मुस्ताङस्थित कोरोला नाकाबाट नेपाल भित्रिएका दुई वटा शंकास्पद गाडीलाई मुस्ताङ भन्सार कार्यालयले नियन्त्रणमा लिएपछि ती गाडीबाट ठूलो परिमाणमा अवैध ‘भेप’ (इलेक्ट्रोनिक चुरोट) बरामद भएको छ।
मुस्ताङ भन्सार कार्यालयका अनुसार शुक्रबार राति मुस्ताङ भन्सार कार्यालयले ती गाडी नियन्त्रणमा लिएको हो । प्रारम्भिक जानकारीअनुसार गाडीभित्र करिब एक लाख पिस ‘भेप’ लुकाएर ल्याइएको हो।
हाल दुवै गाडी भन्सारको नियन्त्रणमा राखिएको छ भने गाडी खोलेर विस्तृत जाँच तथा गणनाको काम भइरहेको छ। भन्सार कार्यालय मुस्ताङ प्रमुख बिदुर चुडालले जुत्तासँगै लुकाएर ल्याएको भेप सहित ट्रक र चालकलाइ नियन्त्रणमा लिइ अनुसन्धान भैरहेको जानकारी दिनुभयो ।
नेपालमा ‘भेप’ तथा इलेक्ट्रोनिक चुरोटको आयात, बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध छ।















