Thursday, June 26, 2025
26.1 C
Beni
26.1 C
Beni
Thursday, June 26, 2025
Home Blog Page 30

हिमपहिरोमा पूरिएका घोडाखच्चडको क्षतीपूर्ती पाएनन्

मुस्ताङको घरपझोङ गाउँपालिका–२,मार्फाका खच्चड ब्यवसायी माइकल परियार धौलागिरि हिमालको आधार शिविरमा घोडा र खच्चड मरेको क्षतिपूर्तिको पखाईमा बसेको तीन बर्ष वित्यो ।

बि.स २०७९ साल भदौ महिनामा आरोही र पर्यटकका सामग्री लिएर आधार शिविरमा पुगेको अवस्था गएको असोज १७ गते हिउँले पुरिएर सँगै गएका ४५ घोडा, खच्चड मरेका थिए । ब्यवसायी परियारको ३० लाखभन्दा बढीको क्षती भएपनि अहिलेसम्म क्षतीपूर्ति पाउनु्भएको छैन ।

घरपझोङ–२,मार्फाकै अर्का ब्यवसायी बुद्धिबहादुर परियारले १५ वटा खच्चड बेसक्याम्पमै हिमपहिरोमा परी मरेको क्षतिपूर्तीको आश्वासनमात्रै पाएको बताउनुभयो ।

File photo

थमसेर्कु ट्रेकिङ कम्पनी र साङ्ग्रिला ट्रेकिङ कम्पनीले आरोही सहितको टोलीका सामान ढुवानी गर्न आधार क्षेत्रमा पुगेका घोडाखच्चड हिमपहिरोमा परेपछि क्षती अनुसारको रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि पूरा नभएको खच्चड ब्यवसायी माइकल परियारले बताउनुभयो ।

परियार भन्नुहुन्छ,‘‘खोडाखच्चड मरेको क्षर्तीपूर्ती माग्दामाग्दै थाकिसके ।’’ खच्चड र घोडालाई बेसक्याम्पमै छोडेर आउनुभएका ब्यवसायीद्धय परियारले ऋण खोजेर ब्यवसायलाई निरन्तरता दिएपनि क्षती अनुसारको राहतका लाागि निरन्तर दबाब दिइरहेको बताउनुभयो ।

म्याग्दीको धवलागिरि गाउँपालिका–४,मा पर्ने विश्वको सातौँ (आठ हजार एक सय ६७) मिटर अग्लो धौलागिरि हिमालमा हिमपहिरोमा ६० घोडाखच्चड मरेपनि दुईवटा २ महिनासम्म जिवित रहेपनि आहारा नहुदाँ मरेको पर्यटन पदप्रर्दशक इन्द्रसिंह शेरचनले बताउनुभयो । बेसक्याम्पमा समाना ढुवानीको क्रममा मर्ने घोडाखच्चड धनीलाई अन्य टे«किङ कम्पनीले राहत दिन आनाकानी गर्ने गरेको गुनासो आउने गरेपनि सरकारी निकायबाट बेवास्ता गर्ने गरेको पाइन्छ ।

सन् १९६० मे १३ मा स्विट्जरल्यान्डको आरोहण दलले पहिलो पटक धौलागिरि चुचुरामा आरोहण गरेपछि हालसम्म आरोहणको ६५ वर्षमा ६ सय ८० जना भन्दा बढीले धौलागिरि चुचुरो टेकिसकेको र आरोहण क्रममा ९० जना भन्दा बढीले ज्यान गुमाइसकेको छन् । आधार क्षेत्रमा आरोहीको सामान पु¥याउने भरपर्दो माध्यम भनेकै घोडा र खच्चड हो ।

म्याग्दीको पाँच गाउँपालिकामा हुलाक कार्यालय स्थापना

नेपाल सरकारले हुलाकको पुनः संरचना अन्तर्गत ‘एक पालिका, एक स्माट हुलाक’ कार्यालय स्थापना गर्ने नीतिअनुसार म्याग्दीका पाँचवटै पालिकाको केन्द्रमा हुलाक कार्यालय स्थापना भएको छ । हुलाक सेवालाई प्रभावकारी बनाउन गाउँपालिकाकाको केन्द्र बाहिर रहेका हुलाक सेवालाई केन्द्रमा स्थानान्तर गरी सबै पालिकामा हुलाक कार्यालयको स्थापना गरिएको हो ।

