---Advertisement---

म्याग्दी हुलाकले तयार ग-यो ‘स्मार्ट हुलाक’को मार्गचित्र

On: April 1, 2026 6:38 PM
Follow Us:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को नेतृत्वमा गठन भएको सरकारले सरकारी सेवा घरमै उपलब्ध गराउनेगरी आफ्नो शासकीय सुधारको कार्यसूचीमा हुलाक सेवालाई आधुनिकीकरण गर्ने उल्लेख भएपछि जिल्ला हुलाक कार्यालय म्याग्दीले सुधार मार्गचित्र तयार गरेको छ ।

सिमित स्रोतसाधन, जनशक्तीले इ–कमर्सको अवधारणाको प्रयोगसँगै चिठीपत्र बाहेक खाद्यान्न साम्रागी लत्ताकपडा, मोबाइल, औषधि लगायतका मालसामान पठाउने गरेको अवस्थामा नयाँ सरकार गठन भएसँगै विकशित मुलुकमा जस्तै ‘सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले पासपोर्ट, नागरिकता प्रतिलिपि, लाइसेन्स लगायतका सरकारी कागजातहरू÷सामग्रीहरू घरमै पु¥याउनुपर्ने भएपछि जनशक्ती ब्यवस्थापन तथा आवश्यक सवारीसाधन सहितका अन्य सुविधाका बारेमा तयारी सुरू भएको कार्यालय प्रमुख रमेश थापाले बताए ।

‘सरकारको शासकीय सुधारका कार्यसूचीमा हुलाक सेवा परेकोमा उत्साहित छौ, हामीले उपलब्ध स्रोतसाधनका बारेमा पठाइसकेका छौ, थप स्रोतसाधनका बारेमा छलफल सुरु भएको छ’ कार्यालय प्रमुख थापाले भने ।


जिल्ला हुलाक कार्यालयलाई एकीकृत नागरिक सेवा केन्द्र’का रूपमा विकास गर्ने,अन्तर जिल्ला डाँकका लागि सुरक्षित सवारीसाधन,करार कर्मचारीलाई न्यूनतम पारिश्रमिक सति थप सेवा र प्रोत्साहन कोष,दैनिक अनिवार्य रूपमा अनलाइन रिपोर्टिङ प्रणाली, हुलाक वस्तुको ट्र्याकिङलाई प्रभावकारी बनाउन स्थानीय तहसँगको समन्वयमा ’घर–दैलो ठेगाना प्रणाली’ लाई व्यवस्थित र आधुनिक बनाउने,निजी क्षेत्रका कुरियरसँग प्रतिस्पर्धा गर्न सक्ने गरी हुलाक महसुल दरलाई दूरी र तौलका आधारमा समयानुकूल र प्रतिस्पर्धी बनाउने, एकीकृत मोबाइल एपमार्फत प्रत्येक चिठी र पार्सलको अवस्था मोबाइल वा वेबसाइटबाटै हेर्न मिल्ने ’रियल–टाइम ट्र्याकिङ’ प्रणाली लागू गर्ने,प्रत्येक पालिका हुलाकमा कम्तीमा एक थान दुई पाङ्ग्रे सवारी, इन्टरनेट, टेलिफोन र ई–हाजिरीसहितको ’स्मार्ट अफिस’ सेटअप गर्ने, सबै सरकारी कार्यालयका कार्यहरुलाई अनिवार्य रूपमा हुलाकमार्फत मात्र आदान–प्रदान गर्ने व्यवस्था मिलाउने रहेको छ ।


त्यसैगरी कर्मचारीको कार्यजिम्मेवारीमा एकरूपता ल्याउन नयाँ हुलाक ऐन जारी गरी सोही बमोजिम विस्तृत’हुलाक म्यानुअल’र निर्देशिका जारी गर्ने, भूगोल र जनसङ्ख्याका आधारमा पालिकास्तरमा रहने कर्मचारी (हल्कारा)को दरबन्दी पुनः निर्धारण गरी अतिरिक्त हुलाकको औचित्य स्थापित गर्ने लगायत विभिन्न १५ बुँदा रहेको छ ।

म्याग्दी जिल्लामा समुदायमा हुलाक सेवालाई प्रचारप्रसार सहित विभिन्न कार्यहरु गर्ने गरेको जिल्ला हुलाक कार्यालयले एशियाली देशमा प्रयोग भइरहेको हुलाकको सेवा विस्तारका लागि सरकारले जारी गरेको शासकीय सुधारको कार्यसूचीको हुलाक सेवाका हरेक कार्यलाई उत्कृष्ट रुपमा प्रदान गर्ने गरी कर्मचारीलाई समेत आन्तरिक प्रशिक्षण सहित क्षमता विकासमा समेत जोड दिइएको छ । म्याग्दीमा एक हुलाक कार्यालय, ५ पालिकास्तरीय र २८ अतिरिक्त हुलाक सेवा रहेको छ ।

Leave a Comment