घाँस काट्न गएको समयमा रुखबाट लडेर गम्भीर घाईते भएकी म्याग्दीको धवलागिरी गाउँपालिका-६ मराङ बुलकी एक किशोरीको उपचारमा म्याग्दी प्रवासी नेपाली संघ मोना पोर्तुगलले आर्थिक सहयोग गरेको छ ।

गएको कात्तिक १४ गते घर नजिकै घाँस काट्ने क्रममा लडेर अचेत अवस्थामा भेटिएकी १६ बर्षिया रममायाँ विकको उपचारमा आवश्यक पर्ने आर्थिक अभाव भएको समाचार बेनीअनलाइनका प्रकाशित भएपछि मोना पोर्तुगलले विकको उपचारमा ५० हजार सहयोग संकलन गरिएको संस्थाका सल्लाहकार राजन थापाले बताए ।

‘घाईते अवस्थामा उपचारमा पैसाको अभावको खवरले दुखी तुल्यायो,‘साना सहयोगले धेरै राहत हुने अपेक्षा गरेका छौ’ मोना पोर्तुगलका कार्यवाहक अध्यक्ष मोहन शेरपुञ्जाले भने ।अभियानमा संस्थाका महासचिव धन थापा, (अलेंतेजो) क्षेत्रिय अध्यक्ष मणी पौडेल, सल्लाकार वकिल केसीले संयोजन गरेका थिए।

कोरोना भाइरसका कारण सहयोग संकलन अभियान सञ्चालन गर्न नसकिएपनि पूर्ण राम्जाली, दिवस भण्डारी, बिकास सुबेदी, तेजिन्द्र छन्त्याल, प्रताप हमाल, श्याम रोका, नारायनकाजी मगर, प्रदिप खत्री, सन्देश शाही, पोस्ट पाइजा, हरी केसी, संगिता पुर्जा, राजेन भण्डारी, मोहन राना र यु कुमार रानाले सहयोग गरेका थिए । यसैबीच सोही अभियान अन्तरगत धवलागिरी–५ मल्कवाङमा मानसिक सन्तुलन गुमेर उपचारबाट बन्चित भएकी ३८ बर्षिया गौरी विकलाई समेत ५ हजार सहयोग गरिएको छ ।

यता घाईते विकलाई पोखराको फेवा सिटी हस्पिटलका हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा.दिवश क्षेत्रीले शल्यक्रियाको शुल्क निशुल्क सहित औषधी लगायत करिब साढे २ लाख निशुल्क गरिदिएका छन् । डा. क्षेत्रीका अनुसार विकको ढाड भाँचिएकाले खुट्टामा समस्या भएकाले नियमित उपचार सहित थप खर्च लाग्ने बताए ।

‘ब्यक्तिगत र अस्पतालबाट गर्न सक्ने सबै छुट गरिदिएको छु,‘जटिल समस्या भएकाले औषधी लगायतमा अझै खर्च लाग्छ’ उनले भने । उपचारपछि पनि लामो समयसम्म व्हीलचेयरको सहायता आवश्यक पर्ने डा. क्षेत्रीको भनाई छ । डा. कटुवालले यसअगाडी मालिका गाउँपालिका–२ रूम बिलवाङमा रुखबाट खसेका २७ बर्षिय झलकमान पुनको समेत मेरुदण्डको सफल शल्यक्रिया गरेका थिए ।

यो पनि पढ्नुहोला:

घाँस काट्ने क्रममा गम्भीर घाईते किशोरीको उपचारमा आर्थिक अभाव, सहयोगको याचना

 

Leave a Reply