पोखरामा यती एयरकाे बिमान दुर्घटनामा परेकाे छ । पाेखरा विमानस्थलमा अवतरण गर्ने क्रममा यति एयरलाइन्सको जहाज धावनमार्ग भन्दा करिब १ किमि बाहिर मितेरी गाउ नजिक सेतीमा खसेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।

काठमाडौंबाट अाएको यति एयरको जहाज बिहान ११ बजेतिर दुर्घटनामा परेको हो। काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२ जहाज क्याप्टेन कमल केसीले उडाएका थिए ।

पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागिरहेकाे छ । सेना प्रहरीबाट अागाे निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले जानकारी दिएका छन ।

Leave a Reply