म्याग्दीको बेनी नगरपालिका-५ पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण गरिएको छ। खानेपानी, जलस्रोत र सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत पुलाचौरको बस्ती मुनिको मुहानबाट पानी तानेर घरघरमा धारा बनाइ वितरण गरिएको हो।
आर्थिक वर्ष २०७६/७७ देखि निर्माण सुरु भएको आयोजना सात वर्षमा सम्पन्न भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद सुवेदीले बताए। ‘तीनवटा योजनाअन्तर्गत निर्माण खानेपानी आयोजनाका लागि पर्याप्त बजेट नआउँदा ढिलाइ भएको हो,’ उनले भने, ‘पुलाचौरको तल्लो र मध्य गाउँको योजना यसअघिका वर्षमा सकिएको थियो। माथिल्लो टोलमा यसै सातादेखि पानी वितरण गरेर आयोजनालाई पूर्णता दिएका हौं।’
अध्यक्ष सुवेदीका अनुसार जोत्रे र पधेरा मुहानको पानीलाई ७५ हजार लिटर क्षमताको टङ्कीमा सङ्कलन गरेर २० हर्सपावर क्षमताको ‘सबमर्सिव’ पम्पबाट दुई सय ५० मिटरमाथि रहेको चुलेसीस्थित अर्को टङ्कीमा पुर्याएर थप तीनवटा रिजर्भ टङ्कीमार्फत वितरणको व्यवस्था मिलाइएको छ। आठ सय मिटर लामो तीन इञ्चको पाइपमार्फत माथिल्लो टङ्कीमा पानी पुर्याइएको उनले उल्लेख गरे।
आयोजनाबाट एक सय ८२ परिवार लाभान्वित भएको उपभोक्ता समितिका सचिव सागर पौडेलले बताए। ‘विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयमा पनि धारा जडान गरिएको छ। सबैका घरमा मिटरसहितको निजी धारा जडान गरेर पानी वितरणको व्यवस्था मिलाएको छ,’ उनले भने। सचिव पौडेलले यसअघि सार्वजनिक धाराबाट गाग्री, बोत्तल र ग्यालीनमा पानी ओसार्नुपर्ने बाध्यता अब अन्त्य हुने विश्वास व्यक्त गरे।
‘आठ-दश घरले एउटा धाराबाट पानी ल्याउँदा पालो पर्खनुपर्ने र कहिलेकाहीं पानीका कारणले विवाद पनि हुन्थ्यो,’ स्थानीय मिनाकुमारी विकले भने, ‘घरकै धारामा पानी आउन थालेपछि पानी ओसार्दा हुने समयको बचत र झन्झट हटेको छ।’
उपभोक्ताको श्रमदानबाहेक आयोजना निर्माणमा रु दुई करोड १० लाख ४८ हजार ३४८ खर्च भएको खानेपानी जलस्रोत र सिँचाइ डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले जानकारी दिए। उपभोक्ताले कूल लागतको १० प्रतिशतका दरले श्रमदान गरेका छन्।
पानी तान्ने विद्युत् उपकरण सञ्चालन गर्न ‘मोबाइल अपरेटिङ सिस्टम’ जडान गरिएको छ। यो प्रणालीबाट उपभोक्ताले घरबाट पानी तान्ने उपकरण खोल्न र बन्द गर्न सक्छन्। विद्युतीय उपकरण भण्डारण, उपभोक्ता संस्थाको कार्यालय र हेरालुको आवासका लागि भवन पनि निर्माण भएको छ। योजना निर्माणमा प्रतिघर २० दिनका दरले श्रमदान गरिएको उपभोक्ता बलबहादुर परियारले बताए।
घरघरमा पानी वितरण हुन थालेपछि पुलाचौरबासीको दैनिकी फेरिएको छ। ‘पानीको पालो कुर्दा खाना पकाउन ढिला भएर कहिलेकाहीं बालबालिका विद्यालय जान नपाउने अवस्था थियो,’ उनले भने, ‘अहिले समयको बचत हुनुका साथै सरसफाइ गर्न सहज भएको छ भने स्थानीयको दैनिकी फेरिएको छ।’ रासस
नेपाल टेलिकमले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अनलाइन सञ्चारमाध्यमहरूबाट विज्ञापन प्रकाशनका लागि सूचीकरण प्रक्रिया सुरु गरेको छ । यसका लागि टेलिकमले इच्छुक अनलाइन मिडियाहरूबाट प्रस्ताव आह्वान गरेको हो ।
बुधबार एक सूचना प्रकाशित गर्दै कम्पनीले आगामी ३१ असारसम्म कार्यालय समयभित्र प्रस्ताव दर्ता गर्न अनुरोध गरेको छ ।
सूचीकरणका लागि प्रस्ताव पेस गर्दा सञ्चालक संस्थाको स्पष्ट सम्पर्क विवरणसहितको औपचारिक प्रस्ताव पत्र, संस्था दर्ता र भ्याट वा प्यान दर्ता प्रमाण-पत्रको प्रतिलिपि, सूचना विभाग र प्रेस काउन्सिलमा दर्ता तथा नवीकरण (२०८२ असार ३२ सम्म) भएको प्रमाण-पत्रको प्रतिलिपि, आर्थिक वर्ष २०८०/८१ सम्मको कर चुक्ता प्रमाण-पत्र, कम्तीमा एक वर्षदेखि सञ्चालनमा रहेको अनुभव खुल्ने प्रमाण र पछिल्लो तीन महिनाको ‘पेज भ्यु’ देखाउने गुगल एनालिटिक्स रिपोर्ट समावेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।
