नेपालमा यस वर्षको मनसुन भित्रिएको छ। जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेश, पुर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश भू-भाग र गण्डकी प्रदेशका पुर्वी भू-भागमा मनसुन आगमन भएको जनाएको हो।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। यस वर्षको मनसुन सरदर मिति भन्दा १ दिन ढिला गरि नेपालमा प्रवेश गरेको विभागले जनाएको छ।

विभागका अनुसार नेपालको अन्य भू-भागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडी बढ्ने छ।

यस वर्ष देशका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ। तर यो सम्भावना ठाउँ अनुसार फरक-फरक हुने छ।

Leave a Reply