गजल

0
320

आज मलाई एउटा भुल, गरे जस्तो लाग्यो

जिउँदै भए पनि आफु मरे जस्तो लाग्यो !!

०००

दुखाए छु आफ्नै चित्त ,हेर कस्तो अनिष्ट भो !!

आफ्नै खुसि सबै आफै हरे जस्तो लाग्यो

०००

भतभति पोल्छ मन ,अनि दर्द हुन्छ यसै

दनदनि आगोमा परे जस्तो लाग्यो !!

०००

कति कठिन हुन्छ बरै,अफ्नो मन बुझाउन

चुहिने गाग्रीमा पानी भरे जस्तो लाग्यो !!

०००

आज मलाई एउटा भुल, गरे जस्तो लाग्यो !!

जिउँदै भए पनि आफु मरे जस्तो लाग्यो

कृतिका सापकोटा