Thursday, May 1, 2025
15.8 C
Beni
15.8 C
Beni
Thursday, May 1, 2025
Home Blog Page 1522

विचार गर्नुहोस् ! बिहान ढिलासम्म सुत्नेहरुलाई लाग्छ यस्ता भयानक रोग

0

सुतिराख्न कसलाई मन पर्दैन र ? सुत्दा दिमाग तिखो हुन्छ भने शरिरमा दिनभरी काम गर्नका लागि ऊर्जावान् राख्छ ।यतिमात्र होइन, पर्याप्त निन्द्राले मोटोपना, मधुमेह, हृदय रोग र समयपूर्व मृत्युको सम्भावना निकै कम हुन्छ । हामी सबैलाई थाहा छ कि कम सुत्दा शरिर र दिमागमा नकारात्मक असर पर्ने गर्दछ तर धेरै सुत्दा शरिरमा पुग्ने नकारात्मक असरबारे जानकार हुनुहुन्छ तपाईं ?

 

धेरै सुत्नुका साइड इफेक्टबारे यहाँ चर्चा गरिएको छ ।

१. मोटोपना बढ्नेछः

मोटोपना र धेरै समयसम्म सुत्नुका बिच सम्बन्ध छ । यदि तपाईं लामो समयसम्म सुत्नुहुन्छ भने तपाईंको शरिर रेस्ट मोडमा हुन्छ । कम शारिरिक गतिविधीको अर्थ तपाईंको शरिरको क्यालोरी कम बर्न हुनु जसले तौल बढाउने कार्य गर्दछ । एक अध्ययनका अनुसार धेरैबेरसम्म सुत्ने मानिसहरु मनोवैज्ञानिक रोगी र उच्च बडी मास इन्डेक्सले ग्रस्त हुन्छन् ।

२. डिप्रेशन हुनुः

धेरै बेरसम्म सुत्दा दिमागमा डोपामाइन र सेरोटोनिनको स्तर कम हुन्छ । यसले तपाईंको मूडलाई परिवर्तन गरिरहन्छ र दिनदिनै तपाईं रिसाहा हुनुहुनेछ ।

३. मुटुरोगः

तपाईं जति ढिलासम्म सुत्नुहुन्छ त्यसको सिधा असर मुटुमा पर्ने गर्दछ । यसले मुटुरोग हुने खतरा अत्यधिक हुन्छ ।

४. ढाड दुख्नेः

जब हामी अबेरसम्म सुत्छौं तब हाम्रो ढाड दुख्ने गर्दछ किनभने धेरै बेरसम्म सुत्दा हाम्रो पिठ्युँ जकडिएको हुन्छ जसका कारण पीडा हुन्छ । धेरै बेरसम्म सुत्दा शरिरमा रक्तसंचार सही तरिकाले हुन पाउँदैन त्यसकारण चाँडोभन्दा चाँडो बेड छोड्नु नै उचित हुन्छ ।

५. स्मरण शक्ति कम हुनुः

धेरैबेरसम्म सुत्दा यसको गहिरो असर हाम्रो दिमागमा पर्ने गर्दछ । यसले हाम्रो स्मरण शक्ति कमजोर हुन थाल्छ ।

६. मधुमेहको खतराः

अत्यधिक निन्द्राले शरिरमा सुगरको स्तरलाई बढाउने काम गर्दछ । त्यसकारण अत्यधिक निन्द्राले तपाईंलाई टाइप टु मधुमेहको खतरा बढाउँछ ।

७. कब्जियतको समस्याः

जो मानिस धेरैबेरसम्म सुत्छ उनीहरुलाई कब्जियतको समस्या हुन्छ । पेट ठिक राख्नका लागि आफ्नो शरिरलाई चलाइराख्नुपर्छ ।

८. अकाल मृत्युः

धेरै बेरसम्म सुत्दा तपाईंको अकाल मृत्यु पनि हुनसक्छ । यो कुरा अनुसन्धानमा पुष्टि भइसकेको छ । कम सुत्ने मानिसहरुभन्दा धेरै सुत्ने मानिसहरुको चाँडै मृत्यु हुन्छ । ८ घण्टाको निन्द्रा हरेक मानिसका लागि पर्याप्त छ ।

९. टाउको दुखाईः

धेरै बेरसम्म सुत्दा उपहारमा तपाईंले टाउको दुखाई पाउनुहुनेछ । यो दिमागमा न्यूरोट्रान्समिटरमा उतारचढावको कारण हुनसक्छ जसमा निन्द्राको क्रममा सिरोटोनिन बढाउन सक्छ र यसले टाउको दुख्ने समस्या निम्त्याउँछ ।

१०. मस्तिष्कलाई बुढो बनाउँछः

अत्यधिक सुत्दा तपाईंको मस्तिष्कलाई शक्ति प्रभावित हुनसक्ट किनभने यो मस्तिष्कको उमेरको हिसाबले तीब्र रुपमा बुढो बनाउने गर्दछ ।

कब्जियतको समस्या छ ? हटाउने यस्ता छन् उपाय –

0

कहिलेकाहीँ कब्जियत हुनु असामान्य होइन । तर, नियमित रुपमा महिनौंसम्म कब्जियत हुन थाल्यो भने यसले अरु अनेकौं समस्या निम्त्याउँछ । लामो समयदेखि भइरहेको कब्जियतको उपचारका लागि औषधि दिनुअघि चिकित्सकले हामीलाई आफ्नो खानपान र जीवनशैलीमा केही परिवर्तन गर्न सुझाउनेछन् । यस्ता सुझावअनुसार खानपानमा परिवर्तन गर्दा कब्जियतको समस्या घट्छ।

