Thursday, May 29, 2025
30.9 C
Beni
30.9 C
Beni
Thursday, May 29, 2025
Home Blog Page 1507

लोकप्रियता कमाउँदै लाली बुढाथोकी

‘मायाँ लाउ भन लाउला नभन’ गत शुक्रबार लोक गायिका लाली बुढाथोकीले लोकप्रिय लोक गायक खड्ग गर्बुजाको स्वरमा हालै बजारमा ल्याएको मौलिक गीत एल्बमको एक गीत हो । नेपालको मौलिक लोकसंगीतहरू लोप हुन थालेपछि नेपाली लोकसंगीतका लोकप्रिय गायक गर्बुजाको संगीत र स्वरमा बजारमा ल्याएको गीतले तीनदिनमै लोकप्रियता कमाएको छ ।

बेनी नगरपालिका–३ भकिम्लीकी बुढाथोकी आधुनिक गीत ‘मायाँ चिन्न पाईदैन’ भन्ने गीतबाट सांगितिक क्षेत्रमा प्रवेश गरेकी बुढाथोकीले ‘सालैजो मार्यो नी मायाँले’ ‘काले मा काले’,‘शिरफुले माया’,‘डाँडापारी गाउँ छ’,‘थाली नाच हेर्न म्याग्दी जाउँ’ सहित पाँच दर्जनभन्दा बढी गीतमा आफ्नो स्वर दिएकी छन् ।

बाल्यकालदेखी नै गायनमा रुची भएकी बुढाथोकीको लोकप्रियता चुलिदैं गएको छ ।विद्यालय उमेरमै गाउँमा हुने मेलापर्व र विद्यालयस्तरका प्रतियोगितामा सहभागिता जनाउँदै ब्यवसायीक गायन क्षेत्रमा प्रवेश गरेकी बुढाथोकीले बेलायत र यूरोपका विभिन्न मुलुकमा समेत पुगेकी छन् ।‘स्वदेश तथा विदेशका कार्यक्रममा अफर आउने गरेका छ ।

मौलिक गीतमा आफ्नो स्वर दिन रुचाउँछु’ बुढाथोकीले भनिन् ।धौलागिरि अञ्चलको म्याग्दी, बागलुङ, पर्वतमा आयोजित महोत्सव देखी ग्रामिण क्षेत्रमा मेलापर्वहरूमा धेरै अफर आउने गरेको उनको भनाई छ ।‘यूवापुस्तालाई पनि लोकसंगीतप्रति रुची बढाउन आवश्यकता छ ।मेरो गीतहरू यूवापुस्ताले पनि रुचाउनुहुुन्छ’ उनले भनिन् ।आफ्नो लक्ष्यमा पुग्न उनका श्रीमान र आफन्तको सहयोगले समेत सहज भएको उनको भनाई छ ।

केही महिना अगाडी म्याग्दीको पहिचान थाली नाचमा स्वर दिएकी बुढाथोकीले मगर समुदायका पुराना गीतहरूको संरक्षणमा निरन्तर सक्रियता देखाउने गरेकी छन् ।उनले धेरै गीत बजारमा ल्याउनुभन्दा पनि लोकसंगीतको जर्गेना गर्ने गीतहरूलाई प्राथमिकता दिने गरेको बताईन् । हरेक विधाका गीतमा आफ्नो प्रस्तुती दिन सक्ने क्षमताकी धनी बुढाथोकीले काठमाण्डौमा आफ्नै स्टुडियो समेत सञ्चालन गरेकी छन् । गायन क्षेत्रमा प्रवेश गर्दा पूर्व भारतीय सेना समेत रहेका श्रीमानको कमाईबाट एल्बम निकाल्ने गरेपनि अहिले ब्यवसायीक रुपमै गायनको क्षेत्रमा लागेपछि नाम र दाम दुवै रहेको उनको भनाई छ ।

म्याग्दी काठमाण्डौ कलाकार मञ्चको द्धितिय उपाध्यक्ष, लोकदोहोरी प्रतिष्ठान कमलादीमा सह–कोषाध्यक्ष, मगर संघ म्याग्दी लगाएत विभिन्न सामाजिक, धार्मिक र जातीय संघसंस्थामा समेत आवद्ध रहेकी बुढाथोकीले फेसनको रुपमा गायनको क्षेत्रमा प्रवेशले केही असहज भएको बताईन् । ‘लगानी र फेसनको रुपमा गायनका टिक्न सकिदैन् । नेपाली बजारमा यो चुनौतीको रुपमा देखिएको छ’ उनले भनिन् ।दुईवटा नयाँ एल्बमको तयारीमा ब्यस्त बुढाथोकीले आफ्नो जन्मभूमिलाई चिनाउने गीतहरूमा अफर आएको बताईन् ।

