Thursday, May 29, 2025
21.8 C
Beni
21.8 C
Beni
Thursday, May 29, 2025
Home Blog Page 58

धौलागिरी क्याम्पसले पायो स्ववियुमा महिला सभापति

साविक धौलागिरीभित्रको एक मात्रै आंज्ञिक क्याम्पस धवलागिरि बहुमुखी क्याम्पस बागलुङको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा अनेरास्ववियुकी आस्मीन शेख सभापतिमा बिजयी भएकी छन ।

अखिल संयुक्त प्यानलको तर्फबाट सभापतिमा उम्मेदवार बनेकी शेख नेविसंघकी सृष्टि आचार्यलाई ६१ मतले पराजित गर्दै विजयी भएकी हुन् । शेखले ५५२ मत प्राप्त गरिन् भने आचार्यले ४९१ मत प्राप्त गरिन् । स्वतन्त्र उम्मेदवार दिपक सुवेदीले ७ मत प्राप्त गरे । उनले आफ्नो उम्मेदवारी फिर्ता गरेर आचार्यलाई सहयोग गर्ने घोषणा गरेका थिए ।

उनको जीतसंगै धवलागिरी क्याम्पसको स्ववियुले पहिलो महिला सभापति पाएको छ । उनले महिला सभापतिसहित नयाँ इतिहास रचेकी छिन् । स्नाकोत्तर अध्ययनरत शेख ‘हामी इतिहास पढने मात्र होइन, इतिहास बनाउने मान्छे पनि हो’ भन्ने नारासहित चुनावी मैदान थिइन् ।स्ववियुको सचिव र कोषाध्यक्षमा नेवि संघका सचिन हरिजन ५३४ मत र विशाल थापा ६५४ मत प्राप्त गरी विजयी भएका छन् । अखिल संयुक्त प्यानलका उम्मेदवार रुद्र वहादुर पुनले ५०९ र रेशा शर्माले ३८४ मत प्राप्त गरे ।

सदस्यहरुमा अखिल संयुक्त प्यानलको तर्फबाट विकल्प घर्ति मगर मात्रै विजयी भएका छन् । उनले ५६४ मत प्राप्त गरे । अन्य सवै सदस्यहरुमा नेवि संघका उम्मेदवार विजयी भए । नेवि संघका प्रशान्त सुवेदीले ६१२, दीपसागर सुवेदील्े ६११, सुदिप घर्तिले ५५८, सृष्टि घर्तिले ५४३, सुवासवावु घर्तिले ५२२, सेमन्त शर्माले ५१८ र शुभम राजभण्डारीले ४९६ मत प्राप्त गरी विजयी भएका छन् ।
हेर्नुहोस उम्मेदवारले प्राप्त गरेको पूर्ण मत विवरण:

क्षतिपूर्ति दिने सहमतिमा घिमिरेको अन्तेष्टी गरियो

नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनामा दुर्घटनामा परी ज्यान गुमाउनुभएका बेनी नगरपालिका–२ खबराका ४२ वर्षीय हेमबहादुर घिमिरेलाई बिमा सुविधा बाहेक पनि क्षतिपूर्ति दिने सहमतिपछि तालाबन्दी खुलेको छ ।

मंगलबार सर्वदलिय तथा सर्वपक्षीय भेलामा रााहुघाट जलविद्युत आयोजना र ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी)ले मृतकका छोराछोरी र परिवारका लागि विमा बाहेकको सुविधाका लागि निर्णय गरी पठाउने निर्णय गरिएको थियो।

मृतक घिमिरेका आफन्त र गाउँले आन्दोलित भएसँगै सन्तानको शिक्षादीक्षा सहितका कार्यका लागि थप ५० लाख माग गरिएकोमा राहुघाट र ठेकेदार कम्पनीले सकारात्मक बचत दिएपछि पोस्टमार्टम र अन्तेष्टी गरिएको वडा अध्यक्ष यामबहादुर कार्कीको भनाई छ ।

‘सहमति पालनामा आनाकानी गरे आन्दोलित हुने चेतावनी दिएका छौ, सर्वपक्षीय भेलाको निर्णय भएकाले कायान्ययन हुने छ, हामीले निरन्तर दबाब दिइरहन्छौ’ वडा अध्यक्ष कार्कीले भन्नुभयो । मृतकका परिवारलाई सहमति हुने गरी ठेकेदार कम्पनी र आयोजना अगाडी नबढेसम्म शव आफन्तले बुझ्न मानेका थिएनन् ।