धेरै रेशायुक्त खानेकुरा खाने
आफ्नो भोजनमा सागसब्जी, फलफूल र होल ग्रेनजस्ता रेशायुक्त खानेकुरा समावेश गर्नुपर्छ । भोजनमा सागसब्जी र फलफूलको मात्रा बढी हुनुपर्छ । रेशा (फाइबर)ले कब्जियत हुन दिँदैन र पेट सफा रहन्छ । तर दुधजन्य पदार्थ, मासु र तयारी (चाउचाउ र यस्तै प्याकेटका) खानेकुरा कब्जियत नहटुन्जेल भरसक नखाने र खाए पनि थोरै मात्र खाने । किनभने यी खानेकुरा रेशायुक्त हुँदैनन्।

पानी धेरै पिउने
हाम्रो पाचन प्रणालीले धेरै कुरा शरीरबाट निष्काशन गर्नुपर्ने हुन्छ । त्यसैले पानी धेरै पिउने, पानीले पाचन प्रणालीलाई निष्काशन गर्नुपर्ने विकार वा फोहर बाहिर निकाल्न सघाउँछ भने कतिपय अनावश्यक र बढी खनिज तथा भिटामिन निष्काशनमा पनि सघाउँछ ।

बिहान शौचालय जानु केही बेरअघि एक गिलास मनतातो पानीमा एक चिम्टी नुन हालेर पिउने र दुई मिनेट हलुका व्यायाम गर्ने । यसले पनि पेट सफा गर्न सघाउँछ।

व्यायाम
शारीरिक व्यायामले पाचन प्रणालीका मांसपेशीलाई सशक्त बनाउँछ र राम्रोसँग काम गर्न सघाउँछ । अर्थात ठोस भोजनलाई सहज रुपमा पाचन प्रणालीले पचाउँदै अगाडि पठाउँछ । त्यसैले सकेसम्म दैनिक रुपमा नै केही न केही व्यायाम गर्नाले कब्जियत घटाउन मद्दत पुग्छ।

नित्यकार्यका लागि बाथरुम जाने
कब्जियत छ भनेर शौचालय जान बन्द नगर्ने । जति बेला दिसा लागेजस्तो हुन्छ वा नलागे पनि सधैं शौच जाने समयमा शौचालय जाने । साथै पेट सफा हुन जति समय लागे पनि समय दिने ।
कहिलेकाहीँ यी नै उपायले पनि कब्जियत कम हुनसक्छ भने कतिपय अवस्थामा नहुन पनि सक्छ । त्यस्तो बेला कब्जियत हुने कारण पत्ता लगाउनु पर्ने हुनसक्छ ।

गायक रोशन र बसन्तले ल्याए रमाइलो झ्याउरे गीत (भिडियोसहित)

0

रोशन कुताल क्षेत्री र बसन्ती थापा मगरको स्वरमा सजिएको मौलिक झ्याउरे गीत बजारमा आएको छ । ‘झर्छ होला आँखामा आँशु’ बोलको गीत बजारमा आएको हो ।गीतमा रोशन र बसन्तीकै स्वर रहेको छ भने प्रेमसागर पौडेलको शब्द रहेको छ । यस गीतमा गायक रोशनको लय रहेको छ ।

रक्षा म्यूजिकको प्रस्तुतीमा रहेको यस गीतको भिडियोमा शिव विक र रिना थापा मगरको अभिनय रहेको छ ।शिव फिल्मसले निर्माण गरेको भिडियोलाई शम्भु चालिसेले खिचेका हुन् । सम्पादन भने रविन विकले गरेका छन् ।युवा गायक कुतालले दर्जन बढि गीत गाइसकेका छन् ।

पाइल्स रोगलाई एक महिनामै चट पार्ने अचुक घरेलु औषधी

0

पाइल्स एउटा यस्तो रोग हो, जसमा शरीरका विशेष हिस्सामा हरेक समय पीडा र जलन महशुस हुने गर्दछ । पाइल्सका रोगीका साथ सबैभन्दा ठुलो समस्या यस विषयमा डाक्टरलाई बताउनु हो । तर, यो गलत हो । डाक्टरसँग सल्लाह लिएर यसको उपचार गर्नु आवश्यक छ। औषधिका साथसाथ घरेलु उपायबाट पनि केही दिनमा तपाई यो समस्याबाट मुक्ति पाउन सक्नु हुन्छ ।

पाइल्स रोकथाममा पनि मुलाभन्दा उत्तम विकल्प अर्को छैन । मुलाको नियमित र सही प्रयोगबाट पाइल्ससम्बन्धी समस्या केही महिनामै समाधान हुने गर्दछ । यसको सबैभन्दा ठुलो फाइदा यो हो कि मुलाको नियमित सेवनबाट पाइल्ससम्बन्धी समस्या बढ्दा पनि बढ्दैन ।

