Thursday, June 26, 2025
22 C
Beni
22 C
Beni
Thursday, June 26, 2025
Home Blog Page 2

मालिका गाउँपालिकाले ल्यायो ४६ करोड दुई लाखको बजेट

म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष२०८२/०८३ को लागि ४६ करोड दुई लाख तीन हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाको केन्द्र वडा नम्बर ६ दरबाङ स्थित छ्यारछ्यारे सभाहलमा सोमबार आयोजित गाउँसभाको १७ औं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुनले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको उक्त बजेट छलफल सहित सभाबाट पारित भएको छ ।

कुल बजेट मध्ये चालुतर्फ ३२ करोड ९४ लाख ८७ हजार र पुँजीगत तर्फ १३ करोड सात लाख १९ हजार रुपैयाँ विनियोजन गरिएको छ । यसैगरी गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यम र उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुनले प्रस्तुत गर्नुभएको आर्थिक विद्येयक २०८२ सभाले पारित गरेको छ ।

संघीय सरकार समानिकरण अनुदान ८ करोड ८३ लाख ,संघीय सरकार सशर्त अनुदान (चालु) बीस करोड ६३ लाख,संघीय सरकार राजश्व बाँडफाँड आठ करोड ७० लाख ४१ हजार ,संघीय सरकार सशर्त पुँजीगत)अनुदान ६ लाख ,संघीय सरकार विशेष (पुँजीगत)अनुदान असी लाख ,संघीय सरकार समपुरक अनुदान एक करोड १० लाख ,गण्डकी सरकार समानीकरण अनुदान एक करोड ७ लाख २२ हजार ,गण्डकी प्रदेश सरकार राजश्व बाँडफाँड ८५ लाख ८९ हजार ,गण्डकी प्रदेश सरकार ३४ लाख ५१ हजार ,गण्डकी सरकार समपुरक अनुदान ६० लाख ,गाउँपालिकाको आन्तरिक आय (सेवा शुल्क ,दस्तुर ,रोयल्टी र अन्य तथा अनुमानित संचित कोष अल्या हुने रकम दुई करोड रुपैयाँ गरी कुल ४६ करोड २ लाख ३ हजार अनुमानित आय रहेको छ ।

भने सशर्त (चालु) बीस करोड ६३ लाख ,सशर्त (पुँजीगत)कुमलघोर झोलुङ्गे पुल निर्माण ६ लाख ,संघीय सरकार समपुरक अनुदान (पुँजीगत) एक करोड १० लाख ,संघीय सरकार विशेष अनुदान (पुँजीगत )तर्फ दरबाङ बजार संरक्षण ८० लाख ,गण्डकी प्रदेश सरकार समपुरक अनुदान (पुँजीगत) ६० लाख,गण्डकी प्रदेश सकार विशेष अनुदान (पुँजीगत) ३४ लाख ५१ हजार ,मालिका गाउँपालिका वडा कार्यालय संचालन तथा प्रशासनिक खर्च वडा कार्यालय संचालन खर्च समेत ११ करोड ८१ लाख ३५ हजार ,विषयगत शाखाका अन्तर्गतको कार्यक्रम ४५ लाख ,पालिका स्तरीय योजना तथा कार्यक्रम दुई करोड ७२ लाख १७ हजार,वडागत योजना तथा कार्यक्रम ५ करोड ४५ लाख ,लागत सहभागिता –समपुरक कोषमा ८८ लाख ,निजी आवास पुनर्निर्माण साझेदारी १५ लाख र आकस्मिक विपद् कोष एक करोड रुपैयाँ व्यय रहेको छ ।