विगतमा गाउँपालिका केन्द्रमा हुलाक कार्यालय रहेको मंगला गाउँपालिकाको बावियाचौर, मालिका गाउँपालिकाको दरबाङ बाहेक रघुगंगा गाउँपालिकाको भगबतीबाट पालिकाको केन्द्र मौवाफाँट, अन्नपूर्ण गाउँपालिकाको दानाबाट पालिका केन्द्र पोखरेबगर,धवलागिरी गाउँपालिकाको ताकमबाट मुनामा स्थानान्तर गरिएको कार्यालय प्रमुख रमेश थापाले बताउनुभयो ।

‘पालिकाको केन्द्रबाट हुलाक सेवालाई अझै प्रभावकारी बनाउँछौ, स्रोतसाधनको अभावका बिच पनि सेवालाई प्रविधिमैत्री बनाउन केन्द्रित छौ ।’प्रमुख थापाले भन्नुभयो । पालिकास्तरीय हुलाक कार्यालयमा खरिदारको कमान्डमा कर्मचारी परिचालन गरिएको प्रमुख थापाको भनाई छ ।

सुचना प्रविधिको अत्याधुनिक विकास सँगै हुलाक सेवाको प्रभाविकारिता खुम्चिँदै गएको अवस्थामा सरकारी तथा ब्यक्तिगत चिठीपत्र मात्रै नभई दैनिक प्रयोग हुने आधारभूत कागजात सहित एफ.एम. रेडियो नवीकरण पत्रपत्रिकाको लोक कल्याणकारी विज्ञापनको भुक्तानी, प्रेसपास नवीकरण तथा अनुगमन लगायतका सेवा प्रवाह पनि सोही कार्यालयबाट भइरहेको छ । हुलाक कार्यालयले म्याग्दीबाट मुस्ताङ र जिल्ला बाहिर जाने सेवाका लागि कालिपुल बसपार्कमा हुलाक केन्द्र स्थापना गरेको छ ।

प्रत्येक पालिकामा एउटा हुलाक कार्यालय रहने व्यवस्था भएबमोजिम इलाका हुलाक हटाएपछि हाल म्याग्दीमा एक जिल्ला हुलाक कार्यालय, पालिकास्तरीय हुलाक कार्यालय र २८ अतिरिक्त हुलाक कार्यालय रहेको छ ।

हाल जिल्ला हुलाक सहित पालिकामा प्रमुख सहित ४० दरबन्दी र अतिरिक्त हुलाकमा ५३ जना कर्मचारी रहेको जिल्ला हुलाक कार्यालयकी सूचना अधिकारी सम्झना भण्डारी बानियाँले जानकारी दिनुभयो । हुलाक चिठीपत्र लगायत दस्ताबेज सम्बन्धित व्यक्ति वा संस्थासम्म पुगाउने विश्वसनीय माध्यम भएकाले सूचना प्रविधिको वर्तमान युगमा पनि यसको महत्व कायमै रहेको छ ।