पाइल्सका रोगीहरुलाई सामान्यतः मुला खान सल्लाह दिने गरिन्छ । यसको सबैभन्दा ठुलो कारण हो, मुलामा डाइट्री फाइबर्स पाइने गर्दछ । यसले स्टुललाई मुलायम गर्न सहयोग गर्दछ । यसबाट पाचन प्रक्रियापनि राम्रो हुन्छ । मुलामा कयौ यस्ता तत्व पाइन्छ, जुन पाइल्सका भएपछि हुने पीडा कम गर्न सहयोगीसिद्ध हुन्छ । यसका साथै मुलाले चिसो बनाउने काम पनि गर्दछ, जसबाट जलनमा पनि राहत प्राप्त हुन्छ । पाइल्स रोगीले काँचो मुला सेवन गर्नु उपयुक्त हुन्छ । तपाई चाहनु हुन्छ भने यसलाई पिँधेर पनि सेवन गर्न सक्नु हुन्छ ।

अझ तपाई मुलाको रस निकालेर पनि पिउन सक्नु हुन्छ । मुलाको रस सेवन गर्दा भने एकपटक चिकित्सकको सल्लाह आवश्य लिनुस् । तपाई मुलाको प्रयोग संक्रमित स्थानमा जलन शान्त पार्न लगाउन पनि सक्नु हुन्छ । अहिले त बजारमा मुलाको पाउडर पनि सहजै पाइन्छ ।

त्यस्तै घ्यु कुमारीको गुदी पाइल्स का रोगीका लागि धेरै उपयोगी हुन्छ। पाइल्सका कारण मलद्वार दुख्ने वा पोल्ने हुन्छ। त्यसैले विस्तारै घिउकुमारीको गुदी लगाउने जसले शीतलता प्रदान गर्छ।
काँचो केरा उसिनेर बिहान,बेलुका खाँदा पनि फाइदा मिल्छ ।

अजिनोमोटोले स्वास्थ्यमा सकस बढाएको भन्दै चिकित्सद्वारा चिन्ता व्यक्त

0

जिब्रोको स्वाद बढाउन खाद्यपदार्थमा प्रयोग हुने अजिनोमोटोले स्वास्थ्यमा सकस बढाएको भन्दै चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् । नेपालमा बर्षेनी करिब दुई हजार मेट्रिक टनसम्म आयात भइरहेको अजिनोमोटो (मोनोसोडियम ग्लुटामेट(एमएसजी)ले सामान्य स्वास्थ्य समस्या देखि पेटको क्यान्सर सम्म हुन् सक्ने चिकित्सकहरुको भनाइ छ । जिब्रोको स्वाद बढाउन अजिनोमोटो युक्त खाद्य पदार्थ सेवन गर्दै हुनुहुन्छ भने ख्याल गर्नुस्, यसले स्वाद संगै रोग पनि बढाउछ । अजिनोमोटोको प्रयोगले अत्यन्त हानिकारक तथा दीर्घकालीन रोगका साथै पेटको क्यान्सर हुने चिकित्सकहरुले चेतावनी दिएका छन् ।

लबालिकाले खाजा र खानाको रूपमा बढी प्रयोग गर्ने चाउचाउ, चिजबल्स, कुरकुरेजस्ता तयारी खाजामा अजिनोमोटो प्रयोग भएको हुन्छ । यो क्यान फुड, फास्ट फुड एवं जंक फुड आदिमा प्रयोग गरिन्छ । अजिनोमोटोले कुनै पनि खाद्य पदार्थको स्वादलाई झन् मीठो बनाइदिन्छ पछिल्लो समय नेपालमा मम चाउमिन बढी सेवन भएको पाइन्छ यस्ता खानामा अजिनोमोटो बढी प्रयोग भएको हुन्छ ।

हेर्दा सेतो देखिने यो भयानक पथार्थ पछिल्लो समय शहरी क्षेत्रका नेपालीको भान्सामा बढी पाइन्छ चाउचाउ, तयारी सुप, तरकारी, माछामासु, क्रेकर, स्न्याक्स, चिजबल्स, कुरकुरे, सोया सस, आलु चिप्स, अचार, सलाद, तरकारीका मसलालगायतमा अजिनोमोटो (मोनोसोडियम ग्लुटामेट(एमएसजीको प्रयोग भएको हुन्छ। अजिनोमोटोको सेवनले पेटको क्यान्सर को जोखिम रहेको क्यान्सर रोग बिशेषज्ञको भनाइ छ । खाद्यविज्ञका अनुसार अजिनोमोटो युक्त खाद्य पदार्थको नियमित सेवनका कारण क्यान्सर, हृदयाघात, दिमाग सुस्त हुन सक्छ।

त्यस्तै छिटै बिर्सने, टाउको दुख्ने, उच्च रक्तचाप हुने, चिटचिट पसिना आउने, शरीर काम्ने, घाँटीमा सुन्निने, मुटुको धडकन बढ्ने, छाती दुख्नेजस्ता रोग लाग्न सक्छन्। चिकित्सकका अनुसार बालबालिका र वृद्धवृद्धालाई अजिनोमोटो युक्त खाद्य पदार्थले सबैभन्दा बढी असर पुस्याउँछ। नेपालजस्तो सानो मुलुकमा बर्से्नि करिब दुई हजार मेट्रिक टनसम्म अजिनोमोटो आयात भइरहेको छ ।जिब्रोको स्वाद बढाउँन प्रयोग भएको अजिनोले स्वास्थ्यमा सकस बढाएको छ ।

के मधुमेहमा केरा खान हुन्छ ?

