Sunday, May 25, 2025
18.2 C
Beni
18.2 C
Beni
Sunday, May 25, 2025
Home Blog Page 1518

शिशुलाई आमाको दुध पोसिलो, आमालाई आफ्नो रुप नै प्यारो

नेपालमा पूर्ण स्तनपान दर घट्दै गएको खबर आजको कान्तिपुरमा छ ।

कारण
स्तनपान गराए सुन्दरतामा ह्रास आउने, तौल बढ्ने, स्तनको आकार बिग्रने जस्ता भ्रम र कामकाजी आमासँग बच्चालाई दुध चुसाउने समय नहुँदा आधुनिक आमाहरुले आफ्नो दुधको सट्टा बजार।मा पाइने कृत्रिम दुध खुवाउने प्रवित्तिका कारण पूर्ण स्तनपान दर घट्दै गएको हो ।

न्यूनपोषण भई मृत्यु
हरेक एक सय जना शिशुमा ५३ जना आमाको दुध खान नपाएर न्यूनपोषण भई मृत्यु हुनेको बालस्वास्थ्य महाशाखाका प्रमुख राजकुमार पोखरेलले बताए ।

मानसिक विकास
विश्व स्वास्थ्य संगठनका अनुसार, जन्मेको एक हजार दिनभित्र शिशुको ८० प्रतिशत मानसिक विकास हुन्छ । त्यसबेला आमाको दुधभन्दा पोसिलो अरु केही हुँदैन ।

कोरियामा जुट्यो विशाला बचाउ अभियानमा ६५ हजार

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका १७ बर्षिय बिशाल बुदुजाको उपचारमा दक्षिण कोरियामा आर्थिक सहयोग संकलन गरिएको छ । मुखको हड्डीमा गम्भीर समस्या देखिएपछि उपचार गराइरहेका बुदुजाको उपचारमा दुर्गा फगामीको पहलमा ६५ हजार संकलन भएको ओमकुमारी शान्ति कोषका सचिव लोकेश पुनले बताए ।

विगत एकबर्ष देखी मुखकोे बङगारा दुख्ने, दाँया तर्फको गालामा खाडल र हड्डी समेत खिजिएपछि आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका थिए । मुखको हड्डीमा समस्या देखिएकाले नियमित उपचार र अप्रेसन सहित धेरै खर्च लाग्ने चिकित्सकले बताएका छन् । अमेरिकाबाट सुरु भएको अभियानमा कुवेत, कतार, कोरिया, जापान लगाएतका देशमा आर्थिक संकलन भइरहेको छ ।

 

विशला बचाउ अभियानमा जापानबाट ७२ हजार सहयोग

मुखको हड्डीमा गम्भीर समस्या देखिएपछि उपचार गराइरहेका अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका १७ बर्षिय बिशाल बुदुजाको उपचारमा जापानमा आर्थिक सहयोग संकलन गरिएको छ । नारच्याङकी जुना पुनको संयोजनमा ७२ हजार २९२ रुपैयाँ आर्थिक सङ्कलन भएको ओमकुमारी शान्ति कोषले जनाएको छ ।

कोषले अभियान सुरु गरेलगत्तै विश्वभर रहेका नारच्याङबासीले अभियान सुरु गरेका थिए । विगत एकबर्ष देखी मुखकोे बङगारा दुख्ने, दाँया तर्फको गालामा खाडल र हड्डी समेत खिजिएपछि आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका थिए । मुखको हड्डीमा समस्या देखिएकाले नियमित उपचार र अप्रेसन सहित धेरै खर्च लाग्ने चिकित्सकले बताएका छन् । अमेरिकाबाट सुरु भएको अभियानमा कुवेत, कतार, कोरिया, जापान लगाएतका देशमा आर्थिक संकलन भइरहेको छ ।

 

नारच्याङका बिशाल बुदुजाको उपचारमा कतारबाट सहयोग

मुखको हड्डीमा गम्भीर समस्या देखिएपछि उपचार गराइरहेका अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका १७ बर्षिय बिशाल बुदुजालाई कतारमा कार्यरत म्याग्देलीले आर्थिक सहयोग गरेका छन् ।

विगत एकबर्ष देखी मुखकोे बङगारा दुख्ने, दाँया तर्फको गालामा खाडल र हड्डी समेत खिजिएपछि आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका बुदुजालाई कतारमा रहेका रन बहादुर तिलिजाको पहलमा ३४ हजार ७८५ रुपैयाँ सङ्कलन भएको परोपकारी संस्था ओमकुमारी शान्ति कोषका सचिव लोकेश पुनले बताए ।

