अबदेखि होटल र रेस्टुरेन्टहरूले मेनुमा सर्भिस चार्ज र भ्याट लिन नपाउने भएका छन् । यो सँगै अब ग्रहकहरुलाई १३ प्रतिशत भ्याट वा १० प्रतिशत सेवा शुल्क तिर्न बाध्य हुनुपर्ने छैन ।यसअघि होटल तथा रेष्टुरेन्टहरुले विलको अन्त्यमा भ्याट र सेवा शुल्क थप्ने गरेका थिए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यवसायीले त्यस्तो गरेको पाइएमा उजुरी गर्न आग्रहसमेत गरेको छ ।यसअघि काठमाडौं जिल्ला अदालतले मेनुमा लेखेको बाहेक अतिरिक्त चार्ज लिएमा क्षतिपूर्ति भराउनुपर्ने अदालतको ठहर छ ।

मेनुमा समावेश नगरी ग्राहकसँग सर्भिस चार्ज र भ्याट थप लिएको भन्दै एक रिसोर्टविरुद्ध काठमाडौँ जिल्ला अदालतमा परेको मुद्दामा अदालतले उपभोक्ताको पक्षमा फैसला सुनाएको थियो। उपभोक्ता अदालत अन्तर्गत काठमाडौं जिल्ला अदालतमा परेको रिट निवेदनमा अदालतले उपभोक्ताको पक्षमा फैसला सुनाउँदै मेनुमा भएको बाहेक बढी रकम लिएको भए फिर्ता गर्न र क्षतिपूर्तिसमेत भराउन आदेश दिएको थियो ।

विभागकाे सुचना

Leave a Reply