–‘अन्तर्राष्ट्रिय बिजनेस ओलम्पियाड–२०२२’ मा प्रतिभा माविका अजर गुरुङले स्वर्ण पदक जिते । चीनमा भएको प्रतिश्पर्धामा विभिन्न २० मुलुकका प्रतिश्पर्धीलाई पछि पार्दै गुरुङले स्वर्ण हात पारेका थिए । २० मुलुकका ३४ समुहका १५६ जना विद्यार्थीबीच भएको प्रतिश्पर्धामा गुरुङ अब्बल ठहरिए । गुरुङले चारसय अंकमा ३६८.५ अंक हात पारेका थिए ।

–प्रतिभा माविकै अजर गुरुङ र बिनिताकुमारी चापागाँइले यहीवर्ष काठमाडौंमा भएको नेपाल इकोनोमिक्स ओलम्पियाडको ‘बिजनेस केस एनालाइसिस’ विधामा क्रमशः स्वर्ण र रजतपदक हात पारे । चौंथो संस्करणको यो राष्ट्रिय प्रतिश्पर्धामा अजरले व्यक्तिगत विधातर्फ स्वर्ण र टिम इभेन्टतर्फ रजत पदक जितेका थिए । चापागाँइले भने व्यक्तिगत विधातर्फ रजत जितेकी थिइन् । प्रतिश्पर्धामा अजरले मुलुकभरका ७५ जना विद्यार्थीलाई पछाडि पारेका थिए ।

–नयाँ व्यवसाय थाल्दाका झन्झट कस्ता हुन्छन ? आर्थिक रुपमा कसरी तयारी गर्ने ?, कस्तो व्यवसाय गर्ने ? व्यवसायमा सफलता र असफलता हात पार्दा के गर्ने ? यस्तै समस्या हुन्छन जो कोहीलाई नयाँ व्यवसाय थाल्दा । नयाँ व्यवसायमा आइपर्न सक्ने यस्तै चुनौती र अवसरबारे ज्ञान दिलाउन प्रतिभा माविले दशंै–तिहारको बिदाको सदूपयोग गर्दै विद्यार्थीलाई ‘बिजनेस प्लान’ तयार गर्न लगायो । उत्कृष्ट विजनेस प्लानलाई विद्यार्थीले व्यवसायिकता दिएमा विद्यालयले बिउपूँजीको रुपमा पाँचलाख रुपैयाँ सहयोगको दिने घोषणा ग¥यो ।

पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा यो वर्षभरि भएका गतिविधि मध्ये यी केही मात्र उदाहरण हुन् । प्रतिभा माविले विद्यार्थीका लागि वर्षैभरि केही न केही गतिविधि गर्दै आएको छ, जसले विद्यार्थीलाई मात्र नभई सिंगो विद्यालय परिवारलाई चलायमान बनाउने गरेको छ । विद्यार्थीको प्रतिभालाई कसरी प्रस्फुटन गराउने, विद्यार्थीलाई किताबी ज्ञानबाहेक अतिरिक्त शिक्षा कसरी दिलाउने, खेलकुदमा कसरी उत्सुकता दिलाउने, विद्यार्थीमा नेतृत्व विकास कसरी गराउने, अभिभावकलाई छोराछोरिप्रति कसरी जिम्मेवार बनाउने लगायतबारे विद्यालयले निरन्तरजसो गतिविधि गर्दै आएको छ –जुन नियमित शिक्षण गतिविधिभन्दा बाहिरका हुन् ।

विद्यालयका प्राचार्य किरण सापकोटा भन्छन, ‘हामी विद्यार्थीका लागि कुनैपनि दिन चुप लागेर बस्दैनौ, कसरी नयाँ र फरक कार्यक्रम गर्न सकिन्छ भनेर घोत्लिरहन्छौं । त्यसैको परिणामस्वरुप विद्यालयले नयाँ र उत्प्रेरणामूलक कार्यक्रम गर्दै आएको छ । त्यत्तिमात्र नभई विद्यार्थीलाई विभिन्न प्रतिश्पर्धामा पनि सरिक गराउँदै आएको छ । त्यसैको उदाहरण हो–अजर गुरुङको स्वर्ण पदक ।’

सापकोटाका अनुसार विद्यालयले विद्यार्थीमा भएको क्षमता प्रस्फुटन गराउन फूड फेस्टिभलदेखि विभिन्न खेल प्रतियोगिता पनि संचालन गराउँदै आएको छ । विज्ञहरुलाई झिकाएर नेतृत्व विकास तालिमदेखि अभिभावकका लागि उत्प्रेरणामुलक परामर्श दिलाउने कार्यक्रम पनि गर्दै आएको छ ।

