Thursday, May 1, 2025
21.5 C
Beni
21.5 C
Beni
Thursday, May 1, 2025
Home Blog Page 1520

मुटुका विरामीले जाडो मौसममा ध्यान दिनु पर्ने यी कुरा

0

बिस्तारै जाडो शुरु हुन थालेको छ । मुटुका विरामीहरुको लागि यो मौसम त्यति अनुकुल मानिदैन । चिसो मौसममा मुटुसम्वन्धी समस्या झनै बढने गरेको पाइन्छ । बरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले यहि सन्दर्भमा केही टिप्सहरु दिएका छन् । हेरौँ उनका टिप्सहरु स्

विहानको चिसोमा मर्निङ वाक नगरौँ :

चुरोट तथा सुर्तीजन्य पदार्थको प्रयोग त्यागौँ –कतिपयले जाडो छल्ने बहानामा चिसो मौसममा झनै बढी चुरोट तथा सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको पाइन्छ । तर त्यो सर्बथा गलत हो ।

किनकी त्यसै खुम्चिएको रक्तनलीहरुलाई यसको सेवनले थप साँघुरो बनाउछ जसले गर्दा हृदयघातको सम्भावना बढी हुन्छ । त्यसैले मुटुरोगबाट बच्नका लागि सकेसम्म कहिल्यै चुरोट तथा सूर्तीजन्य पदार्थको प्रयोग नगरेको राम्रो ।

मदिराको सेवनमा नियन्त्रण आवश्यक – कतिपयले जाडो मौसममा शरीर तताउन भन्दै अत्यधिक मदिराको सेवन गर्ने गरेको पाइन्छ । त्यो पनि स्वास्थ्यका लागि हानिकारक छ । अत्यधिक मदिराले कोलेष्ट्रेरोल बढ्न जान्छ । अझ अधिकांशले मदिरासंगै अत्यधिक मासु तथा चिल्लो पदार्थको सेवन गर्ने गर्दछन यसले थप असर पार्दछ ।

औषधि बन्द नगर्नुस – कतिपयले प्रेसर र सुगरका औषधिहरु अनियमित रुपमा लिने गरेको पाइन्छ । तर यस्तो गर्नु आफैलाई खतरामा धकेल्नु हो । मुटु, सुगर तथा दमका विरामीका लागि जाडोको समय प्रतिकुल नै हुने भएकोले यस्तो बेलामा औषधिहरुको नियमीत सेवन गरौँ ।

हिजो आज विहानको मौसम अत्यधिक चिसो हुने भएकोले मर्निङ वाकमा सकभर कोही पनि ननिस्किएको राम्रो । अझ मुटुका विरामी त चिसोमा निस्कनै हुँदैन । किनकी चिसोको कारणले मुटुका रक्तनलीहरु खुम्चिन गई रगत प्रवाहमा असर पर्छ । जसले गर्दा हृदयघात हुने सम्भावना हुन्छ ।

उच्चरक्तचापलाई निगरानी गरौँ – उच्चरक्तचापका विरामीहरु चिसो मौसममा थप सर्तक हुनुपर्छ । चिसो मौसममा स्वभावैले रक्तचाप बढ्ने हुनाले हृदयघातको खतरा पनि बढ्छ । तसर्थ यस्ता विरामीहरुले नियमित रुपमा रक्तचाप परीक्षण गरी रक्तचाप नियन्त्रणमा राख्नुपर्छ । यदि रक्तचाप बढेको खण्डमा तत्काल चिकित्सकको परामर्स लिइ औषधिद्धारा नियन्त्रण गर्नुपर्छ ।

कोलेष्ट्रेरोल नियन्त्रण गरौँ- उच्च कोलेष्ट्रेरोल पनि हृदयघात गराउने प्रमुख कारक हो । जाडोको बेलामा रगतमा कोलेस्ट्रेरोलको मात्रा बढी देखिने हुँनाले यसलाई घटाउने वा नियन्त्रणको आवश्यकता अनिवार्य छ । त्यसका लागि फाइबरयुक्त खानाको साथै शारीरिक व्यायममा ध्यान दिनुपर्छ ।

सुगर नियन्त्रणमै राखौँ – मुटुरोग र सुगरबीच अन्योन्यास्रित सम्वन्ध हुन्छ । मुटुरोगीलाई जस्तै सुगरका बिरामीलाई पनि हृदयघातको सम्भावना उत्तिकै हुन्छ ।

