प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचनतर्फ युवा समूहबाट नगण्य मात्र प्रतिनिधित्व भएको छ ।१६५ निर्वाचन क्षेत्रको नतिजा आउने क्रम अन्तिम चरणमा पुग्दा ४० भन्दा कम उमेर समूहका निर्वाचित सदस्यहरू आठ जना मात्र रहेका छन् । ३० भन्दा कम उमेर समूहका दुई जनामा छन् ।

अहिलेसम्म प्रत्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम कम उमेरकी निर्वाचित सदस्य छिन् ।उमेर समूहमा सबैभन्दा बढी ५० देखि ६० वर्षका ५९ जना निर्वाचित भइसकेका छन् । ५० भन्दा तल उमेर समूहका ३८ जनाको प्रतिनिधित्व प्रत्यक्षतर्फबाट हुने देखिएको छ ।

आइतबार साँझसम्म सार्वजनिक भएको १५६ क्षेत्रको परिणामअनुसार ३० वर्षभन्दा कम उमेर समूहका २ जना, ३० देखि ४० उमेर समूहका ६ जना र ४० देखि ५० वर्ष समूहका ३० जना निर्वाचित भएका छन् ।यस्तै ५० देखि ६० उमेर समूहका ५९ जना निर्वाचित हुँदा ६० देखि ७० उमेर समूहबाट ४७ जना निर्वाचित भएका छन् ।७० वर्षभन्दा माथिका १२ जना छन् । जसमा तीन जना ८० वर्षमाथिका निर्वाचित सदस्य छन् ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Leave a Reply