रघुगङ्गा गाउँपालिका–४ बुक्ल स्थित राहुघाट जलविद्युत आयोजनाको अडिट नं. २ मा फागुन २९ गते ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी) को डिपी टु ए ७०८३ नम्बरको मिस्कर दुर्घटनामा ज्यान गएको थियो । मिस्कर दुर्घटनामा घिमिरे सडकबाट ८० मिटर तल खसेपछि घटनास्थलमै मृत्यु भएको थियो ।

स्थानीयले विभिन्न चरणमा छलफल गर्दा समेत निर्माण कम्पनी र आयोजनाले बेवास्ता गरेकाले पिप्ले स्थित रघुगङ्गा हाइड्रोपावरको कार्यालयमा सोमबार लगाइएको ताला मंगलबार खोलिएको पूर्व वडा अधयक्ष हिराबहादुर थापाले बताउनुभयो ।

म्याग्दीमा निर्माणधिन अवस्थामा रहेका जलविद्युत आयोजनामा बर्षेनी मजदुरले दुर्घटनामा ज्यान गुमाउने गरेका छन् । राहुघाट जलविद्युत आयोजनामा पछिल्लो ३ महिनामा भारतीय सहित ४ जनाले ज्यान गुमाएका छन् ।

म्याग्दीमा सूचना तथा प्रसारण विभागको पहिलो घुम्ती शिविर, तीन जिल्लाकाले लिए सेवा

सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागको आयोजनामा म्याग्दीमा सञ्चालित घुम्ती शिविरबाट पत्रकार लाभान्वित भएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको सहकार्यमा बेनी नगरपालिका–९, गलेश्वरमा सञ्चालित तीन दिनको तालिम तथा घुम्ती शिविरबाट मोफसलका पत्रकारहरु लाभान्वित भएका हुन् ।

दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्धि तालिम तथा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण तथा अनलाइन सञ्चारमाध्यम दर्ता सम्बन्धी घुम्ती शिविरमा विभिन्न १६ जना पत्रकारहरुलाई प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण गर्नुका साथै तीनवटा नयाँ अनलाइन सञ्चारमाध्यम दर्ता गरिएको पत्रकार महासंघ म्याग्दीले जनाएको छ ।

तीन दिनसम्म सञ्चालन भएको तालिम र घुम्ती शिविरबाट म्याग्दीसहित विभिन्न जिल्लाका पत्रकारहरुको प्रेस प्रतिनिधि प्रमाणपत्र जारी, अनलाइन दर्ता र नवीकरण गरिएको शाखा अध्यक्ष हरिकृष्ण गौतमले बताउनुभयो ।

घुम्ती शिविरमा म्याग्दीसहित पर्वत र बागलुङ जिल्लामा क्रियाशील पत्रकारहरुले सेवा लिएका थिए । तीन दिनसम्म सञ्चालित कार्यक्रमको समापनसत्रलाई सम्बोधन गर्दै सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारले तालिमबाट पत्रकारहरुको क्षमता वृद्धिमा सहयोग पुग्ने बताउनुभयो ।

उहाँले सूचना विभागद्वारा सञ्चालित तालिम तथा घुम्ती शिविर सञ्चालनमा पत्रकार महासंघ म्याग्दी शाखाले महत्वपूर्ण सहयोग पु¥याएकोमा आभार प्रकट गर्दै तालिमबाट सिकेका ज्ञान, सिपलाई कार्य क्षेत्रमा लागू गर्न सुझाव दिनुभयो । पत्रकार तथा सञ्चारकर्मीले आफ्नो क्षमता वृद्धि गरेर जिम्मेवारी पुरा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रेस काउन्सिल नेपालको पत्रपत्रिका सम्परिक्षण वितरण समितिका सदस्य एवं पर्वतका उद्यमी हरिओम शर्मा लामिछानेले नागरिक तथा आम पाठकवर्गले पत्रकारले कस्तो समाचार लेख्छन् भनेर मूल्याङ्कन गर्ने भएकाले समाजलाई सुसूचित गर्दै सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।

तालिमको समापन गर्दै पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले जिल्लामा क्रियाशील पत्रकारहरुको क्षमता वृद्धि गर्न तथा जिल्लामै प्रेस प्रतिनिधि प्रमाणपत्र उपलब्ध, नवीकरण र अनलाइन सञ्चारमाध्यम दर्ताको सुविधा उपलब्ध गराउन सूचना विभागसँगको समन्वयमा शिविर ल्याइएको बताउनुभयो ।