आर्थिक वर्ष २०८१/०८२ को कुल बजेट ५० करोड तीन लाख ७६ हजार रुपैयाँमा हालसम्म चालुतर्फ २१ करोड ३६ लाख २३ हजार र पुँजीगत तर्फ ४ करोड ६४ लाख ३३ हजार गरी कुल २६ करोड ५६ हजार रुपैयाँ खर्च भएको छ । विपद् व्यवस्थापन,शिक्षा,स्वास्थ्य लगायत क्षेत्रमा भौतिक पुर्वाधार निर्माण ,सडक ,अधुरा रहेका योजनालाई पुर्णता दिन ,खानेपानी ,सिंचाइ, भवन, लघुउद्यम, पर्यटन, नदी नियन्त्रण, युवा रोजगार, कृषि र पशुपालनलाई प्राथमिकता दिएर बजेट बिनियोजन गरेको गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो ।गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुनले अगामी आर्थिक वर्षको योजना तथा कार्यक्रमहरु सफल र सार्थक कार्यान्वयनका लागि सक्रिय सहयोगको अपेक्षा गर्नुभएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले आर्थिक बर्षको सुरुवातदेखि ने सभामार्फत पारित नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनमा जुट्ने जानकारी दिनुभयो ।

धवलागिरी गाउँपालिकाको बजेट ४६ करोड ५६ लाख

म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्षका २०८२\०८३ का लागि ४६ करोड ५६ लाख ६ हजार पाँचसय ६३ रुपियाँको बजेट ल्याएको छ ।सोमबार गाउँपालिका केन्द्र मुनामा भएको २४ औं गाउँसभामा अध्यक्ष प्रेमप्रसाद पुनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र उपाध्यक्ष रेशम पुनले अनुमानित वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । गाउँसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रम र बजेट सोमबार नै सभाबाट पारित समेत भएको छ ।

गाउँपालिकाले संघीय सरकारबाट राजश्व बाँडफाँड दश करोड २१ लाख उन्नाइस हजार पाँचसय ६३,वित्तिय समानीकरण अनुदान ९ करोड दश लाख रुपियाँ, सर्शत अनुदान १९ करोड ३२ लाख, सर्शत अनुदान पूँजीगत तर्फ ३३ लाख, विशेष अनुदान ६९ लाख र समपुरक अनुदान एक करोड ४० लाख रुपियाँ प्राप्त हुने बजेटमा अनुमान गरिएको छ ।

यसैगरी गण्डकी प्रदेश सरकारबाट राजश्व बाँडफाँड एक करोड १० लाख ३२ हजार,वित्तिय समानीकरण अनुदान ९३ लाख ५५ हजार,विशेष अनुदान ४० लाख,समपुरक अनुदान ६० लाख,सर्शत अनुदान दुई लाख,आन्तरिक आम्दानी ४५ लाख र सञ्चित कोषमा रहने अनुमानित दुईकरोड रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै, आर्थिक विकास तर्फ कृषि,पशुपंक्षी,सहकारी र पर्यटन क्षेत्रको विकासका लागि ५२ लाख,शिक्षा र खेलकुदमा ३५ लाख,खानेपानीका लागि नेपाल स्वास्थ्यका लागि पानी कार्यक्रमसँग साझेदारी सहित ४५ लाख र सामाजिक विकास तर्फ २३ करोड २१ लाख ९० हजार प्रस्ताव गरिएको छ ।

यसैगरी पूर्वाधार तर्फ दश करोड ९५ लाख र संस्थागत विकास सेवा प्रवाह तथा सुशासन तर्फ ११ करोड ३४ लाख ६१ हजार पाँचसय ६३ रुपियाँ विनियोजन गरिएको छ ।वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ ५२ लाख,संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ ११ करोड ३४ लाख ६१ हजार पाँचसय ६३ रुपियाँ बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेटमा पर्यटन,कृषि,सामाजिक विकास र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ ।एक वडा एक उत्पादन,उत्पादनमा युवा प्रोत्साहन कार्यक्रम,एक वडा एक पर्यटन परियोजना,दिर्घ रोगी सँग अध्यक्ष कार्यक्रम,सुनौला हजार दिनका आमा सँग उपाध्यक्ष कार्यक्रम,भाष कला र संस्कृति,पूर्वाधार विकास र वडा नम्बर १ गुर्जामा कस्तुरी पालनको सम्भाव्यता अध्ययनलाई अगाडी बढाइने नीति गाउँपालिकाले अगाडी सारेको पालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।

