क्रिकेटर सन्दीप लामिछाने स्वदेश फर्केलगत्तै प्रहरीको नियन्त्रणमा रहेका छन् । आज बिहान काठमाडौँ ओर्लिएका उनलाई विमानस्थलमा खटिएको नेपाल प्रहरीको टोलीले विमानस्थलबाटै नियन्त्रणमा लिएको हो।

कतार एयरवेजको विमानबाट आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने सन्दीपले नै जानकारी दिएका थिए । तर खराब मौसमका कारण केही ढिला गरेर आइपुगका सन्दीपलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनी कतारको दोहाबाट काठमाडौँका लागि उडेका थिए । करिब एक महिनादेखि देशबाहिरै रहेका सन्दीपविरुद्ध गत भदौ २१ गते एक नाबालिकाले जबरजस्ती करणीको मुद्दा जाहेर गरेकी थिएन् । केही समय विदेशबाटै कानुनी परामर्श लिएका सन्दीपले उनले नेपाल फर्केलगत्तै प्रहरीसामु आत्मसमर्पण गर्ने बताएका थिए । photo source ekantipur.com

Leave a Reply