Thursday, May 1, 2025
17.7 C
Beni
17.7 C
Beni
Thursday, May 1, 2025
Home Blog Page 1519

आँखाको दृष्टि जोगाउने ७ उपाय

0

डा.राजेन्द्र के.सी

सामान्य र स्वस्थ आँखाले विना कुनै दुखाई टाढा एवम् नजिकको वस्तु स्पष्ट हेर्न वा देख्न सक्दछ । कुनै व्यक्ति जसको आँखा सामान्य छ्रैन उसले टाढाको बस्तु धमिलो देख्न सक्दछ । टाढाको बस्तु हेर्न आँखाका परेलाहरु च्यातेर हेर्नुहुन्न यदि यसो गरेमा आँखा दुख्छ । कुनै बस्तुलाई हेरिरहँदा पनि आँखा दुख्छ । सामान्य आँखा दिनभर निरन्तर घुमिरहन्छ । यसले आफ्नो फोकस एक ठाउँबाट अर्कोतर्फ हेर्दा परिवर्तन गरिरहन्छ । अर्कोतर्फ असामान्य आँखा नजिकको बस्तु हेर्दा स्थिर हुन्छ । त्यसैले आखाँ चलायमान हुन आवश्यक ठानिन्छ । कुनै पनि सिंगो बस्तुलाई पूर्णरुपमा हेर्नुभन्दा त्यसको कुनै भागलाई पहिले हेर्ने र त्यसपछि विस्तारै सिंगो बस्तुलाई हेर्नुपछ । सबै आँखालाई आराम प्रदान गर्नुपर्छ ।

यो जान्न हामीले  पढ्दा, लेख्दा, सिउँद, बुन्दा, टि.भी. वा सिनेमा हेर्दा हाम्रो आँखालाई कसरी प्रयोग गर्नुपर्छ ।

१. झिम्क्याउने
निरन्तररुपमा आँखा झिम्काउन सिक्नुपर्छ । शुरुवातमा यो सचेत रहेर गर्नुपर्छ । पछि गएर यो बानी बन्ने हुन्छ । एक हरफ पढ्दा दुईपटक जति आँखा झिम्काउनु पर्ने हुन्छ । आँखा झिम्काउँदा आँखालाई आराम हुन्छ । कुनै काम गर्दा आँखा झिम्काउनाले काममा बाधा पुग्दैन किनभने आँखाका परेलीहरु नजोडिएजस्तो लाग्छ ।

२. पढाइ र लेखाइ
पढ्दा वा लेख्दा किताबलाई आँखाको धेरै नजिक राख्नुहुनन । आँखा र कितावको दूरी लगभग १२ इन्च जति कायम गर्नुपर्छ । एक घन्टाजतिको निरन्तर पढाएपछि आँखालाई आराम दिनुपर्छ । आँखालाई बन्द गरेर वा आँखामा सफा चिसो पानी छयापेर आराम दिन सकन्छि । यद्यपि, दुबै हत्केलाले आँखालाई ढाक्नु सबैभन्दा उत्तम मानिन्छ ।

३. यात्रा गर्दा पढाइ
गुडिरहेको गाडीमा पढ्ने बानीलाई हटाउनुपर्छ पढिहाल्ने भए पनि बाहिरपट्टी पछाडि गइरहेका/छोडिएका बस्तुलाई हेर्ने क्रम निरन्तर गर्नाले आँखालाई आराम पुग्न जान्छ ।

४. रातमा पढाइ
एकदमै चम्किलो प्रकाशमा पढ्नु हुँदैन । टेबल–ल्याम्पको सहायताले पढ्दा बत्तिको उन्यालो सिधा कितावमा पर्नुहुन्न । सिधा र प्रत्यक्ष प्रकाश कितावको अलि छेउमा पर्नुपर्छ । धमिलो प्रकाशमा पनि पढ्नुहदैन । ट्युबलाइट विद्युतिय बल्बको तुलनामा पढ्नको लागि राम्रो मानिन्छ ।

५. सिनेमा टि.भीः
सिनेमा तथा टेलिभिजन कम हेर्नुपर्छ । १२ वर्षमुनिका केटाकेटीमा आँखा सम्बन्धी इतरदोष बढ्ने सम्भावना बढी हुने हँुदा यो उमेरमा धेरै टि.भी, सिनेमा हेर्न दिनुहुँदैन ।

सिनेमा टी.भी हेर्दा टाउको अलि पछाडी लगी आरामले हेर्नुपर्छ । चिउँडो अलिकति उठाउनुपर्छ ताकि माथिल्लो परेला आधा बन्द जस्तो रहोस् । निरन्तर परेला झिम्काउन बिसर्नु हुँदैन । आँखालाई आराम दिई चलाइरहनुपर्छ ।

६. सिलाइ–बुनाइ
सिउँदा वा बुन्दा सियोको चालसँगै आँखा पनि घुमाउनुपर्छ । एउटै ठाउँमा केन्द्रित नभई आँखालाई चारैतिर घुमाउनुपर्छ ।

७. चस्मा
अत्यन्त चक्किलो प्रकाशमा सस्तो र गुणस्तरहीन चस्मा लगाउनुहुन्न किनभने यसले आँखालर्य असर पु¥याउँछ । राम्रो गुणस्तरको चस्मा मात्र प्रयाृेग गर्नुपर्ने हुन्छ ।

निरन्तरको चस्मा लगाइ आँखाको लागी हानिकारक हुन्छ । आँखाको लागि प्राकृतिक प्रकाश आवश्यक र लाभदायक हुन्छ । दिन–रात चस्मा लगाउनु आँखाको लागि हानिकारक मानिन्छ । त्यसबाहेक आँखाको सहन शक्ति पनि घट्न जान्छ । कमजोर आँखा विभिन्न रोगहरुको शिकार बन्दछ । यस्तो आँखामा प्रकाश प्रति संबेदनशील र सुख्खा हुन्छ ।

दुर्गम क्षेत्रमा सुरक्षित गर्भपतन सेवा विस्तार प्राथमिकतामा

0

जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना र आइपास नेपालको सहयोगमा बिहीबार सदरमुकाम बेनीमा सुरक्षित गर्भपतन सेवासम्बन्धी विषयमा अन्तत्र्रिmया र छलफल सम्पन्न भएको छ । ‘सुरक्षित गर्भपतन सेवा ः प्रजनन अधिकारलाई टेवा’ भन्ने मूल नारासहित जिल्ला परियोजना सल्लाहकार समितिको वैठकमा अन्तत्र्रिmया गरिएको हो ।

