बुटवलमा हुने राष्ट्रिय महिला भलिबलमा सहभागी हुने खेलाडीलाई विदाई

बुटबल उपमहानगरपालिकाद्धारा आयोजित राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सहभागी हुने म्याग्दीका महिला खेलाडीलाई विदाई गरिएको छ। मंगबलबार जिल्ला खेलकुद समिति म्याग्दीले खेलाडी, प्रशिक्षक र ब्यवस्थापकलाई विदाई गरेको हो । समितिका अध्यक्ष दिनेश केसीले क्याप्टेन पवित्रा सिर्पालीको नेतृत्वमा सहभागी हुने खेलाडीलाई उच्च मनोबलका साथ खेल खेल्न र आवश्यक सम्पूर्ण ब्यवस्थापन गरिने बताउनुभयो ।

अध्यक्ष केसीले म्याग्दीलाई उपाधी जित्न सहज हुने गरी प्रशिक्षकलाई समेत आन्तरिक प्रशिक्षण सहितको तयारीमा समेत कुनै कमी हुन नदिन निर्देशन दिनुभएको छ । विदाई कार्यक्रममा जिल्ला भलिबल संघका अध्यक्ष रमेशकुमार श्रेष्ठले गण्डकी प्रदेशभित्र महिला भलिबल प्रतियोगितामा फरक पहिचान बनाउनुभएकी खेलाडी सिर्पालीको कप्तानीमा उपाधी जित्न सहज भएको बताउनुभएको थियो ।

आगामी मंसिर २३ देखि २५ गते हुने प्रतियोगितामा प्रशिक्षकद्धय तेजेन्द्र बानियाँ, खड्क केसी, टिम ब्यवस्थापक गंगा केसी, मलिन रोकालाई समेत विदाई गरिएको समितका कार्यालय प्रमुख दानबहादुर राईले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । म्याग्दीले यसअगाडी क्षेत्रीयस्तरका खेलहरूमा समेत उपाधी जितेको छ ।