---Advertisement---

फापरखेतको सास्ती हटाउन संघीय सरकारको सहयोग हुन्छ : मन्त्री लम्साल

On: October 22, 2026 6:00 PM
Follow Us:

निरन्तर सुख्खा पहिरो खस्दा शनिबारदेखि अवरुद्ध भएको पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ बेनी–दरबाङ सडकखण्डको फापरखेत पहिरोको पुर्बाधार बिकाश मन्त्री माननिय सुनिल लम्सालले निरीक्षण गर्नुभएको छ।

बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा बर्खा र हिउँदको समयमा सुख्खा पहिरो खस्न थालेपछि दिर्घकालिन समाधानका उपायका बारेमा मन्त्री लम्साललाई हालसम्मको प्रगतिका बारेमा जानकारी लिनुभएको छ ।

मन्त्री लम्सालले पहिरोको समस्या समाधानका लागि संघीय मन्त्री महावीर पुनसँगको समन्वयमा थप काम गर्ने बताउनुभएको राष्ट्रि«य स्वतन्त्र पार्टी म्याग्दीका सभापति यूवराज रोकाले बेनीअनलाइनलाई बताउनुभयो ।


‘मन्त्रीज्युलाई पहिरोका बारेमा सबै जानकारी गराएका छौ, यो पहिरोले पश्चिम म्याग्दीका तीन पालिकाबासीलाई निकै सास्ती भएकाले समाधानका लागि तत्कालै पहल गर्ने बताउनुभएको छ, अबको बर्खाभित्र नै बैकल्पिक समाधान हुन्छ भन्नेमा आशाबादी छौ’ सभापति रोकाले भन्नुभयो । मन्त्री लम्सालले संघीय, प्रदेश र स्थानीय तह बीचको सहकार्यमा काम अगाडी बढाउन हालसम्म विनियोजित बजेटलाई समेत प्रयोग गर्ने बताउनुभएको छ। फापरखेतमा विस २०५८ मा सडकको मार्ग खोल्नुअघिदेखिकै पहिरो रोकथाममा करोडौ खचिएको छ ।


गण्डकी प्रदेश सरकार मातहतमा भएकाले विगतमा संघीय सरकारले प्रयाप्त ध्यान दिन नसकेको सडकलाई संघीय सरकार मातहतमा ल्याउन समेत दवाव दिइएको छ । सोही अवसरमा प्राकृतिक चिकित्सालयको रुपमा परिचित तातोपानी कुण्डमा भएको क्षतीको स्थानीय तहले पठाए अनुसार नै बजेट निकासा गर्ने प्रतिबद्धता समेत मन्त्री लम्सालले गर्नुभएको छ ।

तातोपानी कुण्डको क्षतीको विवरणसहितको सम्पूर्ण तत्काल पठाउन समेत समितिलाई अनुरोध गर्नुभएको थियो । मन्त्री लम्साललाई बेनी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष रमेश गिरी, उपाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले समेत भेटेर क्षतीको विवरणका सहित पाइपलाइन ब्यवस्थापनका बारेमा जानकारी गराउनुभएको छ ।

Leave a Comment