कार्यक्रममा आइपास नेपालका जिल्ला संयोजक उपमा बरालले आइपासको परिचय, कार्यक्रमको उद्देश्य, संस्थागत कार्यदिशा, सुरक्षित गर्भपतन सेवामा आइपास नेपालको भूमिका, म्याग्दी जिल्लामा सुरक्षित गर्भपतन सेवाको अवस्था, सेवा प्रदायक संस्था, गत आर्थिक वर्ष २०७३÷७४ को प्रगति र प्राविधिक सहयोग, सबल पक्ष, समस्या र चुनौती लगायतका विषयमा सहजीकरण गरेकी थिइन् ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले जिल्लाको ग्रामीण भेगमा सुरक्षित गर्भपतनसम्बन्धी सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा सुझाव दिएका छन् । उक्त वैठकमा पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–१ गूर्जा र अन्नपूर्ण–८ राम्चेमा सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउनका लागि आवश्यक पहल गर्ने तथा गूर्जालाई प्राथमिकतामा राख्ने निर्णय समेत गरिएको छ ।

म्याग्दी जिल्लाको बेनी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र दरबाङ, रुम, ताकम, लुलाङ, अर्मन, सिङ्गा, भकिम्ली, ज्यामरुककोट, पाखापानी, राखुपिप्ले, भगवती, भूरुङ–तातोपानी र शिख स्वास्थ्यचौकीमा सुरक्षित गर्भपतनको सेवा उपलब्ध रहेको छ । महिलाको मन्जुरीमा १२ हप्तासम्मको गर्भपतन सेवा गराउन पाइने कानुनी व्यवस्था रहेको छ भने हार्डनाता तथा जबरजस्ती करणी, मानसिक असन्तुलन र महिलाकै ज्यान जोखिममा रहेको अवस्थामा १८ हप्तासम्मको गर्भपतन गराउन सकिन्छ ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीको अध्यक्षता, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठको प्रमुख आतिथ्य र प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर नारायणप्रसाद रेग्मीले गरेका थिए ।

बेनीमा कम खर्चिलो भू–संरक्षण प्रविधि तालिम

0

‘स्थानीयस्तरमा पाइने सामाग्रीको प्रयोगमा जोड दिऔं, गाउँघरका गल्छी, पहिरो र भू–क्षयलाई न्युनीकरण गरौं’ भन्ने मूल नारासहित भू–संरक्षण प्रविधि तालिम सम्पन्न भएको छ । जिल्ला भू–संरक्षण कार्यालय म्याग्दीको आयोजनामा जिल्लास्थित बाढीपहिरो जोखिम क्षेत्रका स्थानीयलाई कम खर्चिलो भू–संरक्षण प्रविधिसम्बन्धी तालिम दिइएको छ ।

तीन दिनसम्म चलेको तालिममा भू–क्षय, बाढीपहिरोको जानकारी, आगोलागी, कम खर्चिलो भू–संरक्षणसम्बन्धी प्रविधिको जानकारी, स्थानीयस्तरमा उपलब्ध स्रोतसाधनको प्रयोग, परम्परागत सिप र प्रविधि, रोकथामका उपाय लगायतका विविध विषयहरुमा सहजीकरण गरिएको थियो । तालिमको जिल्ला भू–संरक्षण अधिकृत दिवाकर पौडेल, सव–इन्जिनियर विरेन्द्रकुमार महतो र सहायक वन अधिकृत सन्दीप बासुकलाले सहजीकरण गरेका थिए ।

यसैबीच तालिमको अवसर पारेर बिहीबारै अर्थुङ्गेस्थित आँपरुख सामुदायिक वन क्षेत्रको आसपासमा कम खर्चिलो भू–संरक्षण प्रविधिको प्रयोग गरी बाढीपहिरो रोक्न बाँध बनाइएको छ । प्रविधि अन्तर्गत बाँसको प्रयोग गरेर छेकबार लगाइएको छ भने सुख्खा ढुङ्गाको पर्खाल लगाउनुका साथै बोरामा माटो भरिएको जिल्ला भू–संरक्षण अधिकृत दिवाकर पौडेलले बताए । त्यस्तै कम खर्चिलो भू–संरक्षणसम्बन्धी प्रविधि अनुसार सर्ने खालको बोटविरुवाको ब्रसलेयरिङ, फेसिन, पेलिसेट, गरिएको उनले जानकारी दिएका छन् ।

कार्यक्रममा बेनी नगरपालिकाको पुलाचौर, खबरा, भकुण्डे, भकिम्ली, मंगला गाउँपालिकाको बराङ्जा, मालिकाको रुम, धौलागिरिको मराङ, रघुगंगाको राखुपिप्ले, भगवती, पाखापानी र कुईनेमङ्गलेका जनप्रतिनिधि, पावर महिला समूह, सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीसहित ३२ जनाको सहभागिता रहेको थियो । तालिम समापनको क्रममा बेनपा–३ भकिम्लीका वडा अध्यक्ष पदमबहादुर पुन, ५ नम्बर वडाका सदस्य रामप्रसाद सुवेदी, २ का सीता घिमिरे र मालिका–२ रुमका सदस्य सोमबहादुर विकले मन्तव्य राखेका थिए ।

‘सोले डाँडा काटयो मायाले…..’

0
??????????????????????????????????????????????????????????

