आज १४ फ्रेबुअरी अर्थात् प्रणय दिवस वा प्रेम दिवस। अंग्रेजीमा भ्यालेन्टाइन डेको रुपमा चिनिने यो दिवस विश्वभर प्रख्यात छ। यसलाई प्रेमजोडीहरुले पर्वको मनाउने गर्छन्। एकसातासम्म मनाइने यो दिवस रोमन राज्य अर्थात् इटालीको एक पादरी सैनिक सेन्ट भ्यालेन्टाइनको प्रेम वलिदानसँग सम्बन्धित छ।

तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवालाई प्रेम र विवाहमा प्रतिबन्ध लगाएका थिए। किनकि यसमा लागेपछि सैनिक सेवा प्रभावित हुन्छन् भन्ठान्थे उनी। तर  भ्यालेन्टाइन सम्राटको उक्त निर्णय धर्मविरोधी भन्थे। अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् भन्ने उनको बुझाइ थियो।

त्यसैले उनले राजाको निर्देशनलाई अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन्, युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे। यही निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई.पू.२७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो। प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो। विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ।

भ्यालेन्टाइनको दिन विशेषगरी गुलाफको फूल प्रयोग गर्ने गरिन्छ। यस दिन  गुलाफको फूलको एक तस्बिर आफ्नो प्रेमी प्रेमिकालाई दियो भने प्रेम सम्बन्ध राम्रो हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ। विशेष गरी युवा युवतीहरूमा यसको बढी लगाव हुने गर्दछ।

Leave a Reply