---Advertisement---

निम्सदाईको साहस भावी पुस्ताको प्रेरणाः कांग्रेस म्याग्दी

On: August 2, 2026 12:34 PM
Follow Us:

नेपाली कांग्रेस म्याग्दीले पाकिस्तानस्थित ब्रड पिक हिमालमा हिमपहिरो ज्यान गुमाउनुभएका प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’ सहितनेपाली र विदेशी गरी १० जना पर्वतारोहीको निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा जन्मिएका विश्वप्रसिद्ध पर्वतारोही निम्सदाईले आफ्नो अदम्य साहस, अनुशासन, समर्पण र विश्व कीर्तिमानी आरोहण मार्फत नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाएकोको अवस्थामा पर्वतारोहण क्षेत्रमा पु¥याएको योगदान भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहेको जनाएको छ ।


नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा खम्बीरले ८ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गरी नेपाल र नेपालीको गौरव विश्वभर चिनाउन सफल पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’ र साहसी सहयात्री पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पाको निधनको खबरले पार्टी स्तब्ध र मर्माहत भएको उल्लेख छ । पार्टीले शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभचिन्तकहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै यो पीडादायी घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना पनि गरिएको छ ।

Leave a Comment