धौलागिरि क्षेत्रमा निकै लोकप्रिय सालैज्यो भाका गाएर लोकगायक खडग गर्बुजाले बागलुङेसँग रमाइलो बाँडेका छन् । पाँचौँ बागलुङ महोत्सवका आएका गर्बुजाले आइतबारदेखि दुई दिन दर्जनौँ गीत प्रस्तुत गरे । ‘पानी खायो बाघैले’, ‘सोले डाँडा काटयो मायाले’ र ‘जाउँला पाखा पानी मामाकी छोरी लिन’ जस्ता गीत प्रत्यक्ष सुन्न पाउँदा दर्शकश्रोता उत्साहित बने । दुई दिनसम्म हील चियरमा बसेर गाएका गायकलाई उनकै श्रीमती मीना गर्बुजाले साथ दिएकी थिइन् ।

खडगको गीतमा मीनाले नाच्दा दर्शकश्रोताले थप रमाइलो महसुस गरे ।पुसको चिसो भुलेर दर्शकश्रोता झुमेको देख्दा कलाकारलाई हौसला मिलेको उल्लेख गर्दै अर्का गायक गणेश पौडेलले भने, ‘झयाउरे भाका, पञ्चेबाजाको ताल तथा सालैज्योप्रति बागलुङेको बढी चासो रहने गर्छ ।’ बागलुङ उद्योग वाणिज्य संघद्वारा सुरु महोत्सव एक साता जति चल्नेछ । यस अवधिमा स्थानीय र राष्ट्रिय गरी ६ दर्जनजति कलाकारलाई निम्त्याइएको संघका अध्यक्ष जयराम भारीले बताए । महोत्सवमा हरेक दिन ५–६ जना कलाकारले मनोरञ्जन दिने गरेका छन् ।

खुला लोकदोहोरी प्रतियोगिता पनि सञ्चालन छ । ‘आफ्नै क्षेत्र र जिल्लाको स्थानविशेषको गीत गाएपछि रमाएर नाच्ने धेरै हुन्छन्,’ संघका कलाकार संयोजक राजन शाक्यले भने, ‘लोकगीत, दोहोरी र सालैज्यो गीतले मेलाप्रति आकर्षण बढेको छ ।’ महोत्सवमा इन्डियन आइडल भइसकेका प्रशान्त तामाङले पनि आकर्षण थपेका थिए । उनले ‘गोर्खा पल्टन’ को गीत, केही हिन्दी गीत सुनाएका थिए ।

उच्च रक्तचाप भएकाले खानै नहुने खानेकुराहरु

0

सामान्य भन्दा बढी रक्तचापको अवस्थालाई  रक्तचाप उच्च हुनु भनिन्छ मुटु तथा रक्तनलिहरुमा  रगतले दिने दबाबका कारण यो समस्या देखा पर्छ  । रक्तचाप विभिन्न कारणले गर्दा सामान्य भन्दा बढि हुनसक्छ । मोटोपना, मुटुको रोग, उच्च कोलेस्ट्रोल, तनाव आदि कारणले गर्दा रक्तचाप उच्च हुन्छ । रक्तचाप उच्च हुनु स्वास्थ्यका लागि हानिकारक हुन्छ । तर नियमित व्यायाम गर्ने र चिल्लो पदार्थ तथा सोडियम लवणको सेवन कम गर्ने हो भने रक्तचापलाई नियन्त्रणमा राख्न सकिन्छ । उच्च रक्तचापको समस्या भएकाहरुले खान नहुने खानेकुराहरु यी हुन् :

१. अचार : अचार चाहे जे को होस्, उच्च रक्तचाप भएकाहरुले नखाँदा बेस हुन्छ । अचारमा क्यालोरी कम हुने भएपनि सोडियम लवण उच्च हुन्छ ।

२. पापड : पापडमा पनि क्यालोरी कम हुने तर सोडियम लवण उच्च हुन्छ ।

३. अल्कोहल : मदिरा सेवन उच्च रक्तचाप भएकाहरुका लागि निकै घातक सावित हुनसक्छ । अल्कोहलले रक्तचाप झनै बढाउँछ । यसले रक्तनलीको भित्तामा क्षति पूराउँछ र जोखिम झनै बढाउँछ ।

४. चिल्लो तथा बोसोयुक्त खानेकुराहरुको बढि सेवन गर्नु हुँदैन । तारेको तथा झानेको खानेकुरा, बोसोयुक्त मासु तथा रातो मासुका साथै दुध, दही, घिउको बढि सेवन पनि हानिकारक हुन्छ । पानी नहालेको एक कप दुधमा ८ ग्राम चिल्लो हुन्छ । ८ ग्राममध्ये ५ ग्राम त संतृप्त फ्याट हो जुन सरीरका लागि हानिकारक हुन्छ । त्यसकारण फ्याट निकालेको दुध पिउनु राम्रो हुन्छ ।

५. डुनोट : डुनोट खाँदा मिठो होला तर उच्च रक्तचापका रोगीहरुले डुनोट खानु राम्रो हुँदैन । यसमा क्यालोरी तथा चिल्लोको मात्रा पनि उच्च हुन्छ ।

६. चाउचाउ तथा अन्य फास्टफुड : तयारी चाउचाउ निकै सजिलो तथा स्वादिलो खाजा हो । तर उच्च रक्तचाप भएकाहरुका लागि यो खानै नहुने चिज हो । एक कप चाउचाउको सुपमा ८८० मिलिग्रामसम्म सोडियम हुन्छ । चाउचाउसँगै धेरै नुन तथा चिल्लो भएका अरु फास्टफुडहरुले पनि रक्तचाप बढाउने गर्दछन् । नुनमा पाइने सोडियमको मात्रा धेरै भयो भने मुटु तथा रक्तनलीमै क्षति पूराउने र रक्तचाप उल्लेखनीय रुपमा बढ्ने जोखिम हुन्छ ।

७. चिनी : चिनी तथा चिनीयुक्त खानेकुराहरुको अधिक सेवन पनि उच्च रक्तचापको अवस्थामा हानिकारक हुन्छ । यसले मोटोपना बढाउने हुनाले स्वतःः रक्तचाप पनि बढाउँछ ।

८. कफी : कफीमा हुने क्याफाइन तत्वले रक्तचाप बढाउँछ । त्यसैले रक्तचाप उच्च हुने मानिसले कफीको बढि सेवन गर्नु हुँदैन । एजेन्सीको सहयोगमा

जन्मदिन बाल संगठनका बालबालिकासंग

0

बेनी नगरपालिका वडा ९ का समाजसेबी एवम् नेपाली कांग्रेसका वडा सभापति चत्र बहादुर केसीले आफ्नो जन्मदिन जिल्ला बाल संगठनमा रहेका बालबालिकाहरु संगै मनाएका छन । केसीले बालसंगठनका ११ जना बालबालिकाहरुलाई आश्यक शैक्षिक सामाग्री बितरण गरेर जन्मदिन मनाएका हुन । जन्मदिनलाई अनावश्यक तरीकाले मनाउन भन्दा पनि आफ्नो सहयोगले बालबालिकाहरुकोे शैक्षिक आबश्यकतालाई सहयोग पु¥याउने हिसावले आफुले बालकालिकालाई सहयोग गरेको केसीले बताए ।

