---Advertisement---

म्याग्दीका क्रियसनलाई जिताउन गाउँदेखि बजारसम्म भोटिङ अभियान

On: August 13, 2026 6:38 PM
Follow Us:

रियालिटी शो ’द भ्वाइस किड्स नेपाल’ सिजन ५ को फाइनलमा प्रवेश म्याग्दी मंगला गाउँपालिका–३, सातबिसेका बाल प्रतिभा क्रियसन रोकालाई जिल्लाका विभिन्न स्थानमा .भब्य स्वागत गरिएको छ ।

आगामी शनिबार हुने फाइनलमा विजेता बनाउन भोटिङ अभियान सञ्चालन गरिएको जिल्लाको सदरमुकाम बेनीबजारमा घरदैलो अभियान,बावियाचौर, दरबाङ लगायतका स्थानमा बाल कलाकारलाई स्वागत सहित भोटिङका लागि सहयोग मागिएको थियो ।

निकै उत्कृष्ट प्रस्तुतीसहित भोटिङ राउण्डबाट फाइनलमा प्रवेश गरेका क्रियसन रोकाले बेनीको बजार जता मायाँ लगायतका गीतहरुमार्फत दर्शकको मन जितेका छन् ।


बाल गायक रोकाले म्याग्दीलाईे गीतंसगीतबाट चिनाउने एउटा इट्टा थप्ने प्रयासमा रहेकाले सहयोग गर्न अनुरोध गरेका छन् । उनलाई सार्वजनिक स्थानसहित आफ्नो विद्यालय मंगला मावि, बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविसहित संघसंस्थाले समेत आर्थिक सहयोग समेत गरिएको अभियानका सदस्य अनुप बानियाँले बताए । बुधबार, बिहिबार म्याग्दी र बागलुङ क्षेत्रमा अभियान सञ्चालन गरिएको थियो ।

जिल्ला बाहिर समेत अभियानमा उत्साहजनक उपस्थिती रहेको र जिल्लाको ग्रामिण क्षेत्रबाट समेत साथ र सहयोग मिलेको मंगला माविका शिक्षक करण कँडेलले बताए । मंगला माविमा कक्षा ८ मा अध्ययनरत १२ बर्षिय रोकालाई अनलाइन भुक्तानी सेवा प्रदायक ’खल्ती’बाट भोटिङ गर्न सकिन्छ । गीतसंगीतसँगै पढाईमा पनि उत्कृष्ट रोकालाई यसपटक विजेता बनाउन सम्पूर्णलाई सहयोगको अपिल समेत गरिएको थियो । रोका कोट वाङदेन शेर्पाको टिममा रहेका छन् ।

Leave a Comment