परोपकारी संस्था ओमकुमारी शान्ति कोषको १ करोड ५० लाख अक्षयकोष स्थापनामा सहयोग गर्ने उदेश्यले मंगला गाउँपालिका–४ बरंजाका सोम प्रसाद कँडेलले ५ हजार ५५५ सहयोग गरी आजिवन सदस्यता लिदै । आर्थिक अवस्था कमजोर भएका म्याग्देलीको उपचारमा सहयोग गर्ने उदेश्यले स्थापित संस्थामा आइतबार नै बेनी नगरपालिका–७ संगमचोक निवासी गिता पुनले जन्मदिनको अवसरमा ५ हजार ५५५ सहयोग गरेर आजीवन सदस्यता लिनुभएको छ । तस्विर बेनीअनलाइन
दर खादा स्वास्थ्यमा ध्यान दिन विशेषज्ञको सुझाव
नेपाली हिन्दु धर्मालम्बी महिलाहरुको महान् पर्व तीज नजिकएको छ । तीजको अघिल्लो दिन दर खाने प्रचलन रहेको छ । व्रत बस्नु अघिल्लो दिन अत्यधिक चिल्लो पिरो युक्त खानेकुराको प्रयोगले स्वास्थ्यमा निकै असर पु¥याउने गर्दछ ।
बिशेषज्ञहरुका अनुसार तीजको दरको नाममा अत्यधिक पिरो चिल्लो खानेकुरा खाँदा माहिलाको स्वास्थ्यमा नकारात्मक असर पु¥याउँछ । तीजको दरका लागि बनाइने खानामा चिल्लो र कार्वोहाड्रेडजन्यसँगै अत्यधिक प्रोटिन हुन्छ जसले क्यालोरी बढाउने गर्दछ । हिजो आज दरका नाममा महिना दिनसम्म खाने प्रचलन झैं बन्न थालेको छ ।
रमझमको नाममा एक दिन खाए के होला भन्दै दीर्घरोगबाट ग्रस्त महिला समेत त्यस्तो खाना खान तम्सिएका पाइन्छन् । स्वस्थ्य व्यक्तिलाई समेत यस्ता खानाले असर गर्ने हुँदा दीर्घ रोगी त झनै प्रभावित हुन्छन् ।
व्यायाम नगर्ने तर अत्याधिक प्रोट्रिनयुक्त खानाले महिलामा मोटोपनको सिकार र कब्जियतको समस्या हुनेगर्दछ । तीजका नाममा खाइने महिना दिनदेखिको दरले महिला मधुमेह, मिर्गौला, थाइरोइड, उच्च रक्तचाप, क्यान्सर, कलेजो लगायतको रोगको सिकार हुन थालेका छन् ।
लामा भान्छा घरद्धारा शान्ति कोषलाई १० हजार सहयोग
बेनीका होटल व्यवसायी राजन लामाले आफ्नो व्यवसाय तेस्रो वर्ष प्रवेशको अवसर पारेर परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई सहयोग गर्नुभएको छ ।
बेनी नगरपालिका ८ कोटभण्डार चोकमा रहेको लामा रेष्टुरेण्ट एण्ड भान्छा घरले जटिल रोगबाट थलिएर आर्थिक अभावमा उपचारबाट बञ्चित म्याग्देलीलाई सहयोग गर्न डेढ करोडको अक्षयकोष स्थापना गर्ने उद्देश्यले शान्ति कोषले सञ्चालन गरेको अभियानमा १० हजार पाँच रुपियाँ सहयोग गर्नुभएको हो ।
भान्छा घरका प्रोपाइटर लामाले ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । गरिव तथा विपन्नहरुको उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यले आफूले कोषलाई सहयोग गरेको लामाले बताउनुभयो ।
के तपाईलाई उडुसले हैरान बनायो ? जान्नुहोस्, उडुस भगाउने घरेलु विधिहरु
उडुस जस्ता विषालु कीराको बारेमा सोच्दा मात्र पनि कतिपयलाई राति निद्रा नै पर्दैन । उडुसको टोकाइबाट शरीर चिलाउने, सुन्निने तथा एलर्जी हुने गर्छ । उडुस सानो र छिट्टै लुक्ने परजीवी भएकाले यसलाई खोजेर निर्मूल पार्न एकदमै कठिन हुन्छ ।
