Thursday, June 26, 2025
26.1 C
Beni
26.1 C
Beni
Thursday, June 26, 2025
Home Blog Page 29

म्याग्दीको विकासलाई पहिलो प्राथमिकता दिने राज्यमन्त्री गर्बुजाको प्रतिबद्धता

नेपाल सरकारका नवनियुक्त उर्जा ,जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले जिल्लाको विकासलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको बनाउनु भएको छ । आइतबार बेनी स्थित नेपाली कांग्रेस म्याग्दीले आयोजना गरेको स्वागत सहित बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री गर्बुजाले यस्तो बताउनुभएको हो ।

बेनी–दरबाङ सडकखण्डअन्तर्गत पर्ने फापरखेत पहिरो क्षेत्रमा वैकल्पिक सडक र बेलिब्रिज बनाउने प्रक्रिया अगाडी बढेको बताउनुभयो । संघीय भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय मार्फत बेलिब्रिज बनाइने उहाँले बताउनुभयो ।

पश्चिम म्याग्दी मात्र नभई बागलुङ,पुर्वी रुकुम,डोल्पा जोड्ने जिल्लाको मंगला गाउँपालिका–३, पखेर र वडा नम्बर २ स्थित सिमलचौर पुछार जोड्ने म्याग्दी नदिमाथि बेलिब्रिज तथा सडक निर्माणका लागि लामो समयदेखि आफुले दौडधुप गरिरहेको बताउँदै छिट्टै बेलिब्रिज बनाउने गरी प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।

‘‘वर्षौदेखिको समस्या समाधान गर्न बेलीब्रिज बनाउन प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ज्युले सहयोग गरिरहनुभएको छ । लामो समय दौडधुप गरेपछि संघीय सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले पनि बेलीब्रिज बनाउनको लागि प्रक्रिया अगाडी बढाएको छ ,’’ नेपाली कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका राज्यमन्त्री गर्बुजाले भन्नुभयो । उहाँले आफ्नो पहलमा जिल्लामा बेनी बजार चक्रपथ ,तातोपानी बजार संरक्षण ,बृहत खानेपानी लगायत ठुला विकास आयोजनाहरु भित्रिएको स्मरण गराउँदै आफ्नो कार्यकालमा थप विकास बजेट भित्र्याउने पहल भइरहेको बताउनुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य रेशमबहादुर बानियाँ , उपसभापतिद्धय हरिकुमार श्रेष्ठ र केवी भण्डारीले बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । बेनी नगरपालिका परिसरदेखि संगमचोक स्थित पार्टी कार्यालय सम्म नेता तथाकार्यकर्ता ,शुभेच्छुक लगायतले बाजागाजा ,¥याली सहित भव्य स्वागत गरेका थिए । पार्टी कार्यालयमा नेपाली कांग्रेस म्याग्दीको तर्फबाट बधाई सहितको सम्मानपत्र समेत प्रदान गरिएको थियो । पार्टी जिल्ला सचिव हिराबहादुर पुनले कार्यक्रम संचालन गर्नुभएको थियो ।

नदी कटान रोकथाम गर्न सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल

नदी कटान र बाढी नियन्त्रण गर्न म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण भएको छ। चालु आर्थिक वर्ष २०८१ /८२ मा सङ्घीय र प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट म्याग्दी नदी किनारको फरकफरक ठाउँमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा र जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले पक्की पर्खाल निर्माण गरेका हुन्।

गत फागुनदेखि सुरु भएको दुईवटै योजना बर्खा सुरु हुनुअघि नै सम्पन्न भएको तातोपानीका बासिन्दा दिनेश केसीले बताए।  एक करोड ५५ लाखमा ठेक्का सम्झौता गरेको साहाना–बिआरटी जेभी पर्वतले सरस्वती माविमुनि कम्पोजिट प्रविधिको पर्खाल निर्माण गरेको छ। यो योजनाका लागि रु दुई करोड ७० लाख लागत अनुमान गरिएको थियो।