0

मधुमेह भएको मानिसले आफ्नो आहारामा विशेष ध्यान दिनुपर्छ । जथाभावी खाने गरेमा मधुमेह अनियन्त्रित भएर गम्भीर शारीरिक समस्या आउन सक्छ । विशेषगरी कार्बोहाइड्रेट भएका खाद्यवस्तु खाँदा विचार पु¥याउनु आवश्यक छ । यसमा अन्न, तरकारी मात्र होइन फलपूmल पनि पर्छन् ।

मधुमेह रोगीले खान नहुने परम्परागत मान्यता रहेको एउटा फल हो केरा । मधुमेह भएकाले केरा खानै हुन्न, केरामा कार्बोहाइड्रेटको मात्र धेरै हुन्छ भन्ने सोचाइ छ तर त्यसो हुँदैन । बरु मधुमेह भएका मानिसले थोरै मात्रामा केरा खाने गरेमा त्यसबाट फाइदा मिल्छ ।

समग्रमा भन्नुपर्दा केरामा स्याच्युरेटेड चिल्लो, सोडियम र कोलेस्टेरोल निकै कम हुन्छ । केरामा शरीरलाई अत्यावश्यक पोषक तत्व भिटामिन बी ६, पोटासियम र म्याग्निजको राम्रो संयोजन हुनेगर्छ । तथापि केही चिकित्सकले मधुमेह रोगीलाई केरा खाँदा विचार गर्न सुझाव दिन्छन् किनभने केरामा क्यालोरीको उच्च मात्रा हुन्छ ।
एउटा सामान्य आकारको केराको ग्लाइसेमिक इन्डेक्स ११ हुने जानकारी हार्वर्ड हेल्थ पब्लिसिङमा दिइएको छ । रगतको ग्लुकोज मात्रामा खाद्यवस्तुले पार्ने प्रभावलाई ग्लाइसेमिक इन्डेक्सले मापन गरिन्छ । १० भन्दा कम ग्लाइसेमिक इन्डेक्स हुनुलाई राम्रो मानिन्छ ।

कम चिनी भएका फलपूmलको नाम लिँदा स्याउ, अङ्गुर र नासपाती पर्छन् । यसैगरी मेवा र भुइँकटहरमा धेरै चिनी हुन्छ । केरामा केही बढी कार्बोहाइड्रेट भए पनि मधुमेह रोगीले केरा खान चटक्कै छाड्नुहुन्न । किनभने केरामा हुने अन्य पोषक तत्व शरीरलाई चाहिन्छ ।

यो खबर आजको गोरखापत्रमा छ, मधुमेह नियन्त्रणमा राख्न प्रत्येक छाकमा आपूmले कत्तिको कार्बोहाइड्रेट खाइरहेको छु भन्ने हेक्का राख्नु जरुरी छ । मध्यम आकारको एउटा केरामा करिब ३० ग्राम कार्बोहाइड्रेट हुन्छ । यसैबाट आपूmलाई कत्तिको मात्रामा कार्बोहाइड्रेट चाहिएको छ र केरा कति खाने भन्ने निर्णय लिनुपर्छ ।

Advertisements

सुपारी खानेहरु सावधान !

0

टिप्स :

सुपारी नेपाली समाजको पारम्परिक र सांस्कृतिक हिसाबले अभिन्न अंग हो । पाहुनालाई सगुनको रूपमा सुपारी दिएर सम्मान गरिन्छ भने निम्तो गर्न सुपारी चाहिन्छ भन्ने चलन अद्यापि छँदैंछ । पुजाआजामा त सुपारी नभैहुँदैन । तर, यही सुपारी हानिकारक र रोग लगाउने अम्मल पनि हो । अचेल यसको व्यवसायिकता र प्रयोग दिनदिदैं बढ्दै गएको छ ।

त्यसो हुनुमा यसको अम्मल लगाउने बैगुन मुख्य कारण हो । स्वास्थ्यका लागि हानिकारक सुपारी तथा सुपारीजन्य पदार्थको सेवनबाट उत्पन्न हुने मुखका समस्यामा दाँत खिईने, स–साना चिरामार्फत् रसभित्र पसेर दाँतको रंग परिवर्तन हुने, दाग बस्ने, टुक्रा परी भाचिने र खस्रो हुने, खोकी लाग्ने, मुख खोल्न कठीन हुने, पोल्ने, मसला र पीरो खान नसक्ने, गालाको भित्री भागमा एक वा दुवैतिर सेतो–खैरो दाग देखिनेलगायत हुन्छ । त्यसपछि ओरल सबम्युकस फाईब्रोसीस भएर अन्त्यमा मुखको अर्बुद रोगसम्म हुन सक्छ । के हो ओरल सबम्यूकस फाइब्रोसिस ? यो एउटा दीर्घकालिन रोग हो, जसले मुखको कुनै भाग वा कहिलेकाहीं गला नलीमा असर गर्छ । यो कहिलेकाही बिबिराबाट सुरु हुन्छ र ‘इपीथेलीयम’ भन्दा मुनिको भागमा सुजन भएर ‘लेमाइना प्रोपाइरा’ कठोर हुन्छ । ‘इपीथेलीयम’ पातलो भएर मुखको छाला कठोर हुन्छ ।