‘उपचारमा सहयोग जुट्ने क्रम जारी छ । सानो सहयोगले बुदुजाले नयाँ जिवन पाउनेछन्’ पुनले भने । मुखको हड्डीमा समस्या देखिएकाले नियमित उपचार र अप्रेसन सहित धेरै खर्च लाग्ने अवस्था देखिएकाले स्वदेश तथा विदेशमा रहेका म्याग्देलीबाट सहयोगको अपेक्षा सहित कोषले आर्थिक संकलन अभियान सुरु गरेको थियो। कोषका अध्यक्ष राजेश शाक्यले कलिलै अवस्थामा गम्भीर समस्या देखिएको बताउँदै सहयोग गर्ने सहयोगदातालाई धन्यवाद दिएका छन् ।

उनले आर्थिक अभावकै कारण उपचारबाट बन्चित हुनुपर्ने अवस्थाका अन्त्य गर्न विश्वभर रहेका म्याग्देलीहरु एक जुट हुन अनुरोध समेत गरे । बुदुजाले रोगको पहिचानका लागि कोषबाट १० हजार सहयोग गरेर अभियान सुरु गरिएको थियो । पिडित बुदुजाको काठमाण्डौमा उपचार भइरहेको छ ।

खाल्डोभित्र गाडिएको शिशु रोएपछि…

भारतीय राज्य मध्यप्रदेशमा सात दिनको एक शिशुलाई उनकी आमाले जिउदै गाडेर छोडेपनि ती शिशु रोएको गाउलेले सुनेपछि जिवीतै खाल्डोबाट निकालिएको छ। खाल्डोमा पुरेर छोडेको कैयौँ घन्टापछि पनि ती शिशु जिवीतै रहेको यस घटनालाई यतिखेर भारतमा आश्चर्यजनक घटनाका रुपमा लिइएको छ।

एक १६ बर्षिया युवती बलात्कृत भएर जन्मिएको त्यस शिशुलाई समाजमा लाजको डरले खाल्डोमा पुरेर छोडेकी थिइन्।

अविवाहित ती युवतीले मध्यप्रदेशको बरवानीपुरस्थित उनको बुबाको घरमा छोरा जन्माएकी थिइन् । जन्मेको एक हप्तापछि घरभन्दा केही परको चौरमा उनलाई गाडेको अवस्थामा गाउँलेले भेटेका थिए ।

उनले त्यस शिशुलाई सडक नजिक चौरमा गाडेको र सोही बाटो भएर गाउँका महिला हिँडीरहेको अवस्थामा बच्चा रोएको आवाज सुनेपछि माटो खोस्रेर हेर्दा गाडिएको अवस्थामा बच्चा रोइरहेको पाइएको गाउँले बताउँछन् ।

त्यसपछि उक्त शिशुलाई बरवानी जिल्लाको अस्पताल भर्ना गरिएको छ । शिशुको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको अस्पतालले जनाएको छ ।

अस्पतालले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ, ‘शरीरभरि लामखुट्टे र किराले टोकेका दाग छन् र माटो उर्छेर शरीर सबै रातो भएको छ, हामीले उपचारमा कुनै कमी गरेका छैनौँ र अहिले शिशुको स्वास्थ्य राम्रो हुदै गएको छ ।’
गतहप्ता भएको उक्त घटनाको जानकारी प्रहरीले शुक्रबार मात्र दिएको हो । प्रहरीले ती युवतीको नाम भने सार्वजनिक गरेको छैन ।

ती युवतीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । अनुसन्धानका क्रममा प्रहरीसामु ती युवतीले आफू गाउँकै एक १७ बर्षको युवकबाट बलात्कृत भएर सो बच्चा जन्मिएको बताएकी छिन् ।

प्रहरीले सो युवकलाई पनि नियन्त्रणमा लिएको जनाएको छ । त्यस युवकले आफूले ती युवतीसँग विवाह गर्न स्वीकार गरेपनि बच्चा भने नस्वीकारेको जानकारी प्रहरीलाई गराएका थिए ।

ती युवतीका बुबाआमाले पनि त्यस युवकलाई विवाह गर्न दबाब दिएको तर उसले आफूले बच्चा नस्वीकार्ने बताएको जानकारी युवतीका बुबाले प्रहरीसामु गराएका छन् ।

भारतमा १८ बर्षभन्दा कम उमेरमा गरिने यौन सम्पर्कलाई बलात्कारका रुपमा लिने कानुनी प्रावधान छ । भारतका गाउँ गाउँमा बलात्कारका घटना निकै बढ्ने गरेको छ ।

भारतको सरकारी तथ्याङ्कमा सन् २०१५ मा मात्र करिब २० हजार बलात्कारका घटना प्रहरीमा दर्ता भएका थिए ।
बलात्कारजस्ता कार्यलाई निरुत्साहित गर्न भारतमा कडा कानुनी व्यवस्था गरिएको भए पनि यस्ता दुव्र्यवहारमा कमी आउन सकिरहेको छैन । रासस\एएफपी

के मानव र रोबटको सहवास सम्भव छ?

