प्रदेश खेलकुद परिषद गण्डकीले बिभिन्न खेल आयोजना गर्नको लागी बजेट बिनियोजन गरेको छ । तेक्वान्दो प्रदेश स्तरीय खेलकुद प्रतियोगिता संचालन गर्नपनि बजेट विनियोजन गरेको छ । राष्ट्रिय खेलकुद परिषदले नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघलाई खारेज गरी तेक्वान्दो महासंघ गठन गरेको थियो ।

उक्त खारेजीको बिरुद्द नेपाल तेक्वान्दो संघले उच्च अदालतमा निवेदन रिट हालेकोमा अदालतबाट खेल संघहरु खारेज नगरी यथा स्थानमा राख्न फैसला भएकोले पुन दुबै संघ सकृय भएको देखिन्छ । प्रदेश खेलकुद परिषद बागमतीबाट सो फैसला पश्चात दुबै संघलाई समावेश गरी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भई सकेको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीले दुवै तेक्वान्दो संघहरुलाई समन्वय नगराई मिति २०८०/०२/०४ गते नेपाल तेक्वान्दो संघसंग प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता संचालन गर्न सम्झौता गरीसकेको जानकारी पाए पछी अर्को संघ राष्ट्रिय तेक्वान्दो संघ-नेपालले हामीलाई समान हैसियतमा उक्त तेक्वान्दो प्रतियोगितामा समावेश गरिदिनुहुन भनी मिति २०८०/०२/१८ मा निवेदन पेश गरेको थियो ।

उक्त पत्रलाई मध्यनजर गर्दै प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशले मिति २०८०/०२/२८ गते च.नं. २८१ को पत्रबाट बोधार्थमा प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता संचालन गर्नको जिल्ला छनौटको लागी जिल्ला खेलकुद विकास समितिको अध्यक्षको संयोजकत्वमा १/१ जना नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघको प्रतिनिधित्व रहने गरी ३ (तीन) सदस्यीय छनौट समितिबाट सबै खेलाडीहरुलाई समावेश गरी टिम (खेलाडी) छनौट गर्न निर्देशन दिएको साथै प्रतियोगिता संचालनको क्रममा रेफ्री/स्वयंसेवक/अफिसियल समेतमा दुवै संघको बिचमा समन्वय गरी ब्यवस्थापन र सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिसमा प्रतियोगितामा टिम/खेलाडी सहभागी गराउनुहुन भनिएको छ ।

उक्त खेलकुद परिषदको पत्रमा कहिले सम्म छनौट गर्ने हो ? कुन तौल समुह ? कुन उमेर समुह ? कुन बेल्ट समुह ? खेलाडीहरु समावेश गर्ने हो ? गण्डकी प्रदेश स्तरीय खेलकुद प्रतीयोगिताको कुन मितिमा आयोजना हुने केही जानकारीनै छैन । सम्झौता गरेको संघले कुनैपनी जिल्लाको खेलकुद विकास समिति संग लिखित पत्र सहित समन्वय नगरेको जिल्ला खेलकुद विकास समितिबाट जानकारी पाईएको ।

उक्त विबाद मिलाउन प्रदेश खेलकुद परिषदले दुबै संघलाई संगै नराखी, छलफल नगराई, परिपत्रमात्र गरेको । हामी र हाम्रो खेलाडीहरुलाई अन्यौता सिर्जना भएको । आयोजना मिति र भूमिका छलफलबाट नआएको हुँदा एक तर्फको खेलाडी खेल्न पाउने र अर्को तर्फको खेलाडी बन्चित हुने अवस्था सृजना हुन लागेको हुँदा राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको दुबै संघको अधिकार समान हुनपर्छ भन्ने माग गरिराखेको छु भनेर राष्ट्रिय तेक्वान्दो संघ-नेपाल, गण्डकी प्रदेश अध्यक्ष खडकबहादुर गुरुङले जानकारी दिनुभएको छ ।

Leave a Reply