कोरोना सङ्क्रमण बढ्दै गएपछि साहसिक खेलको गन्तव्य बन्दै आएको पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा बन्जी खेलका लागि खोप कार्ड चाहिने भएको छ । कोरोनाको तेस्रो भेरियन्ट (ओमिक्रोन) सङ्क्रमण ह्वात्तै बढेपछि बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण भएको विश्वकै दोस्रो अग्लो बन्जी जम्प खेल्नका लागि खोप कार्ड अनिवार्य गरिएको हो ।

कोरोनाकालमै गत वर्षदेखि सञ्चालनमा आएको बन्जी जम्पमा केही समय अगाडिसम्म दैनिक सयौँ पर्यटकहरु बन्जी जम्प गर्न र घुम्न आउने गर्थे भने अहिले दैनिक एक दर्जन पुग्न पनि गाह्रो भइरहेको छ । द क्लिफ प्रालिको झन्डै रु २८ करोड लगानीमा सञ्चालनमा आएको बन्जीसँगै स्विङ र जिपलाइन पनि प्रभावित बनेको छ ।

दोस्रो चरणको सङ्क्रमणपछि बन्जीमा पर्यटकहरुको आकर्षण बढेको र व्यवसाय पनि रामै्र सञ्चालन भए पनि तेस्रो चरणको सङ्क्रमणका कारण पुनः समस्यामा परेको बन्जी जम्प सञ्चालन गर्दै आएको द क्लिफ प्रालिका सञ्चालक राजु कार्कीले जानकारी दिए ।

Leave a Reply