Friday, June 27, 2025
24.6 C
Beni
24.6 C
Beni
Friday, June 27, 2025
Home Blog Page 1546

श्रीमानको स्मृतिमा गरिव र विपन्नको उपचारमा सहयोग

बेनी नगरपालिका–६ मंगलाघाटकी एक बृद्धाले स्वर्गिय श्रीमानको सम्झनामा म्याग्दीका गरिव तथा विपन्नको उपचारमा आर्थिक सहयोग गर्नुभएको छ ।
मंगलाघाटकी ७३ बर्षिय डम्बर कुमारी केसीले स्वर्गीय श्रीमान पदमलाल शर्माको सम्झनामा छोरी दुर्गा केसीमार्फत ओमकुमारी शान्ति कोषका उपाध्यक्ष हरिकृष्ण गौतमलाई ५ हजार ९ सय ९५ रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको हो ।

आर्थिक अभावकै कारण उपचारबाट बन्चित हुनुपर्ने अवस्थाका अन्त्य गर्ने अभियान सञ्चालन गरिरहेको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई पृत्रीको नाममा सहयोग गरिएको दुर्गा केसीले बताउनुभयो । ‘धेरैको उपचारमा सहयोग जुटाइरहेको देखेपछि आमाले पनि सहयोग गर्ने इच्छा ब्यक्त गर्नुभयो । भविस्यमा पनि सहयोग गर्नेछौ’उहाँले भन्नुभयो ।

०७१ भदै ४ गते स्वर्गारोहण हुनुभएका शर्माको सम्झनामा भविस्यमा पनि सामाजिक क्षेत्रमा सहयोग गर्ने परिवारले बताएका छन् । बेनी नगरपालिका–१४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको कोषले हालसम्म २६ जनाको सफल उपचार गरेको छ ।

कोषमा ३७६ आजिवन सदस्य, १६ जना संरक्षक रहेको कोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । ब्लड क्यान्सर, मुटु, मृगौला, हाडजोर्नी, आँखा, नशा लगाएत विभिन्न किसिमका रोगको उपचारमा भइरहेको छ । हाल ४ जनाको उपचार भइरहेको छ भने ५ जनाले निवेदन दिएका छन् । कोषका अभियानमा जन्मदिन, विवाह, बर्तबन्ध, आफन्तको सम्झना लगाएत विभिन्न कार्यहरूमा समेत सहयोग उपलब्ध हुने गरेको छ ।

जन्मदिनको खर्च कटाएर सामाजिक कार्यमा सहयोग

म्याग्दीको अर्मन गाविस पिपलबोट स्थायी घरभई हाल काठमाण्डौमा रहेकी एक बालिकाको आफ्नो ५ औं वर्ष प्रवेशको अवसरमा जन्मदिनको खर्च कटाएर सामाजिक क्षेत्रलाई सहयोग गरेकी छन् । बिहिबार ओमकुमारी शान्ति कोष मार्फत आर्थिक अवस्था कमजोर भएकाको उपचारमा सघाउने उदेश्यले चाहना क्षेत्री मार्फत ५ हजार ५ सय ५५ आर्थिक सहयोग गरिएको हो । नीर बहादुर क्षेत्री र माया क्षेत्रीले छोरी चाहनाको जन्मदिनमा पवित्रकार्यमा सहयोग गर्न पाउँदा उत्साहित भएको बताएका छन् ।

म्याग्दी जिल्लामा आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बन्चित भएका सहित विपद्मा सहयोग जुटाइरहेको कोषको अभियानमा छोरीको जन्मदिनको अवसरमा सहयोग गरेको बताउँदै सहयोग रकम सानो भएपनि उपचारमा सहयोग पुग्ने अभिभावकले बताएका छन् । कोषमार्फत ब्लड क्यान्सर, मुटु, मृगौला, हाडजोर्नी, आँखा, नशा लगाएत विभिन्न किसिमका रोगको उपचारमा सहयोग भइरहेको छ ।

जिल्लाको एकमात्रै परोपकारी संस्थाको रुपमा समेत आफ्नो पहिचान बनाउन सफल भएको छ ।गरिव तथा विपन्नबर्गको उपचारका साथै भुकम्प, बाढीपहिरो पिडितलाई समेत आर्थिक जुटाउने गरिएको कोषका अध्यक्ष राजेश शाक्यले बताए । १ करोड ५० लाखको अक्षय कोषको स्थापना गरी विपन्नको उपचारलाई थप प्रभावकारी बनाउने अभियान अन्र्तरगत ब्यक्तिगत सहयोगलाई सोही कार्यमा सहयोग गरिने बताए ।