म्याग्दी क्याम्पसमा ५ दिने क्षमता विकास तालिम समापन

म्याग्दी बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुको दैनिक कार्यसम्पादनमा थप उत्कृष्टता ल्याउने उद्देश्यले पाँचदिने क्षमता विकास तालिम सम्पन्न भएको छ । गत वैशाख २६ गतेबाट शुरु भएको उक्त तालिममा विभिन्न खेलहरु मार्फत संगठनवाट हुने गुणस्तरीय कार्य सम्पादन र कार्यरत प्राध्यापक तथा कर्मचारीहरुको व्यक्तित्व विकासमा आवश्यक व्यवहारिक ज्ञान र सिप प्रदान गरिएको थियो ।
तालिममा क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरु, क्याम्पस सञ्चालक समितिका पदाधिकारी, स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष, गुणस्तर सुधार समूह संयोजक सहित करीव ३५ जनाको सहभागीता रहेको सहायक क्याम्पस प्रमुख एवम् सूचना अधिकारी नारायणप्रसाद सुबेदीले जानकारी दिनुभयो ।
तालिममा नेतृत्व विकास, सुशासन, उत्प्रेरणा, व्यक्तित्व विकास लगाएतका विषयवस्तुमा आधारित रहेर विभिन्न सहभागितामूलक खेलहरु खेलाउदै क्याम्पस विकासमा सरोकारवालाहरुको विचको पारस्परिक सम्बन्ध, भूमिका र महत्वका वारेमा प्रशिक्षण तथा अभ्यास गरिएको क्याम्पु प्रमुख श्रीधर सुबेदीले बताउनु्भयो । क्याम्पस प्रमुख सुबेदीले धौलागिरी क्षेत्रमा रहेका क्याम्पसमा नतिजा र भौतिक पूर्वाधारमा अब्बल रहेको क्याम्पसले आन्तरिक जनशक्तीको क्षमता बृद्धिलाई समेत प्राथमिकता दिएको बताउनुभयो।
पाँच दिनसम्म सञ्चालित उक्त तालिममा अन्तराष्ट्रिय श्रम संगठनवाट मान्यता प्राप्त प्रशिक्षक श्री लक्ष्मी प्रसाद आचार्य लगाएत डा. डिल्लीराज गौतम, राजु बस्नेत र लायन्स क्लव अफ अन्तराष्ट्रियका निर्वतमान गर्भनर चन्द्र केसीले सहजीकरण गर्नुभएको थियो । तालिमको क्याम्पस प्रमुख सुवेदीको अध्यक्षता, क्याम्पस सञ्चालक समितिका अध्यक्ष दिपेन्द्र श्रेष्ठ प्रमुख आथित्यता, सहायक क्याम्पस प्रमुख सुवेदीको स्वागत र अनुसन्धान समितिका संयोजक टीकराम सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

स्थापना दिवसको अवसरमा शैक्षिक सामग्री वितरण

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को स्थापना दिवसको अवसर पारेर अनेरास्ववियु म्याग्दीले शैक्षिक सामग्री वितरण गरेको छ ।अनेरास्ववियुको ६१औँ स्थापना दिवसको उपलक्ष्यमा पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका, वडा नं. २, मा रहेको लुलाङ्ग आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । उक्त विद्यालयमा अध्ययनरत एक सय ७५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

उक्त कार्यक्रममा अनेरास्ववियु म्याग्दी पुर्व अध्यक्ष एवम नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य खुमबहादुर बानियाँ, एमाले जिल्ला कमिटी म्याग्दी सचिव थमसरा पुन, नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम विद्यार्थी इन्चार्ज सुवास विश्वकर्मा, जिल्ला कमिटी सदस्य बलबहादुर विश्वकर्मालगायतको उपस्थिति रहेको थियो ।

म्याग्दी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनकी कोषाध्यक्ष अस्मिता भण्डारी, स्वतन्त्र विद्यार्थी युनियन मंगला शिक्षा क्याम्पस कोषाध्यक्ष मन्जिना बुढाथोकी लगयातको उपस्थिति रहेको अनेरास्ववियु म्याग्दीका अध्यक्ष खुमबहादुर किसानले जानकारी दिनुभयो ।विद्यार्थीको हकहितसँगै विपद् तथा सामाजिक एवम् मानवीय सेवाका क्षेत्रमा समेत निरन्तर सक्रिय हुने अध्यक्ष किसानको भनाई छ । म्याग्दी जिल्लाका सामुदायिक विद्यालयका विद्यार्थीसँग थप रचनात्मक कार्यहरुमार्फत जोडिने अनेरास्ववियुले जनाएको छ ।

हङकङमा वर्किङ भिसा खुला गर्न सरकारले कूटनीतिक पहल गर्छ : श्रममन्त्री भण्डारी

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत् सिंह भण्डारीले हङकङले सन् २००५ देखि रोक लगाएको वर्किङ र घरेलु कामदार भिसा पुनः खुलाउन सरकारी स्तरबाटै कूटनीतिक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा गैरआवासीय नेपाली संघकी महिला सचिव राधिका (टीका) गुरुङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री भण्डारीले सरकारले नयाँ-नयाँ श्रम गन्तव्यको खोजी गरिरहेको बेला हङकङ पनि एक आकर्षक गन्तव्य हुने भएकाले सरकारी स्तरबाटै कूटनीतिक पहल अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।