सानो सहयोगले बालसंगठनमा रहेका बालबालिकाहरुलाई ठुलो महत्व राख्ने हुनाले जन्मदिनमा हुने फजुल खर्च म्याग्दीका असाए तथा अनाथ बालबालिकाहरुलाई सहयोग गर्न अनुरोध समेत गरेका छन ।  केसीले अघिल्लो वर्षको जन्मदिनमा घतान नेप्टेचौरमा रहेको राष्ट्रिय माविमा शैक्षिक अक्षयकोषको स्थापना समेत गरेका थिए। केसी राजनिति संगसंगै समाजसेवामा लागि परेका युवाहुन ।

२५ वर्ष फ्रिजमा राखिएको भ्रूणबाट जन्मियो बच्चा

0

‘भ्रूण’ भनेको मान्छे लगायत स्तनधारी प्राणीको प्रारम्भिक अवस्था हो। मानव जातिमा भ्रूणले तीन महिना पार गरेपछि गर्भावस्थाको रूप लिन्छ। र, सामान्यतया ९ महिनापछि त्यही भ्रूण बच्चाको रूपमा जन्मिन्छ।अमेरिकामा भने एउटा भ्रूणले २५ वर्षपछि बल्ल बच्चीका रूपमा जन्म लिएको छ।

सन् १९९२ अक्टोबरमा विकसित भ्रूणबाट डेढ महिनाअघि एक बच्चीको जन्म भएको हो। त्यो बच्चीको नाउँ हो, एम्मा ह्रेन गिब्सन।उक्त भ्रूण २५ वर्ष ‘फ्रिज’ गरेर राखिएको थियो। टेनेसी विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार इतिहासमै यो सबभन्दा लामो समय फ्रिजमा राखिएको भ्रूण हो, जसले बच्चाको स्वरूप पाएको छ।

एम्मालाई जन्म दिने आमाको नाम टिना गिब्सन हो। उमेर हेर्ने हो भने टिना एम्माभन्दा एक वर्ष मात्र जेठी छिन्। ‘हामी सँगै जन्मिएका भए साथी हुने थियौं,’ २६ वर्षे टिनाले भनेकी छन्।

टिनाका श्रीमान बेन्जामिनबाट बच्चा नहुने भएपछि उनीहरूले फ्रिज गरिएको भ्रूण अपनाएका थिए। यो भ्रूण पुरुषको वीर्य र महिलाको डिम्ब संकलन गर्ने प्रयोगशालाबाट लिइएको हो। २५ वर्षसम्म यसलाई कसैले अपनाएका थिएनन्।

‘मलाई कुनै हालतमा बच्चा चाहिएको थियो,’ टिनाले भनेकी छन्, ‘रेकर्ड राख्छु भन्ने त मतलबै थिएन।’

‘एम्मा यतिका वर्ष फ्रिज भएर बसेकी भए पनि साह्रै राम्री छन्। स्वस्थ पनि,’ ३३ वर्षीय बेन्जामिनले भनेका छन्।

एम्माको तौल २ किलो ९ सय ग्राम छ भने २० इन्च अग्ली छिन्।

‘एम्मा हामीलाई ईश्वरले दिएका वरदान हुन्। हामी एकदमै खुसी छौं। भलै उनले हाम्रो जिन र डिनएनए नबोक्लिन्, उनीसँग हाम्रो अथाह प्रेम छ। उनी हाम्री छोरी हुन्,’ टिना र बेन्जामिनले भनेका छन्।

गत वर्ष मार्चमा ‘नेसनल इम्ब्रो डोनेसन सेन्टर’ ले टिनाको गर्भाशयमा यो भ्रूण प्रत्यारोपण गरेको थियो। लामो समय फ्रिज गरेर राखिएकाले यसलाई डाक्टरहरूले ‘हिउँ बच्चा’ नाम दिएका थिए।

एम्मा।

वर्षौंदेखि फ्रिज गरेर राखिएका तीन सयभन्दा बढी भ्रूणबाट गिब्सन दम्पतीले एउटा छानेका थिए।

अचेल फ्रिज गरिएका भ्रूणबाट बच्चा जन्माउनु सामान्य भइसकेको छ। प्राकृतिक गर्भाधान नभई भ्रूण प्रत्यारोपण गरेर बच्चा जन्माउने विधिलाई ‘इन भिट्रो फर्टिलाइजेसन (आइभिएफ)’ भनिन्छ। ‘आइभिएफ’ विधिबाट सबभन्दा पहिले सन् १९७८ मा लुइस ब्राउनको जन्म भएको थियो।

धेरै देशमा यस्तो प्रक्रियाको आलोचना भए पनि विज्ञहरू भ्रूणबाट जन्मने बच्चामा कुनै समस्या नहुने बताउँछन्।

अमेरिकी अखबार न्यूयोर्क टाइम्सले सन् १९७४ मै विज्ञहरूको भनाइ उद्धृत गर्दै लेखेको थियो– ‘भविष्यमा प्रविधि विकाससँगै यसरी जन्मिने बच्चामा वंशाणुगत रोग नहुने, लिंग र आँखाको रङ छान्न सकिने, मानसिक क्षमता बढाउन सकिने ग्यारेन्टी हुनेछ।’

आइभिएफ विधिमा पहिले नयाँ भ्रूण सोझै गर्भाशयमा प्रत्यारोपण गरिन्थ्यो। फ्रिजमा राख्ने र निकालेर बच्चाको स्वरूप दिने विधि विकास गर्न भने चिकित्सकहरूलाई ६ वर्षभन्दा बढी लाग्यो।

फ्रिज गरिएको भ्रूणबाट पहिलो बच्चा सन् १९८४ मा अस्ट्रेलियामा जन्मिएको थियो। दुई महिना फ्रिजमा राखिएको भ्रूणबाट जन्मिएका बच्चा जो लेल्यान्ड हुन्। लेल्यान्डको जन्मपछि अमेरिका, बेलायत, इजरायल, नेदरल्यान्ड्स र पश्चिमी जर्मनीमा यसको व्यापक प्रयोग भयो। दुई वर्षमै दुई दर्जनभन्दा बढी बच्चा जन्मे।