गर्मीमा भन्दा जाडो मौसममा धेरै खान रुची हुने र कसैकसैले यसैको फाइदा उठाउदै अनियन्त्रित रुपमा भोजन गर्ने प्रचलनले सुगरको मात्रा ह्वात्तै बढ्छ । यसको असर मुटुमै गई ठोक्किन्छ । त्यसैले मुटुरोगीहरु सुगरको पनि परीक्षण गरि राख्नुपर्छ ।

अमलाको सेवनले बुढ्यौलीपनालाई कम गर्नुको साथै अनिद्रा हटाउछ

0

अमलालाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ। अमलाको बोट र फल त्रिफलाको ३ औषधिमध्ये एक अमला गुणी जडिबुटीमा पर्छ । अमला भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रुपमा राखिन्छ ।

३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ । अमलाले युवाहरुमा यौबन शक्ति प्रदान गर्नुका साथै बृद्धहरुमा युवाअवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ । तर अमलालाई दिनहुँ सेवन गर्नु भने पर्छ । सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा प्रयोग गर्न सकिन्छ । यो एउटा सानो पतझर रुख हो ।

यो घाम मन पराउने बिरुवा हो । त्यसैले यो तराई, र तल्लो पहाडी भागमा पाइन्छ । यसका पातहरू एउटै डाँठमा मसिना दुवैतिर लहरै मिलेका हन्छन् । यसमा चैत्र– वैशाखतिर फूलहरू लाग्दछन् । फूलहरू पातको मुन्तिर टम्म मिलेर फुल्दछन् । फूलहरू वास्नादार, हरिया तथा पहेंला रंगका हुन्छन् । यसका फलहरू गुदीदार हुन्छन्, फलको आकार गोलो किसिमको करीब २ से.मी. व्यास भएका हुन्छन् । फलहरू पहिले हरिया र पाकेपछि हल्का पहेला हुन्छन् । फलमा हल्का ६ वटा धर्साहरू देखिन्छन् ।

त्रिफलाले दिसा सफा गराउने , सुन्निएको कलेजो ,ववासिर र पेटसम्बन्धी सिकायतहरूमा फाईदा गर्दछ । अमलाको फल खाना पचाउने ,रक्तअल्पत्ता ,कमलपित्तमा पनि उपयोगी मानिन्छ । सुकेका फलहरू आउँ र दिसा पखालामा पनि प्रयोग गर्ने चलन छ । यस बाहेक यसका फलहरू कपाल कालो बनाउने, कालो मसी बनाउने काममा प्रयोग गरिन्छ ,भने फल तथा बोक्रा छाला प्रशोधन गर्न र रङ्गाउन पनि प्रयोग गरिन्छ ।

यसको फल नै उपयोगी अङ्ग हो । त्यसकारण यसका फलहरू संकलन गर्ने गरिन्छ। लगाइएको ७ / ८ वर्ष यसमा राम्ररी फल लाग्दछ । असोजदेखि फागुनसम्म फलहरू संकलन गर्ने गरिन्छ। आयुर्वे्दिक दृष्टिकोणले पनि अमलाको महत्व धेरै छ । अमलामा रहेको तत्वले दिमाग तेज बनाउँछ । त्यसैगरी छालाका कतिपय समस्यालाई पनि हटाउँछ । अमलाले पुर्याउने फाइदा यस्तो रहेका छन् ।

  • अमलाको नियमित सेवनले चाउरिएको अनुहार फुकाउँछ र बुढ्यौलीपनालाई कम गर्छ
  • अमलाले कपाललाई  कपाललाई बाक्लो, कालो र चम्किलो बनाउँनुको साथै कपाललाई टुक्रनबाट रोक्छ ।
  •  अमलाको जुसमा थोरै मह मिसाएर पिउनाले आँखालाई एकदमै फाइदा पुग्ने गर्छ ।
  • रोग प्रतिरक्षात्मक प्रणाली मजबुत बनाउँछ ।
  •  शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । यसको नियमित सेवनले शरीरको सेल बढाउनुका साथै स्फूर्त पनि राख्छ ।
  • महिलामा देखापर्ने विभिन्न शारीरिक समस्याबाट मुक्त राख्न अमलाले विशेष भूमिका खेल्ने गर्छ । रक्त सञ्चालन गराउँछ र मुटुसम्बन्धी रोग लाग्नबाट पनि बचाउछ ।
  • अमलाले रगतमा चिनीको नियन्त्रण गर्छ ।
  • पाचन प्रणालीलाई मजबुत बनाउने गर्छ । अमला खाँदा कब्जियत, अपच, पखालाजस्ता समस्या समाधान गर्छ ।
  •  अमलामा पानीको मात्रा पनि हुन्छ यसले पिसाबसम्बन्धी समस्या हटाउने गर्छ ।
  • अमलाको सेवनले अनिद्राको समस्या कम हुन्छ ।