म्याग्दी नदीको किनारमा कटान नियन्त्रणका लागि ६६ मिटर लामो, चार मिटर चौडाइ भएको तीन-तीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि ग्याविन पर्खाल निर्माण भएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इञ्जिनियर नरजङ गुरुङले बताए।

जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले विनियोजन गरेको रु ५० लाख बजेटबाट ठेक्का पाएको कम्पनी शान्ति निर्माण सेवाले उपल्लो तातोपानी बजारको पछाडि पक्की पर्खाल निर्माण गरेको छ। यो ठेक्कामार्फत ४० मिटर लामो पलम, सेयर र ग्यावियन पर्खाल निर्माण भएको कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले बताए।

विसं २०७८ मा म्याग्दी नदीमा आएको बाढीले तातोपानीस्थित फापरखेत र मसारमा कटान गरेको थियो। मसारमा दुईवटा घर भत्किएका थिए। फापरखेतमा रहेको सरस्वती मावि, ज्वालामाई भगवती आमा समूहको भवन र मसारको १७ घर नदी कटानको जोखिममा छन्। करिब एक सय घरपरिवारको बसोबास रहेको उपल्लो तातोपानी बजार पनि म्याग्दी नदीको कटानको जोखिममा छ।

यसअघि ग्यावियन पर्खाल निर्माण गरेर नदी नियन्त्रण गरिँदै आएकामा यसपालिदेखि पक्की पर्खाल निर्माण गर्न थालिएको वडाध्यक्ष अणबहादुर खड्काले बताए। प्राकृतिक उपचार स्थलका रूपमा परिचित सिङ्गा तातोपानी र बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि चालु आवमा बहुवर्षीय स्रोत सुनिश्चित भएको रु १० करोड बजेटको योजना कार्यान्वयनका लागि पनि ठेक्का प्रक्रियामा छ।सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इञ्जिनियर गुरुङका अनुसार तातोपानीमा एक सय दुई मिटर र बेनीको दरवाङ बजार पछाडि एक सय ६५ मिटर कम्पोजिट पर्खाल निर्माण गर्न लागिएको हो।

उद्यमी बनाउन बेनी नगरको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम

बेनी नगरपालिकाले नगरभित्रका आमा समुहमार्फत महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन विभिन्न सिपमुलक तालिम सञ्चालन गरिरहेको छ । बेनी नगरपालिका–१ रत्नेचौरमा घरायसी काममा सिमित महिलालाई उद्यमशिलतामा जोड्न बाँसका सामग्री र मुडा बनाउने तालिम सञ्चालन गरिएको हो ।

बेनी नगरपालिकाको आमा समूहसँग उपमेयर कार्यक्रम अन्तर्गत बजारमा घरायसी प्रयोग तथा सजावटका लागि बाँसबाट निर्मित सामग्रीको माग रहेकाले स्थानीयको चाहना अनुसार तालिम सञ्चालन गरिएको हो । १५ दिनसम्म सञ्चालन भएको तालिममा बागलुङका पवन थापाले प्रशिक्षण दिएका थिए ।

बेनी नगरपालिकाको आर्थिक सहयोग, रत्नेचौरको वडा कार्यालयको आयोजना, चेतनशिल आमा समूह र वडा स्तरीय महिला सञ्जालको सहआयोजनामा तालिम सञ्चालन भएको बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेले बताउनुभयो । सजावटका सामग्री र मुडा बनाएर आयआर्जन गर्न सकिने र गाउँघरमा खेर गएको बाँसको सदुपयोगका लागि महिलाहरुलाई सिपमुलक तालिममा सहभागि भएको यामु थापाले बताउनुभयो ।

