म्याग्दीको मालिका गाउँपाकिला-१, निस्कोट जुवाङमा बेसहारा जस्तै बनेका दुई बालबालिकाको शिक्षादीक्षाका लागि सहयोग आउने क्रम सुरु भएको छ । जन्मदिने आमाले दोस्रो विवाह र बुबा दुबै मृगौलामा खरावी आएपछि बृद्ध बुबा र दुई बालबालिका बिचल्लीमा परेको वास्तविक अवस्था बेनीअनलाइनमार्फत सार्वजनिक भएपछि स्वदेश तथा विदेशबाट सहयोग आउन थालेको हो ।

स्थानीय चित्रबहादुर पुन बैदेशिक रोजगारीमा रहेको अवस्थामा श्रीमतिले विवाह गरेर अन्यत्रै गएपछि सहाराविहीन बनेका ८१ बर्षिय बृद्ध, छोरी ३ बर्षिय धिरन, ८ बर्षिया ज्ञानु पुनलाई सहयोगसँगै विभिन्न प्रतिबद्धता आएको वडा अध्यक्ष टंक पुनले बताए । पारीवारिक अवस्था अत्यन्तै नाजुक रहेको अवस्थामा स्वदेश तथा विदेशबाट आर्थिक एवं जिन्सी सामानहरुको सहयोग प्राप्त भएको अध्यक्ष पुनले बताए ।

‘जिल्ला बाहिरबाट पढाउन आएको प्रस्तावलाई अस्वीकार गरेका छौ,‘समाचार सार्वजनिक भएपछि देशभरबाट चासो ब्यक्त भएको छ’ पुनले बेनीअनलाइनलाई भने ।

सहयोगका लागि ज्ञानु पुनको नाममा दरबाङको गरिमा विकास बैंकमा खाता खोलिएकोमा अहिलेसम्म झण्डै ७१ हजार ८ सय ४८ रुपैयाँ आर्थिक सङ्कलन भएको जनाइएको छ । उक्त सहयोग रकम ज्ञानु र धिरनको नाममा संयुक्त खातामार्फत मुद्धतिमा राखेर उच्च शिक्षासम्मको खर्च ब्यवस्थापन गरिने छ ।

हालसम्म अमेरिकामा रहेका निस्कोटबासीले खाद्यान्न, लत्ताकपडा लगायतका लागि ५० हजार, अमेरिकामा रहेका रबिन बज्राचार्यको पहलमा ३७ हजार ७३ रुपैयाँ, हङकङमा रहेका मंगला गाउँपालिका–२ का चित्र पुनले २० हजार, ओखलढुंगा घर भएकी लिला मगरले ३५ सय लगायत अनलाइन बैंकिङबाट ज्ञानुको खातामा १ सय देखि माथिको सहयोग रकम जम्मा गरिएको छ ।

सहयोगले परिवारको व्यवस्थापन र शिक्षादिक्षामा खर्च गरिने छ । बालबालिकाका बुबा चित्रबहादुर मृगौलाको डायलासिसका लागि पोखरामा छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारर्थ उनको डायलाइसिस र प्रत्यारोपणका लागि करिब २० लाख लाग्ने अनुमान गरिएको छ । हालसम्म उनको करिब ३ लाख खर्च भइसकेको छ ।

यो पनि पढ्नुहोस् : 1-  निस्कोटका ज्ञानु र धिरनको शिक्षादिक्षाका लागि सहयोग अभियान सुरू

2. बुवा अस्पतालको शैयामा, आमाले दोस्रो बिहे गरेपछि बालबालिकाको बिचल्ली

 

Leave a Reply