कृष्ण जिसी/ पुस्तक पसलमा घुइंचो थियो । जसरी दशैं आउँदा कपडा पसल र खाद्धा्न्न पसलेलाई भ्याई नभ्याई हुन्छ त्यस्तै थिए बजारका अधिकांश पुस्तक पसलेहरु । कागजले कागज नै साटिरहेका । कागजका ठुला ठुला नोटले मोटा मोटा कापी किताब, सानासाना नानीहरु नयाँ कक्षाका नयाँ पुस्तक किनेर सकी नसकी दुइवटा हातमा झुन्डाएर हिंडिरहेका । भर्खरै नयाँ शैक्षिक सत्र शुरु भएकोले यो माहोल देखिन्थ्यो ।
मेरो घरको कान्छो सदस्य पनि नयाँ किताव पाउदा निकै खुसि देखिन्थ्यो । तर उसमा कुनै उत्साह भने थिएन । नयाँ किताव ल्याएर गाता राखिदिन भन्दै मेरो अगाडी सबै किताव असरल्ल फालिदियो । मैले एकएक गरि सबै किताबमा गाता राखिदिएँ नाम लेखि दिएँ उसले फटाफट झोलामा राख्यो अनि बाहिरियो । भान्सामा खाना पकाउदै गरेकी मेरी श्रीमती बडो अचम्म मानेर आइन अनि फतफताउन थालिन भए भरका शब्द एकै चोटी बर्षाउँदै ।
मैले भने सुनेको नसुन्यै गरेको थिएँ तर उनका कुरामा कतैकतै भने निकै घतलाग्दा मर्म भेटिन्थे ‘के हो आजकलका केटाकेटी कितावमा गाता हालेपछी झोलामा थन्क्याएर बाहिरियो त ? हाम्ले नयाँ किताव पाउने दिनमा सबै कबिता र कथा पढेर सकिन्थ्यो चित्र हेरेर पनि सकिन्थ्यो, यो किताब कसले पढाउने होला अभ्यास कति छन् भनेर निकै रुची राखिन्थ्या,े हेर्नुस त यसले झोलामा किताब राख्यो अनि चार्जमा राखेको मोबाइल झिकेर त्यसैमा झुण्डियो ।“
वास्तवमै उनको यो कुराले मलाई पनि कता कता छोयो । झल्याँस्स मैले मेरो बालापनको दिन सम्झिएँ । त्यो दिन बिहानै उठेर हतार हतार खाना खाएर अरुदिन भन्दा छिट्टो स्कुल पुगेको दिन । मैले स्कुल पढ्दा कक्षा ५ सम्मका किताव स्कुलमै बाँडिन्थ्यो । यसैले स्कुल पुगेर स्कुल मुनिको चौताराको डिलमा बसेर पिउन काकालाइ हेरेको दिन मैले सम्झिएँ ।
चरप्पपै चोयाको ख्यान्ग्रे डोकोमा कुश्माबाट किताव बोकेर ल्याउँथे अनि स्कुलको चौरमा हेडसरले पालै पालो गरेर किताव बाड्ने गर्थे ।
अनि कितावपाई सकेपछी आधा उधि किताव त एकै छिनमा पढेर सकिन्थ्यो । त्यति मात्रै हैन किताव पाउँदाको खुसि भन्दा ठुलो चिन्ता अब गाता के को राख्ने भन्ने हुन्थ्यो ।
गाउँमा भएको थापा काकाको एउटा मात्र पसल त्यहिँ पुगेर देउराली र बिजुली चुरोटका पेटिका बाहिरीखोल एक रुपियाँका ४ वटा किन्नु पर्ने तर पैसा नहुने अनि बर्खा झरीपर्दा ओढ्ने प्लाष्टिकलाइ ब्लेडले काटेर खोल हाल्नु पर्ने । स्टिच पनि कहाँ हुन्थ्यो र अनि ठुलो सियो (खाप सियो) मा बटुवा धागो दुइ सरो गरेर थाङ्गना सिलाए जस्तै गरि सिलाउनु पथ्र्याे । त्यति गरेपछी राति अबेर सम्म खासगरी नेपाली कितावाका कविता र कथा भाका हालीहाली पढेर सकिन्थ्यो ।