पालिकाको दुर्गम वडाका रुपमा रहेको गुर्जामा आगामी आर्थिक वर्ष भित्र सडक पु¥याउन संघीय समपुरक अनुदान र गाउँपालिकाबाट एक करोड ७५ लाख रुपियाँ बिनियोजन गरेको उपाध्यक्ष पुनले बताउनुभयो । उहाँका अनुसार ताकम मुना जोड्ने सडकलाई वैकल्पिक सडकका रुपमा विकास गर्न ताकम हिलापोखरी हुँदै मुना सडकलाई प्रदेश समपुरक योजना र गाउँपालिकाको तर्फबाट एक करोड बिनियोजन गरिएको छ ।

गाउँसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रम र बजेट छलफल पश्चात सर्वसम्मत रुपमा पारित भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले बताउनुभयो । पारित नीति तथा कार्यक्रम र बजेटलाई आगामी आर्थिक वर्षको सुरुवात देखि नै प्रभावकारी रुपमा कार्यान्वयनमा लैजाने उहाँले बताउनुभयो ।गाउँसभाले मध्यमकालिन बजेट खाका,लेखासमिति र कार्यपालिकाबाट भएका निर्णयहरु,चालु आवको आय व्यय बिवरण पारित गरेको छ ।

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ। हिमालको आधार शिविर जाने पदमार्गमा होटल सुविधा र पदमार्गको व्यवस्थापनले पर्यटकीय आवागमन बढाएको हो।

हिमाल आरोहणको इतिहासमा जेठो हिमालका नामले चिनिने अन्नपूर्ण प्रथम हिमालमा सन् १९५० जुन ३ मा फान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासहित चार जनाले सफल आरोहण गरेका थिए। हिमाल आरोहण भएको ७५ वर्ष पूरा हुँदा पनि उक्त आधार शिविर जाने पदमार्गको प्रचारप्रसार नभएपछि नारच्याङवासीको अग्रसरतामा पदमार्गको पहिचान र प्रवर्द्धन अभियान थालिएको हो।

अन्नपूर्ण गाउँपालिका र वडा कार्यालयले पदमार्ग क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण र पर्यटन प्रवर्द्धनका लागि अभियान सञ्चालन गर्न थालेका छन्। पदमार्गको पहिचान गरी पदमार्ग, आश्रयस्थल, चिया पसल (टिसप), होटललगायत पूर्वाधार निर्माण गरेसँगै प्रचारप्रसार हुन थालेपछि अहिले पर्यटकको आगमन बढेको पदमार्गका अभियन्ता एवं पर्यटन व्यवसायी तेज गुरुङले बताए।

उनका अनुसार, गत वर्ष अन्नपूर्ण प्रथम आधार शिविरमा नेपाली र विदेशी गरी करिब १० हजार पर्यटकले भ्रमण गरेका थिए। ‘यस वर्ष पर्यटकहरू आउने क्रम बढ्दो छ। हिमाल चढ्न आउने पर्यटक विगतका वर्षमा अधिकांश हेलिकोप्टरबाट आधार शिविर पुग्ने गर्दथे। यस वर्ष आरोही पदमार्ग हुँदै आधार शिविर पुगेका छन्। अन्नपूर्ण हीरक महोत्सव आधार शिविरमा मनाइएकाले पनि यस क्षेत्रको प्रचारप्रसार भएको अनुभूति गरेका छौँ,’ गुरुङले भने।

अन्नपूर्ण आधार शिविरसम्म पुग्ने यस पदमार्गअन्तर्गत हुमखोला, सन्धीखर्क, गुफाफाँट, भुसकेटमेला र पञ्चकुण्डताल परिसरमा होटल र फुतफुते झरना परिसरमा टिसप सञ्चालनमा आएकाले पर्यटकका लागि सहज भएको पर्यटन व्यवसायी गुरुङले जानकारी दिए।

उनका अनुसार यहाँका होटलमा ४० देखि ८० जनासम्मले सजिलै खाना र बासबस्न मिल्ने अस्थायी प्रकृतिको बासस्थान बनेपछि आन्तरिक पर्यटक आउन थालेका छन्। यो याममा छ हजारको हाराहारीमा आन्तरिक पर्यटक आएका गुरुङले जानकारी दिए।

विगतका वर्षमा खाना र बस्नका लागि आफैँले बन्दोबस्तीका सामान बोकेर आउनुपर्ने बाध्यता होटल सञ्चालनमा आएसँगै अन्त्य भएको सन्धीखर्कमा होटल सञ्चालन गर्दै आएका माइकल परियारले बताए। 