रोबटबारे लेख्ने एक जना लेखकले आफ्नो रिपोर्टमा भनेका छन्, ‘बालबालिकाजस्ता देखिने सेक्स रोबट आयातमा प्रतिबन्ध लगाउनुपर्छ।’

प्रोफेसर नोएल सार्की एउटा समाजका रुपमा हामीले सबैखाले सेक्स रोबटबाट पर्ने असरसम्बन्धमा गहिरो सोचविचार गर्नु आवश्यक छ भन्छन्। ‘रेस्पोन्सिबल रोबोटिक्स’ले हालै यसमाथि एउटा विचार विमर्श आयोजना गरेको थियो।
प्रोफेसर सार्कीको भनाइ अनुसार अहिले त केही कम्पनीले मात्र यस्ता रोबट उत्पादन गरिरहेका छन्, तर रोबट क्रान्ति नै हुन लागेको छ र यसले सबै कुरा परिवर्तन गर्न सक्छ।

उनका अनुसार ‘आवर सेक्सुअल फ्युचर विद रोबट्स’ नामको यो रिपोर्ट त्यस्तो विषयमाथि लेखिएको छ, जुन विषयमा अहिले हत्तपत्त कुनै कुराकानी वा छलफल हुँदैन। अहिले यस्ता ‘सेक्स रोबट’ प्रयोग गर्नेको संख्या कति छ भन्ने जानकारी पाउन कठिन रहेको रिपोर्टमा उल्लेख छ। किनभने रोबट उत्पादन गर्ने कम्पनीहरूले यसबारे सही तथ्यांक उपलब्ध गराउँदैनन्।

प्रोफेसर सार्कीका अनुसार भविष्यको त्यो समयबारे सोचविचार गर्ने बेला भइसक्यो, जब मानिस र रोबटबीच सहवास सम्भव हुनेछ। ‘कानुन निर्माताहरूले अहिले नै यसमाथि सोचविचार गर्नुपर्छ र सर्वसाधारणले पनि के–के गर्न अनुमति दिने र के गर्न नदिने सोचविचार गर्ने बेला भइसकेको छ,’ उनी भन्छन्, ‘एउटा समाजका रुपमा हामीले यससम्बन्धमा के गर्ने हो चिन्तनमनन् गर्ने बेला भएको छ। मलाई यसको जबाफ थाहा छैन, म त केवल प्रश्न मात्र गरिरहेको छु।’

‘एन्ड्रोइड लव डल’, ‘सेक्स बोट’ र ‘ट्रु कम्प्यानियन’ सेक्स रोबट उत्पादन गर्ने कम्पनीमध्येका हुन्। यीमध्ये धेरैजसोले यसअघि ठ्याक्कै मान्छेजस्तै लाग्ने ‘सिलिकन सेक्स डल’ (खेलौना) बनाएका थिए। र, अब यी कम्पनीहरू बोल्न र हिँडडुल गर्न सक्ने सेक्स डल बजारमा उतार्न चाहन्छन्।

तत्काल यीमध्ये सबैभन्दा विकसित सेक्स डल ‘रिल डल’ भने सान डियागोस्थित कम्पनी ‘एबिस क्रिएसन्स’ले निर्माण गरेको छ। कम्पनी यसै वर्षको अन्त्यतिर ‘आर्टिफिसियल इन्टेलिजेन्स’युक्त एउटा सेक्स डल बजारमा ल्याउने तयारीमा छ। ‘हार्मोनी’ नामको यो रोबट ‘ट्याब्लेट एप्स’बाट टाउको हल्लाउन र आँखा चलाउन तथा कुराकानी गर्न सक्षम छ। कम्पनीले हार्मोनीको एप्स जारी गरिसकेको छ। एप्सबाट हार्मोनीको मुड र स्वर नियन्त्रण गर्न सकिने कम्पनीले जनाएको छ।