ढिला उपचारले आँखा गुम्‍नसक्ने

0

स्याङ्जाका २२ वर्षीय सविन बोगटीका दुवै आँखाले जन्मजातै देख्दैनथे । तर उनका परिवारले उनको आँखाको यो अवथा उनी पाँच वर्ष पुगिसकेपछि मात्र पत्तो पाए । आँखाको उपचार गर्ने क्रममा उनी सात वर्ष पुगेपछि मात्र तिलगंगा आँखा अस्पताल पुगे । त्यसको चार वर्षपछि यो अस्पतालमा आँखा विशेषज्ञ डा. लिना वज्राचार्यले आँखामा नानी प्रत्यारोपण गरे । शल्यक्रियाको पहिलो दिन नै आँखाको सेतोपट्टि देखे । भोलिपल्ट पट्टि खोल्दा पहिलो पटक डा. लिनाको मुहार देख्दा उनी चकित परे ।

‘पहिला स्कुल जान्थें, अरुले बेन्चमा बस भन्थे, बस्थें । बेन्च कस्तो हुन्छ थाहा थिएन । देख्नु र सुन्नुमा धेरै फरक रहेछ,’ बोगटीले पहिलो पटक संसार देख्नुको अनुभव सुनाए ।तिलगंगा आँखा अस्पतालले नै २०६८ मा देवे्र आँखामा नानी प्रत्यारोपण गरे । त्यो दिनदेखि सविन दुवै आँखाले संसार नियालेका छन् । उनलाई आँखाको नानी भने नेपाल आँखा बंैकले उपलब्ध गराएको थियो ।

आँखाको नानी प्रत्यारोपण भएकाले गुमिसकेको दृष्टि पाउन सफल भएका छन्, २७ वर्षीय विदुर लामिछाने । विदुरको १४ वर्षकै उमेरदेखि आँखामा ‘कराटोकश’ भन्ने आँखासम्बन्धी रोग लागेपछि उनको आँखाको दृष्टि गुम्दै गएको थियो । लामो समयसम्म आँखाको लेन्स प्रयोग गरे । तैपनि समस्या थपिँदै गएपछि उनलाई तिलगंगा आँखा अस्पतालकै चिकित्सकले नै नानी प्रत्यारोपणको उपचार गरे । १८ महिनाअघि देव्रै आँखामा नानी प्रत्यारोपण गरेका हुन् ।

केही समयपछि दाहिने आँखामा प्रत्यारोपण गर्ने तयारीमा छन् । नानी प्रत्यारोपण हुनुअघि लामिछानेलाई पढ्न मन लाग्थ्यो पढ्न सजिलो थिएन । ‘लेन्स नलगाउँदा केही देख्दिनथें, पढ्न मन लाग्थ्यो भनेजति पढ्न पाउँदिनथें,’ उनले भने । लेन्सको मूल्य महंगा थिए । ६ वर्षपछि लेन्सले पनि काम गरेन । आँखाको नानी प्रत्यारोपणपछि उनले भरपर्दो आँखा पाएका छन् । अहिले उनी एलएलबी पढ्दैछ ।

अरूले मृत्युपछि दिएको आँखाको नानीको कारण आपूmले दृष्टि पाएकाले यी दुवै जना चिनेजानेकालाई आँखा दानको लागि सिकाउँछन् । आँखा बैंकमा फारम भर्न पठाउँछन् । मृत्युपछि उनीहरूको आँखा खेर नजाऊन् र कसैले खेर जान लागेको आँखाको नानी पाए भने आपूmले जस्तै आँखा देख्न पाउन् । ‘मेरो परिवारको सदस्यलाई आँखा दानको लागि फारम भराइसकेको छु,’ लामिछानेले भने । उनीहरू आपूm जस्तै कुनै न कुनै कारणले आँखा गुमाएकाहरूले आँखाको नानी पाऊन् र संसार देख्न पाऊन् भन्ने सन्देश दिन चाहन्छन् ।

यी दुवै दृष्टि प्राप्त युवाहरू शनिबार नेपाल आँखा बैंकले आयोजना गरेको श्रद्धान्जली समारोहमा सहभागी हुन राजधानी आएका हुन् ।तिलगंगा आँखा कार्यक्रमअन्तर्गत आँखा बैंकले मृत्यु भएका मानिसका आँखाको नानी (क्रनियाँ) निकालेर संकलन गर्छ । दृष्टि गुमाएकामा पालैसँग प्रत्यारोपण गर्दै आएको छ । बैंकले १२ हजार ५ सय जनामा आँखाको नानी प्रत्यारोपण गराइसकेको छ । बैंकमा ७० हजारले मृत्युपश्चात आँखाको नानी दान गर्ने प्रण गरिसकेका छन् । अहिले आँखा दान गर्नेको संख्या दोब्बर भएको नेपाल आँखा बैंकले जनाएको छ । विभिन्न कारणले दृष्टि गुमाएकाहरू आँखाको नानी प्रत्यारोपणको पर्खाइमा छन् ।

सुत्ने पोजिसनबाटै थाहा हुन्छ तपाईको स्वभाव कस्तो छ ?