‘दुई दिनको यात्रापछि यहाँ पुग्न सकिने यस पदमार्गअन्तर्गत पोखरेबगरबाट हुमखोलासम्मको २० किलोमिटर दूरीमा सडकको पहुँच विस्तार भएको छ। हुमखोलाबाट १६ किमी दूरीमा पदमार्ग बनाइएको छ। हिमाल आरोहणमा सबैभन्दा कठिन मानिने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्ने मार्ग सहज बनेपछि अहिले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ,’ उनले भने।

पदमार्गको प्रवेशविन्दु नारच्याङ गाउँमा घरबास (होमस्टे)को सुविधा छ भने त्यहाँबाट माथि हरेक दुई/दुई घण्टाको अन्तरालमा होटलको सुविधा पुगेपछि पर्यटकका लागि खाना र बसोबासको समस्या अन्त्य भएको पञ्चकुण्डताल परिसरमा होटल सञ्चालन गरेका अजित सेञ्चुरीले बताए।

पर्यटकहरूको समस्या हटाउन र स्थानीय पर्यटन व्यवसायमार्फत आयआर्जनमा जोड्ने उद्देश्यले सामूहिक रूपमा लगानी गरेर पदमार्गका विभिन्न स्थानमा होटलमा सञ्चालन गरिएको उनले उल्लेख गरे।

पूर्वाधार निर्माण र सुविधाको विस्तार गर्दै अन्नपूर्ण आधार शिविरलाई सुरक्षित, साहसिक र उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न थालिएको अभियान सार्थक बन्दै गएको स्थानीय पर्यटन व्यावसायी बताउँछन्। हिमालको काखमा रहेको सुन्दर पञ्चकुण्डताल, दर्जनौँ झरना र रमणीय हिमाली भूबनोट यस पदमार्गका मुख्य आकर्षण हुन्।

पर्यटकीय सम्भावना भएर पनि ओझेलामा परेको अन्नपूर्ण प्रथम आधार शिविर र मौरिस हर्जोग पदमार्गको प्रचारप्रसार, पूर्वाधार निर्माण र होटलसहित सुविधाको विस्तारका कारण पछिल्लो समय यस क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको स्थानीयवासी बताउँछन्। रासस

सेमिफाइनलमा प्रवेश : म्याग्दी, बागलुङ, तनहुँ र स्याङ्जा

म्याग्दीमा जारीे गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला खुल्ला पुरुष भलिबल प्रतियोगितामा म्याग्दी, बागलुङ, तनहुँ र स्याङ्जा सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न खेलमा म्याग्दीले नवलपुरलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । बागलुङले मुस्ताङ जिल्लालाई ३–० को सोझो सेटमै पराजित गरेको हो ।


त्यसैगरी स्याङ्जाले कास्कीलाई ३–१ सेट जित्दै सेमिफाइनलको यात्रा तय गरेको थियो भने तनहुँले पर्वत जिल्लालाई ३–२ को सेटले पराजित गरेको जिल्ला भलिबल संघका महासचिव कुमार किसानले बताउनुभयो ।

त्यस्तै तनहुँले पर्वतलाई ३–२ सेटमा पराजित गरेको थियो । सेमिफाइनलको पहिलो खेल तनहुँ र स्याङ्जा र दोस्रो खेल म्याग्दी र बागलुङ बिच हुने छ । प्रतियोगितामा आयोजक म्याग्दीसहित मुस्ताङ, बागलुङ, पर्वत, कास्की, तनहुँ, स्याङ्जा, नवलपुर गरी ८ जिल्लाको सहभागिता रहेको छ ।


प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा जिल्ला खेलकुद विकास समिति म्याग्दीको सहकार्यमा जारी प्रतियोगितामा बिजेता टिमले नगद दुई लाख, उपविजेताले नगद १ लाख तथा तेस्रो हुने टिमले नगद ५० हजार तथा चौथो हुने टिमले नगद २५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई जनही पाँचपाँच हजार तथा अन्य विद्यागत उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिबेरो, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट सेटरले जनही तीनतीन हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