तीन दिनसम्म चलेको तालिममा प्रमुख प्रशिक्षक एवं विषय विज्ञ डाक्टर विजयप्रसाद मिश्रले पत्रकारितासँग सम्बन्धित विभिन्न विषयहरुमा पत्रकारहरुलाई सहजीकरण गर्नुभएको थियो । दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको पेशागत क्षमता वृद्धि र जिल्लामा प्रेस पास वितरण तथा अनलाइन सञ्चारमाध्यम दर्ताका लागि शिविर सञ्चालन गरिएको थियो । कार्यक्रममा सूचना तथा प्रसारण विभागका निर्देशक पूर्णिमा उपाध्याय, जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख रमेश थापा, पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का र पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाको विशेष उपस्थिति रहेको थियो ।

पत्रकार महासंघ म्याग्दीका अध्यक्ष गौतमको अध्यक्षता र सचिव ठाकुरप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष एवं तालिम संयोजक अमित विश्वकर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो भने सहभागीद्वय शिव बोहोरा र सुनिता किसानले अनुभव सुनाउनुभएको थियो । गएको आइतबारदेखि सुरु भई मङ्गलवार सम्पन्न तालिम तथा शिविरमा म्याग्दीबाट स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यमहरुमा रिपोर्टिङ गर्दै आइरहेका पत्रकार र सञ्चारकर्मीले सहभागिता जनाएका थिए ।

वार्षिक पुण्यतिथिमा विद्यालय र संस्थालाई सहयोग

म्याग्दीको मालिका गाउँपालिका-२ रुम गाउँमा अवस्थित श्री राष्ट्रिय माविको कक्षा ११ र १२ सञ्चालनका लागि आर्थिक सहयोग गरिएको छ। वार्षिक पुण्यतिथिको अवसरमा मालिका गापा-२ रुम बेली गाउँका स्वर्गीय शिवलाल पुनको परिवारले विद्यालयलाई ५१ हजार सहयोग गरेको हो ।

स्वर्गीय शिवलालका छोरा लाल पुन, बुहारी भिमसरा पुन सहित परिवारका सदस्यले विद्यालयका प्रधानाध्यापक प्रेम घर्ती र विब्यस अध्यक्ष खिम रसाइलीलाई हस्तान्तरण गर्नुभएको थियो । सोही अवसरमा विद्यालयका प्रअ घर्तीले गाउँमा उच्च शिक्षाको वातावरणले पढाइ छोडेकालाई सहज भएको बताउँदै कक्षा सञ्चालनका लागि प्राप्त सहयोगले सहज भएको बताउनुभयो ।

यसैबीच स्वर्गीय शिवलालकी नातिनी एवम् नेपाल मगर संघ शाखा इजरायलकी संस्थापक उपाध्यक्ष तथा निर्वतमान संरक्षक विष्णु पुन मगरले सामाजिक दायित्व सहित मगर उत्थानका लागि नेपाल मगर संघ इजरायलको अभियानलाई ३० हजार १५० रुपैयाँ सहयोग गर्नुभएको छ । स्वर्गीय शिवलालले गाउँमा विद्यालयलाई जग्गा सहित विभिन्न सामाजिक एवम् मानवीय सेवाका क्षेत्रमा सहयोग गदैं आउनुभएको थियो ।

 

 

 

 

टोड्केमा स्थानीयद्वारा परम्परागत मुला खेतीलाई निरन्तरता

म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा उत्पादन हुँदै आएको मुला स्थानीयको पहिचान बन्दै जान थालेको छ । हिमालको सम्मुख, चिसो हावापानी, स्थानीय उत्पादन र पर्यटकको रोजाइको कारणले गर्दा स्थानीय जातको मुलाले नै टोड्केको पहिचान बनाउँदै गएको हो ।

पर्यटकीय क्षेत्र टोड्के मुला खेतीका लागि निकै प्रसिद्ध मानिन्छ । जिल्लाको बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको सङ्गमस्थलमा अवस्थित टोड्केमा परम्परागत रुपमा स्थानीय जातको मुला लगाउने गरिएको छ । पछिल्लो समय टोड्के पर्यटकीय गन्तव्य बन्दै जान थालेपछि मुला खेतीले पनि आकर्षण थपेको छ । टोड्केका स्थानीयले अहिलेसम्म परम्परागत मुला खेतीलाई निरन्तरता दिएका छन् ।