रिपोर्टमा सेक्स रोबट्सबाट गराउन सकिने कामबारे पनि उल्लेख गरिएको छ । तीमध्ये केही यस्ता छन्ः
– रोबटलाई वेश्यालयमा यौनकर्मीका रुपमा प्रयोग गर्न सकिन्छ,
– वृद्धहरूले रोबटलाई साथीका रुपमा उपयोग गर्न सक्छन्,
– ‘सेक्सुअल हिलिङ’ अर्थात् उपचारमा पनि रोबटको उपयोग गर्न सकिन्छ,
– बलात्कारी र बालबालिकाको यौन शोषण गर्नेहरू (पेडोफिल) को उपचारमा पनि रोबट उपयोग गर्न सकिन्छ।

प्रोफेसर सार्कीका अनुसार यौन शोषण गर्ने व्यक्तिलाई यस्ता रोबट उपयोग गर्न दिने/नदिने बहस हुन आवश्यक छ।
बजारमा केटाकेटीजस्तै लाग्ने सेक्स रोबट उपलब्ध छन् र अहिले क्यानडाको एउटा अदालतमा यस्ता रोबटको खरिद बिक्री गरिनु उचित हो/होइन भन्ने मुद्दा विचाराधीन छ।

न्युफाउन्डल्यान्डका बासिन्दा केनेथ ह्यारिसनले जापानी कम्पनी हारुमी डिजाइन्ससँग एउटा रोबट किनेका थिए। यो कम्पनीमाथि क्यानडा प्रहरीले निगरानी गरिरहेको थियो र यो रोबट त्यहाँको विमानस्थलमा आइपुग्नासाथ सुरक्षाकर्मीले बरामद गरे। ह्यारिसनविरुद्ध ‘चाइल्ड पोर्नोग्राफी’ राखेको आरोप लगाइएको छ।

कतिपय एसियाली वेश्यालयमा सेक्स रोबटको उपयोग गरिन्छ। एउटा अपुष्ट समाचार अनुसार स्पेनी सहर बार्सिलोनामा यस्तो रोबट बनाउने एउटा कम्पनीले नै वेश्यालय सञ्चालन गरिरहेको थियो।

डे मोन्टफोर्ट विश्वविद्यालयमा रोबटको नैतिकतासम्बन्धी काम गर्ने डा. क्याथलिन रिचर्डसन केटाकेटीजस्तै लाग्ने सेक्स रोबटको प्रयोगमा प्रतिबन्ध लगाउनुपर्छ भन्छिन्। तर, उनले सबैखाले सेक्स रोबटमा प्रतिबन्धको माग गरेकी छैनन्। उनी भन्छिन्, ‘यहाँनेर समस्या रोबटमा होइन, यौन व्यवसायमा छ। सेक्स रोबट पनि एक प्रकारको पोर्नोग्राफी नै हो।’

डा. रिचर्डसनका विचारमा रोबटका कारण समाजमा व्यक्ति एक्लिनेछन्। उनी रोबट र सेक्ससँग जोडिएका सबै पक्षमाथि ध्यान नदिएकोमा यो रिपोर्टको आलोचना गर्छिन्। ‘रिपोर्टको कभरमा नै पुरुष रोबटको तस्बिर छ, जबकि हामीलाई थाहा छ बजार छ्यापछ्याप्ती सेक्स डलले भरिएको छ,’ उनी भन्छिन्, ‘यस्तो आभास हुन्छ कि, यो सोच जेन्डर न्युट्रल (लिंग निरपेक्ष) छ। तर, सत्य के हो भने महिलाहरूले यस्ता सेक्स रोबट किनिरहेका छैनन्। सेक्स रोबटको बजार नै पुरुष र पुरुषको सेक्ससम्बन्धी मानसिकतामा आधारित छ।’

प्रोफेसर सार्की भन्छन्, ‘कम्पनीहरू आफूले उत्पादन गरेको रोबटबाट उपभोक्ताले मानवसँगको जस्तै सहवासको अनुभव गर्न सकुन् भन्ने चाहन्छन्। तर, रोबटले प्रेम अनुभव गर्दैनन्, नजिकिन र भावनात्मक रुपमा उपभोक्तासँग गाँसिन सक्दैनन्। रोबटले सबैभन्दा राम्रोसँग गर्न सक्ने काम भनेको झुटो प्रदर्शन गर्ने मात्र हो।’

हाल विकसित भइरहेका सेक्स डलले भविष्यमा सेक्स रोबटको स्वरुप लिनेछन् र यिनको निर्माण केही वर्षयता जटिल हुँदै गइरहेको छ। धेरैजसो सेक्स डल निर्माणमा अहिले छाला सिलिकनबाट, ढाँचा धातुबाट र सक्कलीजस्तै लाग्ने कपाल र आँखाको प्रयोग भइरहेको छ। सामान्यतया यस्ता डल महिला स्वरुपका हुन्छन्। सिन्थेटिक्स कम्पनीले भने पुरुष सेक्स डल निर्माणमा केही सफलता पाएको छ।