टिना र एम्मा।

यो विधिले बच्चा जन्माउने समय केही हदसम्म भए पनि नियन्त्रण गर्न मद्दत गर्यो। त्यसअघि भ्रूण तत्काल राख्नु वा फाल्नुको विकल्प थिएन। भ्रूण जोगाएर राखिरहन सकिने यो विधिले जुम्ल्याहा वा तिम्ल्याहाको सम्भावना कम गर्ने चिकित्सकको भनाइ छ। कुनै महिला शारीरिक र मानसिक रूपमा तयार भएपछि मात्र भ्रूण प्रत्यारोपण गरिन्छ।

यसलाई धेरैले ‘बच्चा डिजाइन’ गर्ने विधि पनि मानेका छन्। संसारभर लाखौं भ्रूण फ्रिज गरेर राखिएका छन्। तिनलाई तरल नाइट्रोजनको स–साना ट्यांकीमा राखिन्छ। कतिपय दम्पतीले पछि पाउने भनेर आफ्नै वीर्य र डिम्बको भ्रूण राख्ने गर्छन्। त्यस्ता दम्पतीको मृत्यु भए पनि भ्रूण सकुशल रहन्छ। भ्रूण कति समय रहन सक्छ भन्ने पनि कसैलाई यकिन हुँदैन।

सबभन्दा पुरानो भ्रूणबाट जन्मिने बच्चाको रेकर्ड एम्माभन्दा अघि न्यूयोर्कको एक बालकको थियो। त्यो भ्रूण २० वर्ष फ्रिज गरिएको थियो। त्यस्तै, न्यूयोर्ककी एक महिलाले १९ वर्ष फ्रिज गरिएको भ्रूणलाई जन्म दिएकी थिइन्।

प्रजनन् विज्ञ ब्यारी बेरले ‘साइन्टिफिक अमेरिकन’ लाई दिएको अन्तर्वार्तामा सैद्धान्तिक हिसाबले फ्रिज गरिएका भ्रूण सयदेखि दुई सय वर्ष रहन सक्ने बताएका थिए।

पछिल्ला २५ वर्षमा फ्रिज गरिएका भ्रूणबाट बच्चा जन्माउने विधिमा निकै बदलाव आइसकेको छ। प्रविधि विकाससँगै वैज्ञानिक र चिकित्सकले यसमा अझै सुधारको आशा गरेका छन्।setopati.com

कसरी गरिन्छ पोस्टमार्टम ?

0

शंकास्पद मृत्युवरण गरेका प्राय सबैको पोष्टमार्टम गर्नुपर्ने प्रावधान छ । पोष्ट अर्थात पछाडी, मार्टमको अर्थ मृत्युको कारण पत्ता लगाउने । के कारणले मृत्यु भएको हो भनेर पत्ता लगाउन पोष्टमार्टम गर्ने गरिन्छ । तर, कसरी होला पोष्टमार्टम ?

सबैको मनमा यो प्रश्न उब्जिन सक्छ । तपाईको जिज्ञासा मेट्न सहकर्मी रिया भण्डारीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक विभाग प्रमुख प्राध्यापक डा. प्रमोद श्रेष्ठसँग उत्तर खोज्ने प्रयास गरेका छन् । उहासँगको कुराकानीमा आधारित पोष्टमार्टमबारे जानकारी प्रस्तुत छ:

के हो पोष्टमार्टम ?

फरेन्सिक विशेषज्ञता हासिल गरेका चिकित्सकले पोष्टमार्टम गर्छन् । पोष्टमार्टम गर्ने चिकित्सकले एमबीबीएस अध्ययन सकेपछि थप तीन वर्ष फरेन्सिक मेडिसिनमा अध्ययन गरेर विशेषज्ञता हासिल गर्छन् ।

र, पोष्टमार्टम गर्ने अनुमति पाउँछन् । फरेन्सिकमा विशेषज्ञता हासिल गरेका चिकित्सकले आवश्यकता अनुसार मृत शरीरको शिरदेखि पैतालासम्म चिरफार गर्दै शरीरका सबै अङ्ग परिक्षण गरेर रिपोर्ट लेख्छन् ।

त्यही रिपोर्टलाई पोष्टमार्टम रिपोर्ट भन्ने गरिन्छ । फरेन्सिक चिकित्सा शास्त्रको उदेश्य अदालती कामकारबाहीमा सहयोग पुर्याउने हो । कसैको मृत्युको विषय अदालतसम्म पुगे त्यसको महत्वपूर्ण प्रमारणको रुपमा पोष्टमार्टम रिपोर्टलाई लिने गरिन्छ ।

कसरी गरिन्छ पोस्टमार्टम ?

पोस्टमार्टम गर्न फरेन्सिक विशेषज्ञले सबैभन्दा पहिले शवको निरिक्षण गर्छन् । चोट लागेको छ भने चोटको गहिराई र लम्बाई नाप्छन् । पोस्टमार्टम गर्दा टाउकोको हड्डी झिकेर मस्तिकको जाँच गरिन्छ ।

त्यसपछि मुखदेखि कम्मरसम्म चिरेर भित्रको सबै अंगको जाँच गरिन्छ । सबै अङ्गको प्याथोलोजी जाँचका लागि एक एक–एक टुक्रा नमुना संकलन गरिन्छ । प्याथोलोजीको रिपोर्ट आएपछि यही अनुसार फरेन्सिक विशेषज्ञले पोष्टमार्टम रिपोर्ट तयार पार्छन । त्यो रिपोर्ट प्रहरीसम्म पुग्छ र मृत्युको कारण अदालत वा सम्बन्धित व्यक्तिले पाउँछन् ।

समृद्धि हासिल गर्ने उपाय

0

डा.मीनबहादुर श्रेष्ठ

विगतमा कैयन राम्रा नीति, योजना र कार्यक्रम तर्जुमा गरिए तापनि मूलत: राजनीतिक अस्थिरताको कारण तिनको प्रभावकारी कार्यान्वयन हुन सकेन । फलस्वरूप मुलुक आर्थिक रूपमा पछाडि परेको कुरा जगजाहेरै छ ।