धौलागिरि क्षेत्रमै मुला खेतीमा प्रख्यात मानिने म्याग्दीको टोड्केमा स्थानीयवासिन्दाले स्थानीय जातको सेतो र रातो रङको मुला लगाउँदै आएको बताएका छन् । उनीहरुले आफ्ना बाबुबाजेको पालादेखि विभिन्न ठाउँबाट मुलाको बिऊबिजन लिएर लगाउँदै आएको मुला खेतीलाई अहिले पनि निरन्तरता दिएका हुन् । टोड्केमा उत्पादित मुलाले स्थानीय पहिचान बनाउनुका साथै पर्यटकका लागि समेत कोसेली बनेको छ । टोड्केमा पछिल्लोपटक पर्यटकलक्षित रिसोर्ट सञ्चालनमा आएपछि मुला खेतीको विस्तार भएको छ ।

कुल ५ घरधुरी बसोबास रहेको टोड्केमा स्थानीय रातो र सेतो जातको मुला उत्पादन हुँदै आएको छ भने टोड्केवासीले मुला, आलु, फापरको खेती गर्दछन् । स्थानीयले मुला, आलु, र फापरको साथमा भेडापालन गर्दै आएका छन् । आफ्ना बाउबाजेको पालादेखि लगाउँदै आएको मुला खेतीलाई अहिले पनि आफूहरुले निरन्तरता दिएको टोड्केकी महिला उद्यमी तीजमाया पाईजाले जानकारी दिनुभयो । उहाँका अनुसार टोड्केका स्थानीयले परम्परागत मुला खेतीलाई नै निरन्तरता दिएका छन् भने यहाँको मुला खेतीमा बजारको बिऊ र विषादी प्रयोग हुँदैन ।

समुन्द्री सतहदेखि करिब २ हजार ५ सय मिटरको उचाइमा रहेको टोड्केमा मुलासँगै आलु र फापरको पनि खेती हुँदै आएको छ । मंगला–१, कुहुँको टोड्के र रघुगंगा–५, झीँ टोड्केका स्थानीय मुला खेतीमा सक्रिय छन् । गाईभैंसी र भेडाको मल हालेर उत्पादन गरिने हुँदा टोड्केको लोकल मुला खोज्दै ग्राहकहरु किन्न आउने गरेको महिला उद्यमी पाईजाले अनुभव सुनाउनुभयो । हिउँद र वर्षे सिजनमा गरेर वर्षमा दुई पटकसम्म मुला खेती गर्न सकिन्छ । तर टोड्केमा एकै सिजनमा उत्पादित मुला वर्ष दिनसम्म खान पुग्छ ।

टोड्केमा मुला किन्न आउनेलाई बारीमै ठूलो मुलालाई एकसय र सानोलाई ५० रुपैयाँको दरले गोटाअनुसार बिक्री गर्ने गरिएको छ । टोड्केका स्थानीयले मुलाबाट धजरा, चाना, सिन्की (गुन्द्रुक) बनाएर राख्ने गर्दछन् । मुलालाई साँझ–बिहान भान्सामा चट्नी, तरकारी, अचार र सलाद जस्ता परिकारमा रुपान्तरण गरेर पनि प्रयोग गर्ने गरिन्छ । टोड्केमा पुग्ने पाहुना तथा पर्यटकहरुलाई स्थानीयवासीले मुलाबाट बनाएको परिकारहरु अचार, मुलाको चाना, धजरा, सिन्कीलगायत उपहार अर्थात् कोसेलीको रुपमा दिने गर्दछन् ।

म्याग्दी सदरमुकाम बेनीदेखि करिब २० किलोमिटर कच्ची सडकबाट पुग्न सकिने टोड्के क्षेत्र पर्यटकीय हिसाबले पनि महत्वपूर्ण गन्तव्यको रुपमा चिनिन्छ । टोड्केबाट संसारको सातौं अग्लो चुचुरो धौलागिरि हिमालसहित निलगिरी, अन्नपूर्ण, माछापुच्छे«का साथै विभिन्न हिमश्रृङ्खला, एकाबिहानैको सुर्योदय, गुराँसे जङ्गल र मनोरम तथा रमणीय दृश्यहरुको अवलोकन गर्न पाइन्छ । टोड्केमा मनोरम दृश्यावलोकन गर्न पाइनुका साथै मुला, आलु, फापर, हलहले, ढकायोलगायत स्थानीय उत्पादनको स्वाद चाख्न पाउनु यहाँको थप विशेषता हो ।