मंगला गाउँपालिकाको बजेट साढे ४४ करोड प्रस्तुत

मंगला गाउँपालिकाको आर्थिक वर्ष २०८२÷२०८३ को नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम एवम् १९ औं गाउँसभामा ४४ करोड ६१ लाखको बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम तथा उपाध्यक्ष प्रेमकुमारी खत्री(क्षत्री)ले आगामी आर्थिक वर्षका लागि ४४ करोड ६१ लाख ५६ हजार चार सय ५१ रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो । उहाँले चालु खर्च तर्फ ३१ करोड ३३ लाख २० हजार चार सय ५१ र पुँजीगत तर्फ १३ करोड २७ लाख ३६ हजार बजेट प्रस्ताव गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोपाल शर्माले जानकारी दिनुभयो ।
नीति तथा कार्यक्रम पारित भै सकेपछि बजेट प्रस्तुत गरीएको र बजेटमाथि छलफल जारी रहेको छ ।

गाउँपालिकाले नीति तथा कार्यक्रममा स्वास्थ्य बिमा कार्यक्रमलाई सबै घरपरिवारमा लागु गरी आर्थिक अवस्था कमजोर भएका परिवार र ग बर्गको अपाङ्गता भएका व्यिक्तको निःशुल्क स्वास्थ्य बिमा गर्ने व्यवस्था मिलाइने उल्लेख छ । त्यस्तै मातृ स्वास्थ्य सुरक्षालाई प्रोत्साहन गर्न अनिवार्य रुपमा गर्भावस्था र प्रशुती पश्चात स्वास्थ्य जाँच गर्ने र अनिवार्य रुपमा स्वास्थ्य संस्थामा सुत्केरी गराउने वातावरण मिलाउने जनाइएको छ ।

जेष्ठ नागरिकलाई आफ्नै घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नका लागि वित्तीय संस्था सँगको सहकार्यमा कार्य गर्ने छ । गाउँपालिकामा असंगठित तथा अनौपचारीक क्षेत्रमा कार्यरत श्रमिकहरुलाई सूचिकृत गरी योगदानमा आधारीत सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध गराउँदै लैजाने नीति लिएको अध्यक्ष रोकाले बताउनुभयो । मजदुरहरुको सामाजिक सुरक्षाको प्रत्याभुतिका लागि श्रम डेस्क सञ्चालन साथै सामुहिक दुर्घटना विमाको समेत गाउँपालिकाले व्यवस्था गर्ने भएको छ ।

लायन्स क्लवले ज्ञानोदय माविका विद्यार्थीलाई सहयोग

लायन्स क्लव अफ बेनी लभ्लीहिल र लिओ क्लव अफ बेनी लभ्ली हिलको सहकार्यमा रघुगंगा गाउँपालिका वडा नं ३ स्थित ज्ञानोदय आधारभूत विद्यालयमा सामाजिक उत्तरदायित्व अन्तर्गत एक प्रेरणादायी कार्यक्रमको आयोजना गरिएको छ । क्लवले विद्यालयका विद्यार्थीहरूलाई ६० पिस टिफिन बक्स, स्टेसनरी सामग्रीहरू तथा सफा–सफाइका सामग्रीहरू वितरण गरेको थियो ।

शिक्षा, स्वास्थ्य, खेलकुद सहित विभिन्न क्षेत्रमा सहयोग गदैं आएको क्लवको सहयोगले पठनपाठन र सरसफाइमा सकारात्मक योगदान पु¥याउने क्लवले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदीको प्रमुख अतिथी क्ल्व अध्यक्ष सोहन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लियो क्ल्व अध्यक्ष सगम चोखाल, क्लवका निर्वतमन अध्यक्ष नेत्रराज सुबेदीले मन्तब्य ब्यक्त गर्नुभएको थियो । विद्यालयका प्रअ बिजय शर्माले स्वागत मन्तव्य कार्यक्रम सञ्चालन शिक्षक अर्जुन पौडेलको गर्नुभएको थियो ।

