शैक्षिकसत्र २०७९ को एसईई नतिजा  (बिहीबार) सार्वजनिक  भएको छ।

राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको हो।

नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार सार्वजनिक हुनेछ। त्यससम्बन्धी निर्णय बोर्डले गत सोमबार गरेको थियो।

गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चाल भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी भएका थिए।c

Leave a Reply