मृतक घिमिरेका परिवारलाई उचित क्षर्तीपुर्ती दिन माग गदैं तालाबन्दी

नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनामा दुर्घटनामा परी ज्यान गुमाएका एक मजदुरका मजदुरका आफन्त र गाउँलेहरु आन्दोलित भएका छन् ।

रघुगङ्गा गाउँपालिका–४ बुक्ल स्थित राहुघाट जलविद्युत आयोजनाको अडिट नं. २ मा फागुन २९ गते ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी) को डिपी टु ए ७०८३ नम्बरको मिस्कर दुर्घटनामा ज्यान गुमाउनुभएका बेनी नगरपालिका–२ खबराका ४२ वर्षीय हेमबहादुर घिमिरेको घटनाको निस्पक्ष छानविन तथा क्षतीपुर्तीका लागि ठेकेदार कम्पनीले आनकानी गरेपछि स्थनीयले तालाबन्दी गरिएको हो ।

मिस्कर दुर्घटनामा घिमिरे सडकबाट ८० मिटर तल खसेपछि घटनास्थलमै मृत्यु भएको थियो । स्थानीयले विभिन्न चरणमा छलफल गर्दा समेत निर्माण कम्पनी र आयोजनाले बेवास्ता गरेकाले पिप्ले स्थित रघुगङ्गा हाइड्रोपावरको कार्यालयमा ताला लगाएको बेनी नगरपालिका–२ का पूर्व वडा अधयक्ष हिराबहादुर थापाले बताउनुभयो ।

‘जोखिमपूर्ण काममा लगाउने ज्यान गएपछि बेवास्ता गर्ने गरेको पाइएको छ,‘मजदुरलाई मेसिन जस्तै ब्यवहार गर्ने गरिएको छ, अब सहमतिमा नआए थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गछौं’ थापाले भन्नुभयो ।

ज्यामरुककोटका स्थानीय, आफन्त सहित जनप्रतिनिधिको टोलीले ठेकेदारको तिल्केनीचौर स्थित कार्यालयमा ताला लगाएपछि मंगलबार बिहान छलफलपछि सहमति नभए आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने स्थानीयबासीको भनाई छ । यसअगाडी समेत मजदुरको दुर्घटनामा मृत्यु हुदाँ ठेकेदार कम्पनीको कार्यशैलीबाट पीडित र सरोकारवाला निकाय आक्रोशित छन् । मृतक घिमिरेको शब बेनी अस्पतालमा राखिएको छ ।

मृतकका परिवारलाई सहमति हुने गरी ठेकेदार कम्पनी र आयोजना अगाडी नबढेसम्म शव आफन्तले बुझ्न मानेका छैनन् ।ठेकेदार कम्पनीले बिमा र कम्पनीको नियम अनुसार पाउने राहत उपलब्ध गराउने बाहेक अन्य सुविधाका लागि चासो देखाएका छेनन् । म्याग्दीमा निर्माणधिन अवस्थामा रहेका जलविद्युत आयोजनामा बर्षेनी मजदुरले दुर्घटनामा ज्यान गुमाउने गरेका छन् । राहुघाट जलविद्युत आयोजनामा पछिल्लो ३ महिनामा भारतीय सहित ४ जनाले ज्यान गुमाएका छन् ।

‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने

।नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ प्राप्त हुने मुनाफा उनकै घर निर्माणमा प्रयोग गरिने निर्माता प्रेमकुमार श्रेष्ठले बताएका छन्।

कप्तान सुब्बालाई इलामदेखि काठमाडौँ ल्याएर विभागीय टोली सशस्त्र प्रहरी बलमा फुटबल खेलाएका निर्माता श्रेष्ठले ‘अञ्जिलाको आफ्नै घर’ अभियान सञ्चालन गरेका छन्।

Adv

उनले भने, “यस चलचित्रबाट प्राप्त सम्पूर्ण मुनाफा अञ्जिलाको घर निर्माणमा लगाउने छौं। नेपालमा प्रदर्शनबापत आउने रकम र त्यस अगाडि हङकङ, बेलायत र दक्षिण कोरियामा गरिएको विशेष प्रदर्शनीबाट संकलन भएको रकमले हामीले देखेको सपना पूरा हुनेमा विश्वस्त छौं।”