खड्ग र लालीको “माया लाउँ भन लाउंला नभन” बजार (भिडियो सहित)

नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र बाट विकृतिजन्य गीत संगीतहरुले राम्रै स्थान जमाइरहेको अहिलेको अवस्थामा आफ्नै कला संस्कृति र मौलिकता लाई पनि जगेर्ना गर्नु पर्छ भन्ने मूल उदेस्य बोकेर संचालनमा आएको बिहानी डिजिटल प्रालिले पछिल्लो पटक फेरी अर्को मौलिक लोक दोहोरी गीत बजारमा ल्याएको छ ।

हामी सम्पूर्ण राष्ट्र प्रेमीहरुले आफ्नो मौलिक परम्परालाई पनि बिस्व सामु परिचित गराउनका लागि आफ्नो तर्फ बाट महत्वपुर्ण भूमिका खेल्नु पर्छ भन्दै “माया लाउँ भन लाउंला नभन” नामको साथमा बजारमा आएको लाली बुढाथोकीको यस गीतमा बरिष्ट गायक खड्ग गर्बुजा र लाली बुढाथोकीको सुमधुर स्वर सुन्न सकिन्छ ।

खड्ग गर्बुजको लय तथा शब्द सृजनाले सजिएको यस गीतलाई सुन्दा लाग्छ, हामि आफ्नै गाउँ वस्ती कुना कन्दरामा छौं , त्यहि भिर पाखा उकाली ओरालीको झल्को दिलाउने यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा बिनोद श्रेष्ठ र दिलकुमारी राम्जाली गर्बुजाको मौलिक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन उमेश गुरुङले गरेका हुन् भने छायांकन मधुर बस्नेत र शम्भु चालिसेले र सम्पादन सुजन शाहीले गरेका छन् ।sangeetsarobar.com

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

 

पाठेघरको मुखमा क्यान्सर छ कि छैन बेलैमा कसरी थाहा पाउने ?

१५ वर्षभन्दा माथिका महिलालाई पाठेघरको मुखको क्यान्सरको जोखिम हुन्छ । पछिल्लो तथ्यांक अनुसार नेपालमा प्रत्येक वर्ष करिब दुई हजार पाँच सय महिलामा पाठेघरको मुखको क्यान्सर देखापर्छ जसमध्ये करिब एक हजार चार सयको मृत्यु हुने गर्दछ ।

क्यान्सर हुनुपूर्व नै पत्ता लगाउन सकिने भए पनि जनचेतनाको कमीका कारण पाठेघरको मुखको क्यान्सर पीडित महिलाको संख्या बढ्दो छ । भाइरसको संक्रमणलाई प्रि क्यान्सर भनिन्छ । यो भाइरसले पाठेघरको मुखलाई लक्षित गरी आक्रमण गर्छ। समयमै संक्रमण पत्ता लगाउन नसके ८÷१० वर्षपछि यो क्यान्सरमा परिणत हुन्छ । संक्रमण भए नभएको प्याप स्मेयर टेस्ट गरेर पत्ता लगाउन सकिन्छ । प्याप स्मेयर टेस्टलाई पाठेघरको मुखको पानीको जाँच अर्थात् गर्भाशय स्राव परीक्षण भनिन्छ ।

यो एउटा सजिलो जाँच विधि हो । यो जाँच गराउँदा महिलालाई धेरै झन्झट र दुःख हुँदैन । प्याप स्मेयर टेस्ट गर्दा स्त्रीरोग विशेषज्ञले पाठेघरको मुखबाट कोष निकालेर एउटा सिसामा फैलाएर प्याथोलोजिस्ट कहाँ पठाउँछन्। प्याथोलोजिस्टले माइक्रोस्कोपमा ती कोषहरुलाई हेरेपछि त्यसमा संक्रमण रहेको वा क्यान्सर नै रहेको भन्ने पत्ता लाग्छ । २१ देखि ६५ वर्ष उमेरका महिलाले यसको परीक्षण गराउनुपर्छ। यो परीक्षण पहिला ६ महिनाको फरकमा तीनपटक गर्नुपर्छ ।