0

राति ओच्छ्यानमा तपाईं कसरी सुत्नुहुन्छ भन्ने कुराले तपाईंको व्यक्तित्वको रहस्य खोलिदिन्छ । स्कटल्यान्डको एडिनबरामा रहेको स्लीप सेन्टरका निर्देशक क्रिस इडजीकोव्स्कीका अनुसार तपाईंले सुत्ने तरिकाले तपाईंको व्यक्तित्वका बारेमा बताउँछ ।त्यस्तै, शारीरिक भाषाविज्ञ रोबर्ट फिप्सले पनि सुत्ने पोजिसनबाट व्यक्तित्व र जीवनप्रतिको दृष्टिकोण थाहा लाग्ने बताउँछन् ।

 धेरैजसो मान्छे छातीमा घुँडा मारेर फिटल पोजिसन (गर्भमा बसेको बच्चा) मा सुत्छन् । चिन्ता लिने मान्छेहरूले यस्तो पोजिसनमा सुत्ने गरेका छन् । तनावपूर्ण दिनपछि आराममा पुगेको आभास पाउन मान्छे यसरी सुत्छन् ।यसरी सुत्ने मान्छे बाहिर चाहिँ रफटफ देखिन्छन् भने भित्रभित्रै चाहिँ लजालु र संवेदनशील हुन्छन् । नयाँ मान्छेसँग खुल्न उनीहरू समय लगाउँछन् तर बिस्तारै उनीहरू सामाजिक हुन थाल्छन् ।

 कोल्टे परेर सिधा खुट्टा अनि दुवै हात सिधा पारेर सुत्ने मान्छे समाजमा घुलमिल गर्न सक्ने खालका, सजिला र विश्वासी हुन्छन् । यिनीहरू कहिलेकाहीँ ठगीमा पर्न सक्छन् । यसलाई लग पोजिसन भनिन्छ ।

 अर्काथरी मान्छे कोल्टे सुत्छन् तर दुवै हात अगाडितिर तन्काउँछन् । यसलाई यर्नर पोजिसन भनिन्छ । उनीहरू खुल्ला व्यक्तित्वका हुन्छन् तर कहिलेकाहीँ शंकालु व्यवहार देखाउँछन् । यिनीहरू ढिलो गरी निर्णय लिन्छन् र लिएको निर्णयमा अडिग रहन्छन् ।

 अर्काथरी मान्छे पेट थिचेर सुत्छन् भने यिनीहरूको टाउको एकातिर हुन्छ अनि दुवै हात सिरानी नजिकै हुन्छ । यसलाई फ्रीफल पोजिसन भनिन्छ । यस्ता मान्छे समाजमा घुलमिल गर्न सक्छन् र छुच्चा पनि हुन्छन् । भित्रभित्रै नर्भस हुन्छन् अनि आलोचनाप्रति संवेदनशील पनि हुन्छन् ।

 अर्काथरी मान्छे ढाडलाई मुनि पारेर खुट्टा फट्याएर अनि हातलाई टाउकोनेर तन्काएर सुत्छन् । यसलाई स्टारफिस पोजिसन भनिन्छ । यस्ता मान्छेले साथीलाई महत्व दिन्छन् । आकर्षणको केन्द्र हुन यस्ता मान्छे मन पराउँदैनन्, बरू अरूको समस्या सुन्ने अनि दुःखमा परेकालाई सहयोग गर्ने खालका हुन्छन् ।

 अर्काथरी मान्छे ढाडलाई मुनि पारेर सिधा तन्केर सुत्छन् । उनीहरूको हात पनि सिधा तन्किएको हुन्छ । यसलाई सोल्जर पोजिसन भनिन्छ । यस्ता मान्छे अनुशासित हुन्छन् । आफू र अरूका लागि यिनीहरू उच्च अपेक्षा राख्छन् । शान्त र रिजर्भ्ड खाले हुन्छन् यिनीहरू ।

अपरेशन थिएटरमा अपरेशन चल्दै गर्दा दुई डाक्टरबिच झगडा परेपछि..