तर, प्रोफेसर सार्की भने मान्छेजस्तै देखिने यस्ता सेक्स डलको भविष्यमाथि आशंका व्यक्त गर्छन्। उनी भन्छन्, ‘म यस्ता डल आगामी ५० वर्षसम्म पनि मान्छेजस्तै हुनसक्ने सम्भावना देखिरहेको छैन। यी सधैँ नै अलि डरलाग्दा नै हुनेछन् र अहिले यस्ता डलको कुराकानी गर्ने विशेषता पनि खासै गतिलो छैन।’

 

डा. रिचर्डसन पनि यस्ता रोबटको भविष्यमाथि आशंका गर्छिन्। भन्छिन्, ‘रिपोर्टका अनुसार मान्छेजस्तै प्रतिक्रिया व्यक्त गर्ने रोबोट निर्माण गर्न सकिन्छ। तर, प्राविधिक रुपमा यस्ता रोबट निर्माण गर्नु अत्यन्त जटिल छ।’swasthyakhabar.com

किन निदाउँछ हात– खुट्टा ?

प्रायजसो मानिसले कुनै न कुनै बेला खुट्टा निदाएको अनुभव गरेका हुन्छन् । खुट्टा निदाउँदा एकछिन त निकै पीडा हुन्छ । उभिन र हिड्न पनि सकिदैंन । आखिर किन यस्तो हुन्छ ? हामी सोच्छौं खुट्टामा पर्याप्त मात्रामा रक्तसन्चार नभएका कारण निदाउने हुन्छ । तर यसो नभई खुट्टा नसाका कारण निदाउँछ । यो शरीरमा हुने साना तारजस्तै हुन्छ । नसाले दिमाग र शरीरका हिस्साबीच सन्देश लाने लैजाने काम गर्छन् ।

यदि लामो समयसम्म खुट्टाको सहायताले बसिन्छ भने त्यहाँको नसामा दबाब पर्छ । यस्तो शरीरका अन्य भागमा पनि हुन्छ । लामो बेला–बेलामा हात, खुट्टामा यस्तो अनुभव गर्छन् ।  लामोसमयसम्म दबाब रहेका बेला शरीरका कुनै पनि अंगमा दबाब पर्छ र त्यो अंग निदाउँछ ।

यी नसाहरु कोशीय फाइबरबाट बन्छ र प्रत्येक एक कोशीय फाइबर अलग–अलग संवेदनालाई मष्तिष्कसम्म पु¥याउँने काम गर्छ । यी फाइबरको मोटाई पनि कम या बढी दुवै हुन सक्छ । यसको प्रमुख कारण माइलिन नामक सेतो रंगको पदार्थद्वारा बनाइएको झिल्ली हो । यसमा दबाब पर्दा मष्तिष्कसम्म नसाले पर्याप्त मात्रामा अक्सिजन या रक्तसन्चार गर्न सक्दैन र दिमागसम्म उक्त अंगको बारेमा पुग्ने जानकारी रगत या अक्सिजन अभावमा अवरुद्ध हुन्छ । यही कारण त्यहाँ संवेदना महसुस हुँदैंन र त्यो अंग निदाउँछ । पछि उक्त अंगमा दबाब हट्दा पुनः रगत या अक्सिजन सन्चार नियमित हुन्छ र अंग पुनः संवेदनशिल हुन्छ ।  यसरी हात या खुट्टा निदाउँदा शरीरमा कुनै चोट पुग्दैन । तर केही समयमा लागि अनौठो महसुस हुन्छ । swasthyakhabar.com

शरीरमा पानी कम हुँदा देखिने ९ लक्षण

यो शास्वत सत्य हो की जब महिलाको उमेर ढल्किँदै जान्छ, उनीबाट सन्तानको सम्भावना पनि घट्दै जान्छ । हालै सार्वजनिक भएको अध्ययनमा आफू ‘अझै पूर्ण आमा नभएको’ भन्दै हजारौं महिलाहरुले सन्तान जन्माउन ढिलाई गर्ने क्रम बढ्दो छ । ब्रिटिश प्रिगनेन्सी एडभाइजरी सर्भिसले तयार गरेको सो अध्ययन अनुसार दुई तिहाई महिलाहरुलाई करिअर बनाउनैपर्ने दबाब र पारिवारिक कारणले गर्भधारण गर्ने उपयुक्त साइत नै जुरेको छैन ।