यसै कुरालाई महसुस गरी आर्थिक विकास र समृद्धिको लागि स्थिर सरकार बनाउने उद्देश्यले वाम गठबन्धन निर्माण गरी निर्वाचनमा गएकाले जनताले राजनीतिक स्थिरताको पक्षमा मत जाहेर गरी वाम गठबन्धनलाई विजयी बनाएका छन् । विकासको लामो पर्खाइ र निर्वाचनका बेलामा पार्टीका घोषणापत्रमा जाहेर गरिएका महत्त्वाकांक्षी प्रतिबद्धताका कारण जनताको अपेक्षा पनि चुलिएको छ । जनताले मतमार्फत राजनीतिक स्थिरताको आधार निर्माण गरिदिएको अहिलेको अवस्थामा अब शासनसत्ताको वागडोर सम्हाल्ने गठबन्धनले मुलुक र जनतालाई विकास र समृद्धि दिन सक्नुपर्छ । तर मुलुकको आवश्यकता, सम्भावना र जनअपेक्षा अनुसार आर्थिक विकास र समृद्धि आफै वा सजिलै हासिल हुनेवाला भने छैन । सानातिना सुधारमै अल्झिएर ५ वर्ष बित्न सक्छ ।
भौतिक पूर्वाधार निर्माण
मुलुकको आर्थिक विकासको लागि आगामी सरकारले भौतिक पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राख्नुपर्छ । सर्वसाधारणको जनजीवनलाई सहज र गुणस्तरीय बनाउन साथै रोजगारी सिर्जना, औद्योगिक विकास र आर्थिक वृद्धि लगायत समग्र विकासको ढोका खोल्न यातायात, ऊर्जा र सञ्चारजस्ता पूर्वाधार क्षेत्रमा छोटो समयमै धेरै उपलव्धि हासिल हुनेगरी काम गर्नु आवश्यक छ । यस परिप्रेक्ष्यमा गठबन्धनले निर्वाचनको बेला आफूले गरेका प्रतिबद्धता अनुरूप भौतिक पूर्वाधारको निर्माण गर्न स्थल तथा हवाई यातायात सञ्जालको विस्तार, जलविद्युत तथा वैकल्पिक ऊर्जाको उत्पादन वृद्धि र सूचना–प्रविधिको थप विकास र विस्तार गर्नुपर्छ । यातायात सम्बन्धी पूर्वाधारका सम्बन्धमा राष्ट्रिय गौरवका आयोजनाको रूपमा पहिलेदेखि नै निर्माणाधीन रहेका पूर्व–पश्चिम र उत्तर–दक्षिण जोड्ने लोकमार्गहरू, काठमाडौं–निजगढ दु्रतमार्ग र निजगढ तथा पोखरामा नयांँ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणलाई तीव्रता दिनुका साथै पूर्व–पश्चिम रेलमार्ग, केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग, काठमाडौंमा मेट्रो तथा मोनोरेल जस्ता नयांँ आयोजना अघि बढाउनु आवश्यक छ ।
ऊर्जातर्फ पनि हाल निर्माणाधीन जलविद्युत आयोजनाहरूलाई तोकिएकै समयमा सम्पन्न गर्ने व्यवस्था मिलाउनसकेमा मुलुकको कुना–कुनासम्म विद्युत सेवा उपलव्ध हुने, नयांँ–नयांँ उद्योगहरू खुल्ने र आगामी ३ वर्षमै विद्युत निर्यात सुरु गर्न सकिने अवस्था आउनेछ । सूचना तथा सञ्चार प्रविधितर्फ हालसम्मको उपलव्धि सन्तोषप्रद रहेको छ भने सार्वजनिक सेवा प्रवाहमा आधुनिक सूचना तथा सञ्चार प्रविधिको यथोचित प्रयोग गर्नु आवश्यक छ । यसबाट सार्वजनिक सेवा प्रवाह छिटो–छरितो, चुहावटरहित र पारदर्शी बन्न सक्नेछ ।
रोजगारी सिर्जना
आगामी सरकारले प्रत्यक्ष रूपमा देखिनेगरी तुरुन्तै गर्नुपर्ने अर्को काम हो ठूलो संख्यामा रोजगारी सिर्जना । मुलुकमा हरेक वर्ष करिब ४–५ लाख युवा श्रम बजारमा थपिने भए तापनि स्वदेशमा रोजगारीको अवसर नपाउनाले उनीहरू विदेशिनुपरेको अवस्था छ । फलस्वरूप मुलुक युवा जनसंख्याको धनी भइकन पनि यसबाट लाभ लिन चुकेको छ । सरकारले अहिलेसम्म अपनाएको नीति र संस्थागत संरचना वैदेशिक रोजगारीको मात्र प्रबद्र्धन गर्न केन्द्रित रहेकोले यसलाई उल्ट्याएर स्वदेशमै रोजगारी प्रबद्र्धन गर्ने नीति, कार्यक्रम र तदनुरूपको संरचना निर्माण गर्नुपर्छ । कृषिको आधुनिकीकरण र व्यावसायीकरण, नयाँं उद्योगहरूको स्थापना साथै पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ । शिक्षालाई रोजगारमूलक बनाउने, श्रम बजारको आवश्यकता अनुसारको जनशक्ति उत्पादन गर्ने र उद्योगी–व्यवसायीहरूले आवश्यकता अनुसारको जनशक्ति प्राप्त गर्ने अवस्था सिर्जना गर्नुपर्छ । सबैले रोजगारी पाउने र रोजगारी पाउन नसकेमा बेरोजगारी भत्ता पाउने व्यवस्था गर्नु जरुरी छ । यो कामको लागि एक अधिकार सम्पन्न उच्चस्तरीय संगठन संरचना निर्माण गर्नु उपयुक्त हुनेछ ।
वैदेशिक व्यापार व्यवस्थापन
वैदेशिक व्यापारमा चुलिँंदो घाटा अर्थतन्त्रले थेग्नै नसक्ने दिशातिर उन्मुख रहेकोले यसलाई सम्बोधन गर्न आगामी सरकारले उच्च प्राथमिकतामा राख्नुपर्छ । आजको जमानामा हरेक मुलुकले आफूलाई आवश्यक पर्ने सबै प्रकारका उपभोग्य वस्तु उत्पादन गर्न व्यावहारिक नहुने हुंँदा आफूले उत्पादन नगर्ने वस्तु अरू देशबाट आयात गर्ने र आफूले बढी उत्पादन गर्ने वस्तु निर्यात गर्ने आम प्रचलन रहेको छ । तर हाम्रो आयात झन्–झन् अकासिँंदै जाने तर निर्यात नबढ्ने अवस्थाले वैदेशिक व्यापार घाटा भयावह बन्दै गएको छ । व्यापार घाटालाई नियन्त्रणमा ल्याउन आन्तरिक रूपमा आयात प्रतिस्थापन गर्न र निर्यातजन्य वस्तुहरूको उत्पादन बढाउन आवश्यक छ । सरकारी, निजी तथा सहकारी क्षेत्रको प्रयास र साझेदारीमा निर्यातजन्य वस्तु उत्पादन गर्ने उद्योग खोल्ने जस्ता कार्य अघि बढाउनुपर्छ ।
स्रोत व्यवस्थापन
मुलुकलाई समृद्धिको दिशातिर डोर्‍याउन भौतिक पूर्वाधार निर्माण, रोजगारी सिर्जना र वैदेशिक व्यापार घाटा नियन्त्रण गर्ने कार्यका साथै सामाजिक क्षेत्रको विकास र विस्तारका लागि निकै ठूलो स्रोत–साधनको आवश्यकता पर्छ । अत्यन्त कुशलतापूर्वक व्यवस्थापन गर्ने हो भने अहिलेको राजस्वलाई दोब्बर, वैदेशिक सहायतालाई चौबर र प्रत्यक्ष वैदेशिक लगानीलाई धेरै गुणा उच्च बनाउन सकिन्छ । हाम्रो मुलुकको अर्थतन्त्रमा अनौपचारिक तथा अवैध कारोबारको हिस्सा कहिले ३० प्रतिशतसम्म झर्ने र कहिले ७० प्रशिसतसम्म उक्लने गरेको आंँकलन छ । यस्ता कारोबारलाई नियन्त्रण गर्नसके मात्र पनि राजस्व दोब्बर हुनसक्छ । सरकारले आन्तरिक र बाह्य ऋण लिएर खर्च गर्नसक्ने ठाउँं अर्थात ‘फिस्कल स्पेस’ पनि निकै ठूलो छ । वैदेशिक सहायतातर्फ दाताले दिएको सहयोग रकम पनि खर्च गर्न नसकेकोले विश्व बैंक, एसियाली विकास बैंक लगायतका विकास साझेदारहरूले रकम फिर्ता लानुपरेको उदाहरण पनि छ । विदेशी सहयोगबाट सञ्चालित आयोजनाहरूको कार्यान्वयन ठिकसँंग गर्नसके यस्तो सहयोगमा भारी मात्रामा वृद्धि हुने ठाउँं छ । अर्कोतर्फ विभिन्न अवरोधका कारण हामीले प्राप्त गरेको प्रत्यक्ष वैदेशिक लगानीको अंश नगण्य छ ।