0

अस्पतालको अपरेशन थिएटर अति संवेदनशील स्थान मानिन्छ । बिरामी, डाक्टर र नर्सबाहेक त्यहाँ कसैलाई पनि प्रवेश दिइँदैन । तर यदि यहि स्थानमा दुई डाक्टर झगडा गर्छन् भने तपाईं के भन्नुहुन्छ ? अचम्मित गरिदिने उक्त घटना भारतको हो । यी डाक्टर त्यतिबेला झगडा गरे जब अपरेशन थिएटरमा एक महिला प्रसव पीडापछि भर्ना भएकी थिइन् ।

अपरेशन चलिरहेकै बेला डाक्टर एक आपसमा झगडा गरिरहेका थिए ।राजस्थानको जोधपुरको उमेद अस्पतालमा उक्त घटना भएको हो । यसबारे त्यतिबेला पर्दाफास भयो जब एक भिडियो सोसल मिडियामा भाइरल भयो ।

अस्पतालको बयानमा के छ ?

भिडियोमा दुई डाक्टर झगडा गरिरहेका थिए र अन्यले उनीहरुलाई शान्त गर्ने कोसिस गरिरहेका थिए । साथै, स्ट्रेचरमा एक महिला देखिएकी छिन् ।भिडियो भाइरल हुने बित्तिकै अस्पतालले तुरुन्त एक्सन लियो । संवाददाता सम्मेलन बोलाएर दोषी डाक्टरविरुद्ध कारवाहीको विश्वास दिइयो ।

अस्पतालका मेडिकल अध्यक्ष डा.रंजनाले बीबीसीलाई भने, ‘भिडियो उमेद अस्पतालको नै हो र घटना मंगलबारको हो ।’लडाईंका बेला अपरेशन थिएटरमा जुन महिलाको डेलिभरी भइरहेको थियो, पछि उनको बच्चाको निधन भयो ।

यद्यपी, अस्पतालले यो खबरलाई खारेज गरिरहेको छ । डा. रंजनाले भनिन्, ‘शल्यक्रिया भइरहेको महिलाको बच्चाको मृत्यु भएको खबर झुटो हो । ती महिलाले छोरीलाई जन्म दिएकी छिन् । आमा र बच्चा दुबै स्वस्थ छन् ।’

तीन सदस्यको अनुसन्धान टोलीले तीन दिनमा आफ्नो रिपोर्ट सुम्पिनेछन् । भिडियो अस्पतालको कुनै कर्मचारीले बनाएका हुन् तर उनी को हुन्, त्यसबारे अहिलेसम्म पत्ता लागेको छैन ।डा। रञ्जनाले दुबै डाक्टरको पहिचान डा। अशोक ननिवाल र डा। मथुरा लाल टाकको रुपमा गरेकी छिन् ।

उनका अनुसार दुबै डाक्टरलाई अस्पतालबाट अहिलेका लागि कार्यमुक्त गरिएको र आन्तरिक अनुसन्धान सुरु गरिएको उनले जानकारी दिइन् ।भिडियो कसले बनायो र कसरी लिक भयो भनी अनुसन्धान गर्न अस्पतालका अन्य कर्मचारीको पनि बयान लिइँदै छ ।

 

गर्भवती महिलाहरूमा मारिजुआनाको प्रयोग बढ्दो

0

अधिक गर्भवती महिलाहरू बर्तनको प्रयोग गरिरहेका हुन्छन् । नयाँ अध्ययनले बताउँछ कि मारिजुआना प्रयोग अलि बढ्दो उमेरको युवाती हरूको बीचमा उल्लेख गरिन्छ। मङ्गलबार जेमामा प्रकाशित एक अनुसन्धान पत्र अनुसार।अनुसन्धानकर्ताहरूले पत्ता लगाइयो १८ वर्ष भन्दा कम उमेरका गर्भवती किशोरहरू, मारिजुआनाको प्रयोग १२ % ​​देखि २१. ८ %सम्म पुग्यो र महिलाहरु १८ देखि २४ सम्म मार्जुन प्रयोग ९.८प्रतिशत देखि २८%  सम्म पुग्यो।

त्यस अनुसन्धानले क्यालिफोर्नियामा मात्र केही महिलाहरू समावेश गरेको छ, तर संयुक्त राज्य अमेरिकामा जेमामा प्रकाशित गरिएको संयुक्त राज्यका गर्भवती महिलाहरूको एक फरक अध्ययनले पाएको छ ।  गत महिना मा मारिजुआनाको प्रयोग गरेर रिपोर्ट गर्नेहरूले सन् २००२ मा २.३७% देखि २०१४ मा ३.८५% बढ्यो। महिलाहरु २८ देखि ४४ सम्म थिए।

