---Advertisement---

बिन्ती छ,’श्रीमानको खोजी गरिदेऊ’

On: April 24, 2026 9:42 AM
Follow Us:

हरिकृष्ण गौतम

रोजगारीको क्रममा सर्बियादेखि इटली जाने क्रममा बेपत्ता भएका बेनी नगरपालिका–९,काउलेगौँडाका विष्णु सार्की ६ महिनदेखि घरपरिवारसँग सम्र्पकविहीन छन् । ऋण खोजेर पैसा कमाउन गएका सार्की कात्तिक २२ गतेदेखि घरपरिवारसँग सम्र्पक हुन नसक्दा घरपरिवार चिन्तित बन्दै गएका छन् ।

सम्पर्कविहिन भएका सार्कीको खोजीकार्यका लागि विभिन्न प्रयास गरिएपनि सफल हुन सकेको छैन् । सर्वियामा रहेका बेनी नगरपालिका–६,का नारायण पौडेलले इटली जाने क्रममा खोलामा डुङ्गा दुर्घटना भएको खवर आएपछि खोजीकार्य भएपनि प्रहरीसँग समेत अभिलेख नरहेको बताए ।


पौडेलका अनुसार बेपत्ता सार्कीको तस्वीर, पासपोर्ट विवरणसहित सामाजिक सञ्जालमार्फत एनआरएनए सहित अन्य संघसंस्थासँग समेत खोजी गरिदिनुहुन अनुरोध गरिएको बताए । बेपत्ता सार्कीको खोजीकार्यका लागि मोना अन्तराष्ट्रि«यले समेत यूरोप शाखामार्फत पहल गरिरहेको मोना आइइसीका कोषाध्यक्ष नरेन्द्र फगामीले बताए।

‘खोजीकार्य चुनौतीपूर्ण भएपनि हामीले प्रयास जारी राखेका छौ,उक्तदिन उद्धार भएको विवरण नेपाली सँंघसंस्थामार्फत प्रहरीबाट लिने प्रयास भइरहेको छ’ कोषाध्यक्ष फगामीले भने । उनले बेपत्ता सार्कीको बास्तविकता पहिचान नहुदाँसम्म खोजीकार्यलाई जारी राखिने बताए ।

सर्वियामाबाट यूरोपका अन्य देशमा राम्रो तलबसुविधा हुने भएकाले दैनिक हजारौं आप्रवासीहरू जोखिम मोलेर यात्रा गर्ने गरेका छन् । यता सरिता किसाने विदेशबाट श्रीमानको फोन आँउछ की भन्दै टेलिफोनको आशामा दिनरात बितेको बताइन् ।
सरिताले भाबुक हुदै भनिन्,‘बिन्ती छ श्रीमानलाई खोजी दिनुहोस्, हामीलाई न्याय पनि चाहिएको छ’ सरिताले भनिन् ।

जिल्ला प्रशासन कार्यालय अन्तर्गतको आप्रवासी स्रोत केन्द्रको समन्वयमा वैदेशिक रोजगार बोर्ड, परराष्ट्र मन्त्रालय र जर्मनमा रहेको नेपाली राजदूतावासको समन्वयमा डुङ्गा दुर्घटना हुँदा घाइते र अलपत्र बनेकाको उद्धार भएपनि सार्कीको अत्तोपत्तो छैन् ।

सर्वियामा काम र ज्याला नपाएपछि इटली जान हिँडेका १३ जना नेपाली चढेको डुंगा दुर्घटना हुँदा पानीमा डुबेर घाइते अवस्थामा त्यहाँको प्रहरीले उद्धार गरेर उपचार गरे पनि राहदानी लगायत कागजात नहुँदा अलपत्र परेकाहरूमा सार्की समेत हुनसक्ने भन्दै खोजीकार्य गरिएको छ । आप्रवासी स्रोत केन्द्र म्याग्दीकाले गृह, परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, जर्मन राजदूतावाससँग समन्वय गरिरहेको छ ।

Leave a Comment