साथै, आवश्यक परेमा सो रिपोर्ट अनलाइन देखाउन सकिने अवस्था हुनुपर्ने शर्त राखिएको छ ।
रोजगारीको सिलसिलामा भारत गएका बेनी नगरपालिका–८ शिक्षामार्गका ४० बर्षिय रमेश जिसी विगत दुई महिनादेखि भारतको विहारबाट बेखबर भएपछि परिवारमा चिन्तामा डुबेको छ । गत बैशाख ४ गते रोजगारको शिलसिलामा रिबाहीब मजप्पपुर कम्पनीमा काम गर्न म्याग्दीबाट बिरजंग जानुभएका जिसी बैशाख ५ गते भारतीय सिमाबाट प्रवेश गरेको भन्दै आमा मिठु जिसीलाई फोन गरेपछि सम्पर्कविहिन भएको दिदी बिन्दु जिसीले बताउनुभयो ।
‘भाईले काम गर्ने कम्पनीले यहाँसम्म नआएको बताउने गरेको छ, खोजीकार्यका लागि भारतमा रहेका नेपालीलाई अनुरोध छ’ जिसीले बेनीअनलाइनलाई भन्नुभयो । भारतको विहार स्थित मजप्पपुर सिटी शिक्षामार्ग भगवानपुर भन्ने ठाउँमा तालिम लिएपछि सुपरभाइजरमा नाम निस्किएको भन्दै सम्पर्कमा आउन अनुरोध गरेपछि घरबाट निस्किनुभएका जिसीको मोवाइल अहिले बन्द भएकाले भारतमै भएको परिवारको अनुमान छ ।
बेपत्ता जिसीको साथमा १० हजार भारु थियो । बेपत्ता जिसीको खोजीका लागि परिवारले भारतमा रहेका म्याग्देली समक्ष याचना गरेको छ । जिसी परिवारले कसैले समस्यामा पारेको हुनसक्ने भन्दै सिमा क्षेत्रका प्रहरीको समेत सहयोग मागी अवस्था तत्काल पत्ता लगाईदिन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन्।
पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५९ करोड ५४ लाख रुपियाँ बजेट ल्याएको छ । मङ्गलबार गाउँपालिका केन्द्र लामाखेतस्थित सभाहलमा आयोजित गाउँपालिका गाउँसभाको १९ औं गाउँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको उक्त बजेट र गाउँपालिका अध्यक्ष अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भएको छ । यसैगरी, सभाले विनियोजन ऐन २०८२ र आर्थिक ऐन२०८२ समेत बनाएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यले बताउनुभयो ।
उपाध्यक्ष आचार्यले प्रस्तुत गर्नुभएको कुल विनियोजितमध्ये चालुतर्फ ३६ करोड ५६ लाख २२ हजार र पुँजीगततर्फ २२ करोड ९७ लाख ७८ हजार रुपियाँ रहेको छ । सङ्घीय र प्रदेश सरकारको समानीकरण अनुदान नौ करोड २० लाख, सङ्घीय सरकारको राजस्व बाँडफाँट सात करोड ९१ लाख ३९ हजार १४८, प्रदेश सरकार समानीकरण अनुदान एक करोड १६ लाख ७९ हजार, प्रदेश सरकारको राजस्व बाँडफाँट ९२ लाख ४६ हजार, सङ्घीय सरकारको सशर्त अनुदान २६ करोड ५२ लाख, प्रदेश सरकारको सशर्त अनुदान दुई लाख, सङ्घीय सरकारको समपुरक अनुदान एक करोड ३३ लाख, सङ्घीय सरकारको विशेष अनुदान एक करोड ६५ लाख, प्रदेश सरकारको समपुरक अनुदान ६० लाख, प्रदेश सरकारको विशेष अनुदान ४० लाख जुटाइने जनाइएको छ । समानीकरण अनुदान, राजस्व बाँडफाँट, सशर्त अनुदान, समपुरक अनुदान, विशेष अनुदान परिचालन गर्दा नपुग हुने नौ करोड ८३ लाख ३६ हजार रुपियाँ आन्तरिक आम्दानीबाट व्यहोरिने उपाध्यक्ष आचार्यले बताउनुभयो ।
आगामी आर्थिक वर्षको क्षेत्रगत कार्यक्रमतर्फ कार्यालय सञ्चालन गर्न १० करोड, शखागत १० करोड २७ लाख, वडागत चार करोड ५० लाख, दायित्व/साझेदारी चार करोड २५ लाख गरी कुल २९ करोड दुई रहेको भने सशर्त, समपुरक र विशेष अनुदान कार्यक्रमतर्फ ३० करोड ५२ लाख रुपियाँ विनियोजन गरिएको छ ।