चिकित्सकहरूलाई रोग नियन्त्रण र रोकथामको लागि अमेरिकी केन्द्रका अनुसार, डाक्टरले सावधान रहनु पर्ने बताएका छन् । भ्रूणमा मारिजुआनाको स्वास्थ्य प्रभाव स्पष्ट हुँदैन। तर कम जन्म वजन र विकासशील समस्याहरू हुन सक्छ। मारिजुआन मा धेरै रसायनहरु, जस्तै तृहिराइड्रोकोन्नोबिनोल, जसको थोरै ज्ञात छ, मातृको तर्फबाट उनको बच्चालाई पार गर्न सक्दछ।

गर्भवती महिलाहरु या गर्भावस्था को विचार गर्न को लागि मारिजुआना उपयोग रोकन को लागि प्रोत्साहित गरेका छन्।किन गर्भवती महिलाहरु लाई मारिजुआनाको प्रयोग गरिन्छनयाँ अध्ययन सहभागीहरूले उनीहरूको मारिजुआना प्रयोगको लागि प्रश्नोत्तर गरेका थिए । सन् २००९ देखि २०१७ सम्मको मानक प्रायोगिक हेरविचार भ्रमणको दौडान एक क्यान्सर विष विज्ञानविज्ञान परीक्षण गरे।

महिलाहरु मारिजुआना प्रयोगको लागी लगभग आठ हप्ताको अवधिमा परिक्षण गरिएको थियो।अनुसन्धानकर्ताहरूले पत्ता लगाए कि मरिजुआना प्रयोगको फैलावट, आत्म रिपोर्टहरू वा विषाक्त विज्ञान परिणामहरूमा आधारित हुन्छन् । सबै उमेरका समूहहरू बीचको तुलनामा, तर सबैभन्दा ठूलो वृद्धि २४ र सानाको बीचमा थियो। गर्भावस्था मा मारिजुआना को उपयोग को प्रसार धेरै हुने गरेको पाइन्छ।  साना उमेर समूह मा उपयोग को उच्च प्रसार को देखने को छ ।अन्य उमेर समूहका लागि, अनुशन्धनकर्ताहरूले पत्ता लगाए कि मारिजुआना प्रयोग ३.४ % महिलाहरुलाई

जाडोमा यस्ता खाना खानुहोस् शरीरलाई हुन्छ फाईदा

0

न्यानोका लागि सुप तथा झोल कुरा प्रशस्त मात्रामा खानुपर्छ ।

– हट लेमन वा तुलसी, ज्वानो, नुन तथा बेसार हालि पकाएको पानी खानु फाईदाजनक हुन्छ ।

– जाडोमा भिटामिन सी युक्त खानेकुरा जस्तै : अमला, अम्बा, सुन्तला, मौसम, कागति, मेवा, लट्टेको सााग, बन्दा आदि खानु फाईदामन हुन्छ ।

– जाडोमा कतिपएले तातोका लागि चना, सानो केराउ, चामल, मुंग,भटमास, ज्वानो, नुन, गहुं मिसाएर पिसिएको सातुको सुप पनि राम्रो मानिन्छ ।
– यो सातूलाई थोरै घिउमा पकाएर पानी तथा नुन हालि सुप खादाँ न्यानोका साथै प्रर्याप्त पोषण समेत प्राप्त हुन्छ ।

मुटु स्वस्थ राख्न यो सात उपाय जानिराख्नुहोस :

0

मुटुरोगबाट टाढा रहनका लाग हामी धेरै कुरा सुनिरहेका हुन्छौ । तैपनि मुटुरोग बढ्दो छ। तर, केही ससाना गल्तीहरु पनि वर्षौपछि तपाईका लागि समस्या बन्न सक्दछ । त्यसैले मुटुका लागि सात उपाय महत्वपूर्ण हुन सक्दछ ।

कुन फ्याट हानिकारक
हामीमध्ये धेरै मानिस कयौ प्रकारका फ्याट्समा अन्तर जान्दैनौ । तर, जरुरी छ कि त्यसका बारमा जानकारी होस् । जस्तो कि सबैभन्दा खराब ट्रान्स फ्याट । ट्रान्स ती सबै कुरामा छ जुन प्रोसेस्ट फुड छन् । जङ्क फुड र बेकरीका उत्पादन पनि यो सूचीमा पर्दछ । त्यसैले सबैभन्दा आवश्यक छ, ट्रान्स फ्याटबाट टाढै रहनु ।

