पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरले पहिलो उडान गर्ने भएको छ। बुद्धले आगामी जनवरीबाट पोखरा–बनारस–पोखरा उडान गर्ने जनाएको छ।सञ्चालनको अन्तिम तयारीमा रहेको पोखरा विमानस्थल आगामी जनवरी १ (पुस १७)मा उद्घाटन गर्ने सरकारको तयारी छ।

विमानस्थल र नागरिक उड्डयन प्राधिकरणको कार्य प्रगती अनुसार सन् २०२३ जनवरी महिनाबाटै अन्तर्राष्ट्रिय उडान सुरू हुने हुँदा बुद्धले पहिलो उडान गर्ने बताएको हो।  बुद्धले आइतबार, मंगलबार, बिहीबार गरी सातामा तीन उडान गर्ने योजना बनाएको छ। हाल बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रूपमा काठमाडौं–बनारस–काठमाडौं उडान गर्दै आइरहेको छ।

बुद्धले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै एयर ट्राफिक सर्भिस रूटको लागि नेपाल सरकार र भारतीय सरकारसँग पहल भइरहेको जनाएको छ।साथै, भारत सरकारबाट रूट र स्लट स्वीकृति हुनासाथ पोखरा–दिल्ली–पोखरा दैनिक दुई उडान र पोखरा–देहरादुन–पोखरा सातामा तीन उडान गर्ने गरी प्रक्रिया अगाडी बढाएको छ।

Leave a Reply