तालिममा बाँस र चोयाबाट मुडाका साथै स्ट्रे, फुलदानी, प्रमाणपत्र राख्ने फ्रेम, चुरादानी, कलम र ब्रसदानी लगायत घरायसी प्रयोग हुने र विदेशमा समेत बिक्री गर्न सकिने विभिन्न आर्कषक साम्रागी तयार गरिएको थियो । रत्नेचौरमा पहिलो चरणमा तालिम र दोस्रो चरणमा रत्नेचौर र अर्जममा दुई वटा समुहमा च्याउ खेती सम्बन्धी तालिम सञ्चालन गरिने छ । च्याउ खेती तालिमका लागि करिब ७० जना सम्पर्कमा छन् ।

महिलालाई आयआर्जनमुलक व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक हिंसा न्युनीकरण गर्ने उद्देश्यले बेनी नगरपालिका–१ रत्नेचौर र वडा नं.–५ पुलाचौरमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन भएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो ।

आर्थिक वर्ष २०७९÷०८० देखि शुरु भएको चालु आर्थिक वर्षमा २० लाख बजेट बिनियोजन भएको कार्यक्रम वडा न. १ र ५ मा लागू भएको छ ।पुलाचौर आमा समूह मार्फत च्याउ खेती, धुप बनाउने र सिलाई कटाई तालिम प्रदान गरिएको छ । आमा समूहलाई परिचालन गरेर महिलालाई आर्थिक रूपमा सक्षम, आत्मनिर्भर, स्वावलम्बी र सामाजिक रूपमा सशक्तीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको छ ।

नदीमा जमेका ढुंगा निकाल्दा झनै जोखिम

बेनी–जोमसोम सडकको प्रवेश बिन्दुमा पर्ने बेनी–गलेश्वर सडकखण्ड अन्तरगत जलेश्वरमा कालीगण्डकी नदीले सडक कटान गरेपछि संरक्षणका लागि नदीमा एक्साभेटर प्रयोग गरिएको छ ।

राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर सडक आयोजनाले बेनी–जोमसोम सडक अन्तर्गत बेनी नगरपालिका ९ गलेश्वरस्थित रघुगङ्गा नदीमा निर्माण गरिएको पक्की मोटरेबल पुल र बस्ती संरक्षणका लागि रघुगङ्गा नदीमा भारी मेसिन (स्काभेटर) को प्रयोग गरी काम भइरहेको छ ।

बेनी–गलेश्वर सडकखण्डमा कालिगण्डकी नदीको संरक्षणका लागि अन्यत्रबाट ढुंगा ल्याएर काम गर्नुपर्नेमा हेभी इक्युभमेन्टको जथाभावी प्रयोग गरी ढुंगा झिक्दा झनै जोखिममा परेको छ ।

विगत एकदशक यत नेपालमा उच्च जोखिमयुक्त सदरमुकामको रुपमा रहेको बेनीबजारमा नदी नियन्त्रणको बाहनामा नदीको तिब्र बेगलाई रोक्न सक्ने ढुंगा निकाल्दा समेतसरोकारवाला निकाय मौन बसेका छन् ।

नदी आसपासमा रहेका साना ढुंगाको प्रयोग गर्ने बाहनामा गलेश्वरदेखि दोभानसम्म नदीको दोहान भइरहेको छ । नदी कटान संरक्षणका लागि स्काभेटरको प्रयोग गरी नदीमा भइरहेको दोहान रोक्न स्थानीयबासीले अनेक प्रयास गर्दा समेत अटेर गर्ने गरिएको बेनी नगरपालिका वडा नं ८ का हिमबहादुर भण्डारीले बताउनुभयो ।

‘नदीको ढुंगा निकालेर नै संरक्षण गर्न कार्यले झनै जोखिम बनाएको छ, सरकारी निकायको नियमित निगरानी आवश्यक छ’ भण्डारीले भन्नुभयो । संरक्षणका लागि करोडौं बजेट खन्याएपनि कालिगण्डकीमा मानवसिर्जित कमजोरीले हरेक बर्खामा सडक कटान हुने गरेको छ । नदीमा रहेका ढुंगालाई बेग रोक्न सघाउँछ ।

