गायक रमेशबिक्रमको ‘खतरा’ बोलको म्यूजिक भिडियो

गायक तथा रचनाकार रमेश विक्रम रत्नको ‘खतरा’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोट निवासी गायक रमेशबिक्रम रत्न र गायिका बसन्ती लामाको स्वरमा रहेको गीत बजारमा आएको हो ।

यूवापुस्तालाई लक्षित गरी आधुनिक पप तथा डान्सिङ गीत सार्वजनिक भएको एकदिनमै २३ हजारले हेरेका छन् । लोक तथा दोहोरी गीत पस्किदै आएका रमेशबिक्रमले यूवापुस्ताको रुचीलाई मध्यनजर गरी नयाँ गीत बजारमा ल्याएको बताए।‘थरीथरीका संगीत पारखीलाई समेट्ने प्रयास गरेको छु, यो गीत यूवापुस्तामा बढी केन्द्रित छ’ गायक रमेशबिक्रमले भने ।

उनले यूवापुस्ताको सुझाव अनुसार आगामी दिनमा डान्सिङ गीतलाई समेत स्थान दिने सोच बनाएपनि प्राथमिकता भने लोकदोहोरी क्षेत्रमै रुची रहेको बताए। त्रिटल स्टिडियोमा रेकर्ड गरेको ‘खतरा’ गीतको शब्द संगीत पनि रमेश विक्रम रत्नकै रहेको छ । म्यूजिक भिडियोमा एलिना रायमाझी, दिपेन थापा, गायक रमेश बिक्रम रत्न, जय शम्भु र बिनोद थापाको अभिनय देख्न सकिन्छ ।

काजिस श्रेष्ठले निर्देशन गरेको ’खतरा’ गीतको भिडियो छायांकन बुद्ध थापा र सम्पादन अमृत चापागाईंले गरेका छन् । उक्त भिडियोमा सहायक निर्देशकको रूपमा प्रशान्त मगरको भूमिका रहेको छ ।

म्यूजिक भिडियो दिपेन थापा युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । यसअगाडी गायक रमेशबिक्रमले मकै र भट, निम्तो दिएमा पञ्चेबाजा र हालसालै बजारमा रिलिज भएको मुग्लिङ सहित तीनदर्जन गीत बजारमा छन् । गायक रमेशबिक्रमको मकै र भट, धरारको शीर लगायतका गीत संगीतका पारखीले रुचाएका छन् ।

Previous articleसडक बनेको १८ वर्षपछि स्तरोन्नति
Next articleरोज्जा बोयरलाई डेढ लाख !