एउटा माउ उडुसले आफ्नो जीवन कालभर ५ सय अण्डा पार्छ । ती अण्डाबाट निस्कने बच्चाले पछि फेरि अण्डा निष्कासन गर्छ । यसरी प्रत्येक पिढीमा तिनको सङ्ख्या बढ्दै जान्छ र यिनीहरू झुण्ड हुँदै पूरै घरभरि फैलन्छन् । त्यसैले, तिनको रोकथाममा जति ढिलाइ गर्यो, त्यति नै प्रकोप बढ्छ र नियन्त्रण गर्न पनि कठिन हुन्छ । उडुसलाई निर्मुल पार्न यसकारणले पनि कठिन छ कि, यिनीहरू नखाएर पनि लामो समयसम्म बाँच्न सक्छन् ।
उडुस नियन्त्रणमा सघाउने केही घरेलु विधिहरु:
पुदिना रस :
उडुसले पुदिनाको गन्ध सहन सक्दैन । त्यसैले, पुदानाका केही पात आफ्नो ओछ्यानको नजिक राख्नुहोस् । यदि तपाईंको घरमा साना बच्चा छन् भने उनीहरू सुत्ने ठाउँमा पनि पुदिनाका पात राखिदिनुहोस् । सुत्ने बेला तपाईं पुदिनाका पात पिसेर आफ्नो शरीरमा दल्न पनि सक्नुहुन्छ । यसो गर्दा उडुसको टोकाइबाट बच्न सकिन्छ ।
रातो खुर्सानी:
रातो खुसार्नीको गन्धले पनि उडुसहरू छिटो भाग्छन् । तपाईंले रातो खुर्सानीको धूलो बनाएर उडुस भएको ठाउँमा स्प्रे पनि गर्न सक्नुहुन्छ । यसो गर्नाले उडुस निष्क्रिय हुने गर्छन् ।
लेवेण्डर:
उडुसले लेवेडरको गन्ध सहन गर्न सक्दैन । त्यसैले, तपाईं लेवेण्डरको पात उडुस भएको कपडामा दल्न सक्नुहुन्छ । लेवेडरको पर्फ्युम स्प्रे गर्नाले पनि तिनको प्रकोपबाट बच्न सकिन्छ ।
रोजमेरी :
उडुस रोजमेरीको गन्धले पनि भाग्छ । तिनको नियन्त्रणका लागि तपाईं रोजमेरीको स्प्रे बनाएर पनि सम्भाव्य ठाउँहरूमा छर्कन सक्नुहुन्छ । राति यो विधिको प्रयोग गरी ढुक्कसँग निदाउनुहोस् ।
नीलगिरी :
नीलगिरीमा औषधीय गुण हुनुका साथै उडुस मार्ने क्षमता पनि हुन्छ । तपाईं यसको केही थोपा उडुस भएको ठाउँमा छर्कन सक्नुहुन्छ । साथै, नीलगिरीको तेल, रोजमेरी तथा लेवेण्डरको स्प्रे बनाई छर्किएर पनि उडुसबाट छुटकारा पाउन सकिन्छ ।
बिनका पात :
बिनका पात पहिलेदेखि नै उडुस मार्न प्रयोग हुँदै आएको पाइन्छ । तर, हामीलाई यसको चमत्कारी गुणहरूबारे भने कमै मात्र थाहा छ । हालै गरिएको एक अध्ययनले बिनका पातले उडुस मार्ने प्रमाणित गरेको छ । तपाईं पनि तिनका पात तथा रसको प्रयोग गरी उडुस निर्मूल पार्न सक्नुहुन्छ ।
टी ट्री स्प्रे :
टी ट्रीको तेल एण्टी माइक्रोबियलको रूपमा परिचित छ । उडुसबाट छुटकारा पाउन पनि यो उत्तिकै उपयोगी छ । यसको प्रयोगका लागि टी ट्रीको तेलको एउटा ठूलो सिसी खरीद गर्नुहोस् । यसमा अलिकति पानी मिसाएर केही पातलो बनाउनुहोस् । अब यसलाई स्प्रे बोतलमा भरेर भित्ता, पलङ, दराज, फर्निचर, डसना, कपडालगायत सामग्रीमा छर्कनुहोस् । यसलाई एक हप्ता लगातार छर्कनाले तपाईं सधैंभरका लागि उडुसबाट छुटकारा पाउन सक्नुहुनेछ ।
नीमको तेल :
नीमको तेल उत्तर भारतमा पाइने नीमबाट निकालिन्छ । यसमा धेरै एण्टी माइक्रोबियल गुण हुन्छन् । कीराहरू टाढा राख्न यसको प्रयोग गरिन्छ । नीमको तेल औषधि पसलमा पाइन्छ । यसको प्रयोग उडुस भएको ठाउँ तथा घरको सबै भागमा छर्केर गर्न सकिन्छ । साथै, साबुनमा यसलाई मिसाएर कपडा धुने गर्नाले यसको गन्धले उडुस टाढा भाग्छ ।