नदीको ढुङ्गा फुटाउनु बर्खामा जोखिम हुनसक्ने भएकाले टेन्डर प्रक्रियामै नदीमा संरक्षणको कामका लागि अन्यत्रबाट ढुंगा लगायतका निर्माण साम्रागी ल्याउने प्रावधान राखेर कडा निगरानी आवश्यक रहेको प्राविधिक पक्षको भनाई छ । नदीमा पानीको भार रोक्ने ढुंगाले नै भएकाले जोखिमलाई हेरेर काम गर्नुपर्ने भएपनि मनपरीले जोखिम निम्त्याएको प्राविधिक पक्षको तर्क छ ।

बजार संरक्षणका लागि पर्खाल लगाउने नाममा जथाभावी नदी किनाराका ढुंगा र बालुवा निकाल्दा संरक्षण होइन जोखिमको सम्भावना बढेको भन्दै स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय, बेनी नगरपालिका, पूर्वाधार कार्यालयमा समेत पु्गेर गुनासो गर्ने गरेका छन् । विगतमा बेनीबजार संरक्षणका लागि नदीलाई डाइभर्सनको बाहनामा दोहन गरिदाँ स्थायी संरचनामै क्षती पुगेको थियो ।

ग्याविनजाली लगाउने ठाउँदेख वरपरका खेलुवा ढुङ्गाहरु प्रयोग गर्न पाइने सहमतिले नै नदी कटानलाई कारण बन्ने गरेको छ । नदीका ठूल्ठूला ढुङ्गा निकालेर टुक्राटुक्रा बनाई ग्याबियन लगाएर संरक्षण होइन झन् विनाश निम्तिएको छ । बेनी नगरपालिकाका प्रबक्ता रमेशकुमार श्रेष्ठले मापदण्ड अनुसार काम गर्ने सरोकारवाला निकायलाई सचेत बनाइएको बताउनुभयो ।

बेनी खानेपानीको क्षमता विस्तार, नयाँ प्रशोधन र फिल्टर ट्याङ्कीको परीक्षण गरियो (भिडियो)

म्याग्दी सदरमुकाम बेनीबजार आसपासको क्षेत्रमा वितरण हुने खानेपानीको क्षमता विस्तार भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले बेनीबजार गुणस्तर सुधार खानेपानी आयोजना अन्तर्गत बराहपाखो सामुदायिक बनमा पानी प्रशोधन ट्याङ्की र ६ वटा सेक्सन भएको स्लो स्याण्ड फिल्टर ट्याङ्की निर्माण गरी शनिबार परीक्षण गरिएको हो।

बेनीबजारमा जनघनत्व बढ्दै जान थालेपछि खानेपानीको क्षमता विस्तार र गुणस्तर सुुधार गर्न विसं २०७८ असोजमा काठमाडौँको एएम प्याराडाइजसँग दुई करोड ४६ लाखमा ठेक्का सम्झौतामा ३ लाख ५० हजार लिटर क्षमताको १ वटा सेडिमेन्टेसन ट्याङ्की र खानेपानी शुद्विकरणको लागि ६ वटा सेक्सन भएको ५ लाख ९४ हजार लिटर क्षमताको स्लो स्याण्ड फिल्टर ट्याङ्की तयार भएको बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीले बताउनुभयो ।

‘खानेपानी वितरणमा थप सहज भएको छ, अहिले ट्याङ्कीको परीक्षणको काम भइरहेका छ’ अध्यक्ष गिरीले भन्नुभयो । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका इञ्जिनियर नवीन सुुवेदी सहितको प्राविधिक टोलीले अनुगमन गरी ट्याङ्कीको परीक्षण गरी आवश्यक सुधार तथा थप संरचनाका बारेमा निर्माण पक्षलाई जानकारी गराएको अध्यक्ष गिरीको भनाई छ ।