गाउँपालिकाको चालु आर्थिक वर्षको जेठ मसान्तसम्म चालुतर्फ ७२ दशमलव ६९ प्रतिशत र पुँजीगत तर्फ ५२ दशमलव ९९ प्रतिशत गरी औषत ६७ दशमलव ३७ प्रतिशत प्रगति भएको छ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, धार्मिक क्षेत्र, रोजगार, उद्यम, खेलकुद, आयआर्जन, विपद् व्यवस्थापन लगायत क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष आचार्यले बताउनुभयो । यसैगरी, गाउँपालिकाले प्रदेश र सङ्घीय सररकारसँगको साझेदारीमा सबै वडालाई समेटी कालीगण्डकीमा घाट निर्माण र शालिजामा ईनडोर हल निर्माण गर्ने गाउँपालिका अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
‘समृद्ध अन्नपूर्ण निर्माणको आधार ः दीगो कृषि, पर्यटन, ऊर्जा र उत्थानशील पूर्वाधार’ भन्ने मूल नारासहित मङ्गलवार म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम र बजेट ल्याएको छ । गाउँसभाको २१औं अधिवेशनबाट आउँदो आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति, कार्यक्रमसहित बजेट सार्वजनिक गरिएको हो ।
गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले आउँदो वर्षमा नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि कुल ६० करोड ७६ लाख दुईहजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको छ । प्रस्तुत भएको कुल बजेटको चालुतर्फ ३७ करोड ५३ लाख १२ हजार चारसय ३५ रुपैयाँ अर्थात् ६१ दशमलव ७६ प्रतिशत र पूँजीगततर्फ २३ करोड २२ लाख ९० हजार तीनसय ५८ रुपैयाँ अर्थात् ३८ दशमलव २३ प्रतिशत बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । आगामी वर्षमा संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान नौ करोड ३२ लाख, राजश्व बाँडफाँड १० करोड ५९ लाख ६१ हजार र सर्शत अनुदान २१ करोड ८२ लाख रुपैयाँ रहेको छ ।
यसैगरी गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ९६ लाख १६ हजार, विशेष अनुदान ४० लाख, समपुरक अनुदान ६० लाख, प्रदेशको सवारी कर बाँडफाँडबाट प्राप्त हुने रकम एक करोड चारलाख ९८ हजार र आन्तरिक राजश्वतर्फ दुई करोड १२ लाख ७५ हजार रुपैयाँ रहेको उपाध्यक्ष पुनले जानकारी दिनुभयो । त्यस्तै आगामी आर्थिक वर्षको लागि अल्यातर्फ अनुमानित आठ करोड ५५ लाख ५२ हजार चारसय ४८ रुपैयाँ अनुमान गरिएको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ । प्रस्तुत बजेटमध्ये सामाजिक विकासतर्फ २७ करोड ६८ लाख ५२ हजार अर्थात् कुल बजेटको ४५ दशमलव ५६ प्रतिशत रहेको छ ।
भौतिक पूर्वाधार विकासतर्फ २० करोड ९६ लाख ४४ हजार रुपैयाँ अर्थात् कुल बजेटको ३४ दशमलव ५० प्रतिशत बजेट विनियोजन गरिएको उपाध्यक्ष पुनले बताउनुभयो । त्यसैगरी स्वास्थ्य, आयुर्वेद तथा योगतर्फ पाँच करोड ४३ लाख ४४ हजार, युवा तथा खेलकुद विकासअन्तर्गत खेलकुदजन्य कार्यक्रमहरु सञ्चालन गर्न १२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । कला, संस्कृति तथा मनोरञ्जन क्षेत्रअन्तर्गत स्थानीय भाषा तथा संस्कृति संरक्षण एवं प्रवद्र्धनको लागि २४ लाख ५० हजार, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणतर्फ ५९ लाख ५० हजार, खानेपानी तथा सरसफाइतर्फ ५६ लाख ३० हजार तथा फोहोरमैला व्यवस्थापन गर्न छ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
भवन, आवास तथा सहरी विकासअन्तर्गत गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गा प्राप्ति गर्न एक करोड १२ लाख रुपैयाँ विनियोजन भएको छ भने ७ नम्बर वडा हिस्तानसहित अन्य सामुदायिक भवन तथा आवासको लागि ११ करोड २९ लाख ९४ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । आर्थिक विकासतर्फ दुई करोड २३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उपाध्यक्ष पुनले जानकारी दिनुभयो । गाउँसभामा यसअघि गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने लेखा समितिका संयोजक पुष्पा बानियाँ बरुवालले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । गाउँसभाले प्रस्तुत नीति, कार्यक्रम, बजेटसहित सबै प्रस्तावहरु सर्वसम्मत रुपमा पारित गरेको छ ।