थाइम अजवाइनको फूल :
थाइम इटलीको एक लोकप्रिय बुटी हो, जसको प्रयोग खानामा स्वाद बढाउन गरिन्छ । थाइमले उडुसलाई सीधा असर त गर्दैन, तर यसको गन्ध उडुसले सहन गर्न सक्दैन । यसको गन्धले उडुसहरू लुकेको ठाउँबाट निस्कन्छन् । थाइमका पात जालीदार ब्यागमा राखेर उडुस भएको ठाउँमा राखिदिनुहोस् । हरेक ३ दिनमा ब्यागका पात निकालेर ताजा पात राख्नुहोस् । यसो गर्नाले तपाईं उडुसको तनावबाट मुक्त हुन सक्नुहुन्छ ।
स्वीट फ्लेग :
स्वीट फ्लेगलाई कलामस पनि भनिन्छ । यसको प्रयोग रसायनमा आधारित कीटनाशक बनाउन गरिन्छ । यसमा एण्टी माइक्रोबियल गुण हुन्छ, जसको कारणले उडुसजस्ता परजीवी भगाउँछ । यसबाट बनेको हर्बल कीटनाशक तपाईं किचेन गार्डेनसम्बन्धी पसलमा पाउन सक्नुहुन्छ । स्वीट फ्लेगको पाउडर ल्याएर त्यसको प्याकेटमा लेखिएको निर्देशनअनुसार त्यसको घोल बनाउनुहोस् । त्यस घोललाई आफ्नो घरको कुनाकुना ९उडुस भएको ठाउँमा छर्कनुहोस् । उडुस भगाउन यो विधि पनि निकै प्रभावकारी मानिएको छ ।
कुहुँका दुर्गा बहादुरको उपचार अभियान सुरू
मंगला गाउँपालीका १ कुहुँका दुर्गाबहादुर लाम्गादेको उपचारका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको छ ।परोपकारी संस्था ओमकुमारी शान्ति कोषले शनिबार बेनीमा पत्रकार भेटघाट मार्फत नाकभित्र मासु पलाएर थलीएका ६४ वर्षिय लाम्गादेको उपचारका लागि सहयोग संकलन अभियान सुरु गरेको जानकारी गराएको हो । नाकभित्र मासु पलाएर त्यसको असरले दायाँ आखाको ज्योती गुमाएका लाम्गादेको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भैरहेको छ ।
घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि सहयोग संकलन अभियान सञ्चालन गरिएको कोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । तिन महिनाअघि नाकबाट सास फेर्न गाहे भएपछि स्वास्थ्य परिक्षण गराउँदा उनलाई क्यान्सर भएको पहिचान भएको थियो ।
पहिलो पटक किमो समेत चढाई सकिएको लाम्गादेकी श्रीमती सरस्वतीले बताउनुभयो । उपचारका लागि सहयोग गरेर श्रीमानको जिवन बचाईदिन सरस्वतीले अपिल गर्नुभएको छ । लाम्गादेका दुई छोरा र तिन छोरी छन् । उनिहरु गाउँमै खेती किसानी गरेर जिविकोपार्जन गर्दै आएका थिए ।
शान्ति कोषले आजिवन सदस्य भोजबहादुर रिजालको संयोजकत्वमा दुर्गाबहादुर बचाउ अभियानका लागि उपसमिति गठन गरेको छ । उपसमितिका संयोजक रिजालले पाँच हजार, कोषका अध्यक्ष राजेश शाक्यले पाँच हजार, संस्थापक अध्यक्ष चन्द्रकुमार केसीले पाँच हजार, सचिव लोकेश पुनले दुई हजार पाँच सय, सदस्य नन्दु पाईजाले दुई हजार पाँच सय सहयोगको घोषणा गर्नुभएको छ । हाल बहराईनमा रहनुभएका मंगला गाउँपालीका ५ अर्मनका तारा क्षेत्रीले तिन हजार पाँच सय र बेनपा ७ मंगलाघाटका लक्ष्मण कटुवालले एक हजार पाँच सय रुपैया कार्यक्रमका अवसरमा हस्तान्तरण गर्नुभएको थियो ।