नयाँ संरचना तयार भएसँगै स्लो स्याण्ड फिल्टर ट्याङ्कीको क्षमता ९ लाख ४४ हजार लिटर, रिर्जभ भ्वायर ट्याङ्कीको ५ लाख ७५ हजार लिटर र सेडिमेन्टेसन ट्याङ्की ७ लाख लिटर क्षमता सहित प्रति सेकेण्ड ३० पानीको भण्डारणको क्षमता भएको उपभोक्ता समितिका प्रबन्धक यामबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

खानेपानीको ट्याङ्की आसपासका क्षेत्रमा पक्की संरचना सहित बन्यजन्तु तथा सर्वसाधारणलाई समेत प्रवेश गर्न नमिल्ने गरी घेराबारका लागि आयोजनालाई माग गरिएको छ ।

ग्रामीण क्षेत्रबाट तीव्र बसाइँसराइका कारण बढ्दो जनसंख्याको चापले खानेपानी अभाव महसुस गरी २०६३ सालमा करिब पाँच करोडको लागतमा सुरु गरिएको खानेपानी संस्थामार्फत हाल बेनी नगरपालिका वडा नं २ हाँडेभिर, वडा नं ७ र ८ बेनीबजारका ११ सय ६० घरधुरी सहित दैनिक २५ हजार जनसंख्या खानेपानीको पहुँच भित्र रहेका छन् ।

जिल्लाको अन्नपूर्ण गाउँपालिका–८,राम्चेको पुम्दीखोला, रिठ्ठाखर्क, डाँडाखर्क, दुधे र कोप्रे खोलाबाट नियमित खानेपानी आपूर्ती भइरहेको छ भने बैकल्पिक खानेपानीका लागि बेनी नगरपालिका–२,स्थित म्याग्दी नदी किनारको इनारबाट लिफ्ट प्रविधिमार्फत पानी तान्ने व्यवस्था मिलाइएको छ । मुहानबाट ट्याङ्कीमा सङ्कलन हुने पानी शुद्धीकरण गर्न ल्याबबाट परीक्षण सहित नियमित सरसफाई सहित विभिन्न सचेतनामुलक अभियान समेत सञ्चालन गर्ने गरेको छ

प्रथम एसईई कप फुटसलको उपाधि बेनी सामुदायिक माविको पोल्टामा

चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल र चिल्ड्रेन लाइफ स्पोर्ट क्लबद्वारा आयोजित प्रथम एसईई कप फुटसल प्रतियोगिताको फाइनल खेलको उपाधि बेनी सामुदायिक माविले जितेको छ । शनिबार रसआवर फुटसल मैदानमा भएको फाइनल खेलमा ट्राइबेकरमा बेनीले आयोजक चिल्ड्रेन लाइफलाई पराजित गरेको हो ।

निर्धारित समयमा ५÷५ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा चिल्ड्रेनविरुद्व बेनीले २–३ गोल गर्न सफल भएपछि उपाधि हात पारेको हो ।

खेल जितेको बेनीले १५ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पायो । चिल्ड्रेन लाइफले ८ हजार रुपैयाँमा चित्त बुझायो । फाइनल प्रवेशका लागि चिल्ड्रेनले रुद्रे पिपल मावि र बेनीले आदर्श विद्यामन्दिरलाई पराजित गरेको थियो ।

खेलमा सर्वाधिक गोलकर्ता चिल्ड्रेनका निसान बुढामगर घोषित भए । १० टिमले भाग जनाएको दुइ दिनसम्म चलेको प्रतियोगितामा बुढामगरले सर्वाधिक १० गोल गरेका थिए । सर्वोकृष्ट खेलाडी बेनीका अनिल बुढा र उत्कृष्ट गोलकिपर पनि बेनीकै सन्दिप केसी घोषित भए । क्लबले हरेक वर्ष एसईई दिएका विद्यार्थी माझ यस्तै प्रकृतिको खेल खेलाउने भएको संरक्षक नवराज श्रेष्ठले जानकारी दिए ।