बागलुङ नगरपालिकाले विदेशबाट फर्केकालाई बिना धितो सहुलियत कर्जा दिने

बागलुङ नगरपालिकाले एक घर एक सीप कार्यक्रम सञ्चालन गर्ने भएको छ । बागलुङ नगरपालिका नगर सभाको १७ औं अधिवेशनमा सोमबार नीति कार्यक्रम प्रस्तुत गर्दै बागलुङ नगर प्रमुख वसन्त कुमार श्रेष्ठले प्रत्येक घरबाट कम्तीमा एक जनालाई स्वरोजगार बनाउनका लागि एक घर एक सीप विकास कार्यक्रम सञ्चालन गर्ने गरी नीति लिएको जानकारी गराए । यसले स्वदेशमा नै रोजगारको सिर्जना गर्ने विश्वास नगरपालिकाको छ ।

कामका लागि विदेश जाने युवा युवतीलाई सीप विकास तालिम सञ्चालन गर्ने नगरको नीतिमा उल्लेख । परदेशको ज्ञान जन्मभूमिमा योगदान भन्ने नाराका साथ वैदेशिक रोजगारीबाट फर्केका युवालाई कृषि तथा पशुपालन गर्न बिना धितो सहुलियत कर्जा प्रदान गर्ने नगरपालिकाले नीति लिएको छ । नगर क्षेत्र भित्र रहेका श्रमिकहरूको सीप अनुभव र व्यक्तिगत विवरणको अभिलेख गरी नगरपालिकामा श्रम बैंक स्थापना गर्ने नीतिमा उल्लेख छ।

श्रम बैंकमा आबद्धलाई नगर क्षेत्र भित्र सञ्चालन हुने विकास निर्माण, सडक मर्मत, नाली सरसफाइ, विपद् व्यवस्थापन, फोहोर व्यवस्थापन लगायतका क्षेत्रमा रोजगारीको सिर्जना गर्ने जनाइएको छ । रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धनका लागि मिसन रोजगारी सञ्चालन गर्ने नगरपालिकाको नीतिमा उल्लेख छ । सहिद बेपत्ता घाइते तथा द्वन्द्वपीडितको परिवारलाई आयआर्जन तथा रोजगारीमा जोड्नका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, नगर क्षेत्र भित्र ठूला उद्योग, कलकारखाना, पर्यटन, कृषि उद्योग तथा ठूला विकासका पूर्वाधारमा लगानी जुटाउन बागलुङ लगानी सम्मेलन गर्ने नीति नगरपालिकाको छ ।

नगर उपप्रमुख घरबास कार्यक्रम मार्फत होमस्टे सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने, नगर उपप्रमुख पर्यटन विकास कार्यक्रम मार्फत ‘घुम्न जाऊ बागलुङ’ कार्यक्रम सञ्चालन गर्ने, जिओलोजी पार्क, केवलकार, साहसिक पर्यटन, रक क्लाइम्बिङ, इस्काई वाल्क लगायत निर्माणका लागि साझेदार खोजी गर्ने नगरपालिकाको नीतिमा छ । बागलुङको धार्मिक पर्यटकीय क्षेत्रको व्यापक प्रचार प्रसार गर्ने लेखिएको छ ।  जहाँ विद्यार्थी त्यहाँ शिक्षक अभियानलाई प्रभावकारी बनाउनका लागि शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन तथा तह मिलान गर्ने कार्यलाई निरन्तरता दिने नीतिमा छ ।

एक विद्यालय एक पुस्तकालय सञ्चालन गर्ने, नगरप्रमुख छात्रवृत्ति कोष मार्फत अनाथ तथा विपन्न समूह र न्यू आय भएको कुनै पनि कारणबाट विद्यालय शिक्षाबाट वञ्चित रहेका बालबालिकालाई आधारभूत तहको शिक्षाका लागि छात्रवृत्तिको व्यवस्था गर्ने, ठूला विद्यालय, लिड विद्यालय, आवासीय विद्यालयको नीति बमोजिम एक वडा एक विद्यालय हुने गरी पूर्वाधार तयार भएका विद्यालयमा यसै आर्थिक वर्षबाट आवासीय विद्यालय सञ्चालन गर्ने नीति नगरपालिकाले अख्तियार गरेको छ ।