सापकोटाका अनुसार योवर्ष विद्यालयले ११ कक्षाको विषय छनोट गर्दाका आधारबारे ज्ञान दिलाउन पूर्व बैंकर अनिलकेशरी शाहलाई ल्याएर ओरियन्टेसन दिलायो । त्यस्तै दसैं तिहारको एकमहिने बिदाको अवसरमा विज्ञान सामाग्री तयार पारेर प्रदर्शनी गरायो । त्यत्तिमात्र नभई त्यही बिदाको सदूपयोग गर्दै ‘बिजनेस प्लान’ बनाउन लगायो । ‘११ र १२ कक्षा तहमा पहिलोपटक यो योजना तयार पार्न लगाएका हौ । स्नातक र स्नातकोत्तर तहमा धेरै शिक्षण संस्थाले विद्यार्थीलाई बिजनेस प्लान गर्न लगाउँछन,’ सापकोटाले भने, ‘तर, प्रतिभाले ११ कक्षादेखिका विद्यार्थीलाई यो काममा संलग्न गराएको छ । सानैदेखि व्यवसायिक क्षेत्रको महत्व बुझाउन यो कार्यक्रम प्रभावकारी हुने ठानेका छौ ।’

विद्यार्थीका लागि नियमित प्रतिभाशालि कार्यक्रम आयोजना गरेकै कारण प्रतिभा मावि गण्डकी प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्था बन्दै गएको सापकोटाले बताए । गुणस्तरीय शिक्षाको खोजीमा रहेका विद्यार्थीका लागि उत्कृष्ट गन्तव्य बन्न सफल भएको विद्यालय अहिले पालिखेचोकमा सुविधासम्पन्न भवनमा संचालित छ । २०४३ सालदेखि सञ्चालनमा आएको विद्यालयले आइएसओ सर्टिफाइडको प्रमाणपत्र पाईसकेको छ । दक्ष तथा अनुभवी शिक्षक तथा प्राध्यापक यसका संचालक छन ।

विद्यालयका अध्यक्ष नारायणप्रसाद पौडेलका अनुसार विद्यालयले समयसापेक्ष उच्चतम प्रविधि प्रयोग गरेर अध्यापन गराउँदै आएको छ । ‘अब परम्परागत शिक्षण विधिलाई परिवर्तन गर्न जरुरी छ । प्रतिविधिमा फड्को मार्न नसके अबको पुस्ता पछाडि पर्छ,’ पौडेल भन्छन, ‘सिकाइमा विद्यार्थीमैत्री प्रविधि अब अत्यावश्यक भईसक्यो ।’ प्रतिभाले २०६० देखि प्लस टु मा म्यानेजमेन्ट अध्यापन थालेको थियो । २०६८ सालमा विज्ञान संकाय थपेको विद्यालयमा हाल व्यवस्थापन, विज्ञान र होटल व्यवस्थापन विषय अध्ययन हुन्छ ।

‘प्रतिभाका हरेक विद्यार्थी प्रतिभावान छन । प्रतिभासँग हरेक वर्ष प्रतिभा हुर्किरहेका छन । हरेकवर्ष उत्कृष्ट रिजल्ट ल्याउने गरेका छन,’ अध्यक्ष पौडेलले भने, ‘वार्षिक रिजल्टमा मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिश्पर्धामा पनि प्रतिभाका विद्यार्थीले साच्चै प्रतिभा देखाएका छन् ।’ जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीका लागि छात्रवृत्ति पनि विद्यालयले प्रदान गर्दै आइरहेको पौडेलले बताए ।

प्राचार्य सापकोटाका अनुसार प्रतिभाको इतिहासलाई गर्विलो बनाउन विद्यार्थीको पनि उत्तिकै महत्वपूर्ण भूमिका छ । त्यसको उदाहरण हो– ३.९२ जिपिएसहित विद्यालयकी सुरती पाण्डे देशकै सर्वोत्कृष्ट विद्यार्थी बनेकी थिइन् । प्रतिभाकै छात्र जेएन मिलनले काठमाडौं विश्वविद्यालयद्वारा लिइने एमविविएस परीक्षामा पहिलो नम्बरमा नाम निकाली इतिहास रचेका थिए । प्रतिभाकै छात्रा सुमिना गुरुङ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पूर्ण छात्रवृत्तिमा एमविविएस अध्ययन गर्ने छात्रा बनेकि थिइन । ‘चार्टर्ड एकाउन्टेन्ट (सिए), बिबिए, बिएससी एजी, मेडिकल, इन्जिनियरिङतर्फ प्रतिभाका विद्यार्थीले हरेक वर्ष इतिहास रचेका छन,’ सापकोटाले भने ‘हरेक वर्ष इन्जिनियरिङ, एग्रो, फरेस्टी लगायतका विषयमा प्रतिभाकै विद्यार्थीले इतिहास रचेका छन ।’

