---Advertisement---

पुन मगर समाज युकेको अध्यक्षमा तिलिजा पुन मगर

On: April 23, 2026 9:55 PM
Follow Us:

पुन मगर समाज युकेको अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर निर्वाचित हुनुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, पाउद्धार स्थायी घर भई हाल यूकेमा रहनुभएका तिलिजा फान्च्रोस्थित मगर भवनमा भएको समाजको पाँचौं महाधिवेशनबाट अध्यक्षमा तिलिजा सर्वसम्मत हुनुभएको हो ।


म्याग्दीमा शिक्षा, स्वास्थ्य लगायत विभिन्न सामाजिक कार्यमा समेत सहयोग गर्ने गर्नुभएका तिलिजाको अध्यक्षतामा चयन भएको कार्यसमिति उपाध्यक्षमा चन्द्रराम मगर (खोरजा), महिला उपाध्यक्ष छविमाया पुन, सचिव धन पुर्जा, कोषाध्यक्ष गंगा खोरजा, सांस्कृतिक सचिव खीम पुन, सहसचिव अमृत पुर्जा, सहकोषाध्यक्ष मेख तिलिजा, सहायक मौलिक सचिव लक्ष्मी गर्बुजा, प्रपर्टी इन्चार्ज चित्र प्रकाश पुन रहनुभएको छ।


कार्यसमितिको सदस्यहरूमा तीर्थ गर्बुजा, खुम पुर्जा, अमृत गर्बुजा, छाक तिलिजा, मेशमान पुर्जा, गणेश पुढाथोकी र लिल अमात्य रहेको पुन मगर समाज युकेले जनाएको छ । निर्वाचन समितिको अध्यक्षमा क्याप्टेन कृष्ण पुन, सचिव तेज राम्जाली र सदस्यमा गणेश बुढाथोकीले नवनिर्वाचित कमिटीलाई पद तथा गोपनियताको शपथ खुवाइएको छ भने निर्वाचित प्रमाणपत्र दिनुभएको थियो । यसैबीच नवनिर्वाचित अध्यक्ष तिलिजाले पुन मगर समाजमार्फत जातिय पहिचानको रक्षा, प्रर्वधन सहित सामाजिक एवम् अन्य रचनात्मक कार्यहरु गरिने बताउनुभयो ।

Leave a Comment