म्याग्दीका सबै स्थानीयतहहरुले आफ्नो नीति तथा कार्यक्रम एवम् बजेट प्रस्तुत गरी पारित गरेका छन् । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि म्याग्दी जिल्लाका ६ वटा स्थानीय तहले तीन अर्ब १९ करोड ८७ लाख ३९ हजार छ सय २७ रुपियाँको बजेट प्रस्ताव गरेका छन् ।
बेनी नगरपालिका
आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नगर उपप्रमुख ज्योति लामिछानेले ७१ करोड ८० लाख २७ हजार बजेट सार्वजनिक गर्नुभएको छ । मङ्गलबार आयोजित १७ औँ नगर सभामा लामिछानेले चालुतर्फ ५४ करोड ९३ लाख ३० हजार र पूँजीगततर्फ १६ करोड ८६ लाख ९७ हजारको बजेट प्रस्तुत गर्नुभएको हो ।
प्रस्तुत बजेटमा सङ्घीय समानीकरण अनुदानअन्तर्गत ११ करोड ६३ लाख, सङ्घीय राजस्व बाँडफाँडबाट नौ करोड १३ लाख २० हजार, गण्डकी प्रदेश सरकारको समानीकरण अनुदान एक करोड ५८ लाख ८६ हजार र सवारी साधन कर बाँडफाँडबाट एक करोड ८९ लाख ५३ हजार विनियोजन गरेको छ ।
सङ्घीय सशर्त कार्यक्रमतर्फ ३७ करोड ४२ लाख, गण्डकी प्रदेशको सशर्त विशेष अनुदानतर्फ एक करोड दुई लाख, सङ्घीय सरकारको सम्पूरक अनुदान ६५ लाख, विशेष अनुदान ६९ लाख र आन्तरिक आम्दानीतर्फ चार करोड ३३ लाख ५० हजार समावेश गरिएको छ । मालपोत रजिष्ट्रेशन बाँडफाँटतर्फ ८५ लाख र चालु आर्थिक वर्षको खर्च हुन बाँकी रकम पनि समेटिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनभुयो ।
मालिका गाउँपालिका
म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को गाउँसभाको १७ औं अधिवेशनमा उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले ४६ करोड दुई लाख तीन हजार बजेट प्रस्ताब गर्नुभयो । उपाध्यक्ष घर्ती मगर पुनका अनुसार, कुल बजेटमध्ये चालुतर्फ ३२ करोड ९४ लाख ८७ हजार र पुँजीगत तर्फ १३ करोड सात लाख १९ हजार विनियोजन गरिएको छ ।
सङ्घीय सरकार समानीकरण अनुदान आठ करोड ८३ लाख, सरकार सशर्त अनुदान (चालु) २० करोड ६३ लाख, सङ्घीय सरकार राजस्व बाँडफाँट आठ करोड ७० लाख ४१ हजार, सङ्घीय सरकार सशर्त (पुँजीगत) अनुदान ६ लाख, सङ्घीय सरकार विशेष (पुँजीगत) अनुदान ८० लाख, सङ्घीय सरकार समपुरक अनुदान एक करोड १० लाख, गण्डकी सरकार समानीकरण अनुदान एक करोड सात लाख २२ हजार, गण्डकी प्रदेश सरकार राजस्व बाँडफाँट ८५ लाख ८९ हजार, गण्डकी प्रदेश सरकार ३४ लाख ५१ हजार, गण्डकी सरकार समपुरक अनुदान ६० लाख, पालिकाको आन्तरिक आय–सेवा शुल्क, दस्तुर, रोयल्टी र अन्य तथा अनुमानित संचित कोष अल्या हुने रकम दुई करोड रुपियाँ गरी कुल ४६ करोड दुई लाख तीन हजार रुपियाँ अनुमानित आय रहेको छ ।
धवलागिरी
गाउँपालिकाको २४ औं गाउँसभामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । गाउँपालिकासँग संसारको सातौं अग्लो धौलागिरी हिमाल छ । प्रत्येक वडामा सम्भावनायुक्त पर्यटकीय स्थलहरु छन् । पर्यटन क्षेत्रको विकास र प्रवर्धन गरेर पालिकाले आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य सहित ‘एक वडा एक पर्यटन परियोजना’ सञ्चालन गर्न खोजेको गाउँपालिकाले जनाएको छ ।
उपाध्यक्ष रेशम पुनले आगामी आर्थिक वर्षका २०८२/०८३ का लागि ४६ करोड ५६ लाख ६ हजार पाँच सय ६३ को बजेट गाउँसभाबाट पारित भएको हो । आर्थिक विकास तर्फ कृषि, पशुपंक्षी, सहकारी र पर्यटन क्षेत्रको विकासका लागि ५२ लाख, शिक्षा र खेलकुदमा ३५ लाख, खानेपानीका लागि नेपाल स्वास्थ्य पानी कार्यक्रमसँग साझेदारीसहित ४५ लाख र सामाजिक विकास तर्फ २३ करोड २१ लाख ९० हजार प्रस्ताव गरिएको छ । यसैगरी, पूर्वाधार तर्फ दस करोड ९५ लाख र संस्थागत विकास सेवा प्रवाह तथा सुशासन तर्फ ११ करोड ३४ लाख ६१ हजार पाँच सय ६३ विनियोजन गरिएको छ ।