आफ्नो इयरफोनलाई केही टाढै राखौ
धेरै चर्को आवाजले पनि तपाईको मुटुलाई हानी पुराउन सक्दछ । कयौ अध्ययनमा देखिएको छ कि बढी चर्को ट्राफिक वा आवाजका सुनिने म्युजिकले पनि तपाईको मुटुको बीट बढाउन सक्दछ । यसविपरीत मन्द गतिको मधुर संगीतले तपाईको मुटु र दिमाग दुवैमा राम्रो असर पार्दछ । त्यसैले यदि तपाई बढी समय कानमा इयरफोन लगाएर चर्को स्वरमा म्युजिक सुन्नुहुन्छ भने सावधान रहनुस् ।

लामो समय बस्नु पनि हानिकारक
हामीमध्ये धेरै मानिसलाई आफ्नो रोजगारीका क्रममा घण्टौसम्म पसेर काम गर्नु पर्दछ । नराम्रो समाचार यो छ कि लामो समयसम्म बसिरहनु मुटुका लागि धेरै नै नराम्रो मानिन्छ । केही अध्ययनहरुका अनुसार लामो समयसम्म बसिरनु मुटु रोग हुने सम्भावना १४७ प्रतिशतसम्म बढ्ने गर्दछ । त्यसैले काम गर्ने क्रममा हरेक केही घण्टामा ब्रेक लिनु उचित हुनेछ, यतायता टहल्नु अझै उत्तम मानिन्छ ।

सात घण्टा निदाउनु जरुरी
हो, सात घण्टा । तपाईलाई निद्राका लागि कम्तीमा पनि सात घण्टा आवश्यक छ । यदि तपाई अक्सर ६ घण्टाभन्दा कम निदाउनु हुन्छ भने तपाईमा मुटुृसँग सम्ँबन्धित रोग लाग्ने सम्भावना दुई गुना बढ्नेछ । जब तपाई कम सुत्नु हुन्छ तब यो शरीरको जैविक प्रक्रियामा अड्चन बन्छ । जसबाट तपाईको रक्तचापमा असर पर्दछ । त्यसैले सुत्नुस र कम्तीमा सात घण्टाको निदाउनुस् ।

दाँत सफा राखौं
शायद पहिलोपटक यो पढ्दा लाग्न सक्छ कि मुटुसँग दाँतको के सम्बन्ध रु तर वास्तविकता यही हो कि एउटा स्वस्थ मुटुको बाटो सफा दाँत भएर जाने गर्दछ । केही अध्ययनबाट यो स्पष्ट भइसकेको छ कि यदि तपाई दाँत र गिँजासम्बन्धी रोगबाट ग्रसित हुनुहुन्छ भने तपाईलाई मुटुरोग लाग्ने सम्भावना पनि कयौ गुना बढ्ने गर्दछ । तपाईका सडेका दाँत र गिँजाको ब्याक्टेरिया लगातार रगतमा पुग्छ र रोग उत्पन्न गर्ने कारण बन्न जान्छ ।

राती ९ बजेपछि ग्याजेट्सलाई गर्नुस बाई
ग्याजेट्सले हाम्रो स्वास्थ्यमा नराम्रो असर पार्ने गरेको छ, यो समयका साथ भएको अध्ययनहरुबाट सावित भइसकेको छ । ग्याजेट्सको अधिक प्रयोगबाट मुटु रोगका साथै डायबिटिज र क्यान्सरजस्ता रोगको खतरा पनि रहन्छ । त्यसैले एउटा नियम बनाउनुस् । कोशिस गर्नुस् कि राति ९ बजेपछि ग्याजेट्सदेखि पूर्णरुपमा टाढै रहन सकियोस । यसको साटो संगीत सुन्नुस्, यतायता टहल्नुस, पुस्तक पढ्नुस् वा निकटमा रहेकाहरुसँग कुराकानी गर्नुस् ।

फिटनेशको फर्मूला
यदि मुटुरोगबाट टाढै रहनु छ भने शारीरिक ब्यायम गर्नुस् । त्यसका लागि तपाई योगा, डान्स, पौडी जेसुकै पनि चुन्न सक्नुहुन्छ । आवश्यक छ कि सातामा पाँच दिन दैनिक ३० मिनेट कसरत गरियोस् । विश्व स्वास्थ्य संगठनले पनि यति कसरत गर्न सुझाव दिने गरेको छ । १८ र ६४ वर्षबीच उमेर समूहका वयस्क यदि कठिन कसरत गर्दछन् भने तपाई अवधिलाई आधाभन्दा कम गर्नु सक्नुहुन्छ । अर्थात सातामा ७५ मिनेट वा हरेक दिन १५ मिनेट ब्यायम गर्दा मुटुका लागि लाभदायी मानिन्छ । एजेन्सी