खानेबित्तिकै पेट दुख्ने १० कारण र रोकथामका १० उपाय
पेट दुख्ने समस्या नभएका मानिस सायदै होलान्। गम्भीर रुपमा होस् या सामान्य प्रकारको नै किन नहोस् पेट दुख्ने समस्या सबै मानिसले भोगेका हुन्छन्। त्यसैले पेट दुख्नुलाई धेरैले सामान्य रुपमै लिने गरेको पाइन्छ। तर, कहिलेकाहीँ पेट दुख्ने समस्याबारे हेलचेक्र्याँइ गर्दा पेटमा अल्सर वा क्यान्सर भएर पेटभित्रका कुनै अंग शल्यक्रिया गरेर फ्याल्नुपर्ने पनि हुन सक्छ।
पेटको दुखाइ जटिल रोगको संकेत पनि हुन सक्छ भन्ने कुरा बुझ्न जरुरी छ। पेट दुख्नुका धेरै कारण हुन्छन्। कसैकसैमा पेटकै रोगका कारण पेट दुखेको हुन सक्छ भने केहीमा खानपिनमा हुने गडबडीका कारण पेट दुख्छ। खानपानमा गडबडी हुँदा पेट दुख्ने, पेट फुल्ने, डकार आउने, वान्ता हुने, खाना खानेबित्तिकै दिसा लाग्ने जस्ता समस्या देखा पर्छन्। यहाँ खाना खानेबित्तिकै पेट दुख्नुका कारण र त्यसका रोकथामका उपायबारे चर्चा गरिएको छ।
रोगका कारण हुने पेट दुखाइ
१) लिभर सिरोसिस
लिभर बिग्रिएको अवस्थालाई लिभर सिरोसिस भनिन्छ। कसैकसैको रक्सी सेवनले गर्दा पहिले नै लिभर बिग्रिएको हुन सक्छ। लिभिर सिरोसिसका कारण पेट पहिलेदेखि नै ढाडिएको हुन्छ, जसले गर्दा थोरै खाना खाँदा पनि पेट दुख्न सुरु हुन्छ।
२) क्रोन्स डिजिज
क्रोन्स डिजिजि भनेको मुखदेखि सानो आन्द्रा, ठूलो आन्द्रा हुँदै मलद्वारसम्मै सानो-सानो घाउ आउने समस्या हो। यस्तो समस्या भएकाहरुलाई खाएको खानेकुराले घाउमा ठोक्किने भएकाले खाना खाँदा पेट दुख्न सक्छ।
३) भाइरल इन्फेक्सन
पेटमा ब्याक्टेरियल भाइरल इन्फेक्सन छ भने पेट पहिले फुलेको हुन्छ। यो इन्फेक्सन भएको अवस्थामा पनि थोरै खाना खाँदा पेट दुख्न थालिहाल्छ।
४) अल्सर
अल्सर भएर खाना जाने नली (पाइलोरिक रिङ) साँघुरिएको भएमा पनि खाना खाँदा पेट दुख्ने गर्छ। यसले गर्दा पेट ढाडिँदै आउँछ र पेट नराम्रोसँग दुख्छ।
५) पेटको शल्यक्रिया
क्यान्सररअल्सर भएर पेटको आन्द्राको शल्यक्रिया गरिएको वा कुनै अंग काटिएको भएमा पेटको भाग साँघुरो भएको हुन्छ। यस्ता बिरामीको पेटमा थोरै खानेकुरा पर्दा पनि ढुस्स भएर फुल्छ र दुखाइ बढ्छ।
६) कब्जियत
पेट दुख्नुको कारण कब्जियत पनि हो। अधिकांश मानिसलाई कब्जियतका कारण पेट दुखिरहेको हुन्छ। जति खाना खाए पनि दुईदेखि तीन तीन दिनसम्म दिसा हुँदैन। यसलाई ‘इरिटेबल वल सिन्ड्रोम’ भनिन्छ। पर्याप्त मात्रामा ग्यास पास नभएका कारण पेट ढाँडिरहन्छ र दुखिरहन्छ।
खानाको गडबडीले हुने पेट दुखाइ
७) कार्वोनेटेड खानाको अत्यधिक प्रयोग
कार्वोनेटेड खानेकुरा (जस्तैः भुटेको, तारेको, पोलेको मासुको परिकार आदि) धेरै खाएमा पेट दुख्ने समस्या आउँछ।
८) ग्यासयुक्त पेय पदार्थ