तीनैपटक परीक्षणमा नेगेटिभ देखिएमा फेरि एक वर्षपछि परीक्षण गर्नुपर्छ। यसमा पनि नेगेटिभ देखिएमा ३ वर्षपछि परीक्षण गराउनुपर्छ। यसमा पनि नेगेटिभ देखिएमा ५ वर्षपछि परीक्षण गर्नुपर्छ। यसको प्रक्रिया लामो भएकाले बीचमा परीक्षण गर्न छाड्ने गरेको पाइन्छ तर परीक्षण गर्न छाड्नु हुँदैन।

यदि कुनै महिलाको पूरै पाठेघरको शल्यक्रिया गरेको छ भने उनीहरुले यो जाँच गराउनु पर्दैन। गर्भवती भएको बेलामा पनि यो जाँच गर्न मिल्छ। यो टेस्ट ५ देखि १५ मिनेटमा गर्न सकिन्छ। प्याप स्मेयर गर्दा दुई दिनअगाडि देखि यौन सम्पर्क गर्नु हुँदैन। साथै, यो परीक्षण महिनावारी भएको बेला गर्न मिल्दैन।

यो परीक्षणका लागि सकभर एक हप्ताअघि एन्टिबायोटिक औषधि खानु हुँदैन।सरकारले देशभरका सरकारी अस्पताललाई पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा प्याप स्मेयर टेस्ट निःशुल्क उपलब्ध गराउदै आएको छ ।

यस्तो च्याउको सेवनबाट हुन्छ डिप्रेसन मुक्त

डिप्रेसन  खाली मन उदास हुनु हो । जुन मधुमेह, उच्च रक्तचाप, हृदयरोग आदि जस्तै एउटा रोग हो । यो रोगले हाम्रो सोचाई, भावना तथा व्यवहारमा असर गर्दछ ।कुल जनसंख्याको करिब १५ प्रतिशत मानिसहरू जीवनमा कमसेकम एक पल्ट डिप्रेसन शिकार भएको पाइन्छ।

सिलोकाइबिन च्याउ उदासी रोग (डिप्रेसन) को उपचारमा धेरै लाभदायक हुन सक्ने हालैको एउटा अनुसन्धानले जनाएको छ।बेलायतस्थित इम्पिरियल कलेज अफ लन्डनका अनुसन्धाताद्वारा गरिएको यो अनुसन्धान ‘साइन्टिफिक रिपोर्ट’ मा प्रकाशित छ ।अनुसन्धानमा डिप्रेसन व्यक्तिको मस्तिष्कको मुख्य तन्त्रको कार्य प्रणालीलाई सिलोकाइबिन च्याउले  पुन: सक्रिय तुल्याउन सक्षम हुने उल्लेख छ ।

 

‘होल बडी चेक’ गर्दा कुन अस्पतालको शुल्क कति?

‘होल बडी चेक’ गर्दा कुन अस्पतालको शुल्क कति?

वयोधा अस्पताल बल्खु

बल्खु रिङगरोडसँगै रहेको वयोधा पनि निजी क्षेत्रबाट संचालित अस्पताल हो। यहाँसामान्य मानिसको होलबडी स्वास्थ्य परीक्षण गर्दा पुरुषको लागि लागि १२ हजार पाँचसय र पहिलाको ११ हजार पाँचसय लाग्ने अस्पतालले जनाएको छ।

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल

काठमाडौं धापासी हाइटमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल पनि निजी क्षेत्रबाटै संचालित छ। यस अस्पतालमा विभिन्न अंग प्रत्यारोपण पनि हुने गरेको छ। ग्रान्डीमा होलबडी स्वास्थ्य परीक्षण गर्दा प्रारम्भिक चरणमा २ हजारदेखि थप चरणमा १७ हजार सम्मको प्याकेज रहेको छ।

दुई हजारमा रगतको परीक्षण गरिने र मुटु किड्नीको पनि सामान्य चेकजाँच हुने गर्छ। १७ हजारको प्याकेजमा प्रत्येक अंगहरुको भित्री परीक्षण गरी विस्तृत जानकारी पाइने अस्पतालले जनाएको छ।