उनले भने, ‘यसअघि हामीले लगातार पहल गरेकै कारण सीपमा आधारित भिसा खुला भएको छ, बिस्तारै वर्किङ र घरेलु महिला कामदारका लागि पनि भिसा खोल्ने भन्ने विषयमा हङकङसँग मात्रै कुरा गरेर भन्दा पनि बेइजिङसँग पनि कूटनितिक पहल अघि बढाउनु आवश्यक छ, त्यसका लागि सरकार पनि सचेत छ।’

यसअघि सन् २०२४ को जुलाईबाट हङकङले दक्ष कामदारलाई सीपमा आधारित भिसा खुला गरेको थियो।

भेटमा महिला सचिव गुरुङले एनआरएन हङकङले पटक–पटक वर्किङ भिसा खुल्ला गर्नका लागि कूटनीतिक पहल गर्न सरकारसँग अनुरोध गर्दै आएको स्मरण गराउँदै भनिन्, ‘हाल हङकङ हाल ३० हजारको हाराहारीमा नेपालीहरू छन्, हावापानीदेखि सुरक्षा र तलवको हिसाबले पनि नेपाली युवाहरूका लागि हङकङ रोजगारीको आकर्षक गन्तव्य मुलुक भएकाले त्यहाँ भिसा खुलाउन तत्काल कुटनीतिक पहल गर्नुपर्छ।’

हङकङमा घरेलु महिला कामदारको माग अत्याधिक रहे पनि भिसा नपाउँदा गैरकानुनी र अवैधानिक बाटोबाट महिलाहरू जने गरेको सचिव गुरुङले गराइन्। ‘घरेलु कामदारको ठूलो माग पनि छ,’ उनले भनिन्, ‘जोखिम मोलेर खाडी गइरहेका महिला दिदीबहिनीहरूका लागि हङकङमा बाटो खुल्ला गर्न सके निकै राम्रो अवसर पनि छ तर वैधानिक रूपमा जान नपाएपछि पछिल्लो समय महिलाहरू दलालमार्फत चर्को रकम तिरेर गैरकानुनी रूपमा हङकङ जान थालेका छन् यसले ठूलो समस्याको संकेत गरिसकेको छ।’

उनले थपिन्, ‘यसलाई समयमै रोक्न नसके भोलि ठूलो समस्या भोग्नुपर्छ।’

जवाफमा मन्त्री भण्डारीले आफू पनि भिसा खुलाउनुपर्छ भन्नेमा गम्भीर रहेको उल्लेख गरे। उनले भने, ‘रोजगारीका लागि भिसा खुलाउन म पनि निकै सकारात्मक छु, सरकार गम्भीर छ तर त्यसमा सुरक्षाको ग्यारेन्टी पहिलो सर्त हो। हामीले हाम्रा चेलीलाई काममा विदेश पठाउँदै छौँ भने उनीहरूको सुरक्षा पहिलो सर्त हो यसका लागि हामीले पनि हाम्रो तर्फबाट तयारी गर्नुपर्छ। अहिले हामीले युएईसँग पाइलट प्रोजेक्ट गर्ने योजना बनाएका छौँ जसमा घरमा काम गर्न जाने महिला कामदारको सहजता र सुरक्षाका अधिकत्तम सर्तहरू रहनेछन्, त्यो सफल भए अन्य देशमा पनि त्यही अभ्यास अनुशरण गर्न सकिन्छ भन्ने हाम्रो विश्वास छ।’

राष्ट्रिय समन्वय परिषद् हङकङका अध्यक्ष गोकर्णप्रसाद ढकालले हङकङमा नेपाली युवाहरूका लागि सुरक्षित, मर्यादित र समुचित तलबसहितको रोजगारी उपलब्ध गराउन सक्ने सम्भावना रहेको हुँदा नेपालको अर्थतन्त्रमा रेमिट्यान्समार्फत पनि ठूलो योगदान हुन सक्ने उल्लेख गरे। उनले भने, ‘कामदार भिसा खुलाउने सन्दर्भमा नेपाली र हङकङ सरकारबीच द्विपक्षीय श्रम सम्झौता गर्न सकिने सम्भावना छ, जसले दीर्घकालीन समाधानको बाटो खोल्न सक्छ र अन्य मुलुकबाट हङकङ आउने कामदारहरूलाई अवसर दिइएको देखिन्छ, नेपालका लागि पनि समान अवसर उपलब्ध गराउन दबाब आवश्यक छ।’