बेलैमा सन्तान नजन्माएका तर रोजगारीमा संलग्न हुने महिलाहरुलाई ‘पार्ट टाइम मदर’ भनेर होच्याउने गरिएको केहीले महिलाले गुनासो गर्न थालेका छन् । आफूहरुले सासु–ससुरा, साथी र सहकर्मीहरुको आशालाई पूरा गर्न नसकेकोमा अधिकांश बिबाहित महिला चिन्तित देखिन्छन् ।

करिअर, अध्ययन, आदिका कारण धेरैजसो महिलाहरु ढिलो सन्तान जन्माउने गरिहिरहेकै बेला विज्ञहरुले महिला उर्वरत्व जोगाउने विषयमा केही टिप्स दिएका छन् ।

यौनजन्य रोगहरुबाट बच्नुहोस्
महिलाको उर्वरता सम्बन्धी एक तिहाई समस्या यौनजन्य समस्याबाट हुने गरेको छ । यौनजन्य संक्रमणपछि कुनै पनि ब्याक्टेरिया बाहिर नदेखिने गरी गुप्तांगभित्र लुकेको हुन्छ । समयमै उपचार गरिएन भने यसले महिलाको अन्डालाई अन्डासयबाट पाठेघरसम्म पुयाउने ट्युबलाई रोकिदिन्छ । तसर्थ, आफ्नो श्रीमान्सँग मात्र यौन सम्पर्क गर्दा पनि यौन जन्य रोग लाग्ने भएकोले महिलाले कुनै शंका लाग्नासाथ परीक्षण गर्नुपछ । नियमित परीक्षण गर्नुभयो भने तपार्इंको समस्या थप जटिल हुने न्यून सम्भावना हुन्छ ।

धुमपान छोडिदिनुहोस्
धुमपानकै कारण संसारमा १३ प्रतिशत महिला निःसन्तान र साबिक भन्दा १० वर्ष बुढा देखिएका छन् । किशोरी अवस्थामा चुरोट पिउदा सन्तान जन्माउने समयमा के नै असर पर्ला भन्ने भ्रम पनि हुन सक्छ । धुमपान नगर्नेको तुलनामा धुमपान गर्ने महिलामा ३० प्रतिशत बढी निःसन्तान हुने समस्या हुन्छ । गर्भवती बन्न नै उनीहरुलाई ३ वर्ष बढी समय लाग्छ । धुमपानले अन्डाशयको काममा नकारात्मक अशर प्रभाव पर्छ । धुमपानको अशरले महिला अन्डा निस्काशन गर्न बाधा पुु¥याउनुका साथै पाठेघरभित्र बच्चालाई सुरक्षित साथ राख्ने पत्र पातलो हुँदै जान्छ । त्यस्तै धुमपान गर्ने महिलाहरुको मासिक धर्म अन्यको तुलनामा तीन वर्षअघि नै बन्द हुन्छ ।

अकुपन्चरबारे सोच्नुहोस्
अकुपन्चरको शरिरमा नियन्त्रणात्मक प्रभाव हुन्छ र महिला उर्वरतालाई पनि संरक्षण गर्छ । यसले आइभीएफ गर्न, महिलाको अन्डासयबाट अन्डा निस्काशन हुने प्रक्रिया सहज गर्ने र मासिक धर्मका बेला हुने पिडा न्यून गर्ने विभिन्न अध्ययनले देखाएको छ । अकुपन्चरले मानिसलाई खुसी बनाउने दिमागको न्युरो केमिकल निस्काशन गर्न पनि सहयोग पुर्‍याउँछ ।

सन्तुलित खाना खानुहोस्
शरिरको फ्याटलाई सदैब सन्तुलित राख्नुहोस् । धेरै बढी पनि होइन, कम पनि होइन । बढी तौल र न्यून तौल दुबैले बाझोपनको समस्या ल्याउँछ । आफूलाई मन पर्ने व्यायाम गर्नुहोस र पोषणलाई पनि राम्रोसँग ध्यान दिनुहोस् । परिस्कृत वा परिमार्जित खाना र बढी चिनि सम्भव भएसम्म नखानुहोस् । खानलाई सकेसम्म प्राकृतिक अवस्थामै खानुहोस् । मोटा महिलाहरुको सेक्स हर्मन दबिने हुँदा उर्वरतामा समस्या आउन सक्छ । त्यस्तै न्यून फ्याट भएमा पनि अन्डकोशबाट अन्डा निस्काशन हुने प्रक्रियामा असर पर्छ । तपाईंको भोजनमा स्वस्थ र पोषणयुक्त खानेकुरा जस्तै माछा, पर्याप्त सागपात र गेडागुडी खानुहोस् । यदि मदिरा पिउने लत छ भने तत्कालै त्यागिदिनुहोस् । यसले बाँझोपन ल्याउनुका साथै पाठेघरमा समस्या ल्याउँछ ।