मुख खोल्न र खान नसक्ने हुन्छ । सबभन्दा पहिले भारतीय मुलका दक्षिण अफ्रिकी महिलामा देखिएको विश्वास गरिएको यो रोग मुख्यतः भारतीयमा देखिने गरेको छ । नेपालमा ओरल सबम्यूकस फाइब्रोसिस २० देखि ४० वर्षसम्मका पुरुषमा र त्यसमा पनि तराई क्षेत्रमा बढी देखिन्छ । यो रोग अर्बुदरोग हुनुभन्दा पहिलेको अवस्था हो । यसबाट अर्बुदरोग बन्न सक्ने ७६ प्रतिशत संभावना हुन्छ । कारण ओरल सबम्यूकस फाइब्रोसिस के कारणले हुन्छ त्यति स्पष्ट नभएपनि खुर्सानीको अत्यधिक सेवन, फलाम र भिटामिन बी कम्प्लेक्सको कमी, सूर्ति सेवन, प्रतिरोधात्मक शक्तिको कमी, सुपारीजस्ता कारणले भएको मानिन्छ । तर, सुपारी तथा सुपारीजन्य पदार्थको सेवन नै प्रमुख कारण मानिएको छ । सुपारीमा भएका ट्यानीन, फलेभोनाइड तथा कत्थाले कोलाजनलाई नाश हुनबाट रोक्दछ भने अल्कल्वाइडले फाइब्रोब्लाष्टलाई उत्तेजित गरी कोलाजन बन्नमा सहयोग गर्दछ ।

त्यसकारण कोलाजन बढेर मोटो बाक्लो भई म्युकोसाको लचकता घटेर सार्हो र कठोर बन्दछ । कहिलेकाही भने लामो समयसम्म सुपारी खाने मानिसमा पनि यो रोग देखिदैंन भने कहिलेकाही सुपारी खानेमा पनि रोग देखिन्छ । सामान्य तन्तु ओरल म्युकोसालाई उपरोक्त कारणले शरीरको प्रतिरोधात्मक प्रणालीलाई रूपान्तर गरी एरेक्वाईडिन र एरेकोलिन अल्कल्वाईडले डिएनएलाई परिवर्तन गरी ओरल सबम्यूकस फाइब्रोसिस बनाउछ । लक्षण ओरल सबम्यूकस फाइब्रोसिस मुखको पछाडिको भागदेखि सुरु भएर बिस्तारै अगाडितिरको भागमा आउछ । प्रायजसो मसालादार खाना र खुर्सानी खाँदा चर्चराउने, जलन हुने गर्छ । मुखमा बिबिरा उठ्ने, फुट्ने र घाउखटिरा बन्ने गर्दछ । पहिले मुखमा र्याल बढी हुने र पछि मुख सुख्खा हुने गर्छ । स्वादमा फरकपन आउछ ।

निल्न अप्ठ्यारो हुने र कान दुख्ने गर्छ । त्यसपछि बिस्तारै मुखको छालाको लचकता क्रमशः कम भएर कठोर हुन्छ । बोल्न, चपाउन, निल्न र मुख खोल्न कठिन हुदै जान्छ । जिब्रो अगाडि ल्याउन, ओठ फर्काउन र लेब्य्राउन नसकिने हुन्छ भने निल्न खोज्दा दुख्ने र कान केही कम सुन्ने पनि हुन्छ । मुखको छाला म्युकोसाको आफ्नो रङ्ग हराएर सेतो हुँदै जान्छ । म्युकोसा कठोर भएर सिसा जस्तै चम्कने हुन्छ । नरम तालु कडा हुँदै जान्छ । टन्सिल भित्र खाल्डोमा धसिएको देखिन्छ । जिब्रो पातलो हुने र कम चल्ने हुन्छ ।

जिब्रो मुनिको भाग सेतो र छालाजस्तो कडा हुन्छ । यति हुँदाहुँदै पनि सुपारीको सेवन रोकिएन भने त्यसमा रहेका एरेकोडीन र एरेकोलीन अल्कवाइलाइडले डिएनएलाई परिवर्तन गरी म्युकोसालाई घाउमा परिणत गराएर स्क्वामस सेल कार्सीनोमा प्रकारको मुखको अर्बुदरोग बनाउँछ । निदान सुपारी तथा सुपारीजन्य पदार्थको सेवनको इतिहास र ओरल सबम्यूकस फाइब्रोसिसको लक्षण तथा चिन्हबाट रोगको निदान गर्न सकिए पनि निश्चित निदानका लागि बायोप्सी नै जरुरत पर्दछ । व्यवस्थापन सुपारी तथा सुपारीजन्य पदार्थको सेवनमा रोक, फलाम तथा भिटामिन बि कम्प्लेक्सको प्रयोग, मसालादार तथा खुर्सानीको प्रयोगमा रोक र स्थानीय कारकलाई हटाए यसबाट हुन सक्ने अप्ठ्यारा तथा जटिलताबाट जोगिन सकिन्छ । खाना खान नमिल्ने गरी मुख सानो भएको छ भने विशेष सुईको प्रयोग गरेर मुखलाई खुलाउन सकिन्छ ।

कठोर भएको भागलाई शल्यक्रियाद्वारा हटाएर मुख खोल्ने अभ्यास पनि गराउन सकिन्छ । अन्त्यमा, सुपारी प्रसाद तथा सगुनको रुपमा ग्रहण गरेपनि निरन्तर रुपमा सेवन नगरी यसबाट हुने बेफाइदा तथा रोगबाट बच्न जति जरुरी छ, त्यति नै युवापिंढीको भविष्य र जीवनमा नकारात्मक असर पार्ने सुपारीजन्य पदार्थ गुट्खा र पानमसालामाथि प्रतिबन्ध लगाउनुपर्ने टड्कारो आवश्यकता पनि देखिएको छ ।