हङकङ सरकारसँग विश्वास निर्माण गर्न एनआरएन हङकङ, दूतावास तथा नेपाली सरकारबीच समन्वयात्मक पहल अपरिहार्य रहेको उनको भनाइ थियो।

भेटमा संसदीय समिति, मानव अधिकार आयोग तथा सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराई राष्ट्रिय नीति निर्माण तहमा समेत छलफलको एजेण्डा बनाउन जरुरी रहेकाले आवश्यक पहल अघि बढाउन मन्त्री भण्डारीसमक्ष अनुरोध गरिएको थियो।

रसियाका लागि श्रम स्वीकृति खुला गर्न अनुरोध  

यसैबीच उक्त भेटमा प्रतिनिधिमण्डलले लामो समयदेखि रसियामा श्रम स्वीकृति बन्द अवस्थामा रहेको भन्दै तत्काल त्यसलाई खुला गर्न मन्त्री समक्ष अनुरोध गरे। सिइओ राउतले तत्कालीन अवस्थालाई ध्यानमा राखी नेपाल सरकार मन्त्रिपरिषद्ले गरेको निर्णयमा पुनरावलोकनका लागि पहल गरिदिई श्रम स्वीकृति कार्यलाई तत्काल सुचारु गरिदिन अनुरोध गरेका थिए।

जवाफमा मन्त्री भण्डारीले रुसका लागि छिट्टै श्रम स्वीकृति खुलाउन आफू सकारात्मक रहेकोले कहाँ के भएर रोकिरहेको हो पुनः आवश्यक पहल गर्ने बताएका छन्।

वैदेशिक रोजगारीका लागि जान चाहने नेपाली कामदारका लागि श्रम स्वीकृति प्रदान गर्दा युद्धरत देश रुसमा सेनामा सहभागी हुन सक्ने सम्भावना रहेको र सोबाट सिर्जना हुन सक्ने मानवीय जोखिम रहेको भन्दै २०८० पुस १९ मा वैदेशिक रोजगार विभागले रुसका लागि श्रम स्वीकृति दिन रोकेको थियो।यस सम्बन्धमा संघले पटक पटक श्रम तथा परराष्ट्र मन्त्रालयको समेत ध्यानाकर्षण गराउँदै आएको छ।

यस्तै भेटका क्रममा पछिल्लो समय रोमनिया, क्रोयसिया लगायतका यूरोपेली मुलुकमा आकर्षक काम र तलवको प्रलोभन देखाइ ठगी गर्ने र उनीहरूलाई अलपत्र पार्ने गरेको विषयमा पनि मन्त्री भण्डारीको ध्यानाकर्षण गराइएको थियो।

जलजलाको कार्यालय आफ्नै भवनमा

पर्वतको जलजला गाउँपालिकाले आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्न थालेको छ । स्थापना भएको आठ वर्षपछि गाउँपालिकाको केन्द्र लामाखेतमा भवन बनाएर प्रशासनिक र विषयगत शाखाको एकीकृत सेवा प्रवाह थालेको हो। ‘कर्मचारी आवास तथा स्टोर’का लागि निर्माण गरिएको भवनबाट एकीकृत रूपमा सेवा सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए।

‘गत महिनासम्म वडा नं ४ को लामाखेतमा तीन वटा भवन भाडामा लिएर गाउँपालिकाको कार्यालय सञ्चालन गरिएको थियो । कृषि, पशु सेवा, स्वास्थ्य शाखाको कार्यालय वडा नं ७ मिलनचोकमा थिए’, उनले भने, ‘फरकफरक ठाउँ र साँघुरो भवनमा कार्यालय सञ्चालन गर्नुपर्ने समस्या हटेको छ । घरभाडाका लागि भएको खर्च बचत भएको छ।’

कार्यालय सञ्चालनका लागि घरभाडाबापत मासिक रु ७० हजार खर्च हुँदै आएको थियो। निर्माणको अन्तिम चरणमा पुगेको भवनको पहिलो र दोस्रो तलामा कार्यालय सञ्चालन गरिएको हो। विसं २०८० पुसदेखि सुरू भएको भवन निर्माणमा हालसम्म रु तीन करोड ४० लाख खर्च भएको इञ्जिनियर सुनिल बानियाँले बताए।