टिचिङ अस्पताल

काठमाडौंस्थित महाराजगंजमा रहेको टिचिङ सरकारी अस्पताल हो। एमबीबीएस पढाई समेत हुने भएकाले यसको नाम ‘टिचिङ’ रहन गएको हो। पढाई त छँदैछ, अस्पतालमा विभिन्न ठूला रोगको उपचार पनि हुने गरेको छ। होलबडी स्वास्थ्य परीक्षण गर्दा जम्मा २ हजार ४ सय ५० रुपैयाँ शुल्क तोकिएको अस्पतालले जनाएको छ।

सिभिल अस्पताल

नयाँ बानेश्वरस्थित सिभिल अस्पताल अर्ध सरकारी रुपमा संचालित छ। विभिन्न रोगको उपचार हुने सिभिल अस्पतालमा होलबडी स्वास्थ्य परीक्षण गर्दा ३ हजार २ सय ६५ रुपैयाँ शुल्क लाग्दछ।

बी एण्ड बी अस्पताल

ललितपुर ग्वार्कोमा रहेको बी एण्ड बी अस्पताल पूर्ण निजी तवरले संचालित अस्पताल हो। विभिन्न ठूला रोगको उपचार हुने बी एण्ड बी अस्पतालमा होलबडी स्वास्थ्य परीक्षणलाई दुई समूहमा छुट्याइएको छ। पहिलो समूहअन्तर्गत सामान्यतः पूर्व जानकारी लिन गरिने होलबडी परीक्षण पर्दछ।

पैसाका कारण परीक्षण नरोकियोस् भन्ने उद्देश्यले यो समूह तय गरिएको अस्पतालले जनाएको छ। जसको शुल्क ३ हजार पाँचसय लाग्दछ।

मुटुको विशेष परीक्षण गर्नेगरी अर्को समूहमा बडी चेक अप गर्ने गरिएको छ। ब्लडपे्रसर भएका बिरामीले यही समूहबाट पूर्ण परीक्षण गर्नुपर्दछ। ‘कार्डियो प्याकेज’ नामको यो परीक्षणमा शुल्क ६ हजार ५ सय शुल्क लाग्ने अस्पतालले जनाएको छ।

सुमेरु अस्पताल

ललितपुर धापाखेलमा रहेको सुमेरु निजी तवरबाट संचालित अस्पताल हो। यहाँ होलबडी स्वास्थ्य परीक्षण गर्दा सामान्य मानिसलाई ४ हजार पाँचसय ५० रुपैयाँ शुल्क लाग्छ। यदी प्रारम्भिक चरणमा कुनै अंगमा रोगको संकेत वा लक्षण देखिएमा पुनः भित्री रुपमा परीक्षण गर्नुपर्दछ। यसका लागि पुरुषका हकमा ९ हजार ९ सय रुपैयाँ र महिलाको हकमा ११ हजार शुल्क लाग्ने सुमेरु अस्पतालले जनाएको छ।

अल्का अस्पताल

निजी तवरमा संचालित ललितपुर जाउलाखेलमा रहेको अल्का अस्पतालमा होलबडी स्वास्थ्य परीक्षणलाई तीन समूहबाट गर्ने गरिन्छ। समूहअनुसार शुल्क फरक फरक पर्दछ। सामान्य मानिसको हकमा २ हजार ९ सय ७०, र ब्लडपे्रसरका बिरामीको हकमा ४ हजार ९ सय ७० रुपैयाँ शुल्क लाग्छ। मुटु रोग, सुगर भएका बिरामीको हकमा होलबडी परीक्षण गर्दा ७ हजार १ सय रुपैयाँ लाग्ने अस्पतालले जनाएको छ।

नर्भिक अन्तर्राष्ट्रिय अस्पताल

काठमाडौं थापाथलीमा रहेको नर्भिक अस्पताल निजी तवरबाट संचालित छ। नर्भिकमा निरोगी १५ देखि ४० वर्षको उमेरका मानिसले होलबडी स्वास्थ्य परीक्षण गर्दा पुरुषका हकमा ६ हजार शुल्क लाग्ने गर्दछ।

महिलाको हकमा भने केही महँगो पर्ने अस्पतालले जनाएको छ। यदी सुगर, ब्लडप्रेसरका बिरामीले भने भित्री परीक्षण गर्नुपर्ने र थप शुल्क लाग्ने अस्पतालले जनाएको छ।