ग्यासयुक्त पेय पदार्थ (कोक, फेन्टा, पेप्सी आदि) पिउँदा पेटमा ुग्यास फर्मेसनु हुन्छ र पेट दुख्न थाल्छ। यस्तै बन्दा, काउली, प्याज, लसुन, केराउ आदि ग्यास फर्मेसन गर्ने खानेकुरा खाँदा पनि कसैकसैलाई पेट दुख्न सक्छ।
९) खानाको तरिका
खाना खाँदा आरामले बिस्तारै खानुपर्छ। छिटो-छिटो वा हतारमा खाँदा पनि पेट दुख्ने समस्या आउँछ। छिटोछिटो खाना खाँदा खानासँगै हावा पनि पेटभित्र जान्छ। जसले पेटमा ग्यास भरिन्छ र पेट ढाडिएजस्तो भएर दुख्ने गर्छ।
१०) प्रदूषित खाना
प्रदूषित खानेकुरा खाँदा पनि पेट दुख्ने हुन्छ। यस्तै धेरै दिनको बासी खानेकुरा, बजारमा धुलो-फोहोर ठाउँमा राखिएका खानेकुरा र राम्रोसँग नपाकेको खानेकुरा खानासाथ पनि पेट दुख्ने हुन सक्छ।
पेट दुख्नबाट बच्ने उपाय
१) खाना समय लगाएर विस्तारै चपाएर खाने।
२) चना, केराउजस्ता गेडागुडी खाँदा एक दिन भिजाएर राख्ने र अर्को दिन सफा गरेर राम्रोसँग पकाएर मात्र खाने।
३) नियमित व्यायम गर्ने।
४) बढी चिल्लो, पिरो, अमिलो खाने कुरालाई कम गर्ने।
५) साँधेको, पोलेको, तारेको मासुका परिकार सकेसम्म नखाने।
६) धूमपान र मध्यपानको प्रयोग नगर्ने।
७) पेट दुखेको निको पार्न अनुमानका भरमा औषधिको प्रयोग नगर्ने।
८) प्रसस्त शुद्ध पानी पिउने।
९) जङ्क फुडको प्रयोग नगर्ने। सकभर घरमै पकाएको ताजा खानेकुरा खाने बानी बसाल्ने।
१०) पेट सम्बन्धी समस्या भएमा चिकित्सकको परामर्श लिने।
ग्यास्ट्रिक भगाउने यो सरल उपाय …….
नेपालीको राष्ट्रिय रोग ग्यास्ट्रिक जो कोही सताएर हैरान हुनुहुन्छ भने अब अपनाउनुहोस् यो सरल तरीका –मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।अल्छी स्वभाव विकसीत हुनु अत्याधुनिक जीवनशैली, कम ब्यायाम, मीसावट युक्त अन्न, बिशादीपूर्ण तरकारी, जिब्रोले स्वाद माने अत्याधिक भोजन जस्ता स्वास्थ्य प्रतिकुल कृयाकलापले मानिस रोग बाट ग्रसित छ।
मसालेदार, तारेभुटेको, चप्प खोज्ने हाम्रो स्वाद जिब्रोनै हाम्रो परम शत्रु बन्न पुगेको छ।नआतिनुहोस् यहाँ हामीले पाएको फाईदा यहाँहरु समक्ष् बाँड्दै छौँ। जुवानो र बिरे नुन त हामी सबैको भान्छामा हुने चिज हो। हो यही हो यो रोग को औषधी । जुवानो सुत्केरीलाई मात्र खुवाउने चिज होइन रहेछ। यो त पाचक रहेछ, त्यही भएर त्यो सुत्केरी अवस्थाको अत्यधिक चिल्लो पचाउने काम गर्दो रहेछ यसले।
औषधी बनाउने बिधी यस्तो छ एकातिर बिरे नुनलाई धुलो हुने गरी पिसौं। ज्वानो ५ चम्चा जत्ती भुटौं र त्यो पनि पिसौं। ५ चम्चा ज्वानो मा करीब १ चम्चा बिरे नुन मिसाऔँ । यही अनुपातमा आफुँलाई चाइने मात्रामा तयार गरेर एउटा बन्द भाडोमा राख्न सकिन्छ। जब आफुलाई रोगबाट पीडित महसुस हुन्छ तत्काल यस्को प्रयोग गर्न सकिन्छ। तत्कालै यसबाट राहत पाईन्छ। रोग नियन्त्रणमै छ भने राती सुत्नु अघी २ चम्चा यो तयार गरेको औषधी खाएर सुत्दा बिहान पेट सफा हुनुका साथै दिसा खुलेर आउँछ।
युरिक एसिड कसरी नियन्त्रण गर्ने ?
