घलेम्दी जलविद्युत आयोजना रेलिनार ईनर्जी प्रा.लि. को सूचना सूचना सूचना

Ghalemdi_Hydropower_3x20

 

घलेम्दी जलविद्युत आयोजना
रेलिनार ईनर्जी प्रा.लि. को

सूचना सूचना सूचना
म्याग्दी जिल्लाको नारच्याङ्ग गाविस.स्थितघलेम्दी नदिबाट ४ मेगावाट विद्युत निकाल्ने कार्य शुभारम्भ भैसकेको कुरा यहाँहरु सबैलाई जानकारी भएकै विषय हो र म्याग्दी जिल्लाका उद्योगी व्यवसायी एवं प्रतिस्थित व्यक्तिहरु प्रवद्र्धक रहेको उक्त आयोजना सन् २०७२ सालको अन्त्यसम्ममा सम्पन्न गरीसक्ने गरी नेपाल विद्युत प्राधिकरणसंग एएब् सम्झौता भएको छ । नेपाल विद्युत प्राधिकरणले यस आयोजना संग हिउंद महिनामा रु.८।४० (आठ रुपैंयाँ चालिस पैसा)तथा वर्षा याममा ४।८०(चार रुपैंयाँ असी पैसा)मा विद्युत खरीद गर्ने सम्झौता गरेको छ भने ५वर्ष सम्मप्रत्ये बर्ष ३%का दरले मूल्य बृद्धिगर्ने समेत सम्झौतामा उल्लेख छ ।

यस आयोजनाको कूललागतकरिव ६० करोड रहेको छ । ३०% लगानीकर्ताहरुबाट र ७०% बैंकहरुबाट ऋणलिई आयोजना सम्पन्नगर्ने लक्ष रहेको छ । कूल लागतको ३०% ले हुनआउने करिव २० करोड रुपैंयाँ हामीप्रवद्र्धक एवं सम्पूर्ण संस्थापक लगानीकर्ताहरुबाट जुटाउने लक्षरहेको छ । शेयर लगानीगर्ने सम्बन्धमा एक जनाव् यक्तिले १० हजार रुपैंयाँ देखि १ करोड रुपैंयाँ सम्मको संस्थापक शेयर लगानीगर्न पाईन्छ । आफूले लगानी गर्न चाहेको रकमलाई ३ किस्तामा किस्ताबन्दी रुपमा लगानीगर्न पाउने व्यबस्था गरिएको छ । यहि आषाढ मसान्त सम्ममा संस्थापक शेयर लगानी गर्नुहुने महानुभावज्यूहरुलाई लगानीको २०% रकम आयोजनाले थप गरिदिने व्यबस्था गरिएको छ ।

प्राविधिक रुपले अत्यन्त उपयुक्त रहेको यस आयोजना ३ वर्षमा निर्माण सम्पन्न गरिने छ । उत्पादन शुरु भएको ५ वर्षमा बैंकको साँवाव्याजभूक्तानी पश्चात ८ वर्ष पछिलगातार २३ वर्ष सम्मत पाईले लगानी गरेको रकमको वार्षिक ७०% भन्दा बढि मुनाफा प्राप्त गर्नुहुनेछ ।

२०७० साल वैशाख २३ गते सोमबारका दिन जिविस. म्याग्दीको सभाहलमा एक कार्यक्रम गरी संस्थापक शेयर यहि आषाढमसान्त सम्मको लागि आह्वानगरि सकिएकोले पुन: स्मरणको लागि यो सूचाना प्रकाशित गरिएको व्यहोरा सबैलाई जानकारीको लागि अनुरोध छ ।
म्याग्दी जिल्लाप्रचुर मात्रामा जलविद्युतको सम्भावना बोकेको जिल्ला भनेर हामीले प्रत्येक कार्यक्रममा भन्दै आएकाछौं । जलविद्युतमा लगानी गर्दा राम्रो मुनाफा प्राप्त हुन्छ भनेर सुन्दै पनि आएका छौं । आज तपाईंहरुको सामुन्ने जलविद्युतमा लगानी गरी मुनाफा दिन हामी तपाईहरुको सामु आएकाछौ । हामी म्याग्दी एवं छिमेकी जिल्लावासी, देशवासीएवं विदेशमा रहेका सम्पूर्ण नेपालीदाजु भाई दिदीबहिनीहरुलाई यस आयोजनामा संस्थापक शेयर लगानी गनुहुनको लागि हार्दिक अनुरोध गर्दछौं ।

सम्पर्क
घलेम्दी जलविद्युत आयोजनाको कार्यालय
म्याग्दी उद्योग वाणिज्य संघको भवनको पहिलो तला
फोन न.:–०६९–५२१०७८, ५२१०७९ ………………….
वा प्रमोद श्रेष्ठ
लक्ष्मीनिधि रिजाल ९८४७६४२१७१ प्रबन्ध निर्देशक
ईपेन तिलिजा ९८४७६०२२५६ ९८५७६४०००५