ओम अस्पताल

निजी क्षेत्रबाट संचालित चाबाहिलमा रहेको ओम अस्पतालमा पुर्ण स्वास्थ्य परीक्षण गर्दा पुरुषको हकमा १५ हजार पाँचसय र महिलाको हकमा १४ हजार ६ सय रहेको छ।

बेला–बेला टाउको दुखिरहन्छ ? अपनाउनुहोस् यी ८ उपाय

आधा टाउको दुख्ने, बेलाबेलामा बेस्सरी टाउको दुख्ने, कन्चट दुख्ने, चक्कर लाग्ने, वाक वाक लाग्ने, वान्ता हुने, घाम वा भीडभाडमा जाँदा टाउको दुख्ने, रिस उठ्ने जस्तो लक्षण माइग्रेनका हुन सक्छन् ।

माइग्रेनको समस्या भएकाहरुले यी कुरामा ध्यान दिनुपर्छ ।

१ गुन्द्रुक, सिन्की, तामा तथा बोतलको पुरानो अचार नखाने ।
२ दही, मही, पनिर, आइसक्रिम, कफी चकलेट नखाने ।
३ कोक, बियर, रक्सी, वाइन (बन्द बोतल पेय पदार्थ )को सेवन नगर्ने ।
४ चम्किलो प्रकाश र भीडभाडबाट टाढै रहने ।
५ अति दुर्गन्ध तथा बास्ना आउने ठाउँ नजिक नजाने ।
६ भोको पेट नबस्ने, पानी तथा फलफूल प्रशस्त मात्रामा खाने ।
७ चिन्तामुक्त भएर बस्ने कोशिश गर्ने
८ कम्तिमा पनि ६ देखि आठ घन्टा आरामले सुत्ने ।

अकु. विशाल श्रेष्ठ, अकुपञ्चरिष्ट ब्लुलोटस अस्पताल, टेकु काठमाडौं ।

कानले दिन्छ यी रोगहरुबारे पूर्व संकेत

हाम्रो शरीरमा कतिपय यस्ता अंगहरु हुन्छन् , जसले बिरामी हुनु पूर्व नै रोगबारे संकेत दिन्छन् । कान पनि त्यस्तै एउटा अंग हो । यदि कानको संकेतलाई समयमै पहिचान गर्न सके कैयौँ रोगबाट बच्न सकिन्छ । यी हुन कानबाट थाहा पाउन सकिने रोग :

डायबिटिज 
यदि लामो समयसम्म कानले कम सुन्न थालेमा सजग हुनुपर्छ । किनकि डायबिटिजका कारण पनि यस्तो हुन्सक्छ । डायबिटिज हुने समय रक्तसंचारको सन्तुलन बिग्रिन जान्छ र कानसम्म सहि ढंगले रगतको चाप पुग्न सक्दैन् ।

हर्ट डिजिज 
एक वा दुवै कानका इअर लोब लत्रिन थालेमा बुज्नुपर्छ कि यो हर्ट डिजिजको समस्या हुन् सक्छ । किनभने, कानको नसा शरीरका थुप्रै अंगका नसासंग जोडिएका हुन्छन् । त्यसैले मुटु सम्बन्धि नसामा समस्या आएमा कान लत्रिन सक्छ । यस्तो संकेत पाउननासाथ चिकित्सककहाँ जानुपर्छ ।

किडुनी डिजिज 
यदि तपाईको कानको आकार बिग्रन थालेको छ भने पनि यो ठूलो रोगको संकेत हुन सक्छ । कानको आकार बिग्रनु भनेको मिर्गौला सम्बन्धि रोगको संकेत पनि हो ।

फंगल इन्फेक्सन 
दुवै कानमा लामो समयसम्म चिलाउने समस्या भएमा भने फंगल इन्फेक्सन हुनसक्छ । फंगल इन्फेक्सनले कानमा निकै दुखाईको अनूभूतिसमेत गराउँछ ।

विचार गर्नुहोस् ! बिहान ढिलासम्म सुत्नेहरुलाई लाग्छ यस्ता भयानक रोग

सुतिराख्न कसलाई मन पर्दैन र ? सुत्दा दिमाग तिखो हुन्छ भने शरिरमा दिनभरी काम गर्नका लागि ऊर्जावान् राख्छ ।यतिमात्र होइन, पर्याप्त निन्द्राले मोटोपना, मधुमेह, हृदय रोग र समयपूर्व मृत्युको सम्भावना निकै कम हुन्छ । हामी सबैलाई थाहा छ कि कम सुत्दा शरिर र दिमागमा नकारात्मक असर पर्ने गर्दछ तर धेरै सुत्दा शरिरमा पुग्ने नकारात्मक असरबारे जानकार हुनुहुन्छ तपाईं ?