आधुनिक जीवनशैली एवं खानपानले धेरैजना युरिक एसिडको समस्याले पीडित छन् । दीर्घकालीन रोगका रूपमा लिइने युरिक एसिडबाट जोगिन निम्न उपाय अपनाउनुपर्छ।
–सर्वप्रथम शरीरको तौल नियन्त्रण गर्नुपर्छ । बढी तौल भएको शरीरमा युरिक एसिड थुप्रिएर बस्छ र रगतमा प्रसार हुन्छ।
–मासुजन्य खाद्यपदार्थमा प्युरिन हुन्छ, जसको सेवनले युरिक एसिड बढाउँछ । खासगरी रातो मासुको उपभोग कम गर्नुपर्छ । कलेजो, किड्नी, मुटु आदिको उपभोग सकेसम्म घटाउनुपर्छ । मासुको सुप, बियरजस्ता प्रशोधित तरल पदार्थको सेवन पनि कम गर्नुपर्छ । सिमी, तोरीको साग, पालुंगोको साग, खसी एवं हाँसको मासु, गंगटा, आइसक्रिम, पाउरोटी, केक आदिको सेवन पनि युरिक एसिडको कारक बन्न सक्छन्।
–मिर्गाैलाको संचालन प्रभावकारी नहुँदा युरिक एसिडको मात्रा बढ्छ । त्यसैले दिनहुँ कम्तीमा १० गिलास पानी पिउनुपर्छ।
–क्याल्सियमयुक्त खानाको सेवन बढाउनुपर्छ । केरा, आलु, दूध, दही, स्ट्रबेरी, कागती आदि नियमित रूपमा सेवन गर्नुपर्छ।
–अल्कोहल, कोक, फेन्टा, स्प्राइट, पेप्सी, मिरिन्डाजस्ता सफ्ट ड्रिंकको सेवन घटाउनुपर्छ।
–तारेको खानेकुरा कम खानुपर्छ । तारेको खानेकुरामा भएको तेल तथा फ्याट रेनसिडमा परिणत हुन्छ। रेनसिडको उपभोगले शरीरमा अन्तरनिहित भिटामिन ई नष्ट गरी युरिक एसिड प्रसार हुन्छ।
–शारीरिक व्यायाम नियमित गर्नुपर्छ।
बिशाल बुद्धुजाको उपचारमा सर्वोदय माविका शिक्षक र विद्यार्थीहरुले आर्थिक सहयोग
बंगरा अड्डाउने हड्डी खिईएपछि थलीएका अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका १७ वर्षिय बिशाल बुद्धुजाको उपचारका लागि शिक्षक र विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् ।
अन्नपूर्ण २ भूरुङ तातापोनीमा रहेको सर्वोदय माविका शिक्षकहरुबाट छ हजार ७० र विद्यार्थीहरुबाट पाँचहजार ४ सय ६५ गरि ११ हजार पाँचसय ३५ रुपैयाँ बिशालको उपचारका लागि सहयोग जुटाउन अभियान सञ्चालन गरेको ओमकुमारी शान्ति कोषलाई उपलब्ध गराइएको छ ।
विद्यालयका शिक्षक टेकवहादुर चोखालले कोषका अध्यक्ष राजेश शाक्यलाई रकम हस्तान्तरण गर्नुभएको थियो । १७ वर्षी विद्यार्थी बदुजाको जिवन रक्षा गर्ने दायित्व सवै शिक्षक र विद्यार्थीहरुको भएकाले आर्थिक संकलन गरिएको शिक्षक चोखालले बताउनुभयो ।
विश्वका बिरलै व्यक्तिहरुलाई लाग्ने रोगबाट थलीएका बुद्धुजाको काठमाडौ स्थित कान्तिपुर डेन्टल हस्पीटलमा उपचार भैरहेको छ । घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि शान्ति कोषले सञ्चालन गरेको अभियानमा देश बिदेशबाट सहयोग जुट्ने क्रम जारी छ ।
नसा च्यापिने समस्याको कारण र उपचार विधि