कितावमा भएका चित्र रङ्गाउन मन लाग्ने, प्याउली फुल र गुराँसका फूलले प्रयोग गरिन्थ्यो । खाँदै पढ्दै गरिदैनथ्यो किनकि खादै पढ्दै गर्दा बिद्या आउंदैन खाईसकेपछी हात मुख धोएर मात्रै किताब छुनु पर्छ भन्ने कुरामा विश्वास गरिन्थ्यो । कहीं कतै लात्ती लागे पनि सरस्वति बन्दना गाएर ढोग गरेपछि मात्रै झोलामा राखिन्थ्यो किताबको जतन सम्मान र त्यसको भरपुर उपयोग गरिन्थ्यो ।
त्यति मात्रै हैन नयाँ कक्षाको किताब लिन अघिल्लो बर्षको किताब फिर्ता दिन पथ्र्याे। सरले झुत्रा किताब देखेभने बेसरी डुग्रंन्थे त्यो डरले पनि जतन गर्नु पर्ने तर सम्मानका साथ । म तिनै पुराना दिनमा पुगेर एकै छिन् घोतिल्किएँ ।
मेरा जस्तै अवस्था मेरी श्रीमतीले पनि भोगेकी हुन् किनकी हामी उमेरमा त्यति फरक छैनौँ ।
सामाजिक आर्थिक अवस्था पनि उही र उस्तै नै थियो । उनले सायद त्यहि भएर आफ्नो अवस्था त्यो उत्साह र भावनालाई उजागर गर्न खोजेकी हुनु पर्छ । अब समय फेरिएको छ मैले उनलाई सम्झाएँ समय फेरिएको छ, पढ्ने शैली पढाउने तरिका फेरिएको छ, तिम्रो र मेरो समयमा शिक्षा त्यति सहज थिएन । पढाइको लागि एउटै मात्रै श्रोत भनौं किताव मात्रै थियो । त्यसैले हामीले त्यसको भरपुर उपयोग गर्यौं । अहिले समय फेरियो प्रबिधिको विकासले सिकाइ धेरै सरल र सहज भएको छ ।
सिक्नलाई पाठ्यपुस्तकको मात्रै भर पर्नु पर्दैन यसरी नै उनलाई सम्झाउने कोसिस गरें । मलाइ उनका कतिपय तर्क साह्रै घत लाग्यो । समय फेरियो, सिकाइका शैली जति फेरियो भने पनि रंगिन हुन सकेको छैन । दुनिया अझै ब्ल्याक इन व्हाइट मै छ भन्ने उनको तर्क निकै रोचक लाग्यो । उनको भनाई अनुसार हाम्रो समयमा कालोपाटी र सेतो खरी,चक थियो ।
अहिले सेतो बोर्ड र कालो मार्कर त छ नि हैन र? किताब फेरी पनि ज्ञान फेरिने कुरा आउँदैन कितावमा भएका कुरालाई कसले कसरी प्रस्तुत गर्छ र विद्यार्थीहरुलाई दिन्छ भने कुरासँग समयले कुनै सरोकार राख्दैन । कलम फेरीए तर मसि उही निलो कालो नै छ, अक्षर उही र उस्तै लेख्छ तर कसरि लेखाइन्छ भन्ने कुरा महत्वपुर्ण हो ।
सिकाइका लागि धेरै माध्यम, श्रोत साधन उपलब्ध भए तर त्यसलाई कसरि प्रयोग गरियो भन्ने कुराले महत्व राख्छ । कक्षाकोठा फेरियो, डेक्स बेन्च फेरियो बसाइ सहज भयो तर एउटा बच्चाले सिक्नु पर्ने कुरा सिक्यो कि सिकेन भन्ने कुरा ठुलो हुन्छ । सिकाईमा कुनै परिबर्तन आयो या आएन त्यो महत्वपुर्ण हुन्छ । बालबालिकाको धेरै कुरा परिबर्तन भएको छ । उनीहरुको स्वभाव, बोल्न,े हिड्न,े खाने आदि धेरै कुरा परिबर्तन भएको छ । वास्तविकता केहो भने आजकलका बालबालिकामा संस्कारगत कुरा कमि भए कै हुन् ।