 

धेरै सुत्नुका साइड इफेक्टबारे यहाँ चर्चा गरिएको छ ।

१. मोटोपना बढ्नेछः

मोटोपना र धेरै समयसम्म सुत्नुका बिच सम्बन्ध छ । यदि तपाईं लामो समयसम्म सुत्नुहुन्छ भने तपाईंको शरिर रेस्ट मोडमा हुन्छ । कम शारिरिक गतिविधीको अर्थ तपाईंको शरिरको क्यालोरी कम बर्न हुनु जसले तौल बढाउने कार्य गर्दछ । एक अध्ययनका अनुसार धेरैबेरसम्म सुत्ने मानिसहरु मनोवैज्ञानिक रोगी र उच्च बडी मास इन्डेक्सले ग्रस्त हुन्छन् ।

२. डिप्रेशन हुनुः

धेरै बेरसम्म सुत्दा दिमागमा डोपामाइन र सेरोटोनिनको स्तर कम हुन्छ । यसले तपाईंको मूडलाई परिवर्तन गरिरहन्छ र दिनदिनै तपाईं रिसाहा हुनुहुनेछ ।

३. मुटुरोगः

तपाईं जति ढिलासम्म सुत्नुहुन्छ त्यसको सिधा असर मुटुमा पर्ने गर्दछ । यसले मुटुरोग हुने खतरा अत्यधिक हुन्छ ।

४. ढाड दुख्नेः

जब हामी अबेरसम्म सुत्छौं तब हाम्रो ढाड दुख्ने गर्दछ किनभने धेरै बेरसम्म सुत्दा हाम्रो पिठ्युँ जकडिएको हुन्छ जसका कारण पीडा हुन्छ । धेरै बेरसम्म सुत्दा शरिरमा रक्तसंचार सही तरिकाले हुन पाउँदैन त्यसकारण चाँडोभन्दा चाँडो बेड छोड्नु नै उचित हुन्छ ।

५. स्मरण शक्ति कम हुनुः

धेरैबेरसम्म सुत्दा यसको गहिरो असर हाम्रो दिमागमा पर्ने गर्दछ । यसले हाम्रो स्मरण शक्ति कमजोर हुन थाल्छ ।

६. मधुमेहको खतराः

अत्यधिक निन्द्राले शरिरमा सुगरको स्तरलाई बढाउने काम गर्दछ । त्यसकारण अत्यधिक निन्द्राले तपाईंलाई टाइप टु मधुमेहको खतरा बढाउँछ ।

७. कब्जियतको समस्याः

जो मानिस धेरैबेरसम्म सुत्छ उनीहरुलाई कब्जियतको समस्या हुन्छ । पेट ठिक राख्नका लागि आफ्नो शरिरलाई चलाइराख्नुपर्छ ।

८. अकाल मृत्युः

धेरै बेरसम्म सुत्दा तपाईंको अकाल मृत्यु पनि हुनसक्छ । यो कुरा अनुसन्धानमा पुष्टि भइसकेको छ । कम सुत्ने मानिसहरुभन्दा धेरै सुत्ने मानिसहरुको चाँडै मृत्यु हुन्छ । ८ घण्टाको निन्द्रा हरेक मानिसका लागि पर्याप्त छ ।

९. टाउको दुखाईः

धेरै बेरसम्म सुत्दा उपहारमा तपाईंले टाउको दुखाई पाउनुहुनेछ । यो दिमागमा न्यूरोट्रान्समिटरमा उतारचढावको कारण हुनसक्छ जसमा निन्द्राको क्रममा सिरोटोनिन बढाउन सक्छ र यसले टाउको दुख्ने समस्या निम्त्याउँछ ।

१०. मस्तिष्कलाई बुढो बनाउँछः

अत्यधिक सुत्दा तपाईंको मस्तिष्कलाई शक्ति प्रभावित हुनसक्ट किनभने यो मस्तिष्कको उमेरको हिसाबले तीब्र रुपमा बुढो बनाउने गर्दछ ।