पारिवारिक ईतिहास बुझ्नुहोस्
तपार्इं¬को शरिर र मासिक धर्मको चक्रलाई राम्रोसँग बुझ्नुहोस् । नियमित मासिक धर्मको चक्र महिला उर्वरताको शारीरिक वास्तविकता हो । यही चक्रलाई बुझेर नै महिलाको सामान्य स्वास्थ अवस्था र उर्वरताबारे बुझ्न सकिन्छ । तपाईको पारिवारिक ईतिहास विशेष गरी आमाको गाइनोलोजी र मासिक धर्म बारे बुझ्नुहोस् । यदि तपाईको आमाको ४५ वर्षसम्म मासिक धर्म भएको थियो भने तपाईंको उर्वरता पनि त्यति समयसम्म हुने सम्भावना हुन्छ । यदि आमामा मिसक्यारियज भएको वा त्यस्तै अन्य समस्या भएको थियो भने तपाईंमा पनि हुन सक्छ ।swasthyakhabar.com

बालबालिकाको पिसाबमा रगत देखिने समस्या

बालबालिकामा कहिलेकाहीँ पिसाबमा रगत देखिने समस्या पनि आउँछ । यस्तो समस्या आएमा सोझै विशेषज्ञ डाक्टरलाई देखाउनुपर्ने हुन्छ । पिसाबमा रगत देखिने धेरै कारण हुन सक्छन् । तीमध्ये एउटा ‘ग्लोमेरुलनेफ्राइटिस’ हो । यो भनेको नै पिसाबमा रगत जाने समस्या हो।

यस्तो कहिलेकाहीँ सामान्य संक्रमणबाट पनि भएको हुन सक्छ भने केहीमा मिर्गौला तथा पिसाब नलीको ठूलो समस्याका कारण हुन सक्छ । संक्रमण बाहेक रोगप्रतिरोधात्मक क्षमतामा असर हुँदा पनि यो समस्याले बालबालिकालाई पिरोल्छ । त्यसकारण यस्तो समस्या देखिए लगत्तै चिकित्सकलाई देखाउनु पर्छ। होइन भने त्यसले भित्रभित्रै मिर्गौला खराब गरिसकेको हुनसक्छ।

बालबालिकाको घाँटी तथा छालामा संक्रमण देखिएको छ भने पनि त्यसको कारणले मिर्गौलामा असर पार्ने हुन सक्छ । संक्रमण भएको दुई–तीन हप्तामा मिर्गौलामा असर पुग्ने यस्तो समस्यालाई ‘पोस्ट स्टेप्टोकल ग्लुमेरुलनेफ्राइटिस’ भनिन्छ । यो समस्यामा बच्चाको पिसाबबाट प्रोटिन निस्कने, रगत आउने, रक्तचाप बढ्ने, पिसाब कम हुनेजस्ता लक्षण देखिन्छ।

मिर्गौलाको रोग भनेको ‘साइलेन्ट’ रोग हो । यसका लक्षण हत्तपत्त देखिँदैन । तर, जब देखिन्छ त्यो बेला ढिला भइसकेको हुन सक्छ । बालबालिकाहरुमा पटक–पटक पिसाबको संक्रमण देखिन्छ भने त्यो मिर्गौलाको समस्या हो भनेर बुझ्नुपर्छ । त्यसको समयमै उचित उपचार गराउनुपर्ने हुन्छ । बच्चामा पिसाबको संक्रमण विभिन्न कारणले हुन सक्छ । सामान्यतया बालिकाको तुलनामा बालकलाई पिसाबको संक्रमण कम हुन्छ । तर, बालकमा पिसाबको संक्रमण देखियो भने त्यसले मिर्गौलामा समस्या निम्त्याएको हुन सक्छ।

बालकहरुलाई मिर्गौलाको बनावटमा फरक, पिसाब थैली, पिसाब नलीमा समस्या, पिसाब फर्ने बाटोका छाला पूरा नफर्किंदा, कब्जियत तथा लामो समयसम्म पिसाब रोक्ने बानीका कारण संक्रमण देखिन्छ । यस्ता समस्या देखिए तुरुन्तै उपचारमा जानुपर्छ।

यस्तै, बालिकाहरुमा भने मुत्रद्वार र गुद्वारको सरसफाइ नहुँदा संक्रमण हुने गर्छ । बालिकाहरुलाई अभिभावकले पानीले दिसा सफा गर्दा पछाडिबाट अगाडि हात ल्याएर धुनु हुँदैन । यसो गर्दा पिसाबको संक्रमण हुने खतरा रहन्छ । यसका साथै मिर्गौलाको बनावट, पिसाब नली, पिसाब थैलीको समस्याले पनि बालिकाहरुमा संक्रमण देखिन्छ।

बालबालिकामा पिसाबको संक्रमण पटक–पटक देखिए पनि एन्टिबायोटिक वा अन्य सामान्य उपचार गरेर क्षणिक रुपमा निको पार्ने गरिन्छ । तर, उक्त संक्रमण किन दोहोरिरहेको छ ? भनेर थप जाँच गरिँदैन । फलस्वरुप कालान्तरमा त्यसले मिर्गौलामा गम्भीर असर गर्ने खतरा रहन्छ । यस्ता समस्यालाई सामान्य ठानेर चुप लागेर बस्नु भनेको हाम्रा नानीबाबुहरुलाई मिर्गौला रोगको गम्भीर अवस्थामा धकेल्नु हो । बालबालिकाको मिर्गौलामा हुने सबै रोग तथा समस्याको नेपालमा उपचार सम्भव छ । त्यसकारण समयमा नै उचित उपचार गर्नु बुद्धिमानी हुन्छ। swasthyakhabar.com

डा. विवेक तोदी, कन्सलट्यान्ट पेडियाट्रिक नफ्रोलोजिस्ट

पढेको कुरा छिट्टै बिर्सने बानी छ ? त्यसो भए यसो गर्नुहोस् !

धेरैको पढेको विर्सने बानी हुन्छ । यो समस्याले धेरैलाई सताईरहेको हुन्छ । पढेको कुरा एकछिनमा बिर्सने समस्याका कारण धेरै मेहेनत गर्ने विद्यार्थी पनि असफल भएका थुप्रै उदाहरणहरु छन् । आखिर पढेको कुरा कसरी सम्झने त ? नेपालमा शैक्षिक क्षेत्रमा लामो समय काम गर्नुभएका र मनोबैज्ञानिकहरुको सहयोगमा हामीले तपाईंहरुलाई ७ टिप्स संकलन गरेका छौं ।

१.एकोहोरो पढेर मात्र हुँदैन । तपाई सिकिरहनुभएको कुरालाई पूरानो कुरासंग जोड्न सिक्नुहोस् । जसले तपाईंलाई दुवै कुराका बारेमा आवश्यक कुराहरु सम्झन सजिलो हुनेछ । पढेका कुराहरुलाई लिंक गर्ने बानी बसाल्नुहोस् ।

२. धेरै होइन नियमित पढ्नुहोस् । कुनै चिजलाई मनमनै दोहोर्याएर त्यसलाई सम्झने गरियो भने कुनै पनि कुरा सम्झन धेरै सजिलो हुन्छ । लेख्ने अभ्यास गर्नुहोस् ।

३. यदि तपाईं केही कुरा याद गर्न चाहनुहुन्छ त्यससँग सम्बन्धित बस्तु वा चित्रको याद गर्नुहोस् ।

४. तपाईले केही महत्वपूर्ण कुरा सम्झि राख्नु पर्ने छ भने त्यसलाई फ्लायस कार्डमा लेख्न सक्नु हुन्छ । यो बानीले धेरै सफल भएका छन् ।

५. संगीत मन नपर्ने को नै होला र ? तर तपाईंले संगीतलाई पनि पढाइको माध्यम बनाउन सक्नुहुनेछ । तपाई कुनै कुरालाई स्मरणमा राख्न चाहनु हुन्छ भने आफ्नो मनपर्ने गितको धुनमा त्यस चिजलाई सेट गर्नुहोस् ।

६. आफुले पढेको कुरालाई मष्तिष्कमा विभिन्न तस्विर बनाउने प्रयास गर्नु पर्छ । पढिरहेको बेलामा ती शब्दका बारेमा सोच्न सुरु गर्नुहोस् ।

७. मानिसले आफ्नो मष्तिष्क आफ्नो जीवनकालमा मुस्किलले ५ देखि ७ प्रतिशत मात्र प्रयोग गर्न सक्छ भनिन्छ । त्यसैले ती बाँकी भाग पनि प्रयोग गर्ने प्रयास गर्ने । कुनै याद गर्नु पर्ने बस्तुलाई उदाहरण बनाएर याद गर्नुहोस् ।