नवनिर्वाचित पालिका प्रमुखलाई सपथ ग्रहण

म्याग्दीमा नवनिर्वाचित पालिका प्रमुखको सपथ ग्रहण भएको छ। जिसस सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अन्नपूर्ण पालिका बाहेक अन्य पालिका प्रमुखमा निर्वाचित जनप्रतिनिधिलाई सपथ ग्रहण भएको हो ।

मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्याधिश तेजनारायण पौडेलबाट निर्वाचित हुने बेनी नगरपालिकाका मेयर सुरत केसी, रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजा र धवलागिरी गाउँपालिका अध्यक्ष प्रेम पुनलाई सपथ ग्रहण गराउनुभएको हो ।मुख्य निर्वाचन अधिकृतले पालिका प्रमुखलाई सपथ ग्रहणसंगै बेनी नगरपालिकामा निर्वाचित जनप्रतिनिनिधहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।