हर्ट अट्याक हुनुभन्दा एक महिना अघिदेखि शरीरले देखाउछ यस्ता लक्षण – जसलाई बेवास्ता नगर्नुहोस्

0

हृदयघात युवा वयष्क या वृद्धवृद्धा जुनसुकै उमेरमा पनि अकस्मात हुन सक्छ, यो घातक शव्दको नाम सुन्दा पनि धेरैलाई डर लाग्छ । आज सबै ठिक ठाक रहेको मानिस भोली मृत्युको मुखमा पुगिसकेको हुन्छ,उदाहरणको लागी नेपाल टेलीभीजनका ख्याती प्राप्त कार्यक्रम प्रस्तोता ईन्द्र लोहनी, प्रचण्ड पुत्र प्रकाशलाई लिन सकिन्छ ।

हृदयघातका कारण हरेक वर्ष धेरै मानिसको मृत्यु हुन्छ । बूढाबूढीलाई मात्र हृदयघात लाग्छ भन्ने होइन । यौवनावस्थामा रहेका व्यक्ति पनि यसको शिकार हुन्छन् । हृदयघात हुनुभन्दा एक महिनापहिले नै यसको लक्षण देखिन शुरु गर्छ । यसमा ध्यान दिँदा यसको खतराबाट बच्न सकिन्छ ।

अन्य भागमा पीडा – छाती वा शरीरका अन्य भागमा पीडा भयो भने हृदयघातको संकेत हो । छाती बाँउडियो भने त पक्का हृदयघातको लक्षण हो ।

सास लिन अप्ठ्यारो – सास लिन गाह्रो भयो भने पनि हृदयघातको लक्षण हो । यस्तो समस्या महिलाहरूमा बढी देखिन्छ ।

पाचनतन्त्रमा गडबडी – पाचनतन्त्रसँग जोडिएका समस्या छ भने बेवास्ता नगर्नुस् । यो पनि हृदयघातको लक्षण हुनसक्छ ।

आत्तिने – लगातार तनाव, चिन्ता र डर महसूस गर्नुहुन्छ भने सम्भावित हृदयघातको लक्षण हुनसक्छ ।

अत्यधिक पसिना – कसरत वा हिँडडुल गर्दा अत्यधिक पसिना आउनु त सामान्य कुरा हो र अकारण पसिना आयो भने चाहिँ हृदयघातको लक्षण हो ।

गोडा फुल्ने – मुटुलाई शरीरका अन्य अंगमा रगत पु–याउन समस्या आएमा शिराहरू फुल्छन् । यो फुल्नु भनेको हृदयघातको लक्षण हो ।

ढुकढुकी बढ्नु – धेरै दिनसम्म नसा र ढुकढुकी तीव्र गतिमा दौडिरहेका छन् भने बेवास्ता नगर्नुस् र चिकित्सकलाई अवश्य देखाउनुस् ।

देब्रे हात दुखिरहनु – लगातार देब्रे हात दुख्दै छाती तिरको भागमा बढ्दै जानु पनि हृदयघातको लक्षण हुनसक्छ ।

कालो तिलको अचुक फाइदा, कम्मर दुख्ने देखि दाग हटाउँनेसम्म

0

एजेन्सी । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ। अनुहारमा चायाँ, पोतो वा दाग, कालो घब्वा आदि आएमा त्यसलाई सजिलैसँग हटाउन सकिन्छ। साथै कम्मर दुख्ने रोगलाई पनि निको पर्न सकिन्छ त्यसको लागि तल दिएको उपायहरुलाई नियमित प्रयोग गर्नु पर्छ।

मुखमा पोतो वा दाग आएमा

जीरा, बोके जीरा, कालो तिल, सरस्यूँ र रायो सबैको चूर्ण बराबर मिसाएर दूधमा फिटेर बेलुका सुत्ने बेलामा नित्य पोतो वा दागमा लगाउनाले ठीक हुँदै जान्छ।

कम्मर दुख्ने रोगमा

आधा पाउ भुटेको कालो तिल, १० ग्राम घोडताप्रे, १० ग्राम धूलो मरिच, १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ग्राम फुराएको हिङको धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाँदा कम्मर दुख्ने रोग निको हुँदै जान्छ।

error: Content is protected !!