नेपाल सरकारले आफ्ना कार्यक्रम तथा सुचनाको मुख्य माध्याम सञ्रार तथा प्रविधीलाई बनाउने निती अवलम्बन गरेको छ । यही कार्यक्रमको निरन्तरताको लागी संघिय सरकारले प्रभावकारिता र पारदर्शिताको लागी सबै स्थानीय सरकारलाई वेवसाईट तथा मोवाईल एप्स निर्माण गरी उपलब्ध गरायो । यसै अन्तरगत रघुगगां गाउँपालिकामा पनी raghugangamun.gov.np नामक वेवसाईट र Raghuganga Rural Municipality  नामक मोवाईल एप्स सञ्रानमा आयो । तर मोबाईल एप्स बिगत केहि महिना देखी पुर्ण रुपमा बन्द छ भने वेबसाईट निरन्तर सञ्चालनमा रहको छ ।

२०७५/०४/२९ गते आफ्नो वेबसाईटमा पहिलो सुचना अपलोड गरेको रघुगंगा गाउँपालिकाले मिती २०७७/१०/१५ गते सम्म प्रकाशित विविध सामाग्री शिर्षक निम्न सङ्ख्यामा रहेका छन् ।

सुचना तथा समाचार (स्थानीय तथा प्रदेश र संघका गरी) – १०४

बजेट तथा कार्यक्रम – १०

योजना तथा परियोजना -५

राजपत्र (कार्यविधी) – ११

सेवा बारे जानकारी – १९

आय व्यय – ०

सार्बजनिक खरिद तथा बोलपत्र- १०

प्रकाशन (पालिका प्रफाईल लगायत सामाग्री) – ३

मासिक प्रगति प्रतिबेदन, चौमासिक प्रगति प्रतिबेदन, बार्षिक प्रगति प्रतिबेदन, लेखा परिक्षण प्रतिबेदन, अनुगमन प्रतिबेदन, सार्बजनिक सुनुवाई प्रतिबेदन, सार्बजनिक परिक्षण प्रतिबेदन, सामाजिक परिक्षण प्रतिबेदन – ०

त्यस्तै रघुगंगा गाउँपालिकाले २०७४/११/०१ गते देखी RaghugangaGaupalikaनामक फेसबुक पेज संचालन गरको छ । तर करिब ३ बर्षमा आजको दिनसम्म जम्मा २१ वटा स्थानीय र ५ वटा संघ प्रदेशको सुचना अद्यावधीक गरेको छ ।

जिमेल रिप्लाई गर्ने, फेसबुक म्यासेजको रिप्लाई गर्ने र फेसबुक मेन्सनमा रेस्पोन्स गर्ने कुनै परिपाटीनै छैन । भने केही वडाले आफ्नो फेसबुक पेज बनाएपनी अपडेट, रिप्लाई र रेस्पोन्ड गर्दैनन् ।

बार्षिक ५० करोड भन्दा धेरै बजेट प्रयोग गर्ने पालिकाले पारदर्शिता कायम गर्न सुचना सम्प्रेषनको संयन्त्रलाई प्रयोग गर्न रुची नदेखाउनु आम जनतामाथी आघात पुर्याउने काम हो । केही मात्रामा कम महत्व र आर्थिक गतिवीधी शुन्य जस्तै हुने सुचना प्रकाशन गरी औपचारिकता पुरा गर्ने काम मात्र भैरहेको छ ।

अब के ?

लोकतन्त्रको सुन्दर पक्ष पारदर्शिता र जनउत्तरदाहित्व पनि हो । तर यो एकादेशको काहानी जस्तो मात्र भएको छ । सुचनालाई सक्दो लुकाउन खोज्नु लोकतन्त्र माथीको बलात्कार हो ।

रघुगगां गाउँपालिकाले यथासक्य चाडो मोवाईल एप्सलाई पुनः सुचारु गरी चलायमान बनाउनका लागी प्रयास गर्नुपर्छ । बार्षिक आयव्यय, सार्बजनिक गर्नुपर्ने विविध प्रतिबेदन नियमित प्रकाशनका लागी जनआवाज चर्को बनाउने समय आएको छ ।

साथै वेबसाईट र मोबाईल एप्स तत्काल अत्यावधिक गराई वडाको सुचना पनि प्रकाशन गर्नु पर्छ । साथै मोवाईल एप्सलाई त्तत्काल अत्यावधिक गराई सुझाब तथा गुनासोलाई व्यवस्थित गर्न आवश्यक छ । यसलाई व्यवस्थित गरी सुझाव तथा गुनासोलाई तत्काल जनउत्तरदाहित्व बोध गरि संबन्धित प्रतिनिधीमाझ पुर्याउने संयन्त्र तयार गर्नु आजको तत्काल आवश्यक हो ।

यो पनि पढ्नुहोस्:

1. यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने . (पहिलो काम)- ईन्टरनेट बिस्तार

2. यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने… दोस्रो काम) तथ्याङ्क संकलन, बर्गिकरण तथा व्यवस्थापन

3.यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने … (तेस्रो काम)- सामाजिक अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना

Leave a Reply