उच्च रक्तचाप भएकाले खानै नहुने खानेकुराहरु

0

रक्तचाप भनेको धमनीका भित्ताहरुमा रगतले दिने दबाब हो । रक्तचाप विभिन्न कारणले गर्दा सामान्य भन्दा बढि हुनसक्छ । मोटोपना, मुटुको रोग, उच्च कोलेस्ट्रोल, तनाव आदि कारणले गर्दा रक्तचाप उच्च हुन्छ । रक्तचाप उच्च हुनु स्वास्थ्यका लागि हानिकारक हुन्छ । तर नियमित व्यायाम गर्ने र चिल्लो पदार्थ तथा सोडियम लवणको सेवन कम गर्ने हो भने रक्तचापलाई नियन्त्रणमा राख्न सकिन्छ । उच्च रक्तचापको समस्या भएकाहरुले खान नहुने खानेकुराहरु यी हुन् :

Achar-and-other

१. अचार : अचार चाहे जे को होस्, उच्च रक्तचाप भएकाहरुले नखाँदा बेस हुन्छ । अचारमा क्यालोरी कम हुने भएपनि सोडियम लवण उच्च हुन्छ ।

२. पापड : पापडमा पनि क्यालोरी कम हुने तर सोडियम लवण उच्च हुन्छ ।

३. अल्कोहल : मदिरा सेवन उच्च रक्तचाप भएकाहरुका लागि निकै घातक सावित हुनसक्छ । अल्कोहलले रक्तचाप झनै बढाउँछ । यसले रक्तनलीको भित्तामा क्षति पूराउँछ र जोखिम झनै बढाउँछ ।

४. चिल्लो तथा बोसोयुक्त खानेकुराहरुको बढि सेवन गर्नु हुँदैन । तारेको तथा झानेको खानेकुरा, बोसोयुक्त मासु तथा रातो मासुका साथै दुध, दही, घिउको बढि सेवन पनि हानिकारक हुन्छ । पानी नहालेको एक कप दुधमा ८ ग्राम चिल्लो हुन्छ । ८ ग्राममध्ये ५ ग्राम त संतृप्त फ्याट हो जुन सरीरका लागि हानिकारक हुन्छ । त्यसकारण फ्याट निकालेको दुध पिउनु राम्रो हुन्छ ।

५. डुनोट : डुनोट खाँदा मिठो होला तर उच्च रक्तचापका रोगीहरुले डुनोट खानु राम्रो हुँदैन । यसमा क्यालोरी तथा चिल्लोको मात्रा पनि उच्च हुन्छ ।

६. चाउचाउ तथा अन्य फास्टफुड : तयारी चाउचाउ निकै सजिलो तथा स्वादिलो खाजा हो । तर उच्च रक्तचाप भएकाहरुका लागि यो खानै नहुने चिज हो । एक कप चाउचाउको सुपमा ८८० मिलिग्रामसम्म सोडियम हुन्छ । चाउचाउसँगै धेरै नुन तथा चिल्लो भएका अरु फास्टफुडहरुले पनि रक्तचाप बढाउने गर्दछन् । नुनमा पाइने सोडियमको मात्रा धेरै भयो भने मुटु तथा रक्तनलीमै क्षति पूराउने र रक्तचाप उल्लेखनीय रुपमा बढ्ने जोखिम हुन्छ ।

७. चिनी : चिनी तथा चिनीयुक्त खानेकुराहरुको अधिक सेवन पनि उच्च रक्तचापको अवस्थामा हानिकारक हुन्छ । यसले मोटोपना बढाउने हुनाले स्वतःः रक्तचाप पनि बढाउँछ ।

८. कफी : कफीमा हुने क्याफाइन तत्वले रक्तचाप बढाउँछ । त्यसैले रक्तचाप उच्च हुने मानिसले कफीको बढि सेवन गर्नु हुँदैन । एजेन्सीको सहयोगमा

के हो उच्च रक्तचाप ? कसरी घटाउने ?

0

नेपाली हेल्थ

डा. ओममूर्ति अनिल, मुटुरोग विशेषज्ञ

मुटुबाट रक्तसञ्चार हुने बेलामा रक्तनली (आर्टरी) को भित्तामा पर्ने दबाबलाई रक्तचाप भनिन्छ । रक्तचापलाई ‘मिलिमिटर अफ मर्करी’मा नापिन्छ । माथिको रक्तचापलाई ‘सिस्टोलिक’ र तलको रक्तचापलाई ‘डायस्टोलिक’ भनिन्छ ।

‘सिस्टोलिक’ र ‘डायस्टोलिक’ दुबै रक्तचाप शरीरको लागि उत्तिकै महत्वपूर्ण मानिन्छन् । सामान्य रक्तचाप १२०/ ८० भन्दा कम हुनपर्छ । उच्च रक्तचाप भन्नाले माथिको १४० वा सो भन्दा बढी र तलको ९० वा सो भन्दा बढी भएको अवस्थालाई भनिन्छ ।

माथिको १२० देखि १३९ वा तलको ८० देखि ८९ सम्मको रक्तचापलाई ‘प्रि-हाइपरटेन्सन’ भनिन्छ । यो उच्च रक्तचाप हुनु भन्दा अगाडिको अवस्था हो ।