कानुनी सुधार
कानुनी जटिलता र कतिपय अवस्थामा उचित नियम–कानुनको अभावले सरकारद्वारा निर्माण अघि बढाइएका राष्ट्रिय गौरवका आयोजनासमेत अघि बढ्न कठिन भएको छ । निजी क्षेत्र र सहकारीको लगानी र सेवा विस्तार हुनसकेको छैन । र विदेशी लगानी भित्रिन नसकेको अवस्था छ । विद्यमान कानुनी व्यवस्थामा सुधार नगर्ने हो भने अन्य प्रयासले मात्र चाहेको आर्थिक विकास हासिल गर्न सम्भव छैन । तसर्थ कानुनमा समय–सापेक्ष सुधार गर्ने कार्यलाई द्रुतमार्गबाट तीव्रता दिनु आवश्यक छ । भौतिक पूर्वाधार निर्माण, उद्योग–व्यवशाय सञ्चालन र वैदेशिक लगानी आमन्त्रणलाई सहज तुल्याउन सम्बन्धित कानुनहरूमा परिमार्जन गर्ने, उद्योग–व्यवसाय र वैदेशिक लगानीमा प्रतिस्पर्धा प्रबद्र्धन हुने कानुनी व्यवस्था गर्ने, काम र सेवालाई छिटो–छरितो, सुलभ र पारदर्शी तुल्याउन नयांँ विधि तथा प्रक्रिया निर्माण गर्ने, अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तर प्रणाली लागू गर्ने जस्ता कार्य प्रभावकारी ढंगले गर्नुपर्छ ।
कर्मचारीतन्त्रको रूपान्तरण
हाम्रो कर्मचारीतन्त्र कमजोर छ । यसो हुनुमा लामो समयको राजनीतिक अस्थिरता र हस्तक्षेप नै मूलरूपमा जिम्मेवार रह्यो । तर हामीले नै बिगारेका हौं । त्यसैले यही कर्मचारी तन्त्रमार्फत जे–जति गर्न सकिन्छ, गरौं भन्ने हो भने मुलुक अघि बढ्न सक्दैन । तसर्थ नयांँ सरकारले मुलुकलाई द्रुतगतिमा आर्थिक विकास र समृद्धितर्फ डोर्‍याउने हो भने विद्यमान कर्मचारीतन्त्रमा सामान्य सुधार गरेर मात्र पुग्दैन, यसलाई पूर्णरूपमा रूपान्तरण गर्नुपर्छ ।
कर्मचारी समायोजन र नयाँ व्यवस्थापनमा देखिएको अवरोध र ढिलाइले स्थानीय तहमा सञ्चालन गरिने एक आर्थिक वर्षको विकास कार्य नै अवरुद्ध हुनपुगेको छ । अबको सरकारले तीनै तहको राज्यमा चुस्त र प्रभावकारी कर्मचारी संगठन रहने व्यवस्था गर्ने, निश्चित अवधि पूरा गरेका कर्मचारीलाई स्वेच्छिक अवकाशमा जाने व्यवस्था गर्ने, नयांँ प्रविधिको प्रयोगबाट थोरै कर्मचारीले छिटो–छरितो र गुणस्तरीय सेवा दिनसक्ने तुल्याउन पर्याप्त संख्यामा प्रविधिमा दक्ष नयांँ कर्मचारी भर्ना गर्ने, कर्मचारीको क्षमता अभिवृद्धि र वृत्ति विकासलाई प्रभावकारी तुल्याउने, कर्मचारीहरूको तलब–भत्ता र सुविधामा वृद्धि गरी परिवार पाल्नपुग्ने स्तरमा पुर्‍याउने, कार्यसम्पादनमा आधारित भत्ता प्रणाली लागू गर्ने, ढिलासुस्ती गर्ने, समयमा आफ्नो जिम्माको काम नसक्ने र जिम्मेवारी पन्छाउने कर्मचारीलाई सजायको व्यवस्था गर्नु जरुरी छ ।
निजी क्षेत्रलाई प्रोत्साहन
सरकारको लगानीबाट मात्र आवश्यक मात्रामा रोजगारी सिर्जना गर्न र आय–आर्जन बढाउन सम्भव नहुने हुंँदा निजी क्षेत्र र सहकारी क्षेत्रको लगानी वृद्धिमा विशेष जोड दिनु आवश्यक छ । निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्न र बजारमा प्रतिस्पर्धाको वातावरण बनाउन प्रभावकारी कार्यक्रम ल्याउनुपर्छ । खुला व्यापारको प्रावधानबाट आयात व्यापारमात्र प्रोत्साहित भएको, मुलुकभित्र उद्योगधन्दाको विस्तार र उत्पादन वृद्धि हुन नसकेको र आयातमाथिको निर्भरता बढेको सन्दर्भमा मुलुकभित्रै उद्योगको विकासका लागि केही विशेष व्यवस्थासमेत गर्नुपर्ने हुन्छ । यसबाट मुलुकभित्र रोजगारी सिर्जना हुन्छ । हाल निजी क्षेत्रमा पनि कैयन विकृति रहेको देखिन्छ । तर राजनीतिक स्थिरता र स्वच्छता कायम गर्ने, कानुनहरूलाई व्यवसायी–मैत्री बनाउने र विशेषगरी कर्मचारीतन्त्रलाई रूपान्तरण गर्ने कार्य हुनसकेमा निजी क्षेत्रका अधिकांश विकृति र विसंगति आफै निराकरण हुन जान्छन् ।
निष्कर्ष
अबको प्रमुख एजेन्डा भनेकै आर्थिक विकास र समृद्धि हो । यसको निम्ति आगामी सरकारले भौतिक पूर्वाधारको निर्माण, रोजगारी सिर्जना र व्यापार घाटा नियन्त्रण गर्न निकै ठूलो मिहेनत गर्नुपर्ने हुन्छ । आवश्यक लगानीको लागि कुशल व्यवस्थापनबाट ठूलै परिमाणमा आन्तरिक र बाह्य स्रोत–साधन जुटाउन सकिन्छ । तर अहिले कायम प्रणालीबाट वा यसमा सानोतिनो सुधार गरेर चाहेको उपलव्धि हासिल गर्न सकिँंदैन भन्ने कुरा सबैले मनन गर्नु आवश्यक छ । प्रमुख क्षेत्रहरूमा ‘बिग ब्याङ्ग’ मोडल कार्यान्वयन गर्न आवश्यक छ । कृषि, पशुपालन र साना तथा मझौला उद्योग सञ्चालनमा व्यापक मात्रामा सामूहिकता र सहकारिता मोडल कार्यान्वयन गर्नुपर्छ । यसबाट रोजगारी र उत्पादन बढाई आर्थिक वृद्धिदरलाई उच्च बनाउन टेवा पुग्छ । अर्कोतर्फ आर्थिक वृद्धि र विकासको प्रतिफलको न्यायोचित वितरणमा पनि उत्तिकै ध्यान पुर्‍याउनुपर्छ । अन्यथा मुलुकमा दुई–चारजना धनाढ्य अर्बपतिबाट खर्बपति हुने र खर्बपतिबाट पद्मपति–शंखपति हुने, तथ्यांकमा नागरिकको प्रतिव्यक्ति सरदर आय बढेको देखिने तर जनसंख्याको ठूलो हिस्साले विकास र समृद्धि अनुभव गर्न नपाउने अवस्था आउन सक्छ। ekantipur.com
श्रेष्ठ राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन्।