मदन आश्रित स्मृतीमा फलफूल बितरण

नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र जिवराज आश्रितको ३२ औं स्मृती दिवसको अवसरमा बेनी अस्पतालका बिरामीलाई फलफूल बितरण गरिएको छ ।

नेकपा एमाले म्याग्दीको आयोजनामा भएको फलफूल बितरणमा एमालेकी स्थायी कमिटी सदस्य थममायाँ थापा, केन्द्रीय सदस्य भूपेन्द्र थापा, एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

बेनी अस्पतालको इमर्जेन्सि तथा अन्तरंग बिभागमा रहेका बिरामीहरुको स्वास्थ्यलाभको कामना गर्दै फलफूल बितरण गरिएको एमाले म्याग्दीकी सचिव थमसरा पुनले जानकारी दिनुभयो । उक्त कार्यक्रममा बेनी अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष एवम् जिल्ला समन्वय समितिकी उपप्रमुख डिलकुमारी खत्री, बेनी अस्पतालकी निमित्त मेडीकल सुपरिटेण्डेन्ट अनुसा मानन्धर, मेडिकल अधिकृत रामु सापकोटा लगायतको समेत सहभागिता रहेको थियो ।

पुर्ख्यौली नाच प्रतियोगितामा मुना पुर्ख्यौली नाच समुह प्रथम

म्याग्दीकोे लोपउन्मुख मौलिक पुख्यौली नाच प्रतियोगितामा धवलागिरी गाउँपालिका–३, मुना पुख्यौली समूह बिजेता बनेको छ । पुख्यौंली नाचको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उदेश्यले धवलागिरी गाउँपालिकामा पुख्र्यौली नृत्य प्रतियोगितामा मुना पुख्र्यौली नाच समुह प्रथम भएको हो ।

गाउँपालिकाको आयोजनामा शनिबार गाउँपालिका केन्द्र मुनामा सम्पन्न पुख्र्यौली नृत्य प्रतियोगितामा मुदी पुख्र्यौली नाच समुह द्वितीय, खिबाङ पुख्र्यौली नाच समुह तृतिय तथा ताकमको धार्मिक नाच र काफलडाँडा पुख्र्यौली नाच समुह सान्त्वना भएको गाउँपालिका मुनाका अध्यक्ष देवेन्द्र रोकाले जानकारी दिनुभयो । रोकाका अनुसार प्रतियोगितामा पाँच नाच समुहले भाग लिएका थिए ।

प्रतियोगितामा प्रथम मुनाले नगद २५ हजार, दोस्रो मुदीले २० हजार, तृतीय खिबाङले १५ र सान्त्वना हुने दुवै समुहले १०÷१० हजार रुपैयाँ नगद र प्रमाणपत्र हात पारेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले बताउनुभयो ।

मगर तथा छन्त्याल समुदायको मौलिक कला संस्कृतिको रूपमा रहेको पुख्र्यौली नाचको संरक्षण र प्रचारप्रसार र नयाँ पुस्तामा कला संस्कृतिको पुस्तान्तरणका लागि आगामी बर्ष पनि निरन्तरता दिने गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।

पुरस्कार वितरणमा गाउँपालिका अध्यक्ष पुन, उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत अर्याल, कार्यपालिका सदस्यहरुले विजेता ,उपविजेता ,तृतिय र सान्त्वना नाच समुहलाई पुरस्कार वितरण गर्नुभएको थियो।
गतबर्ष बेनीमा आयोजित आठौं म्याग्दी महोत्सवको अवसरमा आयोजित जिल्लास्तरीय पुख्यौंली नाच प्रतियोगितामा पनि मुना पुख्यौली समुह प्रथम भएको थियो ।

पुख्यौली नाच प्रतियोगितामा मुना पुख्र्यौली नाच समुह प्रथम

पुख्यौंली नाचको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उदेश्यले म्याग्दीको धवलागिरि गाउँपालिकामा पुख्र्यौली नृत्य प्रतियोगितामा मुना पुख्र्यौली नाच समुह प्रथम भएको छ ।