स्टिल फेब्रिकेशन प्रविधिको तीनतले भवनमा करिब ३० वटा कोठा छन्। माथिल्लो तलामा बैठककक्ष र सभाहल निर्माण भएको छ । घेराबार, चमेनागृह र बाहिरी भागमा ढुङ्गा बिछ्याउने र फर्निचर व्यवस्थापन गर्न थप रु ६० लाख खर्च हुने इञ्जिनियर बानियाँले बताए।

भवन निर्माणका लागि लक्ष्मण शर्मा, रेमबहादुर विक, प्रकाश पौडेल, सन्तोष रावल, नरबहादुर थापा, जितबहादुर विक, दीपेन्द्र विक, जर्नादन मल्ल, धवलागिरि सेलर मिल (विजय श्रेष्ठ) र लामाखेतका बासिन्दाले सामूहिक रूपमा एक रोपनी आठ आना जग्गा उपलब्ध गराएका थिए । स्थानीयवासीले दान गरेको जग्गाको मूल्य रु ३२ लाख छ। गाउँपालिकाले आफ्नै बजेटमा भवन निर्माण गरेको हो । स्थानीय तहको प्रशासकीय भवनका लागि न्यूनतम चार रोपनी जग्गा आवश्यक पर्ने मापदण्ड छ।

जग्गाको मापदण्ड नपुग्ने र प्रशासकीय भवनका लागि अघिल्लो कार्यकालमा जग्गा खरिद भइसकेकाले स्टोर र कर्मचारी आवास भवन शीर्षकमा नयाँ ठाउँमा भवन बनाइएको हो । यसअघि खरिद भएको जग्गा अपायक पर्ने भएकाले सो ठाउँमा भवन बनाउन नसकिएको जनप्रतिनिधिको भनाइ छ।

सबैलाई पायक पर्ने ठाउँमा भवन बनाएर एकै ठाउँबाट सबै किसिमका सेवा उपलब्ध गराउन थालिएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए। एकै ठाउँमा कार्यालय र विषयगत शाखा भएपछि सेवाग्राहीलाई सहज हुनुका साथै भाडाका लागि बजेट खर्च घटेको उनले बताए। रासस

माझफाँट-लेकफाँट सडक कालोपत्र

पर्वत  जलजला गाउँपालिका-३, माझफाँट देखि ५, नम्बर वडा लेकफाँट जोड्ने ग्रामिण सडक कालोपत्रे गरिएको छ । म्याग्दी जिल्लाको माझफाँट-लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका-८ नागी-राम्चे जोड्ने सडक योजनाको माझफाँट-लेकफाँट खण्डमा सात किलोमिटर ५०० मिटर कालोपत्र भएको छ।

सङ्घीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजना कार्यक्रममार्फत जलजला गाउँपालिका-३ माझफाँटको भुरतुलादेखि वडा नं ५ लेकफाँटको गिद्धेश्वरसम्मको बाटो कालोपत्र भएको हो।

दुई लेनको  यो सडकको एक किलोमिटर ४०० मिटर ढलान भएको छ। ट्र्याक खुलेको १५ वर्षपछि सडक कालोपत्र र ढलान गरिएको हो। जलजला गाउँपालिकाले पनि बेनीदेखि भुरतुलासम्मको दुई किलोमिटर सडक स्तरोन्नति गरेको छ। रासस

बालमन्दिर माविको ५४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

म्याग्दीको बेनी नगरपालिका–८, कालीपुल स्थित बालमन्दिर माध्यमिक विद्यालयले ५४ औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।बेनी नगरपालिकाका प्रमुख सुरत केसीको प्रमुख आतिथ्यता, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रराज शर्माको अध्यक्षता र शिक्षक गिता सुवेदीको सञ्चालनमा विहिबार सम्पन्न कार्यक्रममा प्रअ सुरेन्द्रप्रसाद केसीले शैक्षिक, भौतिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस वर्षदेखि एसइई परिक्षामा बालमन्दिरका विद्यार्थी सहभागी हुन थालेका छन् ।