पढ्दै कमाउँदै कमाउँदै सिक्दै कार्यक्रमलाई नगरका सबै माध्यमिक विद्यालयमा पु¥याउने, गर्भवती र सुत्केरी शिक्षकले सट्टा शिक्षक राख्नुपर्ने, विद्यालयमा वृत्ति मार्ग निर्देशन कार्यक्रम सञ्चालन गर्ने, नगरप्रमुख विद्यालय सुधार कार्यक्रम सञ्चालन गर्ने, पढाई मेला कार्यक्रम सञ्चालन गर्ने कार्यक्रमलाई बागलुङ नगरपालिकाले नीति कार्यक्रममा समावेश गरेको छ ।

गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन, ज्येष्ठ नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवा, विद्यालय नर्स कार्यक्रमलाई प्रभावकारी बनाउने, नगरप्रमुख स्वास्थ्य बिमा कार्यक्रम मार्फत दलित मुस्लिम र माझी समुदायका साथै स्वास्थ्य स्वयंसेविका, अपाङ्गता भएका व्यक्ति, मजदुर र अति विपन्न परिवारको स्वास्थ्य बिमा गर्ने, नगरकी छोरी कार्यक्रमलाई निरन्तरता दिने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

भगत सर्वजित विश्वकर्मा सीप विकास कार्यक्रम मार्फत दलित वर्गको उत्थानका लागि आयमूलक, रोजगारमूलक र सीपमूलक कार्यक्रम सञ्चालन गर्ने नीतिमा लेखिएको छ । सुन्तला ओखर, च्याउ र तरकारी पकेट क्षेत्र विस्तार गर्ने, माटो परीक्षण गरी उपयुक्त खेतीका लागि किसानलाई प्रेरित गर्ने, करार खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने, रैथाने बालीको संरक्षणका लागि आवश्यक सीप प्रविधि सहयोग गर्ने नगरपालिकाले जनाएको छ ।

एक वडा एक उत्पादनलाई पकेट क्षेत्र बनाइने, कृषि बजार स्थापना गर्ने, चैते धान प्रवर्द्धन हिउँदे धान प्रवर्द्धन, फलफूल बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने, विषादीयुक्त खानपान बागलुङको पहिचान भन्ने नाराका साथ जैविक खेतीलाई प्रोत्साहन, कौसी खेती प्रवर्द्धन, मासुमा आत्मनिर्भर बागलुङ बनाउने, निःशुल्क कृषि तथा पशु सेवा परामर्श सेवा सञ्चालन गर्ने कार्यक्रमलाई नगरपालिकाले प्राथमिकता दिएको छ ।

पूर्वाधार विकासतर्फ एक वडा एक खेलमैदान निर्माण, एक वडा एक नमुना पूर्वाधार विकास कार्यक्रम, खानेपानीमा एक घर एक धारा कार्यक्रम, उज्यालो बागलुङ अन्तर्गत बागलुङ बजारमा हाईमास्ट बत्ती जडान गर्ने लगायतका कार्यक्रमलाई नगरपालिकाले प्राथमिकता दिएको नीति कार्यक्रममा उल्लेख गरिएको छ । 

आर्थिक अभाव हुँदा रोमानियामै रोकियो विश्वकर्माको शव

वैदेशिक रोजगारीका लागि रोमानिया पुग्नुभएका एक म्याग्देलीको मृत्यु भएको छ । मंगला गाउँपालिका वडा नं ५ धाराका ३३ बर्षिय विवश विश्वकर्माको गत असार ५ गते साइकलमा यात्रा गर्ने क्रममा दुर्घटनामा परी उपचारको क्रममा मृत्यु भएको हो । बि.स २०७९ फागुन १० गते रोमानीय पुग्नुभएका विश्वकर्माको स्थानीय अस्पतालमा उपचारपछि कोठामा आराम गरेको अवस्थामा मृत्यु भएको त्यहाँबाट रुबिन तामाङले जानकारी दिनुभएको छ ।

मृतक विश्वकर्माको शब नेपाल पठाउन आर्थिक समस्या भएको छ । कम्पनीबाट अलग भएर बस्नुभएका विश्वकर्माका शब नेपाल ल्याउन कानुनी प्रक्रिया सहित आर्थिक संकलन गरिदिन अनुरोध गरेका छन् । मृतकका घरमा श्रीमति, एक छोरा एक छोरी छन् । मृतकका परिवारले स्वदेशमै ल्याएर अन्त्येष्टी गर्ने भन्दै म्याग्दी प्रवासी नेपाली संघ मोना तथा अन्य नेपाली संघसंस्थालाई अनुरोध गरेका छन् । रोमानीयामा रहेका म्याग्देलीले समेत विभिन्न माध्यमबाट आर्थिक संकलन गरी शब घर पठाउने पहल भइरहेको जनाएका छन् ।