गाउँपालिकाको आयोजनामा शनिबार गाउँपालिका केन्द्र मुनामा सम्पन्न पुख्र्यौली नृत्य प्रतियोगितामा मुदी पुख्र्यौली नाच समुह द्वितीय, खिबाङ पुख्र्यौली नाच समुह तृतिय तथा ताकमको धार्मिक नाच र काफलडाँडा पुख्र्यौली नाच समुह सान्त्वना भएको गाउँपालिका प्रवत्ता देवेन्द्र रोकाले जानकारी दिनुभयो । मुनाका अध्यक्ष समेत रहनुभएका रोकाका अनुसार प्रतियोगितामा पाँच नाच समुहले भाग लिएका थिए ।

प्रतियोगितामा प्रथम मुनाले नगद २५ हजार, दोस्रो मुदीले २० हजार, तृतीय खिबाङले १५ र सान्त्वना हुने दुवै समुहले १०÷१० हजार रुपैयाँ नगद र प्रमाणपत्र हात पारेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले बताउनुभयो ।मगर तथा छन्त्याल समुदायको मौलिक कला संस्कृतिको रूपमा रहेको पुख्र्यौली नाचको संरक्षण र प्रचारप्रसार र नयाँ पुस्तामा कला संस्कृतिको पुस्तान्तरणका लागि आगामी बर्ष पनि निरन्तरता दिने गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।

पुरस्कार वितरणमा गाउँपालिका अध्यक्ष पुन, उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत अर्याल, कार्यपालिका सदस्यहरुले विजेता ,उपविजेता ,तृतिय र सान्त्वना नाच समुहलाई पुरस्कार वितरण गर्नुभएको थियो।

१३ औं पुन्यतिथिमा शैक्षिक तथा सामाजिक क्षेत्रमा सहयोग

म्याग्दीको मंगला गाउँपालिका वडा नं १ पुर्णगाउँस्थित राष्ट्रिय जन जागृति माविमा मनकुमारी स्मृति कोष स्थापना गरिएको छ। स्थानीय शिक्षाप्रेमी भुपु भारतीय सैनिक तेजबहादुर बुढाथोकीको धर्मपत्नी स्व. मनकुमारी बुढाथोकीको १३औ पुन्यतिथीको अवसरमा परिवारका सदस्यहरुले राष्ट्रिय जनजागृति माविमा २ लाख दुई हजार ७०७ रुपैयाँको अक्षय कोष स्थापना गर्नुभएको छ ।

अक्षय कोषका लागि स्वर्गीय मनकुमारीको परिवारबाट १ लाख ७ हजार ७०७ रुपैयाँ, माहिली छोरी हरिदेवी पुनबट ६५ हजार, जेठी छोरी विष्णुमायाँबाट १५ हजार, कान्छी छोरी नरदेबी राम्जालीबाट १५ हजार सहयोगमा कोष स्थापना भएको विब्यस अध्यक्ष गोविन्दप्रसाद सुबेदीले बताउनुभयो ।

सोही अवसरमा हरेराम कृतन समुह ४८ हजार १५ रुपैयाँ, जनआवाज माधारभुत विद्यालयलाई २५ हजार ५ रुपैयाँ, गुप्तेश्वर बाल आमाविलाई १० हजार ५ रुपैयाँ, भगवती आमा समुह २० हजार ५ रुपैयाँ, शिवालय आमा समूह १० हजार ५ रुपैयाँ, गुप्तेश्वर आमा समुह १० हजार ५ रुपैयाँ, लाल यूवा क्लव १० हजार ५ रुपैयाँ, बुढाथोकी कुल मन्दिर १५ हजार ५ रुपैयाँ सहयोग गरिएको बुढाथोकी परिवारले जनाएका छन् । गाउँका शैक्षिक तथा विभिन्न सामाजिक संघसंस्थामा गरिएको सहयोगलाई संस्थागत अभियानमा खर्च गरिने छ ।