यत्तिमात्र नभई प्रतिभा मावि सामाजिक उत्तरदायित्वमा पनि उत्तिकै अग्रसर छ । विद्यालयले नेपाली क्रिकेटका उदियमान खेलाडी सन्दिप लामिछाने र नेपाली राष्ट्रिय महिला भलिबल टिमकी क्याप्टेन अरुणा शाहीलाई जनही एकलाख रुपैयाँसहित यसअघि नै पुरस्कृत गरिसकेको छ । हरेकवर्ष प्रतिभा वर्ष पुरस्कार प्रदान गर्दै आइरहेको विद्यालयले काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा. सुरेशराज शर्मालाई प्रतिभा विशेष व्यक्तित्व पुरस्कारसहित सम्मान गरिसकेको छ । कलेजले प्रतिभा विशेष व्यक्तित्व पुरस्कार अन्तर्गत प्राडा. अभि सुवेदी र प्रतिभा युवा वर्ष पुरस्कार नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई सम्मान गरेको छ । कलेजले बिगतमा पनि यस्ता कार्यक्रम गर्दै आाएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष पौडेल बताउँछन् ।

पोखरामा सबैभन्दा बढी विद्यार्थी प्रतिभामै छन । कक्षा ११ र १२ मा मात्रै अहिले एकहजार पाँचसय भन्दा बढी विद्यार्थी अध्ययनरत छन । त्यत्ति मात्र नभई विद्यालयले भौतिक पूर्वाधार, प्रयोगात्मक प्रयोगशाला, होटल म्यानेजमेन्टका लागि आवश्यक भ्रमण र ल्याब, कम्प्यूटर, विज्ञानका प्रयोगशाला बिस्तारमा पनि उत्तिकै ध्यान दिएको छ । प्रवन्ध निर्देशक बलबहादुर थापा भन्छन, ‘उत्कृष्ट शैक्षिक गन्तव्य बन्न सबैतिरबाट पूर्ण हुनुपर्छ । विद्यार्थीको अध्ययन र वृत्ति विकासका लागि भौतिक पूर्वाधार पनि चाहिन्छ । औपचारिक शिक्षासँगै विद्यार्थीलाई अतिरिक्त तथा रचनात्मक कार्यक्रममा पनि सहभागि गराउनुपर्छ । थापाका अनुसार सहरबाहिरका विद्यार्थीलाई बसोबासमा सहज होस भनेर होस्टल पनि विद्यालयले संचालन गरेको छ ।

प्रतिभाले अध्ययन, अध्यापन बाहेक अतिरिक्त क्षेत्रमा पनि उत्तिकै ध्यान दिने गरेको छ । त्यसको उदाहरण हो– प्रतिभा मावि र मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य परीक्षण गराउँदा छुट सम्झौता । सम्झौता अनुसार अस्पतालले प्रतिभाका विद्यार्थी, शिक्षक र कर्मचारीलाई स्वास्थ्य परीक्षण गराउँदा विभिन्न क्षेत्रमा छुट दिनेछ । त्यसबाहेक नियमित गतिविधिमा पनि विद्यालयको उत्तिकै ध्यान छ । विद्यालयले २८ औं राष्ट्रिय वन्यजन्तु सप्ताह अन्तर्गत यो वर्ष पोखरामा सचेतनामुलक कार्यक्रम आयोजना गरेको थियो । त्यस अवसरमा विद्यालयले प्रभातफेरि र वक्तृत्वकला कार्यक्रम आयोजना गरेको थियो । त्यत्ति मात्र नभई विद्यालयले शैक्षिक गतिविधि अन्तर्गत शैक्षिक मेला पनि आयोजना गरेको थियो । अमेरिकाका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई लक्षित गर्दै ‘एजुकेशन यूएसए मिनी फेयर’ आयोजना गरिएको थियो ।

विद्यालयका प्राचार्य सापकोटाका अनुसार प्रतिभा माविसँगको सहकार्यमा विगत पाँचवर्षदेखि वर्षेनी यस्तो शैक्षिक मेला आयोजना हुने गरेको छ । अमेरिकाका विभिन्न विश्वविद्यालयका प्रतिनिधि नेपाल आउने र उनीहरुले स्कुलसँगको सहकार्यमा यो मेला आयोजना गर्छन । विद्यार्थीले पाउने छात्रवृत्ति, विषय छनोट, रोजगारका अवसरबारे पनि विश्वविद्यालयका प्रतिनिधिसँग जानकारी लिएका थिए । प्रतिभाले नियमित कक्षा मात्र नभई कक्षा ११ बाटै प्री मेडिकल, इन्जिनियरिङ र सिम्याटको तयारी कक्षा पनि संचालन गर्दै आएको छ । त्यत्ति मात्र नभई विद्यालय खेलकुदमा पनि उत्तिकै अब्बल छ । यो वर्ष मात्र हिसान र प्याब्सन स्पोर्ट मिटमा प्रतिभा नै च्याम्पियन बनेको थियो ।

‘प्रतिभाले हरेक वर्ष प्रतिमा जन्माएको छ । त्यसैले त हामी उत्कृष्ट गन्तव्य सहितको शिक्षण संस्था बन्न सफल भएका छौं,’ सापकोटा भन्छन, ‘हाम्रो यो उचाँइ बढाउन विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारीदेखि सम्पूर्ण विद्यालय परिवार अहोरात्र खटेको छ । विद्यार्थीको वृत्ति विकासका लागि हामी कहिल्यै सुत्दैनौ ।’   एभरेस्ट आवाज

Leave a Reply