एक चोटी अनुहारका दाग कम गर्न यो विधि अपनाउने किे ?

0

तपाइंको छाला धेरैजसो सुख्खा तथा फिक्का देखिने गर्दछ । मरेको छालाको कारणले गर्दा यसो भएको हो छालालाई चम्किलो तथा नरम बनाउनको लागि तपाइंले प्राकृतिक घरेलु उपायलाई अपनाउन सक्नुहुन्छ । यो बिधि धेरै नै सजिलो हुनुका साथै प्रभावकारी छ ।

सामाग्रीहरु
१० कागती
२० थोरै नुन
३० चामलको पिठो
४० मह

बनाउने बिधि
पहिलो चरण – सबैभन्दा पहिला कागती लाइ दुई भागमा काट्नुहोस् । त्यसपछि आधि भाग कागतीमा थोरै नुन हाल्नुहोस् । यसलाई अनुहारमा केहि बेरसम्म दल्नुभई सफा पानीले मुख धुनुहोस ।

दोस्रो चरण – यसपछि चामलको पिठोमा मह र अर्को बाँकी रहेको आधि भाग कागतीको रसलाई राखेर राम्ररी मिसाउनुहोस् । यदि आवश्यक भएमा यसमा थोरै पानीलाई पनि हाल्न सक्नुहुन्छ ।

यस फेसपेकलाई पुरै अनुहारमा दल्नुहोस । र १५ मिनेट त्यसै छोड्नुहोस् । त्यसपछि सफा पानीले मुख धुनुहोस । र अनुहारलाई सुक्खा हुन दिनुहोस । अनुहार पुरै रुपमा सुक्खा भैसकेपछि मइस्चराइजरलाई लगाउनुहोस् । यसको परिणामस्वरूप तपाइंको अनुहार पहिलेभन्दा निकै आकर्षक देखिनेछ ।

error: Content is protected !!