पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएपछि खोजीकार्य तिब्र पारिएको छ। १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको थियो ।

अवतरण गर्ने समय भएपनि जहाज सम्पर्कमा नआएपछि उडानको रुटमा पर्ने कास्की, पर्बत, म्याग्दी र मुस्ताङ क्षेत्रमा खोजीकार्य भएको थियो । पोखराबाट दुर्घटनाग्रस्त भएको क्षेत्रको अनुमान गरी हेलिकप्टर पठाइएको प्रहरी अधिकारीले जनाएको छ ।

खोजीको क्रममा मुस्ताङको लेतेको अग्लो डाँडामा दुर्घटना भएको अपुष्ट खवर आएपछि टोली त्यस तर्फ प्रस्थान गरेको छ । डाँडा आसपासमा दुर्घटनाको खवर बारेमा आधिकारिक पुष्टी नभएपछि सोही क्षेत्र आसपासमा केन्द्रित भएको बताइएको छ। तारा एयरको ‘एईटी’ ट्विनअटर विमान लेते क्रस भएर धौलागिरित मोडिएपछि सम्पर्क बिहिन भएको बताइएको छ

Leave a Reply