नसा च्यापिएको भन्नासाथ हड्डीको बीचमा भएको नसालाई अर्को हड्डीले च्यापेको भन्ने सोच्दछन् । जुल गलत हो ।मानिसको शरीरमा हुने मेरुदण्डमा अनेकौ हड्डी हुन्छन् । प्रत्येक हड्डीको बीचमा एउटा कालो डिस्क हुन्छ । उक्त डिस्क एक प्रकारको तरल पदार्थ हो । यो नौनी घ्यु जस्तै हुन्छ ।
दुर्घटनाका कारण, हात खुट्टा भाँचिएमा वा हड्डी सर्ने समस्या भएमा दुईवटा हड्डीको बीचबाट उक्त डिस्क बाहिर निस्केर नसालाई च्याप्ने गर्छ ।
जसलाई हामी सामान्य भाषामा नसा च्यापिएको अर्थात् इनभर्टिब्रटल डिस्क प्रोल्याब्स अर्थात भन्ने गर्छौं ।नसा च्यापिदा शरीरमा सहि नसक्नु पीडा हुन्छ । यसको असर खुट्टा, पिढुलातिर पनि देखिन्छ । यदि शरीरको देब्रतिर नशा च्यापिएको छ भने त्यसको असर देब्रे खुट्टामा पर्छ । दाँयातिर छ भने असर पनि दायाँतर्फ नै बढी महसुस हुन्छ । दुखाई पनि त्यत्तिकै बढी हुन्छ ।
जसले गर्दा पिढुला दुख्ने, ढाड दुख्ने, धेरैबेर एकै ठाउँमा बस्न नसक्ने, बसेर उठ्दा झनै दुख्ने, हातखुट्टा झमझमाउने, शरीर भारी हुने, शरीरको कुनै भाग लाटो हुने, पोल्ने इत्यादि हुन्छ ।
यस्ता लक्षण समस्याको स्तर तथा समस्याको प्रकार अथवा ठाउँपिच्छे फरक हुन्छ ।
उपचार विधि
यस्ता समस्या भएमा औषधिले दुखाई गर्न केही मात्रामा सघाउ पुर्याउँछ तर त्यसले मात्र यो समस्या निको हुँदैन । यसको लागि फिजियोथेरापी नै आवश्यक पर्छ ।
बाहिर निस्किएको नशा कतिवटा ठाउँमा च्यापिएको छ भन्ने कुराले पनि यसको उपचारमा फरक पर्छ । यदि नशा आधामात्र बाहिर निस्किएको अथवा चेपिएको छ भने त्यसलाई फिजियोथेरापीद्वारा निको पारिन्छ । जुन पहिलो तथा दोश्रो चरण अन्तर्गत पर्दछ ।
तर यदि नशा पुरै बाहिर निस्किएको छ भने त्यसलाई अपरेशनमार्फत भित्र हाल्नुपर्छ । जुन तेश्रो र चौथो चरण हो । अर्थात ६० प्रतिशत भन्दा कम समस्या छ भने त्यसलाई फिजियोथेरापीले उपचार हुन्छ भने सोभन्दा बढीको लागि अपरेशन एकमात्र विकल्प हो ।
पहिलो तथा दोश्रो चरण फिजियोथेरापीमार्फत विरामीको उपचार गर्दा सबैभन्दा पहिले दुखाई कम गर्न उसलाई इन्जेक्सन दिइने गरिन्छ । त्यसैगरी, मेसिनद्वारा पनि विरामीको उपचार गरिन्छ । त्यसका लागि फिजियोथेरापिस्टले दुखाई कन्ट्रोल गर्ने मेसिनको प्रयोग गर्छन् ।
निश्चित एक्सरसाइजमार्फत नशा च्यापिएको ठाउँमा नकारात्मक दबाव सिर्जना गरेर पनि विरामीको उपचार गर्न सकिन्छ । त्यसरी उपचार गर्दा समस्या भएको ठाउँमा दबाव सिर्जना गर्दा त्यसको असर कम दबाव भएको ठाउँमा पर्छ । परिणामस्वरुप उक्त तरल पदार्थ बाहिर निस्किएर बीचमा गएर बस्दछ र नशालाई भित्र हाल्न मद्दत गर्छ ।
त्यसैगरी, ट्राक्सन लगाएर पनि विरामीको उपचार गर्न सकिन्छ । ट्राक्सन भनेको कम्मर तान्ने एक प्रकारको मेसिन हो ।