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार, मन्त्रीहरूले बजेटका विषयमा जवाफ दिँदै

प्रतिनिधिसभा बैठक काठमाडौँ, ९ असारः नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सोमबार बसेको प्रतिनिधिसभा बैठक । तस्बिरः रत्न श्रेष्ठ÷रासस

प्रतिनिधिसभा बैठकमा भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजको बैठक बहिष्कार गरेका छन् ।

केही दिनदेखि राप्रपाले बैठक बहिष्कार र रास्वपाले बेल घेराउ गर्दै आएकामा आज दुवै दलले बैठक बहिष्कार गरेका हुन् । बैठकको आकस्मिक समयमा बोल्दै रास्वपाका सांसद शिव नेपालीले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीबारे छानबिनको माग गर्दा संसद्‍मा प्रतिपक्ष दलहरूको आवाज दबाउने काम भइरहेको आरोप लगाउनुभयो ।

रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका छन् ।

प्रतिनिधिसभाकाे बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेको प्रश्नको विभिन्न विषयगत मन्त्रालयका मन्त्रीले जवाफ र स्पष्टीकरण दिने क्रम चलिरहेको छ । संसद्को चौथो र पाँचौं ठूलो दलको विरोध र बहिष्कारकै बीच सभामुख देवराज घिमिरेले बैठकलाई कार्यसूचीमा प्रवेश गराउनुभएको हो ।

करेन्ट लागेर मुगुमा दश खच्चर मरे

विद्युत सेवा चुहावट हुँदा छायानाथ रारा नगरपालिका–११ कुसा टाउमा दश खच्चर मरेका छन् । जिल्ला सदरमुकाम गमगढीबाट सामान लिएर मुगुम कार्मारोङ गाउँपालिका जाँदै गरेका ती खच्चरलाई नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रको ट्रान्समिटरबाट विद्युत चुहावट हुँदा सो करेन्ट लागेको थियो ।

प्राधिकरणले कम क्षमताको ट्रान्समिटर राख्दा र विद्युत्को अर्थिङ सुरक्षित नबनाउँदा आइतबार दिउँसो ती खच्चरलाई करेन्ट लागेको खच्चड धनी छायानाथ–१ का स्थानीय कन्नबहादुर मल्लले गुनासो गरे। उनले भने, “पानी परिरहेका बेला सडक छेउमा रहेको ट्रान्समिटरबाट विद्युत जमिनमा बगेको रहेछ हामीलाइ थाहै भएन, एक्कासी १० खच्चर करेन्ट लागेर मरे, मलाई पनि करेन्ट लागेको थियो चप्पल लगाएको हुनाले सामान्य झड्कामात्र लाग्यो म बचेँ ।”

उनका अनुसार एउटा खच्चरको मूल्य एक लाख ५० हजारभन्दा बढी पर्दछ । उनले खच्चरको क्षतिपूर्ति दिन प्राधिकरणसँग माग गरे । छायाँनाथ रारा–१ का कर्णबहादुर मल्लका चार, वडा नं १० का जग्गी बढुवाल र पृथ्वीबहादुर ऐडीका तीन–तीनवटा खच्चर मरेका हुन् । गत शुक्रबार मात्र पनि वडा नं १२ कम्फागाउँ निवासी खड्कबहादुर बुढाको भैँसी करेन्ट लागेर मरेको थियो ।

नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रले वितरण गरेको विद्युत् सेवा व्यवस्थित र सुरक्षित नबनाउँदा यहाँ दिनहुँ स्थानीयले सास्ती भोग्नुपरेको बढुवालले बताए। केन्द्रका प्रमुख साजन ऐडीले वर्षात र हुरीबतासका कारण विद्युत सेवा प्रभावित हुँदा समस्या भएको र नियमानुसार पाउने क्षतिपूर्तिका लागि आफूले प्रादेशिक र केन्द्रीय कार्यालयमा सिफारिस गर्ने जानकारी दिए।