नगर प्रमुख केसीले विद्यालयलाई वार्षिकोत्सवको शुभकामना दिनुभयो । उहाँले विद्यालयमा शैक्षिक गुणस्तर अभिबृद्धि गर्न विद्यार्थी ,शिक्षक , अभिभावक र सरकार सबैको भुमिका उत्तिकै महत्वपुर्ण हुनेमा जोड दिनुभयो । नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर नगरपालिकाले विभिन्न कार्यक्रम संचालन र पुर्वाधार क्षेत्रको विकास गरे पनि लगानी अनुसारको उपलब्धी हासिल नभएको उहाँको भनाइ थियो ।

हाल दुई सय ७२ जना विद्यार्थी रहेको बालमन्दिरमा पछिल्लो समय विद्यार्थी संख्या बढेको छ । १८ जना शिक्षक कर्मचारी मध्य चार जना शिक्षक र एक जना सुरक्षा गार्ड निजी स्रोतका छन् । कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने, पुर्व नगरप्रमुख हरिकुमार श्रेष्ठ, वडा नमबर–८, का अध्यक्ष उत्तम कर्माचार्य, वडा नम्बर –७ ,का अध्यक्ष रमेशकुमार श्रेष्ठ लगायतको उपस्थिति थियो । शिक्षक र विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए  । विब्यस अध्यक्ष सुरेन्द्रप्रसाद शर्माको अध्यक्षता, प्रअ केसीको स्वागत तथा सञ्चालन सहायक प्रअ गिता सुबेदीले गर्नुभएको थियो ।  

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

नेपाली संगीत बजार दिनप्रतिदिन संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ–नयाँ गीतहरु सार्वजनिक भइरहेका छन्। यही क्रममा रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक भएको छ।

यस गीतमा शान्ति श्री परियार र दीपक कुँवरको स्वर रहेको छ।गीतका शब्द रमेश रोकाले लेखेका हुन् भने संगीत दीपक कुँवरको रहेको छ।गीतको भिडियोमा सरिता दानकोटीको कोरियोग्राफी तथा निर्देशन रहेको छ।

म्याग्दीको मंगला गाउँपालिकाका विभिन्न क्षेत्रमा छायांकन गरिएको म्यूजिक भिडियोमा छायांकन हरी ढकालले गरेका हुन् भने सम्पादन विष्णु खड्काले गरेका छन्।उक्त भिडियोमा दिपेश रोका र सरिता दानकोटीको अभिनय देख्न सकिन्छ।

गीत “स्वर्ग”लाई रमेश रोकाको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो। मोना अष्ट्रेलियाको क्षेत्रीय कार्यसमिति कुइसल्याण्डका अध्यक्ष समेत रहनुभएका रोकाले सांगीतिक क्षेत्रका विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्ने गर्नुभएको छ ।

श्रीमतीसँग मिलेर कामदारको निर्मम हत्या

म्याग्दीको धवलागिरी गाउँपालिका-५,मल्कवाङमा श्रीमान श्रीमती मिलेर घरमा काम गर्ने कामदारको निमर्म हत्या गरेका छन् । आफ्नै घरमा मजदुरी गर्ने ४६ बर्षको मनबहादुर दमाईको ५७ बर्षिय बलबहादुर दमाई र श्रीमती कर्मती दर्जीले हत्या गरी फालेका थिए ।

गत बैशाख २८ गते बेवारिसे शब भेटिएको स्थानीयले जानकारी गराएपछि इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीको टोलीले मृतक मनबहादुरको शरीरमा बाउसोले प्रहार गरी हत्या गरेको जल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले बताउनुभयो ।

मृतक मनबहादुर अभियुक्त बलबहादुरको घरमा कामदारको रुपमा कार्यरत थिए । घटना घरमै घटाएर लगेर फालेको वा घटनास्थलमै प्रहार गरेको भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । अभियुक्त बलबहादुर दम्पत्तीले शरीरका विभिन्न भागमा प्रहार गरी घरभन्दा करिब ७ सय मिटर तल लगेर फालेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो।

‘दम्पत्तीले मिलेर हत्या गरेको स्वीकार गरिसकेका छन्, घटनाको थप अनुसन्धान भइरहेको छ’ प्रहरी निरीक्षक पौडेलले भन्नुभयो । अभियुक्त दम्पत्तीलाई जिल्ला अदालत म्याग्दीबाट म्याद थप गरी कर्तब्य ज्यान अन्तरगत मुद्दामा अनुसन्धान भइरहेको छ ।