रघुगंगा गाउँपालिका
रघुगंगा गाउँपालिकाको उपाध्यक्ष प्रेमकुमारी पुनले आगामी आर्थिक वर्षका लागि ५० करोड ११ लाख ४० हजार आठसय २० रुपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्ष पुनले आन्तरिक राजस्व एक करोड पाँच लाख, चालु आर्थिक वर्षबाट खर्च नभएर बाँकी रहने दुई करोड ५५ लाख, गरी आन्तरिक आयतर्फ तीन करोड ६० लाख प्रस्ताव गर्नुभएको हो ।
चालु खर्चतर्फ ३७ करोड ६७ लाख ६० हजार आठ सय २० र पुँजीगततर्फ १२ करोड ४३ लाख ८० हजार बजेट प्रस्ताव गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभयो । नीति तथा कार्यक्रम पारित भइसकेपछि बजेट प्रस्तुत गरिएको र बजेटमाथि छलफल जारी रहेको गाउँपालिका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
मंगला गाउँपालिका
म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २० औं गाउँ सभामार्फत ४४ करोड ६१ लाख ५६ हजार चारसय ५१ रुपियाँको बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी क्षत्रीले गाउँसभामा चालु खर्चतर्फ ३१ करोड ३३ लाख २० हजार चारसय ५१ रुपियाँ र पूँजीगततर्फ १३ करोड २७ लाख ३६ हजार रुपियाँ बजेट प्रस्ताव गर्नुभएको थियो ।
अन्नपूर्ण गाउँपालिका
अन्नपूर्ण गाउँपालिकाको गाउँसभाको २१ औं अधिवेशनबाट आउँदो आर्थिक वर्ष २०८२/०८३ का गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले कुल ६० करोड ७६ लाख दुईहजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो । चालुतर्फ ३७ करोड ५३ लाख १२ हजार चारसय ३५ रुपियाँ अर्थात् ६१ दशमलव ७६ प्रतिशत र पूँजीगततर्फ २३ करोड २२ लाख ९० हजार तीन सय ५८ रुपियाँ अर्थात् ३८ दशमलव २३ प्रतिशत बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।
सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान नौ करोड ३२ लाख, राजस्व बाँडफाँट १० करोड ५९ लाख ६१ हजार र सर्शत अनुदान २१ करोड ८२ लाख रुपियाँ रहेको छ । यसैगरी गण्डकी प्रदेशबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ९६ लाख १६ हजार, विशेष अनुदान ४० लाख, समपुरक अनुदान ६० लाख, प्रदेशको सवारी कर बाँडफाँटबाट प्राप्त हुने रकम एक करोड चारलाख ९८ हजार र आन्तरिक राजस्वतर्फ दुई करोड १२ लाख ७५ हजार रुपियाँ रहेको उपाध्यक्ष पुनले जानकारी दिनुभयो ।
बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि ७१ करोड ८० लाख २७ हजार बढीको बराबरको बजेट सार्वजनिक गरेको छ । मङ्गलबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित १७ औँ नगरसभामा बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले चालुतर्फ ५४ करोड ९३ लाख ३० हजार र पूँजीगत तर्फ १६ करोड ८६ लाख ९७ हजारको बजेट प्रस्तुत गर्नुभएको हो
बजेटमा सङ्घीय समानीकरण अनुदान ११ करोड ६३ लाख, सङ्घीय राजश्व बाँडफाँड ९ करोड १३ लाख २० हजार, गण्डकी प्रदेश सरकारको समानीकरण अनुदान एक करोड ५८ लाख ८६ हजार,गण्डकी प्रदेश सरकार सवारी साधन कर बाँडफाँडबाट एक करोड ८९ लाख ५३ हजार, सङ्घीय सर्शत कार्यक्रम ३७ करोड ४२ लाख, गण्डकी प्रदेश सरकार सर्शत विशेष अनुदान एक करोड २ लाख, सङ्घीय सरकार समपुरक अनुदान ६५ लाख, सङ्घीय सरकार विशेष अनुदान ६९ लाख,आन्तरिक आम्दानी चार करोड ३३ लाख ५० हजार,मालपोत रजिस्ट्रेसन बाँडफाँड ८५ लाख र चालु आर्थिक वर्षको खर्च हुन बाँकी बजेटबाट प्राप्त हुने आम्दानीलाई बजेटमा समावेश गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।