उनीहरुमा मान सम्मान, आदर, सत्कार, दया, माया, करुणा जस्ता कुरा कमि हुदै गएका छन् , त्यसमा कहिँ न कहीं अभिभाबक पनि दोषी छौँ । कहिँ न कहिँ हामीले उनीहरुलाई भावनात्मक रुपमा बुझाउन सकेका छैनौ । हामीलाई लाग्छ उनीहरु फरक छन् तर बाल मनबाट हेर्ने हो भने उनिहरुले हामी लाई फरक देख्छन अब फेरिनु पर्ने को हो ? त्यो पनि एउटा सोचनीय बिषय भएको छ । जतिबेला म स्कुले केटो थिएँ त्यतिबेला नैतिक शिक्षा पढाइ हुथ्यो ।
नैतिक शिक्षाले एक व्यक्तिलाई संस्कारी बनाउन प्रेरित गथ्र्याे । अहिले कतै न कतै नैतिक शिक्षाको अभाव देखिएकै हो । एक थरि भन्छन बर्तमान युग बिज्ञान र प्रविधिको युगमा कहाँ यस्ता कुरामा अल्झेर हुन्छ, नैतिक शिक्षा जरुरी छैन, प्राबिधिक कुरा सिक्छन । यो कुरा पनि नकार्न सकिदैन तर के एउटा बिज्ञानको विद्यार्थी नैतिकबान हुन पर्दैन ? के एउटा राजनीतिक शास्त्रको बिद्यार्थीलाइ नैतिक मूल्यमान्यता इमान्दारिता बफादारी भनेको केहो जान्नु पर्दैन ?
एउटा ब्यबस्थापनको विद्यार्थीसंग अशल चरित्र र चारित्रिक गुण आवश्यक पर्दैन ? हो यस्तै कुरा मलाइ त्यो नयाँ किताब गाता र त्यो सानो सदस्यले झस्काइदियो । मैले किताबको जतन गर्थें खाना खादै कहिल्यै किताब कापी छोइन । हात धोएर किताब झिक्ने गरिन्थ्यो किताब निकालेपछि ढोग गरिन्थ्यो अनि बल्ल खोलिन्थ्यो । जसले गर्दा मनमा शान्ति हुन्थ्यो आनन्द प्राप्त हुन्थ्यो । सिकाइको शुरुवात शभ्य र शालिन हुन्थ्यो । जसले आफ्ना पुस्तक ज्ञानको श्रोतलाइ सम्मान गर्न सिकायो । त्यसैले अबका नानिबाबुलाई यो कुरा सिकाउनु पर्दछ । तपाइँ हामीले नसिकाएर नै यी र यस्ता कुरामा हाम्रा नानिबाबुहरु पछी पर्दै गएका पो छन् कि ?
हामीले नानिबाबुलाई किताबको जतन गर्न त सिकायौं तर सम्मान गर्न सिकाएनौ, टाई बेल्ट बाँध्न त सिकायौं तर आचरणमा बाधिन कहिल्यै भनेनौं । गुडमर्निंग भन्न सिकायौं तर हात जोड्न सिकाएनौं, चाउचाउ, मम पिज्जा बर्गर खुवायौं तर रोटि ढिँडो, आटो खान जोड गरेनौं । यहाँ मेरो परिवारको कान्छो सदस्यले मात्रै हैन आज धेरैका घरमा यी र यस्तै कुरामा यस्तै अवस्था सृजना भएका ह–न सक्छन् त्यसैले घर घरमा र हरेक स्कुलमा व्यक्तिगत आचरण र संस्कारका कुरा सिकाउनु जरुरि छ । लेखक: न्यू वेष्ट पोइन्ट आवासीय माविका सहायक प्रधानध्यापक एवम् म्याग्दीमा पुराना संचारकर्मी हुन्।