‘प्रि-हाइपरटेन्सन’ अवस्थामा रहेको व्यक्तिलाई सामान्य रक्तचाप भएको व्यक्ति भन्दा उच्च रक्तचाप हुने सम्भावना बढी हुन्छ । त्यसैले यस अवस्थामा जीवनशैलीमा आवश्यक परिवर्तन गरेर भविष्यमा उच्च रक्तचाप हुनबाट आफूलाई बचाउन सकिन्छ ।

लो ब्लड प्रेशर : एउटा गलत धारणा
सामान्य रक्तचाप १२० / ८० भन्दा कम हुनुपर्छ । कहिलेकाही सामान्य मानिसको रक्तचाप माथिको ९०-११० र तलको ६०–७० सम्म पनि हुनसक्छ ।

सामान्य रुपले आफ्नो दैनिक कामकाज गर्नसक्ने व्यक्तिको रक्तचाप कम हुनु राम्रो मानिन्छ । रक्तचाप कम भएमा अनावश्यक पीर लिनु हुदैन । रक्तचाप जति कम छ, भविष्यमा उच्च रक्तचाप हुने सम्भावना त्यति नै कम हुन्छ ।

जसको रक्तचाप १४०/ ९० को जति नजिक हुन्छ, उसलाई भविष्यमा उच्च रक्तचाप हुने सम्भावना त्यति नै धेरै हुन्छ । यस्ता मानिसलाई उच्च रक्तचाप मात्रै होइन, अन्य मुटु र रक्तनली सम्बन्धी रोगहरुको सम्भावना पनि बढी नै हुन्छ । अर्थात रक्तचाप कम हुनु राम्रो हो  (Lower is better) ।

साच्चिकै लो ब्लड प्रेशर भएको मानिसको अवस्था त सिकिस्त हुन्छ । यस्ता बिरामीलाई अस्पतालको सधन कक्षमा राखेर उपचार गरिन्छ । त्यसैले रक्तचाप कम भएर तपाईको क्रियाकलापमा असर परेको छैन भने, यसलाई सामान्य मान्नुपर्छ र अनावश्यक चिन्ता गर्नु पर्दैन ।

साच्चिकै कसैलाई लो ब्लड प्रेशर छ भने, केही बेर सुतेर वा बसेर अचानक उभिदा टाउको हलुको हुने वा रिंगटा लाग्ने हुनसक्छ । यसलाई ‘पोस्चुरल हाइपोटेन्सन’ भनिन्छ । यो समस्या मधुमेह रोगी र रक्तचापको औषधी खाइरहेको व्यक्तिमा बढी हुन्छ । बृद्धहरुमा पनि यो समस्या बढी देखिन्छ । यस्तो भएमा औषधि वा यसको मात्रा परिवर्तन गर्नुपर्ने हुनसक्छ ।

रक्तचाप नियन्त्रण गर्न ध्यान दिनुपर्ने पाँच प्रमुख कुरा

उच्च रक्तचापको प्रमुख कारण अस्वस्थ जीवनशैली भएकोले, आफ्नो जीवनशैलीमा परिवर्तन गरेर नै रक्तचापको नियन्त्रण गर्न खोज्नुपर्छ ।

त्यसमध्ये पनि चुरोटको प्रयोग पूर्णरुपले बन्दगर्नु सबभन्दा राम्रो उपाय हो । यसको अतिरिक्त तौललाई नियन्त्रणमा राख्ने तथा वजन घटाउने, प्रतिदिन शारीरिक गतिविधि गर्ने र नुनिलो खानेकुराहरुको सकेसम्म कम प्रयोग गर्ने जस्ता उपायहरु अपनाउनु पर्छ ।

जीवनशैलीमा परिवर्तन गर्दै चिकित्सकको सल्लाह अनुसार औषधि नियमित रुपले खानु र समय समयमा आवश्यक जाँच गर्नु नै रक्तचाप नियन्त्रणको मुल सुत्र हो ।

१. नियमित शारीरिक गतिविधि
२. तौल घटाउने
३. नुन कम खाने
४. चुरोट पूर्णरुपले बन्द गर्ने
५. नियमित औषधिको प्रयोग गर्ने

उच्च रक्तचापलाई नियन्त्रणमा राख्न वा हुन नदिन के के गर्नुपर्छ ?

सर्वप्रथम उच्च रक्तचापको कारण छ कि छैन पत्ता लगाउनु पर्छ र सो कारणलई नियन्त्रणमा लिनुपर्छ । उच्च रक्तचाप हुन नदिन त्यस्ता कारणहरु (Risk Factors) उत्पन्न हुनबाट रोक्नुपर्छ । यसको लगि स्वस्थ जीवनशैली अपनाउनु जरुरी हुन्छ

अन्य उपायहरुः
१.पोटासियम युक्त खाना धेरै खानुपर्छः पोटासियम बढी भएको खानेकुराले रक्तचाप घटाउँछ । त्यसैले हाम्रो दैनिक खानामा पोटासियम बढी भएका खानेकुराहरु हुनुपर्छ ।
साइट्रस (Fruits) जस्तैः सुन्तला, कागती, मौसम आदिमा पोटासियम बढी हुन्छ ।

केरा र अन्य ताजा फलपूलमा पनि पोटासियम बढी पाइन्छ । ताजा फलपूल नियमित खानुपर्छः ताजा Fruits मा पाइने भिटामिन, मिनेरल्स् र फाइवरले मुटुलाई स्वस्थ राख्ने मात्रै नभई, यसको नियमित प्रयोगले रक्तचाप पनि घटाउछ ।

२.प्रशस्त हरियो सागसब्जी खानुपर्छः प्रतिदिन नियमित २,३ चोटी हरियो सागसब्जी खानुपर्छ ।
३. माछाको प्रयोग फाइदाजनक मानिन्छः हप्तामा २ चोटी माछा खाँदा राम्रो हुन्छ ।

मुटु कसरी स्वस्थ राख्ने?

0

सहरीकरण जति बढ्दै गयो हामीलाई हिँड्न उति नै कठिन लाग्न थालेको छ। केही पाइला हिँड्न पनि हामी सवारीसाधन नै खोज्न थालेका छौं।सुविधा खोज्ने होडमा हामी मुटु रोगको जोखिम बढाइरहेका छौं। मुटु रोग पछिल्लो समयमा घातक र भयावह बन्दैछ।

यसको जोखिम कम गर्ने सबभन्दा सहज उपाय भनेको आफ्नो दैनिकी परिवर्तन गर्नु हो। शारीरिक रूपमा सक्रिय भएर हो।मुटु स्वस्थ राख्न कम्तिमा पनि दैनिक तीस मिनेट लम्केर हिँड्नुपर्छ। साताको पाँच दिन हिँडे मात्र पुग्छ भन्ने सुनिए पनि सधैं हिँड्नु लाभदायक हुन्छ।

उच्च रक्तचाप, मधुमेह, शरीरको तौल, कोलस्ट्रोलको मात्रा कति छ भनेर वर्षमा कम्तिमा एकपटक स्वास्थ्य परीक्षण गर्नुपर्छ। यस्ता समस्या अचेल निकै बढेका छन्।जाडोमा मुटुका समस्या बढी हुन्छ। चिसोमा मुटुको धमनी खुम्चिने हुनाले रक्तचाप र रगत जम्न चाहिने प्रोटिन बढ्छ। धमनीमा ‘ब्लकेज’ भएकालाई छाती बढी दुख्न सक्छ। कहिलेकाँही धमनीभित्र जमेको बोसो फुटेर पनि रगत जम्न सक्छ। यसले रगतको प्रवाह रोक्छ र हृदयघातको सम्भावना बढ्छ।

मुटु जोगाउन खानपिनमा ध्यान दिनुपर्छ। दैनिक व्यस्तताका कारण हामी जंकफुड र रेडिमेड खानामा भर परिरहेका छौं। यस्ता खानामा क्यालोरी र फ्याट बढी हुन्छ। शाकाहारी दालभात स्वस्थ हुन्छ। नुन र तेल कम गर्नुपर्छ भने हरियो सागसब्जी र फलफूलमा जोड दिनुपर्छ। मांसाहारी नै भए पनि रातो मासु कम गरी कुखुराको खानुपर्छ। माछा पनि लाभदायक मानिन्छ।

हरियो सागसब्जी र फलफूलमा धेरै एन्टीअक्सिडेन्ट हुन्छ जसले खाना पचाउन सहयोग गर्छ। खराब कोलस्ट्रोल घटाउँछ र शरीरका कोषिकाको आयू बढाउँछ। बाहिरी खानेकुरामा अक्सिडेन्ट मिसावट हुन्छ जसले मान्छेलाई चाँडै बुढो देखाउँछ।
मुटुका निम्ति जैतुनको तेल राम्रो मानिन्छ। तर, सबैले यो प्रयोग गर्न सक्छन् भन्ने छैन। त्यसैले आफूले प्रयोग गर्दै आएको तेल नै मात्रा घटाउनु लाभदायक हुन्छ।

कम उमेरमै हृदयघात हुने समस्या पनि बढेको छ। बाह्य रूपमा स्वस्थ देखिएको मान्छेको भित्रभित्रै समस्या आइरहेको हुन सक्छ।चुरोट मुटुका लागि सबभन्दा बढी हानीकारक हो। युवा अवस्थामा हृदयघात हुने ८० प्रतिशत कारक चुरोट नै हो। तनाव, चुरोट, सूर्ती र रक्सी मिश्रणले मुटुमा बोसो जमाउने र फुट्ने क्रम बढाउँछ।

कतिपयलाई रक्सी खाएको भोलिपल्ट रक्तचाप अनियन्त्रित रूपमा बढ्न सक्छ। लामो समय धेरै रक्सी खानो कालान्तरमा मुटु सुन्निएर फेल पनि हुनसक्छ। पुरुषले प्रतिदिन ३० मिली र महिलाले १५ मिलीसम्म रक्सी (हार्ड ड्रिंक्स) खानु ठीकै हुन्छ।

यसबाहेक मुट स्वस्थ राख्न ‘एरोबिक’ गर्नु राम्रो मानिन्छ। हात खुट्टा सबै चलाएर व्यायाम गर्दा मुटुमा रक्तसञ्चार हुन्छ।लामो समय कुर्सीमा बसेर काम गर्नुपर्नेले बेलाबेला हिँडडुल गर्नुपर्छ। तनाव कम गर्न साथीहरू वा परिवारसँग नयाँ ठाउँ घुम्ने र समय बिताउने वा ध्यान गर्न सकिन्छ। व्यक्तिको रूचि र स्वाभाव अनुसार उसले आफ्नो मन भुलाउने र खुसी राख्ने क्रियाकलाप गर्न सक्छ।

error: Content is protected !!