बेनी नगरपालिका-९,अल्वाङबाट विगत पाँच महिनादेखि हराएका एक यूवा नेपालगन्जको क्वारेन्टाइनमा सकुशल भेटिएका छन् । २०७६ माघ १० गते घर नजिकैबाट हराएका उपाध्याय कोरोना भाइरसको जोखिमले भारतबाट फर्किएका नेपालीहरूसँगै उद्धार गरी क्वारेन्टाइनमा राखिएको अवस्थामा भेटिएका हुन्।

मानसिक सन्तुलन गुमाएका उपाध्याय अलपत्र परेपछि बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले आफ्नो सामाजिक सञ्जालमा राखेका थिए ।

मानसिक रोगी उपाध्यायको उपचारमा परिवारले नेपालका विभिन्न अस्पताल सहित भारतमा समेत पुगेपनि सम्भव नभएपछि घरमा ल्याएको अवस्थामा उनी सम्पर्कविहिन भएपछि खोजीका लागि आमा आमा बेदुकला हराएको १२ दिनपछि बेनीअनलाइनको कार्यालयमा आएकी थिईन् ।

उनले छोराको मानसिक समस्या भएपनि विभिन्न ठाउँमा खोजीकार्य गर्दा समेत फेला नपरेको बताएकी थिईन् । हराएको पाँच महिनासम्म सम्पर्क विहिन भएपछि थप खोजीका लागि समेत अनुरोध गरेकी बेदुकलाले छोरा भेटिएको खवरले उत्साहित भएकी छन् ।

‘छोराको उपचार हुन्छ भन्ने आशा छ,‘सबैले सहयोगको अपेक्षा गरेको छु’ उनले भनिन् । घरबाट सम्पर्कविहिन भएका उपाध्याय चैत्र महिनामा लकडाउन अगाडी काठमाण्डौमा देखेको बताइएपनि भारतमा कसरी पुगे भन्नेमा परिवार नै आश्चर्यमा परेको छ । उनलाई क्वारेन्टाइनबाट बेनीसम्म ल्याउन पहल गर्न समेत परिवारले अनुरोध गरेका छन् ।

यो समाचार पनि हेनुहोस् :  १२ दिन देखि तोरिपानीका एक यूवा बेपत्ता

म्याग्दीका यूवा पाँच महिनादेखि बेपत्ता

 

Leave a Reply