उनी कप्तान सुब्बाको धर्मपिताका रुपमा परिचित छन्। गत फागुन २९ गते होलीलाई लक्षित गर्दै प्रदर्शन सुरु भएको चलचित्रले तीन दिनमा दुई करोड सात लाखको व्यापार गरेको वितरक करण श्रेष्ठले जानकारी दिए।

“प्रदर्शनकै दिनदेखि हामी काठमाडौं उपत्यकामा रहेका प्रायः चलचित्र भवनमा पुगेर दर्शकमाझ प्रतिक्रिया लिइरहेका छौं। चलचित्रको व्यापार पहिलो दिनको तुलनामा दोस्रो दिन र दोस्रो दिनको तुलनामा तेस्रो दिन बढेको छ। चलचित्र हेर्नुभएका दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ, यसकारण आउँदा दिनमा व्यापार बढ्नेमा हामी विश्वस्त छौं”, वितरक श्रेष्ठले भने।

उनले चलचित्र प्रदर्शनको चौथो दिन आइतबार र पाँचौँ दिन आज पनि दर्शकको उपस्थिति राम्रो रहेको जानकारी दिँदै थप व्यावसायिक तथ्यांक आउँदो केही दिनमा सार्वजनिक गर्ने बताए। कप्तान सुब्बा आफैंले अभिनय गरेका कारण दर्शक उनको संघर्ष र सफलतासँग भावनात्मक रुपमा जोडिएको निर्देशक मिलन चाम्सले बताए।

“कप्तान सुब्बाको कथा सुनेपछि यसले अन्यलाई प्रेरणा दिन्छ भनेर चलचित्र निर्देशन गर्न सहमत भएको थिएँ। हामीले रुचाएको कथालाई दर्शकले पनि रुचाउनु भयो। यो सफलताले आगामी दिनमा अन्य खेलाडीको कथामा चलचित्र निर्माण गर्न हौसला थपेको छ”, निर्देशक चाम्सले भने।

चलचित्रमा कप्तान सुब्बासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय गरेका छन्। चलचित्र निर्माणमा तुबेन्द्र लिम्बू, विनोद अग्रवाल, राजेश बगडियाले सहकार्य गरेका छन्। रासस

जिल्ला भलिबल संघलाई राष्ट्रिय वाणिज्य बैंकको सहयोग

राष्ट्रिय वाणिज्य बैंक बेनी शाखाले जिल्ला भलिबल संघ म्याग्दीलाई ५० हजार बराबरको खेलकुद साम्रागी सहयोग गरेको छ। बैंकका शाखा प्रबन्धक नवराज ढुंगानाले जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँ, महासचिव कुमार किसान र कोषाध्यक्ष विष्णु रोकालाई साम्रागी हस्तान्तरण गदैं आगामी दिनमा पनि खेलकुदसँग जोडिएर सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।

भलिबल क्षेत्रको विकासका लागि कवर्ड हल सहित विभिन्न योजना बनाएको संघका गतिविधिलाई बैंकले सहयोग गरेकोमा अध्यक्ष बानियाँले आभार प्रकट गर्नुभएको थियो । बैंकले सामाजिक उत्तरदाहित्व अन्तरगतक बल, नेट लगायत भलिबल खेलका लागि आवश्यक पर्ने साम्रागीहरू सहित वित्तिय साक्षरता कार्यक्रम,चरम गरिबीकै कारण वार्षिक ३ हजार ५ सय रुपियाँ तिर्न नसक्नेको पहिचान गरी बैंकले १० परिवारलाई निशुल्क स्वास्थ्य बीमा लगायत विभिन्न सामाजिक कार्य गर्ने गरेको छ ।

एसइई परीक्षा चैत ७ गतेदेखि, सम्पूर्ण तयारी पूरा

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (भक्तपुर)ले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय, कक्षा-१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको उल्लेख गर्दै परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा पुगिसकेको जनाएका छन् ।

परीक्षानियन्त्रक पौडेलका अनुसार गतवर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थी सहभागी थिए भने यसवर्षको परीक्षामा विद्यार्थीहरुको सङ्ख्या ४९ हजार दुई सय ८६ जना बढेर पाँच लाख १४ हजार ७१ जना पुगेको छ ।

