भोजपुरका गायक तथा लेखक श्याम सामसोहाङ राईको संस्मराणात्मक कृति मुन्दुम ट्रेल सार्वजनिक गरिएको छ।  शनिवार अपरान्ह काठमाडौंको मन्डला नाटकघरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीसहितले पुस्तक लोकापर्ण गरेका हुन्।
पुस्तकमा भोजपुर र खोटाङमा पर्ने पर्यटकीय गन्तव्य मुन्दुम पदमार्गको निर्माण र विकाससँग जोडिएका संस्मरणात्मक निबन्धहरु समेटिएको छ। यसमा मुन्दुम ट्रेलको परिकल्पना र विकास गर्दा भोगेका तितामिठा अनुभूति छन्।    भोजपुरको तिम्मामा जन्मेहुर्केका श्याम सानैदेखि संगीतमा  रुचि राख्थे ।  एक दशक अघिदेखि उनले आफ्नो थातथलोमा पर्यटनको सपना देख्न थाले।  त्यहि सपना पछ्याउँदै कैयौं दिनरात भोजपुरका डाँडामा विताए। अन्ततः मुन्दुम ट्रेलको स्थापना भर्इ नेपाल सरकारले भिजिट नेपाल २०२० को घुम्नै पर्ने सय गन्तव्यमा पर्न सफल पनि भयो ।
पुस्तकमा पदमार्गसहित किराँत मुन्दुमी मिथकहरुको जानकारी समावेश गरिएको छ। पूर्वी नेपालमा वसोबास गर्ने किराँतीको मौलिक संस्कार संस्कृति  विश्वमा पृथक रहेकाले यसलाई प्रकृतिसँग अन्तरघुलन गर्दै पर्यटकलाई आकर्षण गर्नु मुन्दुम ट्रेलको मुल उद्देश्य रहेको मुन्दुम ट्रेलका अभियन्ता समेत रहेका लेखक राईले बताए।
कार्यक्रममा मन्त्री किराँतीले बाल्यकलदेखि आफ्नो गाउँदेखी देखिने सुन्दर हिमाल, टेम्के डाँडा, त्यो सँगै जोडिएका थुम्को, गाउँ वस्ति, चरण क्षेत्रसहित मुन्दुम संस्कृतिलाई कितावमा लिपिवद्द गरेकमा लेखकालाई आभार प्रकट गरे।
यो एउटा ऐतिहासिक दस्तावेजिकरण कार्य भएको छ। यसले भावी पुस्तालाई आकर्षक पर्यटकीय  गन्तव्यको स्वादसँगै किराती संस्कृति, सभ्यता र इतिहासलाई जिवित राख्ने काम गरेको छ ,ु मन्त्री किराँतीले भने।
पुस्तकले मुन्दुमीहरुको आदिमथलो  टेम्के, मयुङ, हाँसपोखरी, हुँदै साल्पा सिलुचङको यात्रामा पाठकलाई डोर्‍याउँछ। कार्यक्रममा  प्राज्ञ राजन मुकारुङ, संस्कृतिविद् डा।  भक्त राई, आख्यानकार जानुका खतिवडा  र पत्रकार भानु बोखिमलगायतले पुस्तकको प्रशंसा गरेका थिए।

Leave a Reply