कहिलेकाहीँ ढाडको हड्डी खुकुलो भएर पनि नशा च्यापिने गर्छ । यो अवस्थामा ट्राक्सनको प्रयोगमार्फत दुईवटा हड्डीलाई दुईतिरबाट तानेर उक्त भागलाई खुकुलो बनाई तरल पदार्थलाई भित्र पठाउने काम गरिन्छ ।
त्यस्तै, हड्डी कसिएर समस्या भएमा त्यसलाई खुकुलो बनाई पुनः कसेर पनि त्यसको उपचार गर्ने गरिन्छ ।
सामान्यतयाः यो पद्दतिबाट विरामीको उपचार गर्दा त्यसलाई निको हुन कम्तीमा चार हप्ताको समय लाग्छ । कसैलाई राम्रो भएमा डेढ हप्तामा पनि निको हुन सक्छ । त्यो विरामीमा भर पर्छ ।
तर यदि विरामी राम्रोसित निको हुन चाहन्छ भने उसले चार हप्तासम्मको उपचार लिनु नै बुद्धमानी हुन्छ ।
यदि कुनै विरामी बेलुकी फिजियोथेरापी गर्छ तर भोलिपल्ट बिहान अफिस गएर १० देखि ५ बजेसम्म कुर्सीमा बसेर एकोहोरो काम गर्छ भने उसलाई निको हुन चार महिना पनि लाग्छ । त्यसमा उसको बसाइले पनि फरक पार्छ ।
यसबाहेक, नशा धेरै नै बाहिर आएको खण्डमा विरामीको अपरेशन नै पनि गर्नुपर्ने हुनसक्छ । तर अपरेशन गरिएका विरामीले अपरेशन पश्चात त्यसलाई सही अवस्थामा ल्याउन फिजियोथेरापी गर्न आवश्यक छ ।
अपरेशन पश्चात शरीरका मांसपेशी सुस्त हुनुका साथै नशा खुम्चन थाल्छ । जसले गर्दा हल्का काम गर्दा पनि पिढुला देख्ने, मांसपेशी दुख्ने लगायतका समस्या उब्जन्छ । त्यसबाट बच्नका लागि पनि फिजियोथेरापी आवश्यक पर्दछ ।
नशा च्यापिने प्रमुख कारण ?
नशा च्यापिने समस्या अनौठो समस्या हो । यो सबैलाई नहुन सक्छ । कहिलेकाहीँ दुईजना व्यक्तिले एउटै प्रकारको काम गर्दा समेत यो समस्या एउटा व्यक्तिमा मात्रै पनि देखा पर्न सक्छ । कसैको मेरुदण्ड अथवा हड्डी कमजोर छ भने पनि उसलाई यो समस्या देखिन सक्छ ।
त्यसैगरी, गाह्रौं काम गर्ने अथवा गह्रौं सामान उचाल्ने मानिसलाई पनि नशा च्यापिने समस्या हुन सक्छ । त्यसबाहेक तल उल्लेखित कुराले पनि नशा च्यापिने समस्या हुने गर्छ ।
· बसाई नमिलेमा
· महिलाहरुको हकमा प्रसव वेदनाको कारण
· शरीरमा अनावश्यक बल प्रयोग गरेमा
· भारी सामान उचालेमा
· गम्भीर प्रकारको हड्डी खिइने समस्या छ भने
· हात खुट्टा भाँचिएमा, हड्डी सर्ने समस्या भएमा र उमेर बढ्दै जाँदा नशा च्यापिने समस्या निम्त्याउन सक्छ ।
· जीवनशैलीको कारणः धेरै समय एकै ठाउँमा बसेर काम गर्दा
यसबाट बच्ने उपाय
· आहारविहारमा ध्यान दिने
· कुर्सीमा बस्दा अढेस लगाएर बस्ने
· खुट्टा टेकेर बस्ने
· बस्दा मेरुदण्डलाई सिधा बनाएर बस्ने
· व्यायाम गर्दा कम्मर सड्किन नदिने
· शरीरमा ज्यादा दखल नदिने
· त्यस्तै, जीवनशैलामा केही परिवर्तन गर्ने
(सुरज भुसाल एभरेष्ट नर्सिङ्ग होममा कार्यरत फिजियोथेरापिस्ट हुन् ।)