कार्यालयले यसवर्षको एसइई परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षामा एक सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने भएका छन् । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिने जनाइएको छ ।

यस पटकको एसइईमा बाल सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र निर्धारण गरेको छ । परीक्षा नियन्त्रक पौडेलले काठमाडौं र दैलेखका दुई कारागार तथा भक्तपुरको बाल सुधार गृहबाट विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको बताए ।

यस वर्षको एसइईमा कीर्तिपुस्थित सफलता एचआईभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी हुने भएका छन् भने यहाँबाट चार जना एचआइभी सङ्क्रमित विद्यार्थीले एसइई परीक्षा दिने भएका छन् ।

यस वर्षको एसइई चैत ७ गतेदेखि सुरु भएर १९ गते सम्पन्न हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा तालिकानुसार पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी विषय, सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ ।

चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङलिस)को परीक्षा हुनेछ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद‚ सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ । १३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्वित्तियको परीक्षा सञ्चालन हुनेछ ।

लेटर ग्रेडिङ प्रणालीमै यसवर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्न तयारी गरिएको छभने चैत १९ सम्म सञ्चालन परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पुऱ्याउने लक्ष्य राखेको छ । २०८० सालको एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी पास भएका थिए ।

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका संग्रौलामाथि छानबिन गर्न समिति गठन

काठमाडौं स्कुल अफ ल (केएसएल) का कार्यकारी निर्देशक तथा पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौलामाथि छानबिन गर्न जाँचबुझ समिति गठन भएको छ । कलेजका विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि संग्रौलामाथि छानबिन गर्न तीन सदस्यीय जाँचबुझ समिति गठन भएको हो ।

पूर्वन्यायाधीश श्रीकृष्ण भट्टराईको संयोजकत्वमा वरिष्ठ पत्रकार तीर्थ कोइराला र अधिवक्ता सीमा धामी रहेको तीन सदस्यीय जाँचबुझ समिति गठन गरिएको कलेज प्रशासनले जनाएको छ ।

गत फागुन २४ गते राति काठमाडौं स्कुल अफ लकी एक विद्यार्थीले सामाजिक सञ्जालमा पोस्ट गर्दै कलेजमा विद्यार्थीहरूलाई यौन दुर्व्यवहार हुने गरेको आरोप लगाएकी थिइन् । उक्त पोस्टमा ती विद्यार्थीले कलेज प्रशासनले आफ्नो निवेदनमाथि छानबिन प्रक्रिया अगाडि नबढाएको र कुनै सुनुवाइ नभएको भन्दै तत्काल निर्देशकलाई निलम्बन गरी छानबिन अगाडि बढाउन पनि माग गरेकी थिइन् ।

कलेज प्रशासनले भने निवेदन प्राप्त गरेको केही दिनपछि नै कलेजमा परीक्षा सुरु भएकाले छानबिन केही ढिलो भएको बताएको छ ।

यता कार्यकारी निर्देशक संग्रौलाले भने आफू विरुद्ध विद्यार्थीले लगाएको आरोप तथ्यहीन र मिथ्या सूचनामा आधारित भ्रमपूर्ण अभिव्यक्ति भएको बताउनुभएको छ । घटनाबारे स्पष्टीकरण दिन कलेजले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संग्रौलाले आफ्नो चरित्र हत्या गर्न परिचालित विद्यार्थीले सामाजिक सञ्जालमा यौन दुर्व्यवहार भएको आरोप लगाएको बताउनुभयो ।

उहाँले समाजिक सञ्जालमा कसैले पोस्ट गरेकै भरमा एकपक्षीय रूपमा मिडियाहरूले समाचार लेखेर ‘मिडिया ट्रायल’ गरेको भन्दै सत्यतथ्य बुझेर मात्रै समाचार लेखिदिन आग्रह समेत गर्नुभयो । पत्रकार सम्मेलनका क्रममा आफू र परिवार समेतलाई मुछेर आरोप लगाउने एक विद्यार्थीले ‘ब्ल्याकमेल’ गरेको र पाँच-पाँच लाखका दरले २० लाख रकम माग गरेको उहाँको प्रत्यारोप थियो । विद्यार्थीले दुर्व्यवहार भएको भन्दै दिएको निवेदनमा कोबाट दुर्व्यवहार भएको नखुलाउनुले कलेजलाई बदनाम गराउनु प्रमुख उद्देश्य भएको निर्देशक संग्रौलाको आरोप थियो ।