नगर प्रमुख सुरत केसीले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट निर्माण गरिएको जानकारी दिनुभयो । नगर प्रमुख केसीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भई सकेको र उपप्रमुख लामिछानेले पेस गर्नुभएको बजेट छलफल पछि पारित गरिने छ। यसबर्ष नगरपालिकाको बजेट घटेर आएको छ ।
म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष२०८२/०८३ को लागि ४६ करोड दुई लाख तीन हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाको केन्द्र वडा नम्बर ६ दरबाङ स्थित छ्यारछ्यारे सभाहलमा सोमबार आयोजित गाउँसभाको १७ औं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुनले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको उक्त बजेट छलफल सहित सभाबाट पारित भएको छ ।
कुल बजेट मध्ये चालुतर्फ ३२ करोड ९४ लाख ८७ हजार र पुँजीगत तर्फ १३ करोड सात लाख १९ हजार रुपैयाँ विनियोजन गरिएको छ । यसैगरी गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यम र उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुनले प्रस्तुत गर्नुभएको आर्थिक विद्येयक २०८२ सभाले पारित गरेको छ ।
संघीय सरकार समानिकरण अनुदान ८ करोड ८३ लाख ,संघीय सरकार सशर्त अनुदान (चालु) बीस करोड ६३ लाख,संघीय सरकार राजश्व बाँडफाँड आठ करोड ७० लाख ४१ हजार ,संघीय सरकार सशर्त पुँजीगत)अनुदान ६ लाख ,संघीय सरकार विशेष (पुँजीगत)अनुदान असी लाख ,संघीय सरकार समपुरक अनुदान एक करोड १० लाख ,गण्डकी सरकार समानीकरण अनुदान एक करोड ७ लाख २२ हजार ,गण्डकी प्रदेश सरकार राजश्व बाँडफाँड ८५ लाख ८९ हजार ,गण्डकी प्रदेश सरकार ३४ लाख ५१ हजार ,गण्डकी सरकार समपुरक अनुदान ६० लाख ,गाउँपालिकाको आन्तरिक आय (सेवा शुल्क ,दस्तुर ,रोयल्टी र अन्य तथा अनुमानित संचित कोष अल्या हुने रकम दुई करोड रुपैयाँ गरी कुल ४६ करोड २ लाख ३ हजार अनुमानित आय रहेको छ ।
भने सशर्त (चालु) बीस करोड ६३ लाख ,सशर्त (पुँजीगत)कुमलघोर झोलुङ्गे पुल निर्माण ६ लाख ,संघीय सरकार समपुरक अनुदान (पुँजीगत) एक करोड १० लाख ,संघीय सरकार विशेष अनुदान (पुँजीगत )तर्फ दरबाङ बजार संरक्षण ८० लाख ,गण्डकी प्रदेश सरकार समपुरक अनुदान (पुँजीगत) ६० लाख,गण्डकी प्रदेश सकार विशेष अनुदान (पुँजीगत) ३४ लाख ५१ हजार ,मालिका गाउँपालिका वडा कार्यालय संचालन तथा प्रशासनिक खर्च वडा कार्यालय संचालन खर्च समेत ११ करोड ८१ लाख ३५ हजार ,विषयगत शाखाका अन्तर्गतको कार्यक्रम ४५ लाख ,पालिका स्तरीय योजना तथा कार्यक्रम दुई करोड ७२ लाख १७ हजार,वडागत योजना तथा कार्यक्रम ५ करोड ४५ लाख ,लागत सहभागिता –समपुरक कोषमा ८८ लाख ,निजी आवास पुनर्निर्माण साझेदारी १५ लाख र आकस्मिक विपद् कोष एक करोड रुपैयाँ व्यय रहेको छ ।
आर्थिक वर्ष २०८१/०८२ को कुल बजेट ५० करोड तीन लाख ७६ हजार रुपैयाँमा हालसम्म चालुतर्फ २१ करोड ३६ लाख २३ हजार र पुँजीगत तर्फ ४ करोड ६४ लाख ३३ हजार गरी कुल २६ करोड ५६ हजार रुपैयाँ खर्च भएको छ । विपद् व्यवस्थापन,शिक्षा,स्वास्थ्य लगायत क्षेत्रमा भौतिक पुर्वाधार निर्माण ,सडक ,अधुरा रहेका योजनालाई पुर्णता दिन ,खानेपानी ,सिंचाइ, भवन, लघुउद्यम, पर्यटन, नदी नियन्त्रण, युवा रोजगार, कृषि र पशुपालनलाई प्राथमिकता दिएर बजेट बिनियोजन गरेको गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो ।गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुनले अगामी आर्थिक वर्षको योजना तथा कार्यक्रमहरु सफल र सार्थक कार्यान्वयनका लागि सक्रिय सहयोगको अपेक्षा गर्नुभएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले आर्थिक बर्षको सुरुवातदेखि ने सभामार्फत पारित नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनमा जुट्ने जानकारी दिनुभयो ।
