default

म्याग्दीको मुहार फेर्ने ठूला १९ योजना अलपत्र परेका छन् । संघीय र प्रदेश सरकारको गौरवका योजना सहित १९ योजनाको म्याद सकिएपनि निर्माण कम्पनीले आवश्यक जनशक्ति र निर्माण उपकरण परिचालन गर्न नसकेको लामो समयदेखि थलिएका छन् ।

भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले ७६ किलोमिटर लामो बेनी–जोमसोम सडक, बेनी–बागलुङ सडक, पश्चिम म्याग्दी हुदै रुकुम जोड्ने मध्यपहाडी राजमार्गको बैकल्पिक मानिएको बेनी–दरबाङ–मुना सडक, ५० सैयाको बेनी अस्पताल लगायत सडक, शिक्षा, पक्की पुल, खानेपानी, जलविद्युत सहितका ठूला योजना अलपत्र अवस्थामा छन् । अन्तरजिल्ला, जिल्लाभित्रको पालिकास्तरमा निर्माणधिन योजनालाई समयमै सम्पन्न गर्ने लिखित र मौखिक प्रतिबद्धता जनाएका ठेकेदार नै अहिले सम्पर्कमा नभएपछि योजना लथालिङ भएको छ ।

CamScanner-02-04-2023-10.32

निर्माण व्यवसायीलाई राजनीतिक दल, जनप्रतिनिधि र प्रशासनको अघोषित संरक्षणमा रहेका ठेकेदार तत्काल काममा फर्किने संकेत समेत दिएका छैनन् । म्याग्दीमा गण्डकी प्रदेश सरकारका ११ र संघीय सरकारका ८ वटा रहेको गण्डकी प्रदेश सरकारका माननीय उद्योग , पर्यटन वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले बताए । ‘अलपत्र परेका योजनाहरु मात्रै सम्पन्न भएपनि जिल्लाको मुहार फरक देखिन्छ,‘अब कस्सिएर रोकिएका योजनालाई गति दिनुपर्ने अवस्था छ’ मन्त्री जुग्जालीले भने ।

शनिबार पत्रकार महासंघ म्याग्दी शाखाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री जुग्जालीले अलपत्र विकास निर्माणका योजनालाई राजनीतिक दल, प्रदेश र संघीय प्रतिनिधि सहितको टोलीले दवावमुलक कार्यक्रम आवश्यक रहेको बताए । अलपत्र परेका योजनामा ८ वटा सडक नै छन् ।

जिल्लाका मुख्य सडक नै अलपत्र अवस्थामा र अन्य योजनाहरु समेत विभिन्न बाहनामा रोखिएको विषयमा प्रदेशसभा सदस्य हरि भण्डारीले समेत शुक्रबार प्रदेशसभामा ध्यानर्कषण गराएका थिए । त्यस्तै प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजाले संघीय मन्त्रालय अन्तरगतका अधुरा र अलपत्र योजना एकबर्षभित्र पूर्णता दिन तत्कालै पहल आवश्यक रहेको बताए ।

Leave a Reply