कब्जियतको समस्या छ ? हटाउने यस्ता छन् उपाय –

कहिलेकाहीँ कब्जियत हुनु असामान्य होइन । तर, नियमित रुपमा महिनौंसम्म कब्जियत हुन थाल्यो भने यसले अरु अनेकौं समस्या निम्त्याउँछ । लामो समयदेखि भइरहेको कब्जियतको उपचारका लागि औषधि दिनुअघि चिकित्सकले हामीलाई आफ्नो खानपान र जीवनशैलीमा केही परिवर्तन गर्न सुझाउनेछन् । यस्ता सुझावअनुसार खानपानमा परिवर्तन गर्दा कब्जियतको समस्या घट्छ।

धेरै रेशायुक्त खानेकुरा खाने
आफ्नो भोजनमा सागसब्जी, फलफूल र होल ग्रेनजस्ता रेशायुक्त खानेकुरा समावेश गर्नुपर्छ । भोजनमा सागसब्जी र फलफूलको मात्रा बढी हुनुपर्छ । रेशा (फाइबर)ले कब्जियत हुन दिँदैन र पेट सफा रहन्छ । तर दुधजन्य पदार्थ, मासु र तयारी (चाउचाउ र यस्तै प्याकेटका) खानेकुरा कब्जियत नहटुन्जेल भरसक नखाने र खाए पनि थोरै मात्र खाने । किनभने यी खानेकुरा रेशायुक्त हुँदैनन्।

पानी धेरै पिउने
हाम्रो पाचन प्रणालीले धेरै कुरा शरीरबाट निष्काशन गर्नुपर्ने हुन्छ । त्यसैले पानी धेरै पिउने, पानीले पाचन प्रणालीलाई निष्काशन गर्नुपर्ने विकार वा फोहर बाहिर निकाल्न सघाउँछ भने कतिपय अनावश्यक र बढी खनिज तथा भिटामिन निष्काशनमा पनि सघाउँछ ।

बिहान शौचालय जानु केही बेरअघि एक गिलास मनतातो पानीमा एक चिम्टी नुन हालेर पिउने र दुई मिनेट हलुका व्यायाम गर्ने । यसले पनि पेट सफा गर्न सघाउँछ।

व्यायाम
शारीरिक व्यायामले पाचन प्रणालीका मांसपेशीलाई सशक्त बनाउँछ र राम्रोसँग काम गर्न सघाउँछ । अर्थात ठोस भोजनलाई सहज रुपमा पाचन प्रणालीले पचाउँदै अगाडि पठाउँछ । त्यसैले सकेसम्म दैनिक रुपमा नै केही न केही व्यायाम गर्नाले कब्जियत घटाउन मद्दत पुग्छ।

नित्यकार्यका लागि बाथरुम जाने
कब्जियत छ भनेर शौचालय जान बन्द नगर्ने । जति बेला दिसा लागेजस्तो हुन्छ वा नलागे पनि सधैं शौच जाने समयमा शौचालय जाने । साथै पेट सफा हुन जति समय लागे पनि समय दिने ।
कहिलेकाहीँ यी नै उपायले पनि कब्जियत कम हुनसक्छ भने कतिपय अवस्थामा नहुन पनि सक्छ । त्यस्तो बेला कब्जियत हुने कारण पत्ता लगाउनु पर्ने हुनसक्छ ।

गायक रोशन र बसन्तले ल्याए रमाइलो झ्याउरे गीत (भिडियोसहित)

रोशन कुताल क्षेत्री र बसन्ती थापा मगरको स्वरमा सजिएको मौलिक झ्याउरे गीत बजारमा आएको छ । ‘झर्छ होला आँखामा आँशु’ बोलको गीत बजारमा आएको हो ।गीतमा रोशन र बसन्तीकै स्वर रहेको छ भने प्रेमसागर पौडेलको शब्द रहेको छ । यस गीतमा गायक रोशनको लय रहेको छ ।

https://youtu.be/NltuJW_H5Us

रक्षा म्यूजिकको प्रस्तुतीमा रहेको यस गीतको भिडियोमा शिव विक र रिना थापा मगरको अभिनय रहेको छ ।शिव फिल्मसले निर्माण गरेको भिडियोलाई शम्भु चालिसेले खिचेका हुन् । सम्पादन भने रविन विकले गरेका छन् ।युवा गायक कुतालले दर्जन बढि गीत गाइसकेका छन् ।