म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्षका २०८२\०८३ का लागि ४६ करोड ५६ लाख ६ हजार पाँचसय ६३ रुपियाँको बजेट ल्याएको छ ।सोमबार गाउँपालिका केन्द्र मुनामा भएको २४ औं गाउँसभामा अध्यक्ष प्रेमप्रसाद पुनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र उपाध्यक्ष रेशम पुनले अनुमानित वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । गाउँसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रम र बजेट सोमबार नै सभाबाट पारित समेत भएको छ ।
गाउँपालिकाले संघीय सरकारबाट राजश्व बाँडफाँड दश करोड २१ लाख उन्नाइस हजार पाँचसय ६३,वित्तिय समानीकरण अनुदान ९ करोड दश लाख रुपियाँ, सर्शत अनुदान १९ करोड ३२ लाख, सर्शत अनुदान पूँजीगत तर्फ ३३ लाख, विशेष अनुदान ६९ लाख र समपुरक अनुदान एक करोड ४० लाख रुपियाँ प्राप्त हुने बजेटमा अनुमान गरिएको छ ।
यसैगरी गण्डकी प्रदेश सरकारबाट राजश्व बाँडफाँड एक करोड १० लाख ३२ हजार,वित्तिय समानीकरण अनुदान ९३ लाख ५५ हजार,विशेष अनुदान ४० लाख,समपुरक अनुदान ६० लाख,सर्शत अनुदान दुई लाख,आन्तरिक आम्दानी ४५ लाख र सञ्चित कोषमा रहने अनुमानित दुईकरोड रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ ।
यस्तै, आर्थिक विकास तर्फ कृषि,पशुपंक्षी,सहकारी र पर्यटन क्षेत्रको विकासका लागि ५२ लाख,शिक्षा र खेलकुदमा ३५ लाख,खानेपानीका लागि नेपाल स्वास्थ्यका लागि पानी कार्यक्रमसँग साझेदारी सहित ४५ लाख र सामाजिक विकास तर्फ २३ करोड २१ लाख ९० हजार प्रस्ताव गरिएको छ ।
यसैगरी पूर्वाधार तर्फ दश करोड ९५ लाख र संस्थागत विकास सेवा प्रवाह तथा सुशासन तर्फ ११ करोड ३४ लाख ६१ हजार पाँचसय ६३ रुपियाँ विनियोजन गरिएको छ ।वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ ५२ लाख,संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ ११ करोड ३४ लाख ६१ हजार पाँचसय ६३ रुपियाँ बजेट विनियोजन गरिएको छ ।
गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेटमा पर्यटन,कृषि,सामाजिक विकास र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ ।एक वडा एक उत्पादन,उत्पादनमा युवा प्रोत्साहन कार्यक्रम,एक वडा एक पर्यटन परियोजना,दिर्घ रोगी सँग अध्यक्ष कार्यक्रम,सुनौला हजार दिनका आमा सँग उपाध्यक्ष कार्यक्रम,भाष कला र संस्कृति,पूर्वाधार विकास र वडा नम्बर १ गुर्जामा कस्तुरी पालनको सम्भाव्यता अध्ययनलाई अगाडी बढाइने नीति गाउँपालिकाले अगाडी सारेको पालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।
पालिकाको दुर्गम वडाका रुपमा रहेको गुर्जामा आगामी आर्थिक वर्ष भित्र सडक पु¥याउन संघीय समपुरक अनुदान र गाउँपालिकाबाट एक करोड ७५ लाख रुपियाँ बिनियोजन गरेको उपाध्यक्ष पुनले बताउनुभयो । उहाँका अनुसार ताकम मुना जोड्ने सडकलाई वैकल्पिक सडकका रुपमा विकास गर्न ताकम हिलापोखरी हुँदै मुना सडकलाई प्रदेश समपुरक योजना र गाउँपालिकाको तर्फबाट एक करोड बिनियोजन गरिएको छ ।
गाउँसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रम र बजेट छलफल पश्चात सर्वसम्मत रुपमा पारित भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले बताउनुभयो । पारित नीति तथा कार्यक्रम र बजेटलाई आगामी आर्थिक वर्षको सुरुवात देखि नै प्रभावकारी रुपमा कार्यान्वयनमा लैजाने उहाँले बताउनुभयो ।गाउँसभाले मध्यमकालिन बजेट खाका,लेखासमिति र कार्यपालिकाबाट भएका निर्णयहरु,चालु आवको आय व्यय बिवरण पारित गरेको छ ।
जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ। हिमालको आधार शिविर जाने पदमार्गमा होटल सुविधा र पदमार्गको व्यवस्थापनले पर्यटकीय आवागमन बढाएको हो।
हिमाल आरोहणको इतिहासमा जेठो हिमालका नामले चिनिने अन्नपूर्ण प्रथम हिमालमा सन् १९५० जुन ३ मा फान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासहित चार जनाले सफल आरोहण गरेका थिए। हिमाल आरोहण भएको ७५ वर्ष पूरा हुँदा पनि उक्त आधार शिविर जाने पदमार्गको प्रचारप्रसार नभएपछि नारच्याङवासीको अग्रसरतामा पदमार्गको पहिचान र प्रवर्द्धन अभियान थालिएको हो।
अन्नपूर्ण गाउँपालिका र वडा कार्यालयले पदमार्ग क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण र पर्यटन प्रवर्द्धनका लागि अभियान सञ्चालन गर्न थालेका छन्। पदमार्गको पहिचान गरी पदमार्ग, आश्रयस्थल, चिया पसल (टिसप), होटललगायत पूर्वाधार निर्माण गरेसँगै प्रचारप्रसार हुन थालेपछि अहिले पर्यटकको आगमन बढेको पदमार्गका अभियन्ता एवं पर्यटन व्यवसायी तेज गुरुङले बताए।
उनका अनुसार, गत वर्ष अन्नपूर्ण प्रथम आधार शिविरमा नेपाली र विदेशी गरी करिब १० हजार पर्यटकले भ्रमण गरेका थिए। ‘यस वर्ष पर्यटकहरू आउने क्रम बढ्दो छ। हिमाल चढ्न आउने पर्यटक विगतका वर्षमा अधिकांश हेलिकोप्टरबाट आधार शिविर पुग्ने गर्दथे। यस वर्ष आरोही पदमार्ग हुँदै आधार शिविर पुगेका छन्। अन्नपूर्ण हीरक महोत्सव आधार शिविरमा मनाइएकाले पनि यस क्षेत्रको प्रचारप्रसार भएको अनुभूति गरेका छौँ,’ गुरुङले भने।
अन्नपूर्ण आधार शिविरसम्म पुग्ने यस पदमार्गअन्तर्गत हुमखोला, सन्धीखर्क, गुफाफाँट, भुसकेटमेला र पञ्चकुण्डताल परिसरमा होटल र फुतफुते झरना परिसरमा टिसप सञ्चालनमा आएकाले पर्यटकका लागि सहज भएको पर्यटन व्यवसायी गुरुङले जानकारी दिए।
उनका अनुसार यहाँका होटलमा ४० देखि ८० जनासम्मले सजिलै खाना र बासबस्न मिल्ने अस्थायी प्रकृतिको बासस्थान बनेपछि आन्तरिक पर्यटक आउन थालेका छन्। यो याममा छ हजारको हाराहारीमा आन्तरिक पर्यटक आएका गुरुङले जानकारी दिए।
विगतका वर्षमा खाना र बस्नका लागि आफैँले बन्दोबस्तीका सामान बोकेर आउनुपर्ने बाध्यता होटल सञ्चालनमा आएसँगै अन्त्य भएको सन्धीखर्कमा होटल सञ्चालन गर्दै आएका माइकल परियारले बताए।
‘दुई दिनको यात्रापछि यहाँ पुग्न सकिने यस पदमार्गअन्तर्गत पोखरेबगरबाट हुमखोलासम्मको २० किलोमिटर दूरीमा सडकको पहुँच विस्तार भएको छ। हुमखोलाबाट १६ किमी दूरीमा पदमार्ग बनाइएको छ। हिमाल आरोहणमा सबैभन्दा कठिन मानिने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्ने मार्ग सहज बनेपछि अहिले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ,’ उनले भने।
पदमार्गको प्रवेशविन्दु नारच्याङ गाउँमा घरबास (होमस्टे)को सुविधा छ भने त्यहाँबाट माथि हरेक दुई/दुई घण्टाको अन्तरालमा होटलको सुविधा पुगेपछि पर्यटकका लागि खाना र बसोबासको समस्या अन्त्य भएको पञ्चकुण्डताल परिसरमा होटल सञ्चालन गरेका अजित सेञ्चुरीले बताए।
पर्यटकहरूको समस्या हटाउन र स्थानीय पर्यटन व्यवसायमार्फत आयआर्जनमा जोड्ने उद्देश्यले सामूहिक रूपमा लगानी गरेर पदमार्गका विभिन्न स्थानमा होटलमा सञ्चालन गरिएको उनले उल्लेख गरे।
पूर्वाधार निर्माण र सुविधाको विस्तार गर्दै अन्नपूर्ण आधार शिविरलाई सुरक्षित, साहसिक र उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न थालिएको अभियान सार्थक बन्दै गएको स्थानीय पर्यटन व्यावसायी बताउँछन्। हिमालको काखमा रहेको सुन्दर पञ्चकुण्डताल, दर्जनौँ झरना र रमणीय हिमाली भूबनोट यस पदमार्गका मुख्य आकर्षण हुन्।
पर्यटकीय सम्भावना भएर पनि ओझेलामा परेको अन्नपूर्ण प्रथम आधार शिविर र मौरिस हर्जोग पदमार्गको प्रचारप्रसार, पूर्वाधार निर्माण र होटलसहित सुविधाको विस्तारका कारण पछिल्लो समय यस क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको स्थानीयवासी बताउँछन्। रासस