चुनावमा उठेपछि आफैलाई भोट नहाल्ने त को हुन्छ होला र ? त्यसैले प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ शून्य मत हुने कोही देखिएनन् ।तर ८ जना उम्मेदवार यस्ता रहे, जसले आफू मतदाता रहेको क्षेत्र हुँदा आफ्नो बाहेक आफन्त र परिवारका सदस्य वा अरू कसैको मत पाएनन्।अलग क्षेत्र भएको भए भोट माग्ने बेला दिन्छु भन्नेहरू मध्ये ८ उम्मेदवारले एक भोट मात्रै पाए ।

काठमाडौं- १ बाट प्रतिस्पर्धा गरेका खुमकला लामिछाने र दुर्गा प्रसाद लिम्बूले एक-एक मत मात्रै पाए । चितवन १ र ३ बाट उठेका तिलकमणि पाठक र भीमसेन बस्नेत अनि मोरङ- ३ मा चन्द्रकला खत्री र प्रकाश भट्टराईले पनि एक- एक मत मात्रै पाए। धनुषा-४ बाट पर्शुरामकुमार यादव र संजय कुमार यादवले पनि एक एक मत मात्रै पाए । काठमाडौं-४ बाट उठेका महेश्वर केसीले पनि एक भोट मात्रै पाए ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ २ हजार ४ सय १२ उम्मेदवार मध्ये दुई मत मात्रै ल्याउने ९ जना छन्। उनिहरु सबै स्वतन्त्र उम्मेदवार हुन् ।

मतदाताको मन जितेर चुनावमा विजयी हुन्छु भन्ने धेरै उम्मेदवारले यसपालि आफ्नो धरातल थाहा पाएका छन् ।

कतिसम्म भने विगतमा बारम्बार मन्त्री भएका र सत्ता गठबन्धनबाट समर्थन पाएका उम्मेदवारकै जमानत जफत भयो। लोसपाका लक्ष्मणलाल कर्णदेखि २०७४ सालमा महानगरको चुनावमा २० हजारभन्दा धेरै मत ल्याएकी रञ्जु दर्शना त्यसका उदाहरण हुन् । जमानत जोगाउन निर्वाचनमा खसेको मतको १० प्रति प्राप्त गर्नुपर्ने हुन्छ ।

कांग्रेस, एमाले, माओवादी केन्द्रका उम्मेदवारसहित १९ सय ५२ जनाको जमानत जफत भएको छ।

निर्वाचनमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र गृहमन्त्री बालकृष्ण खाण, पूर्वसभामुख ओनसरी घर्ति पराजित भए । प्रतिनिधि सभामा सबैभन्दा कम ४६ मतले जित-हार भएको छ।

११ दल प्रत्यक्षमा निर्वाचित हुँदा एकीकृत समाजवादी सहित ४० वटाले समानुपातिकमा ३ प्रतिशतको थ्रेस होल्ड कटाउन सकेनन् Source:-Ekantipur.com

Leave a Reply