइएको छ । 

Leave a Comment