नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को केन्द्रिय सचिवमा निर्वाचित म्याग्दीका प्रकाश पौडेलले थप अभियानको घोषणा गरेका छन् । काठमाडौंमा सम्पन्न भएको २३ औँ महाधिवेशनबाट पौडेल केन्द्रिय सचिव पदमा भारी मतका साथ विजयी हुनुभएका पौडेलको योजना यस्तो छ ।
अबका हाम्रा अभिभाराहरु
१. बिश्वबिद्धालयमा अनेकन समस्या छन त्यसलाई हेरेर गुनासो गर्ने होइन सुझाब सङकलन गरेर निरन्तर लागेर सुधार गर्ने
२. नेपाली आम जनसमुदाय र विद्यार्थी बर्गको नजिकको साथी रहन २४ घन्टे हटलाइन स्थापना गरेर त्यसैको आधारमा समस्या सङकलन गर्ने र समाधान गर्ने ।
३. अनेरास्ववियुको आन्दोलनले स्थापित गरेको ४५% छुट र शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्राप्त गर्ने ब्यबस्था एउटा क्रान्ति हो यसलाई कठोर रुपमा लागू गराउने ।
४. देशको दक्ष जनशक्ति पलायन हुन बाट रोक्न प्राबिधिक शिक्षा सकेर लाइसेन्स लिसकेपछी सोझै ३/६ महिना सरकारले इन्टर्नमा सुबिधा सहित पठाउने ब्यबस्था गराउन लाग्ने
५. BBA लगायतका शैक्षिक कार्यक्रमहरु सरकारी कलेजमा अध्यन गर्ने विद्यार्थी को सिट मा व्यापक बडाउने
६. शिक्षा र स्वास्थ राज्यको पुर्ण जिम्मेवारीमा ल्याउन जन्मदै शिक्षा स्वास्थ बिमा गर्ने निति ल्याउन लाग्ने ।
७. बिपत्तिमा सहरा बिभेदमा बिद्रोह #म_अखिल अभियान लिएर इलामको सन्दकपुर देखि दार्चुलाको लिपुलेक सम्म पुग्ने
८.nation first को अभियान चलाउने हाम्रो देशमा आयात भएका दैनिक उपभोग्य बस्तु के के ले गर्दा स्वदेशी उत्पादन कमजोर बनेको छ त्यसलाइ अध्यन गरेर आयातमा रोक लगाउने

 

Leave a Reply