‘सिजन्स ब्याण्ड’ले लामो समयपछि दर्शक तथा स्रोतामाझ पुनरागमन गरेको छ। कुनै बेला सांगीतिक क्षेत्रमा राम्रो प्रभाव जमाउन सफल भएको हेटौंडाका संगीतकर्मीहरुको सांगीतिक यो समुह २०६१ सालमा आफ्नो तेस्रो एल्बम ‘सात तियाँ एक्काइस’ मार्फत स्रोतामाझ आएको थियो । यो समुह १४ वर्षपछि चौथो एकल एल्बम ‘सिजन्स द न्यु बिगिनिङ’ मार्फत पुनः सांगीतिक क्षेत्रमा सक्रिय हुने गरिरहेको छ ।
https://youtu.be/P0QTO0d97Zc
‘सिजन्स ब्याण्ड’मा छ जना संगीतकर्मीहरु सक्रिय छन् । संगीतकर्मी सुजिल कर्माचार्य सिजन्स ब्याण्डको लोकप्रिय नाम हो। सुजिल यो समुहमा गायन तथा लिड गिटारिष्टको रुपमा आवद्ध छन् । समूहका अन्य सदस्यहरु ज्ञानेन्द्र प्रधान, चन्द्र लामा, शैलेन्द्र प्रधान, सञ्जय श्रेष्ठ र उपेन्द्र श्रेष्ठ रहेका छन् । यो ब्याण्डले असफल जिन्दगी, सपना मात्र, सुनेको कुरा, असार साउन, रातो माटो आदी लोकप्रिय गीतहरु स्रोता तथा दर्शकमाझ दिइसकेको छ।