कीर्तिपुर नगरपालिकाको आयोजनामा राष्ट्रव्यापी अन्तर स्थानीय तह ( यू–१८ ) मेयर कप पुरुष बास्केटबल प्रतियोगितामा म्याग्दीको अन्नपूर्ण गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको छ ।  ’लिग कम नकआउट फर्म्याट’मा भइरहेको प्रतियोगितामा अन्नपूर्णले नागार्जुन नगरपालिका र टोखा नगर पालिकालाई पराजित गरेको थियो ।

सेमिफाइनल खेलमा अन्नपूर्णले ललितपुर माहानगरपालिकाको सामाना गर्नेछ । अगामी असार ७ गते हुने प्रतियोगिताको सेमिफाइनल खेलमा समेत बिजय हुने गरी तयारी गर्ने टिक प्रशिक्षक सुमन तिलिजाले बताए । उनले अन्नपूर्ण गाउँपालिका सहित विभिन्न ब्यक्ति र संस्थाको सहयोगमा संकलन गरिएको आर्र्थिकबाट खेलमा सहभागी भएको बताए ।

अन्नपूर्णको टिम कप्तान अर्जुन विक रहेका छन् । म्याग्दीमा पछिल्लो समेत बास्केटबलप्रतिको के्रज समेत बढेको छ । सदरमुकाम बेनी सहित ग्रामिण क्षेत्रमा खेलमैदानको विस्तारसँगै गण्डकी प्रदेशस्तरमा समेत म्याग्दीले बास्केटबलमा आफ्नो खेलमार्फत बलियो उपस्